मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । ८ पुस, २०७९ ।

काठमाडौ । महाबिर बिश्वकर्मको मृत्युपछि चर्चित संचारकर्मी रुपा सुनारले “सबैभन्दा प्रिय साथी, सबैभन्दा नजिकको साथी, योद्दा साथी, क्रान्तिकारी साथी !” शिर्षक राखेर लामो र भावुक स्टाटस लेखेकी छिन । महाबिरको स्मरणमा लेखेको उक्त स्टाटस अहिले भाइरल भएको छ ।

‘बहकिने मन’ का प्रस्तोता महावीर विश्वकर्मा रहेनन्

काठमाडौं : कलाकार एवम् संचारकर्मी महावीर विश्वकर्माको निधन भएको छ। चितवनबाट काठमाडौं फर्किँदा दुर्घटनामा परि उनको मृत्यु भएको रंगकर्मी केदार श्रेष्ठले जानकारी दिए।

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता रहेका महावीर पछिल्लो समय राजनीतिसँगै जात व्यवस्था उन्मुलन अभियानमा सक्रिय थिए। चितवन राप्ती नगरपालिका-४ डडुवा घर भएका उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यसमेत थिए।

केदार महावीरको निधनसँगै नेपाली समाजले एक प्रष्ट वक्ताका साथै कलाकार गुमाएको बताउँछन्। राजनीतिक र सामाजिक अभियान्ताका साथै महावीर एक रंगकर्मी रहेको उनको भनाइ छ।

‘महाविर अध्ययनशिलका साथै प्रष्ट विचार भएको व्यक्ति हो। साथै कलाकार पनि। गजल, कविता साथै नाटकमा पनि महाविरको चासो थियो। महाविरले कीर्तिपुर रंगमञ्च थिएटरले तयार पारेको विभिन्न नाटकहरुमा समेत अभिनय गरेको थियो,’ उनले भने।

केदारका अनुसार महावीरले सुरुमा एन्टिना फाउन्डेसनमा रेडियो नाटकहरु लेख्ने काम गर्थे। पछि उनले सर्वनाम थिएटरमा ३ महिना अभिनय प्रशिक्षण लिएर अभिनय गर्न थालेका थिए। महावीरले कथा सारंगी गाउँको, अभान्तर र छिद्र क्यानभास जस्ता नाटकरुमा अभिनय गरेका थिए। साथै उनले सर्ट फिल्महरु समेत निर्माण गरेका थिए।

उनको निधनमा अहिले कलाकार र रंगकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

रुपा सुनारले आफ्नो फेशबुकमा यस्तो लेखेकी छिन.. जस्ताको तस्तै पढ्नुस

सबैभन्दा प्रिय साथी, सबैभन्दा नजिकको साथी, योद्दा साथी, क्रान्तिकारी साथी !
जसको दिमागमा दिलमा क्रान्ति सिवाय अरू कुनै कुराले बास पाएन !
जसले मुक्ति र परिवर्तनको लडाई संग बाहेक अरू संग नाता गाँस्न चाहेन !

जसले समाजको समस्या प्रति चिन्ता मात्र व्यक्त गरेन बरू समधानको बाटो खोजेर आफ्नो सम्पुर्ण जीवन नै क्रान्तिमा लगायो, जो थुप्रै युवाहरूको प्रेरणा बन्यो, उत्पीडित समुदायको आशा बन्यो । जसले सेलीब्रेटी बन्ने रेसमा दौडिरहेको मलाई समाज बुझ्न सिकायो, क्रान्तिकारी बन्न प्रेरित गर्‍यो,मुक्तिका लागि परिवर्तनका लागि पुर्णकालिन राजनीतिमा होमिने उर्जा दियो ।

जो संग जीवनको अन्तिम समय सम्म संगै यात्रा गर्ने सपना थियो त्यहि साथी केही पाइला संगै हिड्दा हिड्दै अस्तायो ! साथी अस्तायो तर उसले सुरु गरेको यात्रा अस्ताउने छैन । जात व्यवस्था उन्मूलन र सिंगो मनाव मुक्तिको लागि लड्न संगै बनाएका कयौँ योजनाहरू मर्ने छैनन्।

यात्राको प्रत्येक पाइलामा कमरेड महावीरको अभाव गहिरो संग खड्किने छ तर महावीरले देखेको सपना पुरा गर्न उसले सुरु गरेको यात्रालाई गन्तव्य सम्म पुर्‍याउन हजारौँ महावीरहरू तयार हुनुपर्छ, हुनेछन् । महावीरको सपनालाई आफ्नो पनि सपना सम्झिने तमाम युवाहरू आफ्नो भागको कोटा पुरा गर्न तयार हुनुपर्छ, हुनेछन । क्रान्तिको निम्ति दृढ संकल्प सहित अगाडि बढ्ने छन् ।

त्यो परिवारलाई सलाम जसले कमरेड महावीरलाई परिवारको जेठो छोरो भएपनि कुनै किसिमको पारिवारिक भार थोपरेन, क्रान्तिकारी यात्रामा हर हिसाबले साथ दिँदै आयो र मृत्यु संस्कार पनि कमरेड महावीर हिडिरहेको बाटो अनुसार नै समापन गर्न तयार भयो ।

प्रिय कमरेड ! असीम स्मरण !

यादव र राईले लिए सांसदको शपथ

काठमाडौँ — प्रतिनिधिसभा सदस्यमा शुक्रबार दुई जना सांसदहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । माओवादी केन्द्रका सांसद महिन्द्रराय यादव र रामकुमार राईले शपथ लिएका हुन् ।

उनीहरुलाई संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

बिहीबार प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई जबारले नयाँ बानेश्वरस्थित संसद् भवनमा सामूहिक शपथ गराएका थिए ।

राजनीतिक गुटबन्दीका कारण चार्ल्स शोभराजको रिहाइ ढिला भयो : निहिता विश्वास

काठमाडौँ — कानुनविद् निहिता विश्वासले चार्ल्स शोभराजको रिहाइ यसअघि नै हुनुपर्नेमा राजनीतिक गुटबन्दीका कारण अहिलेसम्म कुर्नुपरेको बताएकी छन् । राजनीतिक दलहरूले विभिन्न अध्यादेशहरू ल्याएर आ-आफ्ना मान्छेहरूको मात्र रिहाइ गर्न खोजेकाले शोभराजको रिहाइमा अहिलेसम्म कुर्नुपरेको उनले बताइन् ।

शुक्रबार अध्यागमन विभाग अगाडि पत्रकारहरूसँग कुरा गर्दै विश्वासले शोभराजले ५ वर्षअघि नै सफाइ पाउनुपर्नेमा ढिला भएको बताएकी हुन् । ‘यसअघि मिडियाका कारण अदालतलाई निर्णय लिन गाह्रो भएको थियो । ५ वर्षअघि नै यो निर्णय हुनुपर्ने थियो‚’ उनले भनिन् ।

मुटुको रोग लागेर निधन हुन सक्ने भएकाले सर्वोच्चले सबै कुरा बुझेरै सफाइ दिएको भन्दै उनले शोभराजलाई केन्द्रीय कारागारबाट सिधै फ्रान्स पठाउनू भन्ने आदेश भएको दाबी गरिन् ।

अझै कुनै विलम्ब नभए आजै शोभराजलाई फ्रान्स पठाउने उनले बताइन् । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन् । केन्द्रीय कारागारको गोलघरमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।

नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सक्ने अधिकार विभागसँग छ । त्यसको प्रयोग गरेर शोभराजलाई आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।


Last Updated on: December 23rd, 2022 at 6:35 pm


२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया