सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


रबि लामिछाने र रमेश खरेल एक हुदै, भ्रस्ट नेताहरु बीच ब्याण्ड बज्छ भन्दै तहल्का ! (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

प्रकाशित मिति । ८ पुस, २०७९ ।

काठमाडौं । सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले रवि लामिछाने, रमेश खरेल, स्वागत नेपाल र आफ्नो एउटै पार्टी बनाएर साझा चुनाव चिन्ह लिएर चुनावमा जाने बताएका छन् ।

अहिले स्थानीय तहको चुनाव देखि नै देश भरी स्वतन्त्र उम्मेदवारहरुको लहर बढेर गएको छ । प्रदेशको चुनाव मंसिर ४ गते हुने घोषणा भइसकेको छ ।

अब प्रदेशको चुनावमा स्वतन्त्र उम्मेदवारहरु मिलेर चुनाव जितेर संसदमा गएर गरिबी जनताको आवाज उठाउने र राष्ट्रघातीहरुलाई संसदबाट पास गर्न नदिई अहिले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको आवश्यकता भएकोले वैकल्पिक शक्ति निमार्ण गर्नुपर्ने स्वतन्त्र उम्मेदवारहरुको आवाज रहेको छ ।

अब संसदको चुनावमा अहिले भएका नयाँ पार्टी सुशासन पार्टी, उन्नत लोकतन्त्र पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टीहरु र स्वतन्त्र उम्मेदवारहरु मिलेर साझा चुनाव चिन्ह लिएर देश भरिनै चुनाव लडेर बहुमतको सरकार बनाउने बताएका छन् ।

टिभी टुडे चक्रव्युह कार्यक्रममा पत्रकार हिमाल बस्नेतसँगको कुराकानीमा प्रसाईले भने, ‘अहिले भएको पार्टीहरुले सत्ता सञ्चालन गरिराखे अबको १० वर्ष पछि देश नरहने सम्भावना रहेकोले यो देशलाई बचाउन नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ ।

रमेश खरेल, स्वागत नेपाल, रोमलाल गिरी र आफुहरु मिलेर अगाडी बढेर चुनाव चिन्ह छनोट गरी अहिले नै चार वटा दल मिलेर पुरानो सत्तालाई चुनौति दिन नसक्ने भएकोले आशाको सञ्चार जगाउँनको लागि रवि लामिछाने र अरुपनि केही राम्रा मान्छेहरुलाई पनि समेटेर जान सकेमा एउटा शक्ति नै निर्माण हुनसक्ने उनले बताए ।

विश्वमा अहिले पुँजीवादको अन्त्य भएकोले आफुहरुले तेस्रो धार निर्माण गर्ने र अब यहि बिहीबार पार्टी एकता गर्ने सुशासन पार्टी, उन्नत लोकतन्त्र पार्टी, सचेत नेपाली पार्टी र नेपाल आमा पार्टीहरुको चुनाव चिन्ह साझा गरेर जाने बताएका छन् ।

आफुले संसदको चुनाव काठमाडौं क्षेत्र न.२ बाट चुनाव लड्ने र आफुले संसद जितेर राष्ट्र घाती सन्धी, नागरिकता विधेयक र एसपीपीहरु पास हुने अवस्थामा आएमा आफुले बोलेर रोक्न नसके त्यही भित्र पास गर्ने तयार भएका संसदहरुलाई ‘सेक्युरिटी’ को बन्दुक उठाएर गोली ठोक्न नि सक्ने उनले चेतावनी दिएका छन् ।

आफु भएको सदनमा कुनै पनि राष्ट्रघाती सन्धी, सम्झौताहरु र विधेयकहरु पास नगर्न ‘ग्यारेन्टि’ दिने उनले बताएका छन् ।आफुले संसदको चुनाव काठमाडौं क्षेत्र न.२ बाट चुनाव लड्ने र आफुले संसद जितेर राष्ट्र घाती सन्धी, नागरिकता विधेयक र एसपीपीहरु पास हुने अवस्थामा आएमा आफुले बोलेर रोक्न नसके त्यही भित्र पास गर्ने तयार भएका संसदहरुलाई ‘सेक्युरिटी’ को बन्दुक उठाएर गोली ठोक्न नि सक्ने उनले चेतावनी दिएका छन् ।

आफु भएको सदनमा कुनै पनि राष्ट्रघाती सन्धी, सम्झौताहरु र विधेयकहरु पास नगर्न ‘ग्यारेन्टि’ दिने उनले बताएका छन् ।अहिले कांग्रेस र कम्युनिष्टहरुले देश लुटेको र पार्टी नबदलिय देशको भविष्य नबन्ने भएकोले अब पार्टी बदलनको लागि कांग्रेस र कम्युनिष्टहरु सचेत नेपाली पार्टीमा आउनु पर्ने बताएका छन् ।

आफुहरु मिलिसकेपछि १६५ ठाउँबाटै उम्मेदवार उठाएर सरकार बनाउने रणनीतिले अगाडी बढाएर बहुमतको सरकार बनाउने उनले बताए ।यो देशको सेनालाई शक्तिशाली नबनाइ राखेमा यो देश नरहने तर नेपालमा सेना भएको कारणले मात्र विदेशीहरु डराएर बसेको बताएका छन् ।केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले टिको लगाएर बनाएको न्यायाधीशले अर्थमन्त्री र शेरबहादुर देउवालाई कार्वाही गर्ने नसक्ने बताए ।

गठबन्धनमा सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव, गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य

गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य : माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा उपगठबन्धनको छलफलमा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी

औपचारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे पनि सत्तागठबन्धनका शीर्ष नेताहरूले फरक–फरक प्रस्ताव ल्याएका छन् । अनौपचारिक छलफलमा सिट बाँडफाँडबारे कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै प्रस्ताव आएका हुन् ।

कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने उसको प्रस्ताव छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् ।

संघको बाँडफाँड टुंगिए त्यही अनुपातमा प्रदेशको सिट पनि बाँड्न सकिने नेताहरूको बुझाइ छ । शुक्रबार बस्ने गठबन्धनको बैठकमा तालमेलबारे औपचारिक निर्णय हुने र सिट बाँडफाँडबारे प्रारम्भिक छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।

०७४ को नतिजा र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको मुख्य आधार हुन सक्ने नेताहरू बताउँछन् ।

तालमेलमा सहमति जुट्न नसके गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले प्रगतिशील मोर्चाको तयारी पनि गरिरहेका छन् । उनीहरूको ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी छ ।

राजनीतिक गुटबन्दीका कारण चार्ल्स शोभराजको रिहाइ ढिला भयो : निहिता विश्वास

काठमाडौँ — कानुनविद् निहिता विश्वासले चार्ल्स शोभराजको रिहाइ यसअघि नै हुनुपर्नेमा राजनीतिक गुटबन्दीका कारण अहिलेसम्म कुर्नुपरेको बताएकी छन् । राजनीतिक दलहरूले विभिन्न अध्यादेशहरू ल्याएर आ-आफ्ना मान्छेहरूको मात्र रिहाइ गर्न खोजेकाले शोभराजको रिहाइमा अहिलेसम्म कुर्नुपरेको उनले बताइन् ।

शुक्रबार अध्यागमन विभाग अगाडि पत्रकारहरूसँग कुरा गर्दै विश्वासले शोभराजले ५ वर्षअघि नै सफाइ पाउनुपर्नेमा ढिला भएको बताएकी हुन् । ‘यसअघि मिडियाका कारण अदालतलाई निर्णय लिन गाह्रो भएको थियो । ५ वर्षअघि नै यो निर्णय हुनुपर्ने थियो‚’ उनले भनिन् ।

मुटुको रोग लागेर निधन हुन सक्ने भएकाले सर्वोच्चले सबै कुरा बुझेरै सफाइ दिएको भन्दै उनले शोभराजलाई केन्द्रीय कारागारबाट सिधै फ्रान्स पठाउनू भन्ने आदेश भएको दाबी गरिन् ।

अझै कुनै विलम्ब नभए आजै शोभराजलाई फ्रान्स पठाउने उनले बताइन् । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त हुँदै छन् । केन्द्रीय कारागारको गोलघरमा रहेका उनलाई शुक्रबार कैद मुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ ।

नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सक्ने अधिकार विभागसँग छ । त्यसको प्रयोग गरेर शोभराजलाई आउनै नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।


Last Updated on: December 23rd, 2022 at 12:21 pm


१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया