सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


धुर्मुसले नसकेको रंगशाला अब म बनाउछु : रबि लामिछाने

प्रकाशित मिति । १० पुस, २०७९ ।

काठमाडौ । एक जमनाका चर्चित पत्रकार प्रेम बाँनियाले नेपाल आएका बखत कलाकारिता हुँदै अहिले फाउण्डेसन चलाइरहेका सिताराम कट्टेल धुर्मुस सँग भेटघाट गरेका छन्। हाल अमेरिका बस्दै आएका बानिँया अहिले नेपाल आएका छन्।

नेपाल बसाइका क्रममा धुर्मुस सँग भेटघाट गरेका बानि याँलेउनी सँग भेटघाट गरे पछि केहि गम्भिर सवालहरु उठाएका छन् । क्रिकेट रंग शाला बनाउँन नसकेर बसेका धुर्मस निकै विक्षिप्त भएको बानिँयाले भनेका छन् । धुर्मुस फ्रस्टेसनमा गइ सकेको खुलासका बानियाले गरेका छन् ।

पारिवारिक रुपमा पनि निकै तनावपुर्ण अवस्थामा उनि पुगेका भन्दै बाँनियाले धुर्मुले आत्म हत् या नै गर्न सक्ने भन्दै सरकारलाई सचेत गराएका छन् । धुर्मुस यो अवस्था मा पुग्नु पर्ने उसको के अपराध हो ? भनेर बाँनियाले प्रश्न सोधेका छन् ।

धुर्मुसलाई भेटेको तस्बिर आफ्नो सामाजिक संजालमा सेयर गर्दै प्रेम बाँनियाले यस्तो लेखेका छन् धुर्मुसले आत्महत्या गर्यो भने के हुन्छ ? दुरूत्साहनको मुद्दा कसलाई लाग्छ ? देस निमित्त केही गर्छु भन्यो,

भूईंचालोले तहसनहस पारेका केही वस्ती बनायो अनि देसलाई क्रिकेट रंगसाला दिन्छु भनेर त्यो अभियान थाल्यो ।१७ करोड ऋन छ अहिले १ फाउण्डेशन ऋन तिर्न नसकेर ‘ब्ल्याकलिस्ट’ पर्दैछ ! धुर्मुस आफै बिच’लित देखें! परिवारमा उस्तै तनाब ! छँदा खाँदाको कलाकारिता उसै अलपत्र पर्यो !

हिजोको लोकप्रियता कता गयो ? आज मान्छेहरू कोही माओवादी भन्छन् उस्लाई, कोही के बादी, कोही के रु ‘फ्रस्ट्रेसन’को शिकार भएको पाएँ! लामो कुराकानी पछि यो लेख्दैछुस् धुर्मुसले के अप’राध गर्यो यो देसमा रुरुरु यही पीडामा यदिधुर्मुसले आत्म हत्या गर्यो भने यसको जिम्मेवार को हुनेछ रु आत्मह,त्या दुरू’त्साहनको मु’द्दा कसलाई लाग्छ रु सरकारले तत्काल उस्लाई ऋनमुक्त गरेर यो रंगसालाको जिम्मेवारी लेओस् ।

यो पनि : अन्य समाचार :- काठमाण्डाै – नेपाल विद्युत प्राधिकरण बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारहरुको सञ्जाल निर्माण गर्ने भएको छ ।

प्राधिकरणले नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा सन् २०५० सम्म वृद्धि हुन सक्ने विद्युतकाे सम्भावित माग प्रक्षेपण गरी यस मागलाई धान्ने गरी भरपर्दो र विश्वसनीय विद्युतीय भार वहन गर्ने उच्चस्तरका प्रसारण तथा वितरण लाइनतर्फका पूर्वाधार संरचना चरणबद्ध रुपमा बनाउने छ ।

नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा भइरहेको सहरीकरण र औद्योगीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत् भाग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन र पर्याप्त, भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्तिका लागि नेपालगञ्ज क्षेत्रमा प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार र सुदृढीकरण गर्न लागिएको हो ।

विद्युत् आपूर्तिको तत्कालको समस्या समाधान गर्न अहिले सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण/स्तरोन्नति र विस्तार गरिने छ । दीर्घकालीन मागलाई सम्बोधन गर्न र विद्युत् खपत बढाउन ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण गरिने छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार र आइतवार नेपालगञ्ज क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्यमान प्रसारण र वितरण लाइन तथा सबस्टेसनहरुको स्तरोन्नति/सुदृढीकरणका लागि तत्काल गर्नु पर्ने कामका बारेमा जानकारी लिएको छ ।

परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत् मागलाई सम्बोधन गर्न बनाउनु पर्ने नयाँ लाइन तथा सबस्टेसनहरू निर्माणस्थल, रुटको पहिचानलगायतका विषयमा स्थलगत रुपमा अनुगमन गरेको थियो ।

प्राधिकरणले अब यही आधारमा तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने योजना तयार गरी त्यही आधारमा प्रसारण र वितरण लाइन र सबस्टेसनहरुको निर्माण अगाडि बढाउने छ ।

अहिले चालु रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मीयाममा नधान्दा नेपालगञ्ज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताहरुले बेहोर्दै आएका छन् । प्राधिकरणले कोहलपुरमा १३२ केभीको नयाँ सबस्टेसन निर्माण गर्न लागेको छ ।

सबस्टेसन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकिएको छ । अहिले निर्माण व्यवसायी छनोटका लागि बोलपत्रदाताहरुको प्रस्ताव मूल्याङ्कन भइरहेको छ ।

कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाउन आग्रह

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले संक्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् ।

छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन ।

मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउन भनेको छ । सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ ।

पन्ध्र लाख मात्रा खोप ल्याइँदै

मन्त्रालयका प्रवक्ता डा ठाकुरले १५ लाख मात्रा बुस्टर डोज खोप ल्याउन थालिएको जानकारी दिए । कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता गरिएको ९२ लाख मात्रा खोपमध्ये ३७ लाख मात्रा ल्याइसकेको छ । अब त्यही बाँकी रहेकोमध्ये १५ लाख मात्रा खोप बुस्टर डोजका लागि ल्याउन थालिएको हो ।

सम्झौता गरिएको खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ । यस्तै मन्त्रालयले संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।


Last Updated on: December 25th, 2022 at 11:59 am


१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया