बुधबार १५ चैत्र २०७९


कति बाकसमा मात्रै फर्किने ? नेपाल फर्किनुहोस् आकर्षक रोजगारी दिनेछु : रवि लामिछाने

प्रकाशित मिति । ९ पुस, २०७९ ।

काठमाडौ । देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भए का ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छु क ब्यक्तिको हामीलाई खाँचो परेको छ।

हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्य कारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु।

कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला।

म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु। तेस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि छानले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गरेका छन् ।

उनले सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको बताए । आज सांसदको सपथग्र हण समारोहमा जाने क्रममा पत्रकारहरुले लामिछानेलाई घेरेर विभिन्न प्रश्न सोधेका थिए ।

आफ्नो नागरिकता र पासपोर्टका विषयमा सोधिएको प्रश्नमा उनले यो विषय न्यायालयमा रहेको भन्दै बोल्न मानेनन् । राजनीतिक प्रश्नको चाहीँ खुलेर जवाफ दिए ।

लामिछानेलेलाई ठूला दलका पुरानै नेताले नेतृत्व गर्ने अवस्थामा रास्वपा सरकारमा जान्छ कि जाँदैन भनेर सोधिएको थियो । उनले त्यस्तो सम्भावनालाई इन्कार गरेनन् ।

उनले भने, ‘आमनागरिकले मत दिएर, विश्वास गरेर उहाँहरुलाई जिताइसकेपछि हामीले जनम तको कदर नगर्ने कुरा आउँदैन ।’

यद्यपि, आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने भित्री चाहना पनि लामिछानेले प्रकट गरे ।

नेपाललाई मुद्दा हाल्ने योजना बोकेर गए शोभराज

१९ वर्षको जेल सजायपछि शोभराज नेपाल निकाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार साँझ कतारको दोहा हुँदै फ्रान्सका लागि ‘डिपोर्ट’

काठमाडौँ — सिरियल किलर’ का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज अबका १० वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी शुक्रबार निष्कासित भएका छन् । नेपालमा १९ वर्ष जेल जीवन बिताएका शोभराजले नेपाल राज्यविरुद्ध मुद्दा हाल्ने बताएका छन् ।

स्वदेश फर्कने क्रममा शुक्रबार साँझ जहाजमा अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग कुरा गर्दै उनले रिहाई पछि खुसी अनुभूति गरिरहे पनि नेपाल राज्यलगायत धेरैविरुद्ध मुद्दा हाल्ने योजना रहेको खुलासा गरेका हुन् । ‘मैले धेरै काम गर्न बाँकी छ र धेरैविरुद्ध मुद्दा हाल्नु छ, तीमध्ये नेपाल राज्य पनि हो,’ उनले भनेका छन् । अन्तर्वार्ताका क्रममा उनले आफूलाई ‘सिरियल किलर’ का रुपमा गलत चित्रण गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले नेपालमा आफूमाथि लगाइएको दुई जनाको हत्या आरोप पनि अस्वीकार गरेका छन् । ‘मैले केही नगरे पनि कारागार लगियो,’ उनले भने, ‘म सबै मुद्दामा निर्दोष छु । त्यसैले मैले नराम्रो र राम्रो ठान्नुपर्ने कुरै छैन । म निर्दोष थिएँ । मलाई फर्जी कागजात (प्रमाण) का आधारमा फसाइएको हो ।’

उनले न्यायाधीशले कुनै साक्षी बिना र आरोपितलाई सफाईको मौका नै नदिई फैसला लेखेको आरोप लगाएका छन् । ‘नेपालमा जिल्ला देखि सर्वोच्च अदालतका सबै न्यायाधीशहरू चार्ल्स शोभराजविरुद्ध पूर्वाग्रही थिए’ उनको भनाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।

सर्वोच्च अदालतको आदेशपछि शुक्रबार केन्द्रीय कारागारबाट छुटेका शोभराजलाई अध्यागमन विभागले २०८९ सालसम्म नेपाल प्रवेशमा रोक लगाउँदै कतारको दोहा हुँदै फ्रान्सका लागि ‘डिपोर्ट’ गरेको हो ।

नेपालबाट फ्रान्स फर्कने क्रममा शुक्रबार कतार एयरवेजको विमानमा चार्ल्स शोभराज । तस्बिर : अतिश पटेल/एएफपी

नेपालमा ४७ वर्षअघि भएको एउटा जघन्य अपराधमा जेल सजाय भुक्तान गरेर निष्कासनमा परेका उनी नेपाल अध्यागमनको कालो सूचीमा पनि छन् । कालोसूचीमा रहेसम्म उनी नेपाल आउन पाउने छैनन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले अध्यागमन कार्यविधि २०६५ अनुसार एक दशक नेपाल आउन नपाउने गरी शोभराज निष्कासनमा परेको बताए ।

निष्कासनअघि नेपालस्थित फ्रान्सेली दूतावासले शोभराज आफ्नो देशको नागरिक रहेको भन्दै जिम्मा लिएपछि विभागले १५ दिनको ट्राभल डकुमेन्ट बनाइदिएको थियो । त्यसबापत शोभराजका तर्फबाट विभागमा ५० हजार रुपैयाँ जरिवाना र भिसा शुल्कबापत ३० डलर बराबरको राजस्व दाखिला गरेपछि उनलाई विमानस्थल लगिएको थियो ।

२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र क्यानेडियन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सुनाएकामा सर्वोच्चले २०६७ साउन १४ मा जिल्लाको फैसला सदर गरेको थियो । त्यसअघि हत्या गरेर फरार रहेका शोभराज २८ वर्षपछि २०६० असोज २ मा काठमाडौंबाट पक्राउ परेका थिए ।

त्यसयता केन्द्रीय कारागारमा कैदी जीवन बिताइरहेका उनलाई बुधबार मात्रै सर्वोच्चले बाँकी सजाय छुट दिएर १५ दिनभित्र फ्रान्स फिर्ता गर्न आदेश गरेको थियो । सर्वोच्चले कैद मुक्त गर्न आदेश दिएपछि शोभराजको आपराधिक संलग्नता र उनी फ्रान्स फर्किन लागेको विषयमा विश्वभरका मिडियाले समाचार प्रकाशन/प्रसारण गरेका छन् ।

कानुनी प्रक्रिया पूरा गर्नुअघि शोभराजले प्रहरी पहरामा केही घण्टा विभागमा बिताएका थिए । अध्यागमन अधिकृतस समक्ष उनले निर्दोष हुँदाहुँदै नेपालले जेल पठाएको भन्दै क्षतिपूर्तिको मागसहित अन्तर्राष्ट्रिय अदालतमा जाने उल्लेख गरेका थिए । फ्रान्समा आफ्नो परिचय लेखक र डकुमेन्ट्री प्रोड्युसरका रूपमा रहेको र बाँकी जीवन त्यहीँ बिताउने उनले बताएका थिए ।

‘शोभराज विमानस्थल जानुअघिको समय न खुसी, न पश्चाताप, सामान्य अवस्थाको मानिसको जस्तो थियो,’ विभागका एक अधिकृतले भने, ‘करिब २० वर्ष जेल बसेर छुटेका व्यक्तिको हाउभाउ र स्वभावमा केही त फरक देखिनुपर्ने हो, हामीलाई त्यस्तो लागेन । फ्रान्स पुगेर रमाइलोसँग क्रिसमस मनाउँछु भन्थे ।’

शोभराज केही समय अस्पताल बसेर फर्किन चाहन्थे तर सुरक्षाका कारण विभाग जतिसक्दो छिटो डिपोर्ट गर्नेतर्फ केन्द्रित भएको थियो । २०७४ जेठमा गंगालाल अस्पतालमा उनको मुटुको शल्यक्रिया भएको थियो ।

नेपालको कारागारमै रहँदा निहिता विश्वाससँग कानुनी विवाह गरेका शोभराजले डिपोर्ट हुनुअघि निहितासँग भेट्न पाएनन् । कारागारबाट छुट्नुअघि र अध्यागमनबाट विमानस्थल प्रस्थान अघि निहिता र उनकी आमा शकुन्तला थापाले भेट्ने प्रयास गरेका थिए । स्रोतका अनुसार शोभराजलाई सुरक्षा पहरा दिएका प्रहरीले ‘भेट्ने भए विमानस्थल आउनु, त्यहाँ भेट्ने अवस्था हुन सक्छ’ भनेका थिए । निहिता ज्याकेट बोकर आएकी थिइन् । उनले ल्याएको कालो र रातो रङको ज्याकेट अध्यागमनका कर्मचारीमार्फत शोभराजसम्म पुग्यो । त्यही ज्याकेट लगाएर शोभराज विमानस्थल पुगेका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत वासुदेव घिमिरेका अनुसार शोभराज प्रस्थान कक्षतर्फ लागिसकेका कारण विमानस्थलमा निहितासँग भेट हुन पाएन । कारागार र अध्यागमनमा शोभराजको सहयोगीका रूपमा काम गरेका गोपाल शिवाकोटीले पनि निहितासँग शोभराजको भेट हुन नपाएको बताए । ‘म पनि कागजी प्रक्रिया मिलाउन कारागार र अध्यागमनमा व्यस्त रहेँ । मैले नै डिपोर्टअघिका काममा समन्वय गरेको हुँ,’ उनले भने, ‘त्यस अवधिमा अध्यागमन र कारागारका मान्छे बाहेक शोभराजको अरूसँग कुरा हुन पाएन ।’

शुक्रबार दिउँसो अध्यागमन परिसर बाहिर भेटिएकी निहिताले आफूले न्यायका लागि शोभराजका पक्षमा निरन्तर कानुनी लडाइँ लडेको बताइन् । आमा शकुन्तला पनि हँसिलो मुद्रामा भेटिएकी थिइन् । न्यायको लडाइँकै क्रममा शोभराजसँग विवाह भएको निहिताले बताएकी थिइन् ।

शोभराजसँगै फ्रान्स जाने योजना छैन भन्ने प्रश्नमा उनले ‘आफू कानुन व्यवसायी भएको र नेपालका ‘क्लाइन्ट’ लाई बीचमै छाडेर तत्काल फ्रान्स नजाने’ बताएकी थिइन् । फ्रान्स पुगेपछि शोभराज छोरी र आमाका साथ बस्ने उनले बताइन् । निहिताका अनुसार शोभराजकी सय वर्ष नाघेकी आमा छिन् ।


Last Updated on: December 24th, 2022 at 8:19 am


तपाईको प्रतिक्रिया