मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


बालगायक सचिन परियार अस्पताल भर्ना, खर्च अभावले उपचारमा कठिनाइ, रबी अझै पुगेनन

प्रकाशित मिती । १० पुस, २०७९ ।

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् ।

बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएको उनी निकट कमल सरगमले जानकारी दिए ।

युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् । सरगमले फेसबुकमा तस्वीरसहितको सूचना पोस्ट गर्दै खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् ।

उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि उनले जानकारी दिएका छन् । अस्पताल भर्ना भएका सचिनलाई भेट्न गायक विमल अधिकारीलगायतका कलाकार पनि शिक्षण अस्पताल पुगेका छन् । सचिनका बुवाआमाले पनि उपचारमा सघाउन अपील गरिरहेका छन् ।

त्यस्तै गरि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने पनि सचिनलाई भेट्न अस्पताल जाने हल्ला चलेपनी अझै पुगेका छैन ।

कार्यक्रमबाट जनताको उदार, राहत, सहयोग र जनगुनासो सुनेको कारण चर्चित भएका लामिछाने सचिनलाई पनि सहयोग गर्ने धेरैले आशा गरेका छन । सरकार गठनको अन्तिम प्रक्रिया चकिरहेकोले आउन नसकेको अनुमान छ ।

सत्ता गठबन्धनमा सहमतिको अन्तिम कसरत

काठमाडौँ — चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा छन् । गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिदैछ । तर दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेका दल शक्ति बाँडफाँटको अन्तिम कसरतमा छन् । बिहान पार्टीभित्र आ‍न्तरिक र शीर्ष नेताहरुबीच चरणबद्व छलफलपछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ । गठबन्धनमा निर्णायक भूमिकामा रहेका कांग्रेस र माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार बनाउन चौतर्फी प्रयास गरिरहेका छन् ।

कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बेलुकासम्म गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने बताए । ‘मुलुकलाई अहिले जनताको आकांक्षाबमोजिम कसरी अघि बढाउने भन्ने कुरा हो । त्यसमा कुनै अलमल छैन । प्रधानमन्त्री को हुने भन्ने कुरा गौण कुरा हो,’ कार्कीले भने, ‘आइतबार नै गठबन्धनको प्रधानमन्त्री नियुक्त हुन्छ ।’

माओवादी केन्द्रका नेताहरुले नेकपा एमालेसँग पनि अनौपचारिक छलफल गरिरहेका छन् भने कांग्रेसले पनि एमालेसँग संवाद टुटाएको छैन । आइतबार बिहानमात्रै कांग्रेस नेता विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीलाई निवासमै पुगेर भेटेका थिए ।

बालुवाटार स्रोतका अनुसार अहिले गठबन्धनकै सरकार बनाउने विषयमा सहमति जुटाउन अन्तिम कसरत चलिरहेको छ । शनिबारसम्म प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच को पहिले प्रधानमन्त्री हुने भन्ने सहमति हुन सकेको छैन ।

देउवाले पहिला दुई वर्ष आफू प्रधानमन्त्री बन्ने र त्यसपछिका २ वर्ष माओवादी अध्यक्ष दाहाल र चुनावी वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने गरी सहमति गर्न प्रस्ताव गरेका छन् । तर दाहालले भने आफू पहिलो कार्यकालमै प्रधानमन्त्री हुनुपर्ने दाबी गरिरहेका छन् ।

रोमाञ्चक तीन विकेटले भारतको जित

ढाका — भारतले बंगलादेशलाई आइतबार दोस्रो टेस्टमा रोमाञ्चक ढंगले तीन विकेटले पराजित गर्दै दुई टेस्टको सिरिज २–० ले जितेको छ । मिरपुरमा भएको कम स्कोरको खेलमा भारतले सात विकेट गुमाएर १ सय ४५ रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो ।

आफ्नो स्वभाविक रूप गुमाइसकेको शेर बंगला नेसनल स्टेडियमको पिचमा भारतले नाटकीय ब्याटिङ पतनको सिकार हुँदै जितसम्म पुगेको हो । भारतका लागि अरविचन्द्रन आश्विनले ४२ रन बनाए र नटआउट रहे ।

यस्तै, अर्का नटआउट ब्याटर श्रेयश अय्यरले २९ रनको योगदान दिए । बंगलादेशका लागि भने मेहदी हसनले ६३ रन खर्चेर पाँच विकेट लिए । आश्विन ‘प्लेयर अफ द सिरिज’ भए भने भारतकै चेतेश्वर पुजारा ‘प्लेयर अफ द सिरिज’ घोषित भए ।

पदाधिकारी बैठकमा दाहालले भने : देउवासँग अन्तिम कुरा राख्छु

काठमाडौँ — गठबन्धनबाट पहिलो चरणमा प्रधानमन्त्री दाबी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्का दाबेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे अन्तिम छलफल गर्न लागेको बताएका छन् ।

आइतबार बिहान १० बजे बालुवाटार जानू पहिले पार्टीका पदाधिकारीहरूसँगको छलफलमा दाहालले पहिलो चरणमा प्रधानमन्त्री दिने कि नदिने भन्ने विषयमा अन्तिम कुरा हुने बताएका थिए ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पदाधिकारी बैठकमा भएको कुराकानीबारे भने, ‘राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई नै हुने अवस्था हुन्न । गठबन्धन भनेपछि पहिला प्रधानमन्त्री हामीले पाउनुपर्छ । याे विषयमा देउवासँग अन्तिम कुरा राख्ने भनेर जानुभएको छ ।’

पदाधिकारीले प्रधानमन्त्री पहिलो चरणमा माओवादी नहुने भए गठबन्धन गरिराख्नुको औचित्य नभएको सुझाव दिएको पनि पौडेलले जानकारी दिए । गठबन्धनलाई निरन्तरता दिने हो भने शीर्ष पदहरू बाँडफाँट गर्नुपर्ने माओवादीको धारणा छ ।

अहिले बालुवाटारमा देउवा, दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू छलफलमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।


Last Updated on: December 25th, 2022 at 1:37 pm


२४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया