सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


नेपालकै सुन्दरी श्रीमति पाएका जिपिले कान्छी श्रीमती ल्याएर उषाको बिजोक किन बनाए ?

प्रकाशित मिति । ७ पुस, २०७९ ।

काठमाडौ । पूर्व मिस नेपाल उषा खड्गीसँग डिभोर्स गरेको ६ महिनापछि सञ्चारकर्मी जीपी तिमिल्सिनाले दोस्रो बिहे गरे । उनले सविना अधिकारीसँग दोस्रो बिहे गरेका हुन् । दोस्रो बिहे गरे पनि जीपीले सविनलाई उषा र उनका २ सन्तान बसेको घरमा नै भित्राएका थिए ।

यो खबर मेरो फिल्मले सार्वजनिक गरेको थियो । खबर सार्वजनिक भएपछि २ दिनसम्म जीपी घरमा एक्लै आउन थालेका थिए । तर, बुधवारबाट फेरि जीपी र सविना दुवै जना घर आउन थालेका छन् ।

सम्पत्तिको बाँडफाँड नै नभई जीपीले दोस्रो बिहे गरेपछि उषाले आपत्ति जनाएकी थिइन् । उनले आफ्ना छोराछोरीले बाबुको यस्तो क्रियाकलाप कसरी हेर्न सक्छन् भन्दै प्रश्न उठाएकी थिइन् । लोकन्थलीमा रहेको घर अझै बाँडफाँड भएको छैन ।

तर, जीपीले बिहे गरेर सविनालाई घरको माथिल्लो तलामा भित्राएका छन् । उषा र उनका २ सन्तान भने घरको दोस्रो फ्लोरमा बस्दै आएका छन् ।

श्रोतले दिएको जानकारी अनुसार, बुधवार सविना र जीपी घरमा आएपछि छोरी माथिल्लो तलामा पुगेर रुवाबासी गरेकी थिइन् । उनले, सविनालाई घरबाट निकाल्न भन्दै बाबु जीपीसँग रुवाबासी गरिन् ।

जीपीले छोरीलाई खुबै सम्झाउने प्रयास गरेका थिए । तर, छोरीले मानिनन् । उनी, आफ्ना पितासँग खुबै रिसाएको श्रोत बताउँछ ।

गैरआख्यानभित्रको आख्यान

निबन्ध यस्तो विधा हो, जहाँ लेखक आकाशमा विचरण गर्ने चराझैं स्वतन्त्र र सर्वव्यापी हुन्छ । लेखकलाई दिमाग र मनका दुईपाङ्ग्रे रथमा नारिएका कल्पनाका घोडा दौडाउन छुट हुन्छ ।

अनुभव, अनुभूतिको चास्नीमा शब्दलाई चुर्लुम्म डुबाएर नयाँ स्वाद र मीठासतत्व सृजना गर्नु निबन्धकारको शिल्पगत विज्ञता हो । लेखक केशव दाहालको किताब ‘माधवी ओ माधवी’ कै कुरा गरौं न ! यो किताबमार्फत लेखक आफ्नो वैचारिक यात्रामा पाठकलाई सँगसँगै हिँडाउँछन् ।

किताबका निबन्धलाई तीन भागमा वर्गीकरण गर्नु उपयुक्त हुन्छ– विचार तथा जीवन दर्शन, राजनीति र प्रेम । पहिलो वर्गमा उनका ती निबन्ध पर्छन्, जहाँ उनले विचार र दर्शनको विकास–यात्राको वर्णन गरेका छन् । यी निबन्धमा लेखकले शैशवकालदेखि वयष्क हुँदासम्मको वैचारिक यात्राको सिंहावलोकन गरेका छन् ।

आफ्नो वैचारिक यात्रामा पाठकलाई सँगै हिँड्न बाध्य पार्छन् । ‘ईश्वरको पतन’, ‘मृत्युको कथा’, ‘पहिलो किताब’, ‘नक्सलबाडीका नक्सलाइटहरू’, ‘मानव वधशाला’, मार्क्सका तीन अवतार’, ‘राजनीतिको र’ र ‘कमरेडको खैरो श्रीपेच’ पढ्दा पाठकले यिनमा आफ्नो वैचारिक यात्राका डोब भेट्न सक्छन् । फरक–फरक अध्यायमा जसरी जीवनको वास्तविक भोगाइ र बुझाइले लेखकको जीवनदर्शन, विचार र भावनामा परिवर्तनका छालहरू उठेको देखिन्छ, ती स्वाभाविक र यथार्थ लाग्छन् । कम्युनिस्ट केशव बदलिँदो समयसँगै कसरी स्वतन्त्र विचारक हुन पुगे ? यो यात्रा रोचक र घोचक छ ।

‘मार्क्सका तीन अवतार’ मा उनी लेख्छन्, ‘…कम्युनिस्टहरूले मार्क्सलाई सबैभन्दा धेरै बदनाम गरे… !’ उनको लेखनलाई प्रमाण मान्ने हो भने लेखक विचारमा जडसूत्रवादी लाग्दैनन् । उनको विचारप्रवाह पहाडको उँचो शिखरबाट खसेको झरनाझैं सुललित र संवेगमय छ । भावनामा होस् वा विचारमा, तलाउजस्तो जमेर बस्न चाहँदैनन्, बग्न चाहन्छन्, झर्न चाहन्छन्, पोखिन चाहन्छन् । उनी कतै मिसिन चाहन्छन् चाहे त्यो अर्को नदी होस् वा सागर !

किताबका यी वैचारिक निबन्ध बोधगम्य र सारपूर्ण छन् । भर्खर राजनीतिक विचारले रापिन, बाफिन थालेका युवाका लागि यी निबन्ध शिक्षाप्रद र मार्गदर्शक बन्न सक्छन् । ‘कमरेडको खैरो श्रीपेच’ विचारोत्तेजक निबन्ध हो । आफ्नो कमरेड यात्रा र बिसौनीलाई मार्मिक भावले अभिव्यक्त गरेका छन् उनले । कमरेडप्रतिको लगाव र आसक्तिलाई उनी यसरी प्रकट गर्छन्– ‘अँध्यारोमा लड्न लागेको बेला मेरो हात समाउँदै गोपाल थोप्राले सम्बोधन गरे– कमरेड ।

म गदगद भएँ । त्यसपछि मलाई कमरेड शब्द विछट्टै मन पर्न थाल्यो । उमेरसँगै कमरेडहरूको गोलोभित्र पसें । लेकमा शीत झरेजस्तै यत्रतत्र कमरेड थिए । त्यसपछि त कवितामा कमरेड, कथामा कमरेड, उपन्यासमा कमरेड । कहिलेकाहीं मनमा प्रश्न आउँथ्यो– यो धरतीमा सर्वप्रथम कमरेड भनेर कसले कसलाई बोलायो होला ?’ कमरेडप्रतिको रुमानी भाव देखाउने लेखक यसै निबन्धको अर्को परिच्छेदमा लेख्छन्, ‘…त्यसपछि झुप्रोका रुमानी सपनाहरूको जगमा उठेको समाजवादमा झुप्रो हरायो, दरबार, सिंहासन र श्रीपेच देखापर्‍यो ।

श्रीपेच अर्थात् नयाँ बादशाह । सर्वहाराहरू लालघोडामा सवार भई मान्छेको सार्वभौमिकतामाथि कोर्रा चलाउन थाले ।… यसरी सिंहासनमा आरोही कमरेडले श्रमिकको रगतले लतपतिएको मुठी उठाउँदै लालसलाम गर्‍यो र भन्यो– म यो धरतीको सबैभन्दा ठूलो बादशाह हुँ ।’

‘राजनीतिको र’ अर्को बोधगम्य निबन्ध हो । यसमा लेखक आफ्नो राजनीतिक यात्रा र नेपालको राजनीतिको जरैदेखि चिरफार गर्ने प्रयत्न गर्छन् । राजनीतिक व्यक्ति तथा विश्लेषक विचारमा सोझो र सरल देखिनु गौरव गर्नलायक विषय हो । यस निबन्धमा उनी ‘स्वः’ घोषणा गर्छन्, ‘…राजनीतिमा सत्यको खोजी गर्नु मेरो काम हो । तर, म सत्य मात्रै खोजिरहेको छैन । राजनीतिमा सुन्दरता पनि खोजिरहेको छु ।’

राजनीति विचार मात्र होइन, यो व्यबहार पनि हो भन्ने वास्तविकताप्रति सचेत र सजग देखिन्छन् । व्यक्तिगत तथा व्यावसायिक कामले देश–विदेश घुम्दा जानेबुझेका विषयवस्तुलाई टपक्कै टिपेर उनले शब्दहरूको माला उन्ने जमर्को गरेका छन् । ‘मानव वधशाला’ मा उनले पोलपोटको शासनकालमा कम्बोडियामा मारिएका आम नागरिकको करुण–गाथा पस्केका छन् भने ‘नक्सलबाडीका नक्सलाइटहरू’ मा आम भारतीय नागरिकले नक्सलाइटका नाममा भोग्नुपरेको दुःख–पीडालाई उद्घाटित गरेका छन् ।

‘मार्क्सका तीन अवतार’ मा कम्युनिस्टहरूले नै मार्क्सको नाम, सिद्धान्त र दर्शनको कसरी व्यापारीकरण गरे भन्ने उल्लेख गरेका छन् । आम नागरिकको हक, अधिकार र कल्याणका लागि कम्युनिस्ट दर्शन बोकेर क्रान्ति गर्नेहरू पछि किन आफैंमा भ्रान्तिको सृजना गर्छन् ? सर्वहाराहरू किन मालिक बन्छन् ?

किन जनताका उद्धारकर्ता हत्यारा बन्छन् ? यी निबन्धमा उनले यी प्रश्नको जवाफ पर्गेल्ने प्रयास गरेका छन् । जीवनदर्शन र राजनीतिक विचारमाथि लेखिएका यी निबन्ध कोरा भावुकता र कल्पनाको सृजना नभई लेखकको अनुभव र अन्वेषणको निचोड हो ।

समाज र राजनीतिलाई केन्द्रविन्दुमा राखेर लेखिएका निबन्ध हुन् ‘इबेलाको उडान’, ‘देश अर्थात् प्रश्नहरू’, ‘चिहानबाट’, ‘चार झड्का’, ‘कति टाढा छ अमेरिका ?’, ‘किन रिसाउँछ उल्लु मुसहर ?’, ‘बदनाम बन्द’, ‘चुनावको खेती’, ‘बिहारको बालुवा’ । यिनमा लेखकले देशमा भइरहेको अत्याचार, कुशासन, भ्रष्टता, विभेद र गैरजिम्मेवारिताप्रति चिन्ता–विरोध प्रकट गर्नुका साथै राज्यको शासन प्रणालीमा रजगज गरिरहेका सीमित व्यक्तिको हालीमुहालीप्रति रोष व्यक्त गरेका छन् ।

राजनीतिक विषयवस्तु र सन्दर्भमाथि लेखिएका निबन्धमार्फत राजनीतिक पार्टीहरूमा देखिएको विचलन, विकृति र गलत पद्धतिमाथि चोटिलो प्रहार गरेका छन् लेखकले । यी निबन्धमा देशप्रतिको लगाव, प्रेम र जिम्मेवारी बोधलाई महसुस गर्न सकिन्छ । लेखकले देशप्रतिको चिन्ता र चासोलाई सम्बोधन गर्ने प्रयास गरेका छन् ।

जनताले पीरमर्का र दुःखको बिसौनी ठानेका नेता व्यक्तिगत, समूहगत र पार्टीगत स्वार्थमा चुर्लुम्म डुबेर देश–जनताप्रतिको अहम् दायित्वबाट विमुख भइरहेको वर्तमान समयलाई अनुभूत गराउन सफल छन् लेखक । ‘इबेलाको उडान’ मा उनी किर्गिस्तानमा भइरहेको राष्ट्रपतिको निर्वाचनमा इबेलाले भोट दिन चाहेका दुई उम्मेदवारबारे इबेलालाई सोध्छन्, ‘तिनीहरूको राजनीतिक विचार के हो ?

‘उनीहरूले विकासको कुरा गरेका छन् ।’ इबेला जवाफ दिन्छे । ‘उनीहरूको दर्शन के हो ?’ ‘सायद उनीहरूका लागि विकास नै दर्शन हो ।’ इबेला झन् मुखरित हुन्छे । ‘त्यसो भए के किर्गिस्तानमा मार्क्सवादी, लेनिनवादीहरू छैनन् ?’ ‘मैले त्यस्ता मान्छे कम्तीमा इसाकुलमा देखेकी छैन ।’ ‘कस्तो अनौठो कुरा !

लेनिनकै पूर्वसोभियत भूमिमा लेनिन छैनन् । किर्गिस्तानमा मनग्गे भोड्का छन् । भेडा छन् । घोडा छन् । तर, लेनिन छैनन् । गोठ छ, तर गोठमा वर्गसंघर्ष होइन, प्रेमका कथा पढिन्छ । के किर्गिस्तान फेरिएकै हो त ?’ इबेलाले अत्यन्तै सरल उत्तर दिई, ‘हो नि फेरिनै त पर्छ ।’

किर्गिस्तानकी इबेलासँगको संवादमार्फत लेखक छ्याङ्ग भएको नीलो आकाशझैं खुलेका छन् । मान्छेको सरल र समुन्नत जीवनका लागि राजनीतिक विचार नै सर्वोत्तम होइन, विचार छ, तर त्यो विचारले मानव विकासमा अवरोध सृजना गर्छ, प्रेममा तगारो हाल्छ र मान्छेका जिजीविषालाई तुच्छ ठान्छ भने किर्गिस्तानमा मार्क्स र लेनिनवादको अवसान भएझैं जुनसुकै विचारको पनि अवसान अवश्यम्भावी छ भन्ने लेखकको अभिमत छ ।

यस निबन्धमा प्रतीकात्मक रूपमा उनी नेपालमा सबै व्यक्ति, वर्ग र समुदायमा जरो गाडेको फोस्रो र गतिहीन राजनीतिमाथि कटाक्ष गर्छन् । दिनप्रतिदिन ‘बद् से बदतर’ भइरहेको नेपालको राजनीतिको नियति पनि एकदिन किर्गिस्तानको घोडाभन्दा पनि बेकाम्मे हुने सम्भावनाप्रति खबरदारी गर्छन् ।

‘देश अर्थात् प्रश्नहरू’ जीवन्त र मार्मिक निबन्ध हो । उनी आफैंलाई प्रश्न गर्छन् ‘देश भनेको के हो ? त्यो उमेरमा हाम्रा लागि देश भनेको खेत थियो । हाम्रा गाईबस्तु चर्ने खर्क थियो । गाउँको बीचमा उभिएको बरको रूख, मन्दिर र हामी पढ्ने स्कुल थियो । त्योभन्दा बढी आयतनको देश हाम्रा लागि गुरुले नक्सामा देखाउने किरिङमिरिङ चित्र थियो । एक दिन हाम्रो स्कुलमा नयाँ मान्छे देखा परे ।

तीनले गीत गाउँदै सुनाए– मेरो देश खोज्दै जाँदा देश मैले भेटें, जनता नै देश रैछ देश मैले देखें ।’ जुन देशका नागरिक सुख–शान्तिको खोजीमा देश छोडेर भारतमा भासिनुपर्छ, त्यहाँनिर देश कहाँ छ ? जनआन्दोलन भयो, क्रान्ति भयो, एक दशकसम्म सशस्त्र युद्ध भयो । देशमा नयाँ संविधान आयो ।

तर, त्यो सबै माछीमाछी भ्यागुतो भयो– भुइँमान्छेका लागि ! देश भनेको जनता हो भनेर बुझेका लेखक जब देशको परिचयलाई शासकले परिचय बनाएको, कुनै अमुक पार्टीको झन्डामा देशलाई गाँठो पारेको, देशको परिचय ढुंगा भएको र नेताले मागी खाने भाँडो भएको देख्छन् तब उनी आक्रोशित भएर प्रश्न गर्छन् ‘आँखिर देश भनेको के हो ?’ लेखक शान्त–भावुक भएर उत्तर दिन अग्रसर हुन्छन्, ‘देश करोडौं मान्छेको मनको कविता हो ।’

किताबमा प्रस्तुत अर्को पाटो हो– प्रेम ! राजनीतिक विचार र सिद्धान्त पनि प्रेमशून्य हुन सक्दैन भन्ने विचारका पक्षपाती हुन् उनी । जुन विचारक प्रेम बुझ्दैन उसले सर्वहाराको प्रेम अनुभूत गर्दैन । जुन नेता प्रेमको कुरा गर्न जान्दैन त्यसले नागरिकका सुख–दुःखका कुरा गर्न जान्दैन । र, जुन लेखकको सृजनामा प्रेम हुँदैन, त्यो सृजनामा जीवन हुँदैन । ‘माधवी ओ माधवी’ मा भरपूर प्रेम छ ।

तर, प्रेमको उद्गार फरकफरक छ । मार्क्सलाई आफूले प्रेम गर्न सुरु गरेको घटना जीवनकै ठूलो घटना ठान्छन् उनी । आमा बितेपछि एक जनाले लेखकलाई भन्यो, ‘खोई आमा ? आमा त आकाशमा हराइन् ।’ लेखकले जवाफ दिए, ‘आमा आकाशमा हराएकी छैनन् । आमा त स्वयं आकाश भइन् ।’ उनको प्रेमको परिधि यति उन्नत र फराकिलो छ । ‘राधे राधे’, ‘सुन्दर मन’, ‘बादलमाथिको देशमा’, ‘प्यारी जलजला’ र ‘माधवी ओ माधवी’ निबन्धमा उनी प्रेमिल मनका साथ प्रकट भएका छन् ।

व्यक्ति–व्यक्तिबीचको प्रेम, व्यक्ति–समाजबीचको प्रेम, एक समाज–अर्को समाजबीचको प्रेम र सद्भावले व्यक्ति–समाजको प्रगति, परिवर्तन र गतिशीलतालाई कसरी अभिप्रेरित गर्न सक्छ ? यी निबन्धमा जीवनको भोगाइलाई शोधपत्रका रूपमा प्रस्तुत गरिएको छ । किताबको शीर्षक निबन्ध ‘माधवी ओ माधवी’ मा लेखकले महाभारतको एक कथाकी पात्र माधवीलाई प्रेमिकाको रूपमा कल्पना गरेका छन् ।

माधवीको फरक कथा बुनिएको छ । लेखक, जो यहाँ माधवीको प्रेमी बनेका छन्, माधवीलाई साधनजस्तो भोग्या ठान्ने गालवप्रति रोष छ । राजाहरूबाट श्यामकर्णी घोडा प्राप्त गर्न तिनकी भोग्या बन्नुपर्ने नियतिबाट ग्रसित माधवीको उन्मुक्तिका लागि प्रेमी लेखक विद्रोह गर्छन् । पौराणिक ग्रन्थमा वर्णित कथामा सहज र स्वाभाविक अर्थमा प्रस्तुत गरिएको नारी विभेद र नारीप्रति हुने अत्याचारलाई सम्बोधन गर्न लेखकले पौराणिक कथाको संरचना, दृष्टिविन्दु र पात्र विधानलाई कुल्चिँदै नारी अधिकार र अस्मिताको रक्षार्थ नयाँ कथाको खाका कोरेका छन् । यस अर्थमा उनले माधवीको कथालाई नयाँ सोच र दृष्टिबाट पर्गेल्नुपर्ने आवश्यकता बोध गराएका छन् ।

किताब पब्लिसर्सबाट प्रकाशित ‘माधवी ओ माधवी’ एक गहकिलो निबन्ध–किताब हो, जसमा समाविष्ट २३ वटै निबन्धले पाठकलाई आफूले पनि सोचेजस्तो, अपनाएजस्तो, भोगेजस्तो, बेहोरेजस्तो र प्रेम गरेजस्तो अनुभूति दिलाउँछन् । लेखकको सोचाइ उनकै मात्र सोचजस्तो लाग्दैन ।

लेखकको भोगाइ उनकै मात्र एक्लो भोगाइजस्तो लाग्दैन । उनले गरेको प्रेम उनैले मात्र गरेजस्तो लाग्दैन । यो मेरो पनि सोचाइ, भोगाइ र प्रेम होजस्तो लाग्छ । निजी विचार, भोगाइ र प्रेमलाई सर्वव्यापक र सर्वकालीन बनाउन सक्नु नै लेखकको सफलता हो भन्ने म ठान्छु म । यस अर्थमा लेखकले ‘माधवी ओ माधवी’ बाट सशक्त उपस्थिति दर्साएका छन् ।


Last Updated on: December 24th, 2022 at 10:57 pm


२१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया