
प्रकाशित मिति । ५ पुस, २०७९ ।
काठमाडौ । रबी लामिछानेको सम्पत्ति कति होला धेरैलाई जिज्ञासा हुने गरेको छ । अमेरिकाको भिआइपी जिन्दगी छोडेर नेपालमै केही गर्छु भनेर फर्केका रबी लामिछाने बेला बेला बिबादित पनि बन्दै आएका छन ।
आफ्नो कुरा दमदार प्रस्तुत गर्न सक्ने भएकोले नै रबी देश बिदेशमा चर्चित छन । उनलाई नचिन्ने सायद थोरै होलान ।
यति चर्चित लामिछानेको वैवाहिक जीवन भने त्यति राम्रो छैन । यसकै कारण रबी धेरै बिबादित पात्र पनि हुन ।
३-४ वटा बिहे गरेको भनेर समाचारहरु बाहिरिएका छन । ती मध्य अमेरोकामा २ छोरी संग बस्ने पुर्बपत्नी इसा र अहिलेकी श्रीमती निकिता पौडेल सबैले सबैले जानकारी भएका नाम हुन ।
यति कुरा गर्दै गर्दा अमेरिकाबाट फर्केर आएर रबीले त्यहाँ रहँदा कति कमाए त्यसको लेखाजोखा त छैन तर पनि त्यहाँ कमाएको सबै सम्पत्ति उतै छोडेर आएको भनेर सार्वजनिक कार्यक्रममा नै भन्दै आएका छन । त्यसो हो भने सिधाकुरा जनता संग कार्यक्रम चलाएर छोटो समयमा रबीले कति कमाए होलान त ?
हो धेरैलाई जिज्ञासा भएको कुरा यहि नै हो । यश बारेमा mix celebrity world ले तयार पारेको भिडियो अन्तिममा छ हेर्नुहोला ।
हाल रबी संग के छ ?
१- काठमाडौ र चितवनमा घर.
२- करिब साढे ४ अर्ब लगानीमा galaxy 4k television.
३- अस्पताल, कार, अन्य घडेरी र vip lifestyle.
अमेरिका कमाएको रकम उतै छोडेका रबीले छोटो समयमा यति धेरै सम्पत्ति कसरी जोडे अहिले जनताले प्रश्न गरिरहेका छन । उनको बारेमा दिन प्रतिदिन चर्चा चलिरहेको छ ।
देशमा भ्रष्टाचार नियन्त्रणको मुख्य एजेन्डासहित अहिले राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छ र रबी सो पार्टीका अध्यक्ष हुन । थोरै मेहनत गरेर चुनावमा होमिएको रास्वपा देशको चौथो शक्ति बनेको छ ।
रबी जति अगाडि बढ्छन त्यति धेरै उनको बारेमा चर्चा हुनि स्वभाविक पनि छ । उनले चलाएको कार्यक्रम सिधाकुरा जनतासंगको मुख्य उद्देश्य नै देशमा भएको भ्रष्टाचार, व्यतिथी नियन्त्रण गर्नु थियो ।
उनले यी कुरामा जसरी सिधासीधा प्रश्न गर्थे अब उनलाई पनि अरुले प्रश्न गर्ने अवस्था छ । उनको सम्पत्ति सम्बन्धी बहसले उनलाई निकै पिरोल्ने देखिन्छ ।
अब रबी सरकारमा गएर कुनै जिम्मेवार मन्त्री भए उनको सम्पत्ति कति छ अनिवार्य सार्वजनिक हुने नै छ ।
रवि लामिछानेले सार्वजनिक गरे चुनावी खर्च
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। लामिछानले चुनाव अवधिमा ११ लाख ८१ हजार ४७२ रुपैयाँ खर्च भएको बताएका छन ।
चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन ।
चुनावमा उनको तामझाम हेर्दा करोडौं खर्चले पनि नपुग्ने अनुमान धेरैको थियो तर उनले जम्मा १०-११ लाख भनेर खर्च विवरण सार्वजनिक गरे । चितवनमा रबीको प्रचारप्रसार अभियान सामान्य थिएन जुन १०-११ लाखले पुग्ने त कल्पना पनि गर्न सकिँदैन ।
जे भएनी उनले आफ्नो चुनावी खर्च भनेर लगभग १२ लाख देखाएक छन । अरु कसैले बिश्वास गरेनी नगरेनी यसले त्यति फरक पार्दैन ।
संसदीय दलमा सांसदले पार्टी होइन जनमतको प्रतिनिधित्व गर्नुपर्छ : गगन थापा
काठमाडौँ — संसदीय दलको नेतामा उम्मेदवारी दिएका कांग्रेस महामन्त्री गगन थापाले ‘सांसदहरुले जनमत’को प्रतिनिधित्व गर्नुपर्ने उल्लेख गर्दै आफ्नो पक्षमा उभिन आग्रह गरेका छन् । संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि थापाले जनमत परिवर्नवको पक्षमा आएकोले त्यसलाई बुझेर अघि बढ्न अनुरोध गरेका हुन् ।
‘कांग्रेसको भविष्यका लागि र परिवर्तनको पक्षमा संसदीय दलको निर्वाचनमा भाग लिन आग्रह गर्छु । संसदीय दलभित्र हामी पार्टीका आन्तरिक मतदाता होइनौं हामी जनताबाट चुनिएर आएका हौं ।
सांसदले जनमतको प्रतिनिधित्व गर्नुपर्छ । के जनमत प्रकट भएको छ,जनताको आकांक्षा के छ । त्यो ख्याल गर्नुपर्छ,’ मंगलबार दिउँसो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई दिएको प्रतिक्रियामा उनले भने ।
उनले चुनावबाट कांग्रेससँग अपेक्षा जोडिएकोले त्यो सुशासन र सुखद परिणामका लागि जनमतअनुसार सबै अघि बढ्न अनुरोध गरे । पार्टी र संसद् दुवैतर्फ रुपान्तरण जरुरी रहेकाले त्यसका लागि आफू अघि बढेको महामन्त्री थापाको भनाइ छ ।
‘सरकार सञ्चालन गरेर यस्तो पनि कांग्रेसले गर्छ भन्ने देखाउनुपर्ने छ,’ थापाले भने,’ यसकारण सबैले परिवर्तनको पक्षमा उभ्याउनुहुन्छ ।’ अर्का प्रतिस्पर्धी सभापति शेरबहादुर देउवा र उनका प्रस्तावक रामचन्द्र पौडेललाई उम्मेदवारी र प्रस्ताव फिर्ता लिन उनले आग्रह गरे । देउवासँग वर्षौं संघर्ष गरी अहिले देउवाकै समर्थक बसेका पौडेललाई पार्टीको भविष्यका लागि विचार गर्न थापाले आग्रह गरे ।
सेयर बजार दोहोरो अंक बढ्यो, सबै उपसमूह उक्लिए
काठमाडौँ — सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से १४.२२ अंक बढेर १८७३ अंकमा कायम भएको छ । कुल ९३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भयो । १५२ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १३ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् ।
बैंकिङ ६, विकास बैंक ८, फाइनान्स ६, होटल तथा पर्यटन ६४, जलविद्युत् १४, जीवन बीमा ८३, उत्पादन २२, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा २७, अन्य ३४ र व्यापार उपसमूह १५ अंक बढे । तीन लघुवित्त कम्पनीहरु आँधिखोला, सिर्जनशील र धौलागिरिको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको मूल्य ७.८ प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा नेपाल टेलिकम, सिभिल बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र फरवार्ड माइक्रोफाइनान्स क्रमशः अगाडि रहे ।
सिटीसँग पराजित हुँदै लिभरपुल बाहिरयो
म्यानचेस्टर — नथान एकेको निर्णायक गोलको मद्दतले म्यानचेस्टर सिटीले बिहीबार लिभरपुललाई ३–२ ले हराएको छ । यस नतिजासँगै डिफेन्डिङ च्याम्पियन लिभरपुल लिग कपबाट बाहिरिएको छ ।
एतिहाडमा भएको अन्तिम १६ को खेलसँगै इंग्लिस फुटबलको दुई ठूला क्लब विश्वकपको विश्रामपछि मैदानमा फर्केका हुन् ।
इंग्लिस प्रिमियर लिग विजेता सिटीले इर्लिङ हल्यान्ड र रियाद मेहराजको गोलको मद्दतले दुईपल्ट अग्रता लिएपनि दुवै अवसरमा लिभरपुल खेलमा फर्कन सफल भएको हो । लिभरपुलका लागि फाबियो कारभाल्हो र मोहम्मद सलाहले गोल गरे । एकेको गोलपछि भने लिभरपुल त्यसलाई उत्टाउन असफल रह्यो ।
सिटीले विश्वकपमा खेलेका छ खेलाडीसहित खेल सुरु गरेको थियो भने लिभरपुलले भने आफ्नो बलियो टिम उतारेको थियो । गत सिजन लिभरपुलले चेल्सीलाई हराएर कीर्तिमान नवौंपल्ट लिग कप जितेको थियो ।
हेर्नुस भिडियो