सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्राधिकरणले हटाउने भयो अव्यवस्थित तार

प्रकाशित मिति । ७ पुस, २०७९ ।

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।

प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभावी झुण्ड्याइएका उपकरण हटाउने छ ।

प्राधिकरणले त्यस प्रकारका तार गत मङ्सिर १८ हटाउने जानकारी गराएको थियो । प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब यही पुस ११ देखि आफैं हटाउने भएको हो ।

प्राधिकरणले त्रिपुरेश्वर सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बूढानलिकण्ठसम्मको अव्यवस्थित तार आफैं हटाउने भएको हो ।

प्राधिकरणले नेविप्रा ऐन, २०४१ को दफा १९ बमोजिम अव्यवस्थित तार हटाउन लागेको जनाएको छ । प्राधिकरणले त्यसबाट हुनसक्ने नोक्सानीका लागि आफू जिम्मेवार नहुने समेत स्पष्ट पारेको छ । उक्त कार्यबाट टेलिफोन, इन्टरनेट, केबल टिभी उपभोक्तालाई पर्नसक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

चुनावमा धाँधली भयो, एमालेको विजय खोसियो : ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सत्तागठबन्धनले धेराबन्दी, धाँधली र बुथ कब्जा गरेको आरोप लगाएका छन् । सत्ता गठबन्धनका यस्ता गतिविधि भएपनि चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको उल्लेख गरे ।

एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई मंगलबार राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्युह तोडेको बताए ।

‘धेराबन्दी धाँधली र बुथ क्याप्चरकाबीचमा हामी लोकप्रिय मतमा पहिलो भयौं,’ उनले भने,’ राज्यशक्तिको चरम दुरुपयोग भयो । सार्वभौम जनताले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो ।

‘यसका कारण कतिपय अवस्थामा एमालेको विजय खोसिएको ओलीले उल्लेख गरे । उनले निर्वाचनमा निर्वाचनमा आयोगले पनि निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाए । ‘जनताको सार्वभौमसत्ता, संविधान, कानुनी राज माथिको प्रहार हो । लोकतान्त्रिक अभ्यासमाथिको प्रहार हो ।’

उनले चुनवामा आफूहरुलाई धुलो चटाउँछौं भन्नेहरुले अहिले एमाले कहाँ छ भने ख्याल गर्नुपर्ने बताए ।केहीले चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ पनि भनेको तर अहिले कहाँ छ भन्ने संसारले थाहा पाएको बताए । ‘एमालेलाई माटो चढाउनु पर्दैन र टर्च बाल्न पर्दैन र नेकपा एमालेको गतिविधि र चाल जसले जहाँबाट पनि सुन्न सक्छ नेपालबाट मात्रै होइन विश्वभरबाट । विकास र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई लक्ष्य बनाएर अघि बढेको छ,’ उनले भने ।

उनले अहिले मुलुक गम्भीर अवस्थामा पुगेको उल्लेख गरेका छन् । उनले कम्युनिस्ट आन्दोलनलाई बहुमतमा पुर्‍याएको तर त्यसमा प्रहार गर्ने काम भएको उल्लेख गरे ।

मानवअधिकार चलचित्र महोत्सवमा ‘फोर नाइट्स’ र ‘आग्रे’ उत्कृष्ट

काठमाडौँ — १० औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दीपक रौनियार निर्देशित लघु फिल्म ‘फोर नाइट्स’ले नेपाल पानारोमातर्फ उत्कृष्ट फिक्सन फिल्मको अवार्ड जितेको छ । डकुमेन्ट्री विधातर्फ भने अनिल बुढामगर निर्देशित ‘आग्रे'(आइरन डिगर)ले उत्कृष्ट घोषित भयो ।

फलाम खानीमा काम गर्ने एक वृद्धामाथि आधारित यो डकुमेन्ट्रीले यसअघि काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा पनि उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो । रौनियार र मगरले उत्कृष्ट फिक्सन र उत्कृष्ट डकुमेन्ट्रीबाट नगद ५० हजार प्राप्त गरेका छन् ।

त्यस्तै, बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट सावित भयो । त्यस्तै अन्तर्राष्ट्रिय नन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस् अफ द अर्थ’ उत्कृष्ट ठहरियो । दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार प्राप्त गरे ।

त्यस्तै महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेज’, सुनिल न्यौपानेको ‘डेथ्स अनएक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा, टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मन फिल्ममेकर सेन्गिज अकेगनको ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशनमा बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाए ।

महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन भएको थियो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित पुस ३ देखि ६ सम्म राजधानीको नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा फिल्महरु प्रदर्शन गरिए । शान्ता नेपाली निर्देशित ‘क्लाइमिङ ट्याम्पेचर्स : टप अफ द वर्ल्ड’ देखाउँदैसुरु भएको महोत्सवको समापन रौनियाको ‘फोर नाइट्स’मार्फत गरियो ।

महोत्सवमा भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयमा मास्टर क्लास दिएका थिए भने ‘जलवायु परिवर्तन र न्याय’सम्बन्धी विषयमा मानव अधिकारकर्मी, विज्ञ तथा चलचित्रकर्मीहरुबीच प्यानल छलफल पनि भयो ।

मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृ’त्यु

मोरङ — छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको र कानेपोखरी–९ भौँसाबारीमा माहुरीले चिलेर ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको छ । अन्य चार घाइते भएका छन् ।

केराबारीको एक पसलमा भएको विवादमा लेटाङ–१ का ३० वर्षीय हस्तबहादुर लिम्बूको कुटपिटबाट गत आइतबार घाइते भएका राईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार सम्भव नभई घर लगिएपछि बुधबार राति मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।

लिम्बूलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट बुधबार म्याद थप गराई घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी बेलबारीका निरीक्षक खगेन्द्र धमलाले बताए । लिम्बू जबरजस्ती करणी र अभद्र मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरेर मोरङ कारागारबाट छुटेपछि पुनः पक्राउ परेको उनले बताए ।

यस्तै माहुरीको घार गाडीबाट निकाल्ने क्रममा भुइँमा खसेर फुटेपछि स्थानीयलाई चिलेका थिए । भट्टलगायत स्थानीय ६८ वर्षी झबर यादव, ५५ शोखलाल ऋषिदेव, ३६ वर्षीय मानबहादुर सुनार र २० वर्षीया जेनिसा राजवंशी माहुरीले चिलेर घाइते भएको डीएसपी श्रेष्ठले बताए ।

स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा भट्टको मृत्यु भएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । माहुरी पालक झापाको शिवसताक्षी नगरपालिका–९ का ओमदेव बस्नेत र पशुपति अधिकारीलाई नियन्त्रणमा लिई आवश्यक परेको बेला उपस्थित हुने गरी छोडेको श्रेष्ठले बताए ।


Last Updated on: December 23rd, 2022 at 12:07 am


४७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया