मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


विदेशमा हुनेहरु फर्किनुहोस, म एयरपोर्टमा लिन आउनेछु: रवि लामिछाने

प्रकाशित मिति । ८ पुस, २०७९ ।

काठमाडौं । No Visa, Free Ticket, यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु।

कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु। तेस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गरेका छन् ।

उनले सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको बताए । आज सांसदको सपथग्रहण समारोहमा जाने क्रममा पत्रकारहरुले लामिछानेलाई घेरेर विभिन्न प्रश्न सोधेका थिए ।

आफ्नो नागरिकता र पासपोर्टका विषयमा सोधिएको प्रश्नमा उनले यो विषय न्यायालयमा रहेको भन्दै बोल्न मानेनन् । राजनीतिक प्रश्नको चाहीँ खुलेर जवाफ दिए ।

लामिछानेलेलाई ठूला दलका पुरानै नेताले नेतृत्व गर्ने अवस्थामा रास्वपा सरकारमा जान्छ कि जाँदैन भनेर सोधिएको थियो । उनले त्यस्तो सम्भावनालाई इन्कार गरेनन् । उनले भने, ‘आमनागरिकले मत दिएर, विश्वास गरेर उहाँहरुलाई जिताइसकेपछि हामीले जनमतको कदर नगर्ने कुरा आउँदैन ।’ यद्यपि, आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने भित्री चाहना पनि लामिछानेले प्रकट गरे ।

मनोविज्ञानको डिग्री किन ?

मानसिक स्वास्थ्य सम्बन्धी जटिलता बढिरहेका दाबी थुप्रै छन् । वैश्विक स्तरमा यस विषयमा अध्ययन–अनुसन्धानका उपक्रम वृद्धि भएका छन् । स्वास्थ्य क्षेत्रका व्यक्ति, संस्था र समूहले मानसिक स्वास्थ्यलाई विमर्शको मुख्य विषय बनाउन थालेका प्रशस्त उदाहरण छन् । नेपालमा यसबारे हुनुपर्नेजति गहकिला विमर्श भए–नभएको विज्ञहरूले बताउलान्; मानसिक स्वास्थ्य विषयमा नेपालकेन्द्रित प्राज्ञिक अनुसन्धानको संख्यामा कति फरक परेको छ, कुनै ठोस आँकडा फेला परेन ।

काठमाडौंका कलेजमा स्नातक तहमा मनोविज्ञान पढ्ने विद्यार्थीको संख्यालाई संकेत मान्ने हो र यो विषय पढ्न आउने विद्यार्थीले बताएका कारण सुन्ने हो भने, मानसिक स्वास्थ्य आम चासो बनेको अनुमान गर्न सकिन्छ ।

मानविकी संकाय अन्तर्गत राखिएको स्नातक तहको मनोविज्ञान विषयमा विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । केही वर्षपहिलेसम्म जसरी सोसल वर्कमा आकर्षण बढेको थियो, करिब सोही अनुपातमा अहिले ‘साइकोलोजी’ पढ्नेको होड छ । मानविकी र समाज विज्ञान संकाय पढाउने निजी कलेजमा सोसल वर्क र साइकोलोजीबाहेक अरू विषय पढाउन लगभग छोडिएको छ ।

काठमाडौंका निजी कलेजका विद्यार्थी संख्या र यी संस्थामा पढाइ भइरहेका विषयलाई आधार मान्ने हो भने, मानविकीलाई थेगिदिने अब यिनै दुई विषय मात्र बाँकी रहेजस्तो देखिन्छ । त्रिविका आंगिक कलेज र सामुदायिक स्तरमा चलेका कलेजको स्थिति फरक हुन सक्छ ।

काठमाडौंको एउटा निजी कलेजमा विद्यार्थीहरूलाई सोसल वर्क, मनोविज्ञान, समाजशास्त्र, पत्रकारिता, ग्रामीण विकास लगायतका विषय रोज्ने अवसर दिइएको थियो । आएकामध्ये ७० प्रतिशतभन्दा बढी विद्यार्थीले मनोविज्ञान रोजे । यीमध्ये कतिपय विषय कसैको रोजाइमा पनि परेनन् । मनोविज्ञान रोजेका सबै विद्यार्थीलाई त्यसको कारणबारे सोधिएको थियो । अधिकांश विद्यार्थीले मानसिक स्वास्थ्यप्रति चासो बढेकाले नै मनोविज्ञान रोजेको भने ।

मानसिक स्वास्थ्यका समस्या भोग्ने मान्छे धेरै भएकाले तिनलाई सहयोग गर्ने उद्देश्यले मनोविज्ञानमा उच्च शिक्षा लिन चाहेको बताउनेको संख्या पनि उति नै थियो । साथै, उल्लेख्य संख्याका विद्यार्थी आफैंले मानसिक समस्या भोगेकाले यसबारे थप बुझ्न मन लागेर मनोविज्ञान पढ्न आएको बताए ।

मनोविज्ञान नयाँ विषय होइन । यसबारे विश्वविद्यालय स्तरमा अध्ययन हुन थालेको धेरै भयो । त्रिभुवन विश्वविद्यालयमा पनि मनोविज्ञान सम्बन्धी पढाइ हुन थालेको दशकौं बितिसकेको छ । साथै, साहित्य र संस्कृति अध्ययनमा समेत मनोविज्ञानलाई एउटा महत्त्वपूर्ण बौद्धिक चासोका रूपमा लिइन्छ । अंग्रेजी साहित्यका विद्यार्थीले सिग्मन्ड फ्रायड र कार्ल ह्युङ, ज्याक्स लकाँ र एरिक फर्म, गिल्स डेल्युज र फेलिक्स गुआट्टारीजस्ता विद्वान्का बौद्धिक विमर्शबाट मानवीय मनोलोक पर्गेल्ने कोसिस गर्छन् ।

साहित्य, समालोचना र दर्शनजस्ता विषयका कक्षाकोठामा मस्तिष्कीय उतारचढाव सधैं विमर्शयोग्य विषय मानिएको हो । तर, मानसिक स्वास्थ्य बुझ्ने र समाधान गर्ने चिन्ताले नै मनोविज्ञान रोज्नुले फरक संकेत गरेको हुन सक्छ । मनोविज्ञान सम्बन्धी पढाइ सुरु भएको धेरै समय बितिसकेपछि अहिले आएर यो यति ठूलो चासोको विषय बन्नुले पनि केही नयाँ प्रश्नहरू सतहमा ल्याएको छ ।

धेरै विद्यार्थीको चासोमा मनोविज्ञान पर्नुको कारण, विद्यार्थीले बताएझैं, मानसिक स्वास्थ्य सम्बन्धी चासोमा वृद्धि भएकैले हो ? वा, धेरै मान्छेले आफ्नो मानसिक स्वास्थ्यमा समस्या उत्पन्न भएको महसुस गरेकाले हो ? के मानसिक स्वास्थ्य ठूलो चुनौतीका रूपमा अघिल्तिर आएकैले मनोविज्ञानको समाज वैज्ञानिक अध्ययन आवश्यक ठहर्‍याइएको हो ?

मानसिक स्वास्थ्य सम्बन्धी जटिलता बढेको अनुमानका आधारमा सोसँग सम्बन्धित काम गर्ने संस्था (गैसस ?) मा वृद्धि भएकाले रोजगारीको अवसर सृजित भएर हो ? अथवा, हिजो सोसल वर्क एक्कासि आकर्षक देखिएझैं, शिक्षा बजारले मनोविज्ञानलाई पनि उसै गरी ‘फेसनेबल’ बनाइदिएकाले हो ? यिनै वा यीभन्दा भिन्न अरू धेरै कारणको गठजोडले मनोविज्ञानमा विद्यार्थीको संख्या बढेको हुन सक्छ । यीमध्ये कुनै एक वा दुई कारण बढी प्रभावी भएकाले पनि मनोविज्ञानको उच्च शिक्षा अध्ययनमा वृद्धि भएको हुन सक्छ ।

उच्च शिक्षालाई चासोका साथ हेर्नेहरूले गरेका सतही अनुमानका आधारमा भन्दा २०७२ सालमा गएको महाभूकम्पपछि मानसिक स्वास्थ्य ठूलो चासोको विषय बनेको हो । भूकम्पले गरेको क्षति र निम्त्याएको त्रासदीका कारण धेरै मान्छेले मानसिक सास्ती भोगे । समस्या सतहमा आउन थालेपछि केही संस्थाहरूले मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्न जरुरी ठानेर विभिन्न परियोजना सञ्चालन गरे । सोही उपक्रममा मानसिक स्वास्थ्यका क्षेत्रमा रोजगारीका अवसर पनि खुले ।

यसैबीच, कोरोना महामारी अनेक त्रासदीको स्रोत बनेर आइपुग्यो । सामाजिक र आर्थिक समस्याहरूसँगै गुजुल्टो परेर मान्छेलाई बिथोल्न थाले । मानसिक स्वास्थ्यमा थप आघात पर्न थाल्यो । त्यसैले मनोविज्ञान बुझ्ने र आइपरेका समस्या सम्बोधन गर्ने चाहनामा वृद्धि भयो । त्यसो त हचुवामा मनोवैज्ञानिक परामर्शदाता बनेर समस्या भोगेका मान्छेलाई जथाभावी सल्लाह दिएका उदाहरण पनि नभेटिएका होइनन् ।

अर्को उस्तै सतही अनुमानले भन्छ- इन्टरनेटको पहुँचमा वृद्धि र पछिल्लो समय आम नेपालीमाझ चर्चित भएका फेसबुक, युट्युब र टिकटकजस्ता सामाजिक भनिने विद्युतीय सञ्जालका (दुष्)प्रभाव समेतले मनोवैज्ञानिक समस्या उत्पन्न गरेको छ । अचेल मोबाइल र कम्प्युटर सहर र सुगम ग्रामीण भेगका बालबालिकाको सहज पहुँचमा मात्र होइन, उनीहरूको शैक्षिक आवश्यकतासमेत बनेको छ ।

कोभिडकालमा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने भएकाले पनि इन्टरनेट नभई नहुने भइदियो । कतिपय अभिभावकले आफ्ना बालबच्चा अलमल्याउने सबैभन्दा सहज उपाय नै हाते फोनलाई बनाएका छन् । काँचका पर्दामा सहजै फेला पर्ने श्रव्यदृश्य सामग्रीमा घण्टौं भुलेर बालबालिकाले सामान्य शारीरिक खेलकुद गर्न छोडेका उदाहरण हरेक घरमा भेटिन्छन् । त्यसैले बालबालिकासमेतमा मानसिक समस्या उत्पन्न हुन थालेको बताइन्छ । यिनै कारणले पनि मनोविज्ञानको अध्ययनमा चासो बढेको हुन सक्छ ।

समाज विज्ञानको एउटा हाँगोका रूपमा मनोविज्ञान विषय पढ्न चाहनेको संख्या बढ्दै गए शिक्षा क्षेत्रमा काम गरिरहेका प्राज्ञिक अनुसन्धाताले यसका कारणबारे थप खोजी गर्लान् । सतहमा देखिएका दृश्यका आधारमा अहिले नै केही विमर्श थाल्नु उचित हुन्छ । मानसिक स्वास्थ्य सम्बन्धी समस्या वृद्धि भएको मान्ने हो भने, अहिले सोध्नैपर्ने प्रश्नहरू यी हुन्- के हाल उच्च शिक्षाका रूपमा पढाइ भइरहेको मनोविज्ञान विषयले मानसिक स्वास्थ्यका समस्यालाई गहिराइमा बुझ्न, यस सम्बन्धी आमवृत्तमा छलफल चलाउन र समाधानको खोजी गर्न सघाउँछ ?

मनोविज्ञानमा बी.ए. र एम.ए. पास गरेकाहरूले मानसिक स्वास्थ्यका क्षेत्रमा गर्ने काम केके हुन सक्छन् ? र, ती काम गर्न नेपालका कलेजमा भइरहेका उच्च शिक्षाको अध्ययन–अध्यापनले कतिको सक्षम जनशक्ति उत्पादन गर्छ ? क्लिनिकल साइकोलोजी अध्ययन गरेको जनशक्तिसँग अहिले त्रिविका कलेजमा बीए र एमए साइकोलोजी पढिरहेकाहरूले कस्ता काममा सहकार्य गर्न सक्छन् ? त्यस्ता सहकार्य भइरहेका छन् भने, ती केके हुन् र कसरी भइरहेका छन् ?

अहिले मनोविज्ञान पढ्न आएका विद्यार्थीहरू मात्रको बुझाइ सुन्दा लाग्छ, उनीहरू मानसिक स्वास्थ्यकै क्षेत्रमा बढी काम गर्न चाहन्छन् । मानसिक स्वास्थ्यका समस्या भोगेका मान्छेलाई सहज जीवनयापनका निम्ति सहयोग गर्न चाहन्छन् । मान्छेको मनोविज्ञान बुझ्ने, सो विषयमा प्राज्ञिक अध्ययन अघि बढाउने, र आम विमर्श सञ्चालन गर्नेभन्दा बढी सोझै मानसिक स्वास्थ्यका समस्यासँग जुझिरहेका मान्छेलाई नै आफ्नो मुख्य विषय मान्छन् ।

यो बुझाइ र अपेक्षा अनुसारको जनशक्ति बन्न अहिलेको अध्ययन कतिको भरपर्दो छ भन्ने प्रश्न पनि साथै जोडेर उठाउनु मनासिब हुनेछ । मानविकी अन्तर्गत मनोविज्ञान विभागमा अध्यापनरत शिक्षकहरूलाई यी प्रश्नबारे विमर्शका मुख्य सहभागी बनाउनु आवश्यक छ । जे र जस्ता विषयको जसरी अध्यापन भइरहेको छ, मानसिक स्वास्थ्यका क्षेत्रमा त्यसको के प्रभाव पर्ला ?

मानविकी र समाज विज्ञान सम्बन्धी उच्च शिक्षाले भोगेका संकट विविध छन् । दुनियाँका धेरै विश्वविद्यालयमा झैं नेपालका उच्च शिक्षा संस्थानका यी संकायमा विद्यार्थीको संख्या दिन–प्रतिदिन घटिरहेको छ । कहिले ग्रामीण विकास नयाँ आकर्षण लिएर आउने र विद्यार्थी बटुल्ने अनि अर्को समयमा सोसल वर्कका नाममा बजारमा टिक्ने उपक्रम चलेको धेरै भयो ।

त्यसो त अंग्रेजी साहित्य, समाजशास्त्र र मानवशास्त्रसमेत कुनै समय अत्यन्त आकर्षक विषय मानिन्थे, अहिले यी सबै ओझेलमा छन् । इतिहास र राजनीतिशास्त्रजस्ता विभाग धेरैको रोजाइमा पर्न सकेनन् भन्ने गुनासा सधैंझैं अहिले पनि छँदै छन् । समाज विज्ञानका केही आधारभूत विषयमा अध्ययन–अध्यापन गराउन आवश्यक छ भनेर प्रयास गर्ने कलेज सञ्चालकले अहिले भने ‘साइकोलोजीबाहेक अरू केही चल्दैनन्’ भन्न थालेका छन् ।

रोजगारीका अवसर मात्रले यस विषयमा आकर्षण बढेको नभई विद्यार्थी स्वयंले दाबी गरेझैं मानसिक स्वास्थ्य सम्बन्धी समस्यामा भएको वृद्धि नै मुख्य कारण हो भने, यस विषयका धेरै आयाम सोच्नयोग्य छन् । शिक्षा र स्वास्थ्य क्षेत्रका सरोकारवालाको नेतृत्वमा यी विषयबारे आम विमर्श सञ्चालन हुनु उचित र उपयोगी हुनेछ ।

बिर्सन नहुने एउटा यथार्थ छ, शिक्षा बजारका सिद्धहस्त पसल सञ्चालकले सोझो आर्थिक लाभ हुने विषयबाहेक अन्य जरुरी प्रश्नमा आम विमर्श सञ्चालन गर्दैनन्; यसको जिम्मा अरूले नै लिनुपर्नेछ । सुरुआत सञ्चारमाध्यमले गहकिला रिपोर्टिङमार्फत गर्न सक्लान् ।


Last Updated on: December 23rd, 2022 at 1:21 pm


५१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया