शुक्रबार १० चैत्र २०७९


प्रकाशित मिति । ८ पुस, २०७९ ।

काठमाडौ । चर्चित बाल कलाकार सचिन परियारको उपचारको लागि बेलायबाट सहयोग जुटेको छ । सामाजसेवी इशा गुरुङले परियारको ज्यान जोगाउन २० हजार सहयोग गर्ने घोषणा गरेकी छिन ।

सचिन परियार बाबुको लाई बचाउनु हाम्रो दायित्व हो, मानवताको नाताले रु २० हजार सानो सहयोग गरौला म पनि भन्दै सामाजिक संजाल फेशबुकमार्फत जानकारी गराएकी छिन ।

फेशबुका Isha Maya Gurung यस्तो लेख्नुहुन्छ,

‘सचिन परियार बाबु लाइ बचाउनु हाम्रो दायित्व हो , मानबताको नाताले रू २० हज़ार सानो सहयोग गरौला म पनि .. 🙏”

कस्तो छ सचिनको अवस्था ?

काठमाडौ । पछिल्लो केही समयदेखि गुल्मीका ९ बर्षिय बालक सचिन परियार नेपाली म्यूजिक भिडियो र युटुबमा चर्चामा थिए । हुनत, यसरी चर्चामा आउने सचिन पहिलो पात्र भने होइन ।

‘तरकारीवाली’देखि थुप्रै अनुहारले क्षणिक चर्चाको स्वाद चाखिसकेका छन् । तर, अधिकांश अहिले कहाँ छन् कमैलाई मात्र थाहा होला ।

सचिन परियार एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि एकाएक भाइरल भए । सचिनको रमाइलो तरिकाले बोल्ने शैली तथा आनीबानी धेरैलाई रोचक लाग्यो । उनको यही शैलीले अन्तरवार्ता हेर्नेको संख्या लाखौ पुग्यो ।

उनले बोलेका शब्दहरु टिकटकमा भाइरल भए । टिकटकदेखि चलचित्रमा समेत चलेका कलाकारले उनको संवादमा मुख चलाए । तर, केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्।

हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ। सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए। ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।

उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्। सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्।

भर्खरै अस्पताल पुगेका साथि हरु र बाबु को आमा लाई सोध्दा सचिन को अबस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पताल को आईसीयूमा उपचाररत सचिनको थप उपचार, खर्च अभाव का कारण रोकिन सक्ने खतरा भयकाले सचिन बाबुलाई माया गर्ने सबै जनाले बाबु को लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ ।

वाग्मतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

मकवानपुर — संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको थियो ।

शुक्रबार कानुनविद् र प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग लामो समयको छलफलपछि उनले राजीनामा दिएका हुन् । उनले हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर शुक्रबार राजीनामा बुझाएका थिए । पार्टीको आन्तरिक छलफलको क्रममा मुख्यमन्त्रीले राजीनामा दिने बताए पनि कानुन बाध्यता नभएपछि अलमलमा परेका थिए ।

पाण्डेले ०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् । ‘संविधानअनुसार मैले राजीनामा दिनुपर्ने अवस्था थिएन । तर, मैले प्रदेशसभा सदस्यको शपथ र सरकार निर्माणका लागि आवश्यक वातावरण तयार गरेर यस्तो निर्णयमा पुगेको हुँ,’ उनले भने ।

मुख्यमन्त्री पाण्डे प्रतिनिधिसभामा नेकपा (एस) को दलको उपनेता समेत हुन् ।

चार्ल्स शोभराजलाई फ्रान्स निष्कासन गर्न ‘ट्राभल डकुमेन्ट’ तयार गरिँदै

काठमाडौँ — अध्यागमन विभागले चार्ल्स शोभराजलाई शुक्रबार नै फ्रान्स निष्कासन गर्ने गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ । आजै केन्द्रीय कारागार सुन्धाराबाट छुटेका शोभराजलाई कारागार कार्यालयले अध्यागमन विभागको जिम्मा लगाएको थियो ।

लगत्तै शोभराजलाई निष्कासन गर्न विभागले ट्राभल डकुमेन्ट, जिम्मा लिने र साथमा जाने सम्बन्धित व्यक्तिको टुंगो लगाएर फ्रान्स फिर्ता पठाउने तयारी तयारी गरेको छ ।

विभागका एक अधिकारीले शोभराजलाई निष्कासन गर्न आवश्यक कानुनी प्रक्रिया चलिरहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शोभराजलाई फ्रान्स पठाउन शुक्रबार साँझ ६ बजे कतार एयरवेजको उडान क्युआर ६४७ मा टिकट बुकिङ गरिएको छ । उनी कतार हुँदै फ्रान्स जानेछन् । ट्राभल डकुमेन्ट बनेको खण्डमा शुक्रबार नै शोभराज निष्कासित हुनेछन् । प्रक्रिया नटुंगिए उनलाई विभागको निगरानीमा रहने गरी डिल्लीबजार कारागारमा राखिने छ ।

सर्वोच्च अदालतले बुधबार सरकारका नाममा आदेश दिँदै शोभराजलाई रिहा गरी १५ दिनभित्र फ्रान्स फिर्ता पठाउन भनेको थियो । अरु अदालतमा समेत शोभराज विरुद्ध मुद्दा भए नभएको बुझ्ने क्रममा ढिला भएपछि बिहीबार कारागारबाट रिहाइको प्रक्रिया लम्बिएको थियो ।

२०६० मा पक्राउ परेका शोभराज योजनाबद्ध रूपमा उन्मुक्ति पाउने मनसायका साथ नेपाल आएको एक पूर्वआईजीपी बताउँछन् । ‘विदेशमा अपराध गरेर जोगिन नेपाल आएका थिए, भक्तपुर घटनाबारे आफूविरुद्ध नेपालमा कुनै प्रमाण नभएको र पक्राउ परिहाले योजनाबद्ध रूपमा छुट्ने मनसायका साथ उनी नेपाल आएका थिए, त्यसपछि नेपालमा बसेर अपराध दुनियाँका विषयमा सनसनी फैलाउने योजनामा उनी थिए,’ ती पूर्वआईजीपी भन्छन् ।

उनले भने, ‘त्यसबेला उनी नेपालमा रहेको घटना पनि त्यस्तै नाटकीय रूपमा बाहिरिएको थियो तर प्रहरीको सावधानी र चलाखीपूर्ण अनुसन्धानले पहिलेको अपराधबाट भाग्न पाएनन् ।’

शोभराज पक्राउ परेदेखि नै रिहा गर्न विभिन्न कसरत भएका थिए तर अदालतबाटै दोषी ठहर भएपछि उनले करिब दुई दशक नेपालको जेलमा बिताइसकेका छन् । पछिल्लो पटक उनका तर्फबाट परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो ।

२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो ।

भक्तपुर अदालतको फैसलालाई २०६७ साउन १४ मा सर्वोच्चले सदर गरेको थियो । दुई विदेशीको हत्यापछि फरार भएका शोभराज घटनाको २८ वर्षपछि २०६० साल असोज २ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनी संलग्न हत्याकाण्डको मुद्दा ब्युँतिएको थियो ।

त्यही मुद्दामा सजाय भुक्तान गरिरहेका शोभराज २०८० असोज १ सम्म कैद बस्नुपर्ने हो तर सर्वोच्चले भक्तपुरको हत्या प्रकरणबाहेक अरू मुद्दामा संलग्न नभए वृद्ध अवस्था र दीर्घरोगीजस्ता विषयमा कारागार नियमावलीअनुसार पाउने छुट दिएर रिहा गर्न आदेश दिएको थियो ।


Last Updated on: December 23rd, 2022 at 4:42 pm


तपाईको प्रतिक्रिया