
हिमाल सुरक्षा परिषद नेपालले गर्यो ‘सशस्त्र युद्ध’को घोषणा!
प्रकाशित मिति । ८ पुस, २०७९ ।
काठमाडौं । ‘हिमाल सुरक्षा परिषद नेपाल’ले ‘सशस्त्र युद्ध’को घोषणा गरेको जनाएको छ।
भूमिगत शैलीमा आतङक सिर्जना गरिरहेको सो समूहले एक विज्ञप्ती जारी गर्दै सशस्त्र युद्धको घोषणा गरेको जनाएको छ।
उक्त समूहले विज्ञप्तिमार्फत एमसीसी सम्झौता अनुमोदनको विरोध गर्दै संवैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्रसहित २०४७ सालको संविधान लागू गर्न माग पनि गरेको छ।
यसअघि प्रहरीले झापामा हिमाल सुरक्षा परिषद् नेपालका गौरादह–२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाईलाई पक्राउ गरेर सार्वजानिक गरिसकेको छ।
को हुन् हिमाल सुरक्षा परिषद्का कमाण्डर खरेल ? चर्चमा थियाे बम पड्काउने याेजना – कृष्णसिंह लाेथ्याल
इटहरी बम विस्फाेटको घटनामा झापाका खगेन्द्र खरेल जोडिएका छन् । घटनास्थलमा उनैले नेतृत्व गरेको हिमाल सुरक्षा परिषद् नेपालको पर्चा भेटिएपछि उनको संलग्नता रहेकाे प्रहरीकाे दाबी छ । घटनास्थलमा कंग्रेन्ट फ्रन्ट अफ नेपालकाे ‘कफन अवधारणा’ सम्बन्धी अर्काे छुट्टै पर्चा पनि प्रहरीले फेला पारेकाे छ ।
सोमबार राति इटहरी उपमहानगरपालिकाको नवजागृति टोलको एक घरमा सुतली बम विस्फोट भएको थियो । विस्फोटमा परेर दुई जना युवा घाइते भएका छन् । प्रहरीका अनुसार विस्फाेटमा परी घाइते हुनेहरूमा २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ छन् ।
इटहरीमा बम विष्फोट, दुई युवा घाइते
इटहरी प्रहरीका अनुसार विस्फोटमा घाइते भएका गुरुङले बोकेको बम असावधानीवश विस्फोट भएको हो । प्रहरीसँगको बयानमा घाइते गुरुङले भारतको जोगबनीबाट पैसा पाउने लोभमा बम नेपाल भित्र्याएको बयान दिएका छन् ।
प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘मैले बम हो भनेर नेपाल ल्याएको होइन । भारतको सिलुगुडीमा रहेका जंगबहादुर नामका व्यक्तिले यो इटहरीको एक चर्चमा राख्नू भनेर पठाउनुभएको हो । त्यसबापत मलाई केही रकम पनि दिन्छु भनेका थिए । तर, चर्च नभेटेपछि कोठामा ल्याएको हुँ ।’
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार गुरुङले कति पैसामा कुन चर्चमा राख्न बम ल्याएका थिए भन्नेबारे खुल्न बाँकी छ । यसअघि ५ फागुनमा पनि याे समूहले झापाको दमक र बिर्तामोडको सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाएकाे थियाे । सो अभियोगमा प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो ।
उक्त घटनामा प्रहरीले मन्दिरका पुजारीदेखि लागुऔषध मुद्दामा फरार अभियुक्तसमेत पक्राउ गरेको थियो । तर, योजनाकार खरेल भने भारत भागेका थिए । त्यसपछि खरेल नेतृत्वको हिमाल परिषद्ले हिन्दु राष्ट्रको माग गर्दै १५ फागुनमा सशस्त्र संघर्षको घोषणा गरेको थियो । याे समूहले पछिल्लो समय पूर्वका जिल्लाहरूलाई केन्द्रित गरेर विभिन्न आपराधिक गतिविधि सञ्चालन गर्दै आएकाे छ ।
०४७ को संविधान ब्युँताउँदै त्यसैअन्तर्गतका पाँच विकास क्षेत्र कायम गर्ने र धर्मनिरपेक्ष गणतन्त्र घोषित नेपाललाई फेरि हिन्दु राष्ट्र कायम गर्नुपर्ने मुख्य माग यो समूहकाे छ । त्योबाहेक हिमाल परिषद्ले भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भनेको छ । साथै, यसले भर्खरै संसदबाट अनुमोदित एमसीसी सम्झौतासमेत खारेज गर्न माग गरेको छ ।
इटहरीमा बम पड्काउने हिमाली सुरक्षा परिषद् कस्ताे संगठन हाे ?
परिषद्ले विभिन्न समयमा दिइएका अंगीकृत र वंशज नागरिकता प्रमाणपत्रहरूमाथि पनि छानबिन र कारबाही चलाउनुपर्ने माग राखेको छ ।
कस्तो छ, खरेलको भूमिगत संगठन ?
प्रहरीको विश्लेषणअनुसार खगेन्द्र खरेल नेतृत्वको हिमाल सुरक्षा परिषद् नेपालको संगठन बलियो छैन । उनी यसअघि आफैँ बम विस्फोट घटनामा जेलजीवन भुक्तान गरेर छुटेका व्यक्ति हुन् । उनको संगठनमा आपराधिक गतिविधिमा संलग्नबाहेक अन्य कुनै राजनीतिक पृष्ठभूमि भएका व्यक्ति संलग्न नरहेकाे प्रहरीकाे दाबी छ ।
झापा प्रहरीका अनुसार वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा लागुऔषध मुद्दामा जेल परेर छुटेकाहरू उनको संगठनमा छन् । उनीहरूले झापाका व्यवसायीलाई तर्साएर चन्दा असुल्ने धन्दा पनि चलाएको खुलेको छ । जेल बस्दाकै केही साथीहरूलाई संगठित गरेर उनले आपराधिक गतिविधि सञ्चालन गरेको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले बताए ।
‘खगेन्द्र खरेल आपराधिक गतिविधिमा संलग्न व्यक्ति हो । कुनै जनाधार र बलियो संगठन भएको मान्छे होइन । दुई/चार जनाबाहेक अरु छैनन्’, एसएसपी केसीले भने । राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले पनि खरेल आपराधिक गतिविधिमै संलग्न व्यक्ति भएको र राष्ट्रिय सुरक्षा चुनौती गर्ने खालको संगठन नभएको दाबी गरे ।
यद्यपि खरेल भूमिगत भएर आपराधिक गतिविधिमा संलग्न रहेका कारण निगरानी बढाएकाे उनले बताए । ३० वैशाखको स्थानीय चुनावलाई मध्यनजर गर्दै यस्ता गतिविधि रोक्न सुरक्षा निकायले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
धनुषा-४ मा एमालेका रघुवीर महासेठ विजयी
काठमाडौँ — धनुषा- ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार महासेठले ३२२३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्र यादवले ३२११२ मत ल्याएका छन् ।
महासेठ २०६४ को संविधान सभाको उपनिर्वाचनमा धनुषा-५ बाट विजयी भएका थिए । २०७४ को चुनावमा पनि उनी धनुषा-४ बाट निर्वाचित भएका थिए । धनुषा- ३ बाट यसपटक उनकी श्रीमती जुलीकुमारी महतो विजयी भइसकेकी छन् । महासेठ एमाले सचिव हुन् ।