
कांग्रेसले गगनलाई प्रधानमन्त्री बनाउने भए रविले साथ दिने
प्रकाशित मिति । ९ पुस, २०७९ ।
काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणाम धमाधम आइरहेको छ । यस पटको निर्वाचनको मत परिणाम अप्रत्यासित भएको चर्चा र विश्लेषण पनि चलिरहेको छ ।
पाँच महिना अघि मात्रै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित नतिजा हासिल गरेर ठूला र स्थापित दल भनेकालाई धक्का दिएको छ । अहिले सम्मको नतिजामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष तर्फ ७ सिट जितिसकेको छ भने अझै ३ सिटमा अग्रता कायम गरेको छ ।
समानुपातिक तर्फ एमाले र काग्रेसको पछि पछि रहेको रास्वपाले समानुपातिक तर्फ पनि कम्तीमा १५ सिट हात पार्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक गरेर २५ सिटको शक्ति सहित संसदमा दरिलो उपस्थिति देखाउन सक्ने हैसियतमा रास्वपा पुग्ने देखिएको छ ।
सत्ता राजनितीको निर्णायक पावर प्रचण्डको हातबाट रवि लामिछानेको हातमा पुग्ने देखिएको छ । सरकार बनाउनका लागी रवि लामिछानेको सहयोग अनिवार्य जस्तो बनिरहेको अवस्थामा उनको पार्टीले अब कस्तो निति लेला भन्ने आम चासोको बिषय बनेको छ ।
पार्टी स्थापनाको छोटा समयमै अप्रत्यासित नजिता देखाएर कमाल गरेको रवि लामिछाने नेतृत्वको पार्टी सरकारमा जालकी नजाला भन्ने बिषय निकै चासोका साथ हेरिएको छ । व्यवस्था होइन अवस्था परिवर्तनको एजेण्डा लिएर निर्वाचनमा होमिएको रास्वपाको अबको कदमलाई लिएर चासो पूर्वक हेरिएको छ ।
चुनावी परिणाम पछि रास्वपाका सभापती रवि लामिछाने देखी निर्वाचित अन्य सांसदहरुले पनि पार्टी सरकारमा जान सक्ने कुरालाई इन्कार गरेका छैनन् । अहिलेनै निर्णय गरिनसके पनि सरकारमा पार्टी सहभागी हुन सक्ने कुरा रवि लामिछानेले पटक पटक बताएका छन्
सरकारमा सहभागीताका विषयमा लामिछानेले केहि सर्तहरु भने राखेका छन् । प्रधानमन्त्रीमा कस्तो पात्रलाई अघि सारिन्छ त्यो कुरा हेरेर सरकारमा सहभागीताको बिषयमा निर्णय गर्ने उनले भनेका छन् । पटक पटक परिक्षण भएका पात्रलाई प्रधानमन्त्रीमा अघि सारिए समर्थन नगर्ने तर नयाँ पात्र अघि सारे सहयोग गर्ने संकेत रविले गरेका छन् ।
रवि लामिछानेको संकेत नेपाली काग्रेसले महामन्त्री गगन थापालाई प्रधानमन्त्रीमा अघि सारे समर्थन गर्ने भन्ने खालेको देखिएको चर्चा राजनितीक बजारमा चलेको छ । त्यसो त निर्वाचनकै बेला काग्रेस महामन्त्री थापा र रवि लामिछानेको साँठगाँठको चर्चा पनि चलिरहेको छ ।
गगन थापालाई समर्थन गर्दैै काठमाडौँ ४मा उम्मेदवारनै नउठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य क्षेत्रमा गगन थापा समूहको भरपुर सहयोग पाएको चर्चा छ । केहि माओवादी नेताहरुले त गगन थापा र रवि लामिछाने मिलेर गठबन्धनमा रहेका माओवादी केन्द्रका उम्मेदवारलाई हराएको आरोप समेत लगाएका छन् ।
काग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई संसदीय दलको नेता र प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताइसकेका छन् । सभापती देउवाले सहज निकास नदिए हस्तक्षेप गर्ने समेत शर्माले भनिसकेका छन् । सबै राजनितिक घटनाक्रमको विश्लेषण गर्दा गगन थापालाई प्रधानमन्त्री बनाउन ठूलै डिजाइन बनिरहेको चर्चा पनि चलेको छ ।
राजनितिक विश्लेषक उद्धव सिग्देलले रवि लामिछोनको समर्थनमा गगन थापालाई प्रधानमन्त्री बनाउने गरी तयारी चलिरहेको बताएका छन् । अर्को तिर केपी ओली र प्रचण्डको विचमा भएको फोन संवादले पनि अर्को टुइस्ट भएको छ । बाम एकताको चर्चा पनि सँगसँगै चल्न थालेको छ ।
प्रदेशका बहुवर्षे योजनामा रकमान्तर
११ वटा योजनामा रकमान्तर गर्ने तयारी
कास्की — गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले हालै मात्र दुईवटा विकास निर्माणका योजनामा बजेट रकमान्तर गरेको छ । मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलका अनुसार एक बहुवर्षे योजनाबाट अर्को बहुवर्षे योजनामा नै बजेट रकमान्तर गरिएको हो । उनले बहुवर्षे योजनाबाट सालबसाली योजनामा रकमान्तर गर्न नसकिने बताएका छन् ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाअन्तर्गत चोरमारा–झ्यालबास–बसेनी–रुचाङरकुवा–डेढगाउँ हुँदै तनहुँ जोड्ने सडकलाई गण्डकी प्रदेश सरकारले ४ करोड २० लाख रुपैयाँ बजेट रकमान्तर गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा १ करोड रुपैयाँ विनियोजन भएको थियो ।
‘अहिले ४ करोड २० लाख थपिएपछि यस योजनामा ५ करोड २० लाख बजेट पुग्यो,’ प्रवक्ता पौडेलले भने, ‘बहुवर्षे योजनाको बजेट बहुवर्षेमा नै रकमान्तर गर्नुपर्छ ।
बहुवर्षेबाट सालबसालीमा समेत रकमान्तर गर्न मिल्दैन ।’ यस्तै, कोरोला पोखरा त्रिवेणी मार्गअन्तर्गत डेढगाउँ झ्यालबास सडकका लागि रातो किताबमा १३ करोड ५० लाख रुपैयाँ राखिएको थियो । त्यसबाट ४ करोड २० लाख रुपैयाँ रकमान्तर गरिएको पौडेलले बताएका छन् । पीएलएमबीआईएसमा समेत रकमान्तर भएका योजना समेटिएको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार बजेट अपुग भएका योजनामा रकमान्तर गरिएको हो । ‘यी योजनाको काम धमाधम भइरहेको छ । काम हुँदै गर्दा बजेट अपुग हुने जस्ता योजनामा रकमान्तर गर्छौं,’ उनले भने । चालु आर्थिक वर्षमा भौतिक मन्त्रालयअन्तर्गत जम्मा दुई वटा योजनामा मात्र बजेट रकमान्तरण भएको छ ।
गतवर्ष काम हुदाँहुदै बजेट अपुगका कारण अलपत्र परेका स्याङ्जाका ११ वटा योजनाको लागि रकमान्तर गर्न भौतिक मन्त्रालयले अर्थ मन्त्रालयलाई पठाएको छ । पौडेलका अनुसार यी योजनाका लागि अर्थले स्वीकृत गरेको छैन । ‘केही दिनभित्र योजना स्वीकृत गर्छ,’ उनले भने ।
भौतिक मन्त्रालयले मुस्ताङका योजनामा पनि रकमान्तर गर्ने तयारी गरेको छ । स्रोतका अनुसार योजनाका नाम भने फाइनल भइसकेको छैन । मन्त्रालयले जनाए अनुसार कास्की, नवलपुर र तनहुँका योजना पनि समेटिएका छन् ।
भौतिक मन्त्रालयले बहुवर्षे योजनाका लागि बजेट सुनिश्चित गरे रकमान्तर भने गरेको छैन । मन्त्रालयका अनुसार फागुन/चैतमा मात्र योजनामा बजेट रकमान्तर कार्य सुरु हुनेछ ।