सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


दोहोरीबाट कमला घिमिरे बिबादमा आएपछि बोले बद्री पंगेनी, कमला र गाउन लगाउने अग्रजलाई यस्तो भने (भिडियो सहित)

प्रकाशित मिति । ७ पुस, २०७९ ।

काठमाडौ । दोहोरी गीतबाट कमला घिमिरे बिबादमा आएपछि बद्री पंगेनी बोलेका छन् । कमलाको भन्द पनि गाउन लगाउने अग्रजको कमजोरि हो भन्दै उनले मुख खोलेका हुन् । तेही गीत गाउनु पर्छ र अरु गीत छैनन् भन्दै उनले अरुलाई चोट दिने गित गाउनु गलत हो भन्दै प्रष्ठ पारेका छन् ।

यता आज मात्रै बाल गायिका कमला घिमिरेले माफी पनि मागिसकेकी छिन् । लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि बालगायिका कमला घिमिरेले अन्तत माफी मागेकी हुन् । गायिका समिक्षा अधिकारीलाई लक्षित गर्दे गीत गाएर आलोचित बनेकी उनले सामाजिक संजालबाटै माफी मागेकी छन् ।

फेसबुकमार्फत गायिका घिमिरेले ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’ बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिनु भन्दै लेखेकी छन् । उनले गीत गाएपछि उनको चर्को आलोचना भएको थियो ।

कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए । उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन ।

अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत-संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’ उनले उक्त गीत सुमन परियारसँग मिलेर गाएकी थिइन् । हेर्नुहोस यो भिडियो ।

सुदूरका ‘नटवरलाल’ भट्ट फेरि फरार

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणीमा स्थानीयले समातेका पदमराज भट्टलाई पक्राउ गर्न प्रहरीद्वारा ढिलाइ

धनगढी,कञ्चनपुर — सफा चिटिक्क भएर सम्पन्न परिवारको जस्तो हाउभाउ । जहिले पनि महँगा गाडी लिएर हिँड्ने । कहिले नेपाल बैंकको प्रबन्धक भएको परिचय दिने, कहिले प्रहरी अधिकारी भन्दै परिचयपत्र देखाउने । यति मात्रै होइन, संयुक्त राष्ट्रसंघीय कार्यक्रमको प्रमुख भनेर परिचय दिँदै सुदूरपश्चिममा मात्रै करोडौंको ठगी गरिसकेका पदमराज भट्ट प्रहरीको लापरबाहीले फेरि फरार भएका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणीमा आइतबार स्थानीयले समातेर राखेका सुदूरपश्चिमका नटवर लाल भनिने भट्ट समयमै प्रहरी सक्रिय नहुँदा फरार भएका हुन् । दार्चुलाको लेकम गाउँपालिका घर भई धनगढी बस्दै आएका उनी कञ्चनपुरको शुक्लाफाँटा नगर रडाहाकी एक महिलाको घरजग्गा बिक्री गराउन लैजाँदै थिए । कृष्णपुरका सुरेन्द्र बमले शंका लागेर सोधपुछ गर्दा उनको बदनियत खुलेपछि स्थानीयले समातेका थिए ।

उनी लुकेको चार दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । भट्टको फोन ट्रेस गरेर बसेको ठाउँ पत्ता लगाएको बताए पनि प्रहरीले भेटेको छैन । गत आइतबार दिउँसो कृष्णपुर–२ वंकको एक होटलमा स्थानीयले शंका लागेपछि केरकार गर्दा उनको ठगीको नीयत खुलेको थियो ।

उनले सेभ द चिल्ड्रेनको अफिसर भएको भन्दै कैलालीको लम्कीका व्यवसायीको स्कारपियो जीप भाडामा लिएका थिए । १० दिनको अग्रिम भुक्तानी गरेका उनले एक हप्तादेखि कृष्णपुर र शुक्लाफाँटाका केही महिलालाई ठग्ने योजनामा काम गरिरहेका थिए । भट्टसँगै आफूलाई प्रकाश शाह भन्ने किशोर जोशीलाई भने स्थानीयले समातेर इलाका प्रहरी कार्यालय झलारीको

जिम्मा लगाएका छन् । उनीसंँग भेटिएको दार्चुला लेकम गाउंँपालिका ठेगानाको नागरिकता र राहदानी पनि स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् ।

संगठित रूपमा ५ वर्षदेखि ठगी गर्दै आएका भट्टले यसअघि दुई वर्ष कैलाली कारागारमा ठगी मुद्दामा जेल सजाय भुक्तान गरिसकेका छन् । उनले कारागारबाटै पनि ठगी धन्दा चलाएको एक महिलाले बताइन् ।

‘एकल महिला ,लामो समय देखि श्रीमान्बाट टाढा रहेका, क्याम्पस पढ्ने उमेरका केटीहरू सबैभन्दा बढी ठगीको सिकार भएका छन्,’ कैलाली गोदावरीकी ३७ वर्षीया एक महिला भन्छिन्, ‘मलाई जेलबाटै ठग्यो ।’ ठगीको सिकार भएका महिलालाई जेलबाटै ब्ल्याकमेल गरेर भट्टले जेलमा कार्यरत प्रहरीको खातामा पैसा मगाउनेसम्म गरेको उनले बताइन् ।

‘सम्बन्ध बढाएर अश्लील भिडियो बनाउने र ब्ल्याकमेल गर्ने उसको मुख्य धन्दा हो,’ उनले भनिन् । यसरी खातामा पैसा मगाएर सहयोग गर्ने ६ प्रहरी त्यतिबेला निलम्बनमा पनि परेका थिए । आफूले अदालतको किर्ते फैसला गराएर पनि बाहिर आउने र अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि पैसा दिने गरेको पीडित महिलाहरू बताउँछन् ।

भट्टले धेरैलाई त र्वैंकमा जागिर लगाइदिने प्रलोभनमा पारेर लाखौं ठगी गरेका छन । उनले संयुक्त राष्ट्र संघीय कार्यक्रमको बिज्ञापन नै खोलेर धेरैलाई ठगेको खुलेको छ ।

कैलाली गोदावरीका ४ जनालाई त उसले यूएनडीपीको कार्यक्रममा नियुक्तिसमेत दिएका छन् । महिनाको ६५ हजार तलब पाउने गरी ५ लाख दिएर नियुक्ति पाएका गिरीराजले आफू ठगिएको धेरै समयपछि जानकारी पाएका बताए । ‘कार्यालय खोज्दै जाँदा बल्ल ठगिएको थाहा पाएँ,’ उनले भने, ‘कुरा बाहिर ल्याएपछि मार्ने धम्की दिँदै आएको छ ।’ आफूसंँगै ठगिएका धेरै जना रहेको उनले बताए ।

उनले गरेको ठगीका दुई दर्जनभन्दा बढी घटना बाहिर आएका छन् । आइतबार पीडित महिलाले इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएको थाहा पाएपछि अरु पनि पीडितहरू सम्पर्कमा आइरहेको प्रहरीले जनाएको छ ।

‘धेरैले इज्जत प्रतिष्ठाका लागि मुख खोल्न सकेका छैनन्,’ एक महिलाले भनिन्, ‘मेरो सम्पर्कमा मात्र ४० जना पीडित महिला छन् । धेरैको त उसले घरजग्गा नै आफैं बिक्री गराएको छ ।’ धेरैको घरजग्गा बैंकमा राख्न बाध्य बनाएर लाखौं ठगी गरेको उनले बताइन् ।

अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएर भट्टले धेरै युवतीहरूलाई उसले आफ्नो ठगी धन्दामा समेत प्रयोग गर्दै आएको केही पीडितले बताएका छन् । पछिल्लो पटक उनको सिकार बनेकी हुन् शुक्लाफांँटा नगरपालिका चम्पापुरकी एक किशोरी । ‘आफू बैंक म्यानेजर भएको र धितोको जग्गा हेर्न आएको भन्दै परिचय गरेको हो,’ ठगिएकी किशोरीकी आमाले भनिन्, ‘हाम्रो नातागोताका विषयमा पत्ता लगाएर आएको रहेछ ।’

‘धेरै ठूलो गिरोह नै चलाएर उसले ठगी धन्दा चलाइरहेको खुलेको छ,’ भट्टका बारेमा थाहा पाएर पक्राउ गर्न प्रहरीलाई जानकारी दिएका सुरेन्द्र बमले भने, ‘प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने हो भने यो गिरोहको संलग्नता धेरैजसो आपराधिक घटनामा जोडिन सक्छ ।’ उनका अनुसार धेरैजसो ठगीएका महिला घरघडेरी बिक्री गरेर डेरामा पुगेका छन् । ‘आफ्नो रेकर्डमा रहेका कुख्यात ठगका विषयमा जानकार हुँदाहुँदै पनि प्रहरीले पक्राउ गर्ने ढिला गर्दा उसको प्रभावमा केही प्रहरी अधिकारीसमेत रहेको शंका गर्न सकिने बमले बताए ।

को हुन् भट्ट ?

दार्चुलाको लेकम गाउँपालिकाका बासिन्दा पदमराज भट्ट सशस्त्र प्रहरी बलमा थिए । केही वर्ष जागिर खाएर भगोडा भएका हुन् । उनकी एउटी पत्नी अहिले पनि सशस्त्र प्रहरीमा कार्यरत छिन् । भट्टको आपराधिक प्रवृत्तिबारे हल्ला चल्न थालेपछि उनले सम्बन्धविच्छेद गरिसकेको बताउने गरेकी छन् ।

तर उनका भाइ किशोर जोशी भने ठगका प्रमुख सहयोगीका रूपमा छन् । जोशी अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा छन् । उनीसँग भएको नागरिकताको प्रमाणपत्र र राहदानी नक्कली हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार भट्टले ४ विवाह गरेको खुलेको छ । जेठी श्रीमती सशस्त्र प्रहरीमा छिन् । अरु तीन जनामा सबैले ठग भएको थाहा पाउनेबित्तिकै सम्बन्ध विच्छेद गरिसकेका छन् । ‘उसको सम्बन्ध प्रहरीका अधिकारी, अपराधी, अदालतका कर्मचारी र नेतासँग छ,’ भट्टसँग सम्बन्ध विच्छेद भएर अत्तरियामा बसोबास गर्ने एक महिलाले भनिन्, ‘अदालतलाई समेत झुक्याएर नक्कली आदेश पत्र कारागार पठाएर फरार भएको व्यक्ति हो ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भट्टको खोजी भइरहेकाले छिटै पक्राउ पर्न सक्ने बताए । उनका अनुसार सोमबारसम्म उनको लोकेसन झलारी आसपास नै देखिएको थियो ।

‘उसले मोबाइलमा ठाउँपिच्छे नयाँ–नयाँ सिमको प्रयोग गरिरहेकाले लोकेसन ट्रेस गर्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘हामी खोजीमा जुटेका छौं ।’ उनका अनुसार पीडितहरूले इप्रका झलारीमा निवेदन दिएका छन् । भट्ट जिल्ला अदालतबाट ठगी मुद्दामै जेल सजाय पाएर गतवर्ष छुटेका हुन् ।


Last Updated on: December 22nd, 2022 at 10:37 am


४४९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया