सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


बिहेपछि सलोन र करिश्माको पहिलो अन्तर्वार्ता, गरे बच्चा नजन्माउने सम्झौता (हेर्नुस भिडियो)

प्रकाशित मिति । ९ पुस, २०७९

काठमाडौ । नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीले बुधबार बिहेको भव्य पार्टी आयोजना गरे । काठमाडौंको हायात प्यालेसमा आयोजित पार्टीमा ७ सय भन्दा बढी अतिथी पुगेका थिए ।

यसमा पनि चलचित्र क्षेत्रका अधिकांश कलाकारले सलोनको पार्टीमा उपस्थिती जनाए ।बिहेपछि निक्कै खुशी देखिएका सलोनले करिश्माको साथले आफूलाई झनै उर्जा मिलेको बताए ।

अपूर्ण रहेको आफूलाई पूर्ण बनाएको भन्दै उनले करिश्मालाई धन्यवाद दिए । करिश्माले पनि बिहेमा निक्कै मज्जा आउने बताउँदै रमाइलो भएको बताइन् । सलोनले भने–‘बिहे अगाडि मलाई धेरैले डर देखाएका थिए ।

तर, बिहेपछि थाहा भयो, मज्जा आउने रहेछ । जब सफा मन र खुशी भएर कसैलाई साथ दिइन्छ, रमाइलो हुन्छ ।’ करिश्माले बस्नेत परिवारलाई आफूले सधै नै एक बनाएर राख्ने वाचा गरिन् । यस्तै, सलोनले पनि करिश्मा बस्नेत परिवारमा आएपछि आफूहरुको परिवार झनै बलियो भएको बताए ।

४ बर्ष लामो प्रेम सम्बन्धलाई सलोन र करिश्माले बैबाहिक जीवनमा परिणत गरेका हुन् । सलोनले अब आफूले चलचित्रको काम गर्ने बताए । यस्तै, करिश्माले पनि एयरहोस्टेज पेशालाई नै अगाढि बढाउने बताइन् । बच्चाको बिषयमा त केही पनि नसोचेको उनीहरुको भनाई छ ।

हेर्नुस भिडियो

नुन-चामल डिपो माग्दै हस्ताक्षर संकलन

जुम्ला — लामो समयदेखि नुन र चामलको अभाव खेपिरहेका जुम्लाको पातारासी क्षेत्रका स्थानीय बासिन्दा तथा अगुवाहरूले नुन र चामलको डिपो गाउँपालिका केन्द्रमै राखिनुपर्ने माग गरेका छन् । लामो समयदेखि माग गर्दा समेत नुन र चामलको डिपो पाउन नसकेको भन्दै घरदैलोमा पुगेर यहाँ हस्ताक्षर संकलन अभियान चलाइएको छ ।

पाँच केजी नुन र २५ केजी चामलका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झट हटाउन डिपो स्थापना गर्नुपर्ने माग राखेर हस्तक्षर अभियान चलाइएको स्थानीय भक्तबहादुर बुढाले बताए । उनका अनुसार गाउँगाउँमा पुगेर नुन चामलको वितरण केन्द्र राखिनु पर्ने विषयमा दबाब दिन हस्ताक्षर संकलन भइरहेको छ । यसका लागि अहिलेसम्म १ हजार ५ सय ७५ जनाले एकमुष्ट हस्ताक्षर गरिसकेका छन् ।

‘गाउँगाउँमा सिंहदरबार भनिएको छ । तर वास्तविकतामा जनताको आधारभूत आवश्यकता पनि गाउँका केन्द्रमा पाइँदैन । सरकार घरदैलोमा आएको अनुभूति कसरी गर्ने ?,’ भक्तबहादुरले भने, ‘सामान्य नुनदेखि सुनसम्म पालिका केन्द्रमै पाइनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यही मान्यता पूरा गर्न दबाब दिन यो अभियान थालिएको छ ।’

भक्तबहादुरको अगुवाइमा हस्ताक्षर संकलन अभियान चलिरहेको हो । सदरमुकाम खलंगादेखि पूर्वमा पातारासी गाउँपालिका पर्छ । जसलाई चौधविस क्षेत्र पनि भनिन्छ । उनले भने, ‘भौगोलिक रुपमा विकट छ भन्दैमा राज्यका हरेक सेवा सुविधाबाट बञ्चित गर्न मिल्दैन । अब पातारासीमै नुन र चामलको डिपो सिर्जना गरेर अनुदानको चामल नुन ल्याउनुपर्छ ।’

स्थानीयहरूले संकलन गरेको हस्ताक्षर स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय हुँदै साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालय र खाद्य तथा ब्यापार कम्पनी लिमिटेडमा पठाइनेछ ।

पातारासीमा ७ वडा छन् । तर चामलका लागि यहाँका बासिन्दालाई सदरमुकाम खलंगा धाउनुको विकल्प छैन । पातारासी ३ हुरीमहरी गढीगाउँबाट सदरमुकाम खलंगा आउजाउ गर्न दुई दिन लाग्छ । त्यसैमाथि कच्ची सडकमा निवमित सवारी चल्दैन । गाडीमा ढुवानी गरिएको खाद्यन्न भने अत्यधिक महंगो पर्ने स्थानीयहरूको गुनासो छ ।

त्यसैले पनि पालिकाको केन्द्रमा रहेको लासी बजारमा डिपो चाहिने भन्दै स्थानीयहरूले दबाब दिन थालेको बुढाको भनाइ छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लले भने पातारासीका जनताको माग जायज रहेको प्रतिक्रिया दिए । तर केन्द्रीय कार्यालयबाट स्वीकृत नहुँदा डिपो स्थापना गर्न मुस्किल भएको उनले संकेत गरे ।

‘पातारासी गाउँपालिकामा पेस भएको हस्ताक्षर कार्यपालिका बैठकले जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्छ । जिल्ला प्रशासन कार्यालयले सिफारिस पठाएर केन्द्रीय कार्यालयदेखि स्वीकृत भएको खण्डमा उनीहरुको माग सम्वोधन हुन्छ,’ मल्लले भने । अहिले सदरमुकाम खलंगामा पुगेर घण्टौंसम्म लाइन बसेर पनि पर्याप्त नुन र चामल नपाइने भन्दै स्थानीयहरूले वर्षौंदेखि गुनासो गर्दै आएका छन् ।

इन्धन ढुवानी कमिसन ५ प्रतिशत पुर्‍याउन व्यवसायीको माग

तिलोत्तमा — इन्धन बिक्री गरेबापत बिक्रेताले पाउने कमिसन वृद्धि गर्न पेट्रोलियम व्यवसायीहरुले माग गरेका छन् । व्यवसायीहरुले इन्धनको सहज आपूर्ति गरिनुपर्ने, कमिसन वृद्धि गर्नुपर्ने, धरौटीको ब्याज दिनुपर्ने माग गरेका हुन् ।

रुपन्देहीको भैरहवामा शनिबार आयोजित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स संघको १७ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनमा उनीहरुले सरकार र आयल निगमले आफूहरुका मागलाई सधैं बेवास्ता गर्दै आएको गुनासो गरे । व्यवसाय धराशयी हुँदासमेत राहत र सहयोग नपाएको गुनासो गर्दै उनीहरुले सरकार र निगमले हेर्ने दृष्टिकोणमा परिवर्तन गरी समस्या समाधानमा ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स संघका अध्यक्ष प्रेम न्यौपानेले पेट्रोलियम पदार्थ डिलरसम्म ल्याउँदा धेरै घाटा हुने भए पनि आयल निगमले क्षतिपूर्ति न्यून दिने गरेको गुनासो गरे । निगमले यसअघि यूरो-२ मापदण्ड अनुसारमा दिँदै आएको क्षतिपूर्ति अहिले यूरो-६ मापदण्डअनुसार आइपुग्दा पनि नबढाएको उनको गुनासो छ ।

‘व्यवसायीले मात्रै सधैं नोक्सानी ब्यहोर्ने ? आयल निगमलाई घाटाबाट जोगाउन सधै व्यवसायी मारमा पर्नुपर्ने कस्तो नियति हो’, संघका अध्यक्ष न्यौपानेले भने, ‘त्यसैले तत्काल क्षतिपूर्ति बढाउन निगम र सरकारसमक्ष माग गर्दछु ।’ संघका अध्यक्ष न्यौपानेले इन्धन बिक्री गरेबापत बिक्रेताले पाउने कमिसन वृद्धि गरेर कमिसन ५ प्रतिशत पुर्‍याउनुपर्ने माग गरे । अहिले व्यवसायीले ३ प्रतिशत कमिसन पाउँछन् ।

पेट्रोलियम व्यवसायीका अनुसार यूरो-६ मापदण्डमा आइरहेको तेल पातलो हुँदा उड्ने र पोखिने भएकाले धेरै घाटा हुन्छ । ‘पातलो तेल उड्ने हुँदा धेरै नोक्सानी हुन्छ’, न्यौपानेले भने, ‘हामीले निगमले दिनेभन्दा प्रत्येक ट्यांकरमा १५–२० लिटर तेल क्षति व्यहोरिरहेका छौं ।’

अहिले ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा ५० देखि ६० लिटर नोक्सानी हुने गरेको व्यवसायीहरुले बताएका छन् । तर, निगमले भने ३५ लिटरको मात्रै क्षतिपूर्ति दिने गरेको भन्दै आफूहरु मर्कामा परेको व्यवसायीको गुनासो छ ।

संघका वरिष्ठ उपाध्यक्ष हिमाल गैरेले भलवारी डिपोसम्म पाइपलाइन विस्तार गर्नुपर्ने, ग्यास व्यवसायी बराबर पेट्रोलियम व्यवसायीलाई पनि सुविधा दिनुपर्ने, रोहिणी खोलाको किनारमा आयल निगमले खरिद गरेको जग्गामा निगमको डिपो निर्माण तत्काल सुरु गर्नुपर्ने माग गरे ।

नेपाल पेट्रोलियम डिलर्स महासंघका केन्द्रीय सदस्य राजु न्यौपानेले आफूहरुका माग पूरा गर्नतर्फ निगम उदासिन देखिएको आरोप लगाए । उनले अग्नी बिमा गर्नुपर्ने, धरौटीको ब्याज दिनुपर्ने र निश्चित समय अवधिलाई मात्र धरौटी राखिनुपर्ने माग गरे । ‘बढ्दो ब्याजले हामीलाई झनै मारमा पारेको,’ उनको प्रश्न थियो, ‘८ प्रतिशतमा लिएको ऋणको ब्याज वृद्धि भएर १६ प्रतिशत पुगिसक्यो । नियन्त्रण गर्ने कसले हो ?’

साधारणसभामा व्यवसायीहरुले सीमा क्षेत्रमा भारतीय बजारबाट अवैधरुपमा तेल ल्याउने क्रम बढेको र तेल भर्न भारतीय पम्पहरुमा जाने प्रवृत्त मौलाउँदा आफूहरु समस्यामा परेको बताए ।

संघको अधिवेशनले आगामी कार्यकालका लागित नयाँ नेतृत्व चयन गर्नेछ ।


Last Updated on: December 24th, 2022 at 7:07 pm


१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया