शुक्रबार १० चैत्र २०७९


‘एसपी सा’ब सेटमै त्यसलाई लात हान् भन्नुहुन्छ’ (भिडिओ)

चुडाल भन्छन्- काठमाडौं नगर प्रहरी प्रमुख पाण्डेको अत्याचार सहन नसकी राजीनामा दिएँ

प्रकाशित मिति । ७ पुस, २०७९ ।

काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तलका कर्मचारीहरूमाथि अत्याचार गर्ने हुँदा आफूले राजीनामा दिएको बताएका छन्।

चुडालका अनुसार गत भदौयता महानगर प्रहरीको नेतृत्व सम्हालेका राजु पाण्डे तलका कर्मचारीको मर्कालाई बुझ्दैनन्। कुनै कर्मचारी समस्या लिएर पाण्डेकोमा पुग्दा उनी कर्मचारीको मर्कालाई बुझ्ने त परको कुरा, उल्टै ती कर्मचारीलाई धम्की दिने उनी बताउँछन्।

‘कुनै कर्मचारीले पाँच मिनेट आराम गर्दा पनि त्यसलाई लात्तले हान्, त्यहीँ घोप्टो भनेर एसपी सा’बले सेटमै भन्नुहुन्छ। अनि मैले जुनियर स्टाफलाई कुट्दै ल्याउने हो?,’ चुडालले भने।

उनले आफ्नो २९ वर्षको सेवामा पहिलो पटक नेतृत्वबाट यस्तो व्यवहार भोगेको बताए। सामान्य मानवीय कुरालाई पनि नेतृत्वले बुझ्ने नगरेको उनको भनाइ छ। ‘एकजना इन्स्पेक्टर सा’ब हड्डीको समस्याले गर्दा दुईटै खुट्टा टेक्न सक्नुहुन्न। अनि नेतृत्वले उहाँलाई ‘तँ सक्दैनस् भने राजीनामा दे’ भनेर भन्न मिल्छ?,’ उनले आक्रोश पोखे।

उनले एसपी पाण्डेले सुरूदेखि नै कर्मचारीमाथि रूखो व्यवहार गर्ने, गालीगलौज गर्ने गरेको बताए। उनले कामलाई लिएर पनि पाण्डेले कर्मचारीहरूमाथि शोषण गरेको जनाए। अहिले कर्मचारीहरू दिनमा १५ घन्टा खट्दा पनि नेतृत्वबाट जस नपाएको र उल्टै नेतृत्वले गर्ने व्यवहारले आत्मसम्मानमा चोट पुग्ने गरेको बताए।

चुडाल भन्छन्, ‘दिनमा १५ घन्टा खटिरहेका छौं। मान्छेलाई तीन-चार घन्टा त आराम चाहिन्छ नि। पन्ध्र घन्टा बुट लगाएर उभिन त गाह्रो हुन्छ नि। नभए कसैले बसेर हेर्दा हुन्छ। एकदिन र एकछिनको कुरा हैन नि।’

हेर्नुस् चुडालसँग सेतोपाटीले कुराकानी गरेर तयार गरेको यो भिडिओः

राजु पाण्डेले पाए यति ठुलो सम्मान साथै नगद र स्वर्ण पदक

काठमाडौँ । काठमाडौं महानगरपालिकाले २८ औं महानगर स्थापना दिवस मनाएकाे छ । दिवस मूल समारोह समितिले एक कार्यक्रम आयोजना गरी विभिन्न सांस्कृतिक प्रस्तुतिसहित दिवस मनाएकाे हाे ।

महानगर दिवसको अवसरमा महानगरपालिकाले वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गरेकाे थियो । समाराेहकाे उद्घाटन शहरी विकास मन्त्री मेटमणि चाैधरीले गर्नुभएकाे थियाे । यसैबीच काठमाडौं महानगर’पालिका नगर प्र’हरी बलको प्रमुखको जिम्मे’वारी पाएका राजु’नाथ पाण्डेलाई सम्मान मिलेको छ ।

उनले काठमाडौं महानगर’पालिका मेयर बालेन शाहको हात बाट “महानगर सेवा गौरव पुरस्कार” पाउनुभएको हो । एसपी राजु पाण्डेले काठमाडौं मेट्रोको सबैभन्दा प्रतिष्ठित “महानगर सेवा गौरव पुरस्कार” जितेका हुन् । उनले नगद १ लाख र स्वर्ण पदक पनि प्राप्त गरेका छन् ।

नगर कार्यपालिकाको कार्यालयले सूचना प्रकाशन गर्दै २८ औँ महानगर दिवसको अवसरमा कार्यालयको कामकाज भएको थियो । काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने सूचनामा उल्लेख थियो ।

लाइसेन्सको माग दैनिक ६ हजार, छापिन्छ ४४ सय मात्र

काठमाडौँ — सेवाग्राहीले लामो समयसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाउने अवस्था अझै हट्न सकेको छैन । राजस्व बुझाएको बिल बोकेर हिँड्नुपर्ने बाध्यता छ । नयाँ लाइसेन्स वा नवीकरणबापत सरकारलाई राजस्व बुझाएको वर्ष दिन भइसक्दा पनि लाइसेन्स हात पार्न नसकेको सेवाग्राहीको गुनासो छ ।

यातायात व्यवस्था विभागले भने मागअनुसार लाइसेन्स प्रिन्ट गर्न नसकेकै कारण समयमै वितरण गर्न नसकेको जनाएको छ । अहिलेसम्म ३० लाख २१ हजार ८ सय ३१ थान लाइसेन्स प्रिन्ट गरेको र अझै ७ लाख थान प्रिन्ट गर्न बाँकी रहेको विभागको तथ्यांक छ ।

एउटा मात्र मेसिन भएकाले मागअनुसार लाइसेन्स प्रिन्ट गर्न नसकेको विभागको भनाइ छ । हाल उपलब्ध मेसिनबाट दिनमा ४४ सय थान कार्ड प्रिन्ट भइरहेको छ । माग भने दिनमै ५८ सयदेखि ६ हजारसम्म रहेको विभागका महानिर्देशक टोकराज पाण्डेय बताउँछन् । ‘अहिले मागअनुसार दिनमा १४ सयदेखि १६ सय लाइसेन्स प्रिन्ट गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘त्यसैले नयाँ मेसिन खरिदका लागि ठेक्का

आह्वान गरिसकिएको छ ।’ ३० दिनको समय दिएर ६ दिनअघि बोलपत्र आह्वान गरिएको उनले जानकारी दिए । पहिला गरिएको बोलपत्रमा प्राविधिक समस्या आएपछि पुनः बोलपत्र आह्वान गरिएको उनले बताए । नयाँ मेसिन आएपछि दैनिक ९ हजार कार्ड प्रिन्ट गर्न सकिने दाबी उनको छ । नयाँ मेसिनलाई करिब ९ करोड रुपैयाँ पर्ने जनाइएको छ ।

२ वटा मेसिन भएसँगै ८/८ घण्टा सेवा तोकेर ३ सत्रमा प्रिन्टको काम गर्ने विभागको योजना छ । ‘त्यसपछि ठूलो लक्ष्य केही हुने छैन, सके त्यही दिन दिने र नसके प्रक्रिया पूरा गर्नेको हातमा एक साताभित्रै स्मार्ट लाइसेन्स पुर्‍याउने छौं,’ उनले भने, ‘त्यहीअनुसार अहिले तयारी भइरहेको छ ।’ देशभरका विभिन्न यातायात व्यवस्था कार्यालयहरूबाट माग भई आएको लाइसेन्स प्रिन्ट गरेर राखे पनि सम्बन्धित कार्यालयहरूले नलैजाँदा पनि सेवाग्राहीले समयमै हात पार्न नसकेको विभागको भनाइ छ ।

‘लाइसेन्सका लागि फाराम भराउने र ट्रायल लिने कामलाई कार्यालयहरू प्राथमिकता दिन्छन्,’ विभाग स्रोतले भन्यो, ‘तर प्रिन्ट भएर तयार लाइसेन्स समयमै लैजान चासो दिँदैनन् ।’ अहिले प्रिन्ट भएर तयार झन्डै एक लाख थान लाइसेन्स विभागमा थन्किएर बसेको छ । सम्बन्धित कार्यालयले पठाउन भनेपछि हुलाकमार्फत पठाउने गरिएको विभागले जनाएको छ ।

‘२ वर्षसम्म पनि सेवाग्राहीले लाइसेन्स नपाउनुको मुख्य कारण नै यही हो,’ विभाग स्रोतले भन्यो । निकट भविष्यमा सातै प्रदेशमा लाइसेन्स प्रिन्ट गर्ने मेसिन राखेर वितरणलाई सहज बनाउने योजनामा रहेको महानिर्देशक पाण्डेय बताउँछन् ।

विभागले थप १४ लाख कार्ड खरिद गरेको पनि जनाएको छ । ‘अबको एक महिनाभित्र यो कार्ड आइपुग्नेछ । त्यसपछि कार्ड नभएर लाइसेन्स प्रिन्ट भएन भन्ने समस्या समाधान हुनेछ,’ उनले भने । यसअघि विभागले पुराना सबै लाइसेन्स वैशाखभित्र वितरण गरेर जेठबाट नयाँ आवेदन खुलाउने बताएको थियो ।

तर, अहिलेसम्म सेवाग्राहीले सहज रूपमा लाइसेन्स पाउन सकेका छैनन् । सन् २०२२ को सुरुमा फाराम भरिएको लाइसेन्स अझै प्रिन्ट भइसकेको छैन । ‘लाइसेन्स मागअनुसार प्रिन्ट नै गर्न सकिएको छैन,’ विभागका एक प्राविधिक कर्मचारीले भने, ‘एउटा मेसिनको मात्र भर पर्नुपर्दा समस्या भएको हो । जति छिटो नयाँ मेसिन आउँछ, त्यति नैचाँडो लाइसेन्स प्रिन्टको लोडघट्दै जान्छ ।’

विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरू नयाँ लाइसेन्स भने क्यूआर कोडसहितको एक वर्ष म्यादको हुने बताउँछन् । एक वर्षमा ५ पटकभन्दा कम गल्ती गरेको पाइए मात्र सेवाग्राहीले स्मार्ट लाइसेन्स पाउनेछन् । ‘एउटा मेसिन छ, चौबिसै घण्टा लाइसेन्स प्रिन्ट गरे पनि माग पूरा गर्न सकिँदैन,’ उनले भने, ‘त्यसैले नयाँ मेसिन थप्नासाथ लाइसेन्स वितरणमा अहिले देखिएको सबै समस्या समाधान हुनेछ ।’

लाइसेन्सका लागि आवेदन दिएर परीक्षाका लागि नै महिनौं/वर्षौं कुर्नुपर्ने बाध्यता भने हटेको उनले दाबी गरे । ‘आवेदन दिएको १५ दिनभित्र लिखित परीक्षादेखि ट्रायल दिने समय पाइनेछ,’ उनले भने, ‘त्यसपछि प्रक्रिया पूरा गर्नासाथ नयाँ लाइसेन्स छपाइमा जानेछ ।


Last Updated on: December 22nd, 2022 at 11:47 am


तपाईको प्रतिक्रिया