शनिबार ११ चैत्र २०७९


प्रकाशित मिति । ०२ पुस, २०७९ ।

काठमाडौ । सन्दीप लामिछानेलाई फसाएको आरोप लागेकी अनुराधा कोइराला भारतीय नागरिक भएको प्रमाण भेटिएको छ । सामाजिक अभियान्ता तारा बरालसहितको टीमले भारतको आधार कार्ड बोकेकी अनुराधा कोइराला भारतीय नागरिक्ता भएको प्रमाण प्रहरीसमक्ष प्रस्तुत गरेका छन् ।

अनुराधा कोइराला सन्दीप लामिछानेलाई फसाउने षडयन्त्र गरेको भन्दै विवादको शिखरमा थिईन् । उनको सबै परिवार नै भारतीय भएको प्रमाण प्रहरीको हातमा पुगेको छ । नावालिग भन्दै अनुराधा कोइरालाले परिवर्तित नाम गौशाला ह भएकी युवतीलाई संरक्षण दिएको बताउँदै आएकी छिन् ।

नावालिग भनिएकी युवतीले हनिट्रयापमा पार्ने गरेका समाचार आएपछि माइती नेपालकी संचालक अनुराधा कोइराला अझै झस्किएकी छिन् ।

भारतबाट नेपालीसँग बिहे गरेको पुरा नभएसम्म बंशजको आधारमा नागरिक्ता दिन नसकिने कानुनी प्राबधान छ । अनुराधा कोइरालाको डिभोर्स भइसकेकाले पनि उनी कानुनको कडघरामा उभिनुपर्ने अबस्था आएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

अनुराधा कोइराला राम्रो काम गरेको भन्दै चर्चाको शिखरमा थिईन् तर काठमाडौंको महगों स्कुलमा पढ्ने धनी घरकी छोरीलाई कोही नभएको भनेर संरक्षण दिएपछि उनी अहिले विवादमा नमज्जाले फसेकी छिन् । माइती नेपालसँग धेरै डराएका पनि छन् ।

पछिल्लो समय एनजिओ तथा आइएनजिओको अल्पकालिन उद्धेश्य राम्रो देखिएपनि दिर्घकालीन काम भने निकै खतरनाक गर्ने भएकाले जोगिनुपर्ने अबस्था आएको कानुनबिद हरि बास्कोटा बताउँछन् । politicsdainik बाट साभार ।

एड्भान्स सरस्वतीको सामाजिक पुस्तक पठनपाठन र बिक्री वितरणमा रोक

काठमाडौँ — पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा एड्भान्स सरस्वती प्रकाशन प्राइभेट लिमिटेडको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पुस्तक पठनपाठन र बिक्री वितरणमा समेत रोक लगाएको छ । केन्द्रका अधिकृत तारा पाण्डे तिवारीले सूचना जारी गर्दै प्रालिले उक्त विषयको पाठ्यसामग्री प्रकाशन गर्दा अनियमित गरेको पाइएकोले पुस्तक प्रयोग नगर्न/नगराउन र बिक्री वितरणसमेत नगर्न आग्रह गरेकी छन् ।

केन्द्रले २०७७ मा कक्षा ११ र २०७८ मा कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पाठ्यसामग्री प्रयोग गर्न दिएको स्वीकृतिसमेत रद्द गरिदिएको छ । एड्भान्सलाई अब दुई वर्षसम्म स्वीकृति नदिने निर्णय गरिएको छ । अधिकांश निजी विद्यालयमा उक्त प्रकाशन गृहको पुस्तक पठनपाठन भइरहेको छ ।

शैक्षिक सत्रको मध्यमा पाठ्यपुस्तकको अनुमति रद्द गरेपछि शिक्षक, विद्यार्थी अन्योलमा परेका छन् । पठनपाठन र बिक्री वितरणमा रोक लगाएको पुस्तक कक्षा कोठामा प्रयोग र बेचबिखन भए कारबाही गरिने समेत केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी बाबुराम ढुंगानाले पाठ्यसामग्री तयार पर्दा आचारसंहिता पालना नगरेकाले अनुमति रद्द गर्दै कारबाही प्रक्रिया अघि बढाइएको जनाए । ‘पुस्तकमा बौद्धिक सम्पत्तिको दुरुपयोग गरिएको पनि पनि भेटिएको छ, उजुरी पर्‍यो कारबाही गर्‍यौं,’ उनले भने, ‘थप कारबाहीको प्रक्रियामा छ ।’

शिक्षक र विषय विज्ञहरुले पाठ्यक्रममा तोकिएको भन्दा अनावश्यक पाठ्य सामग्री राखिएको गुनासो गर्दै आएका थिए । पुस्तकमा कतिपय तथ्यगत त्रुटिसमेत रहेको उनीहरुले औंल्याउँदै आएका थिए । तर, प्रकाशन गृहले विद्यालय सञ्चालक र शिक्षकलाई कमिसन दिएर उक्त पुस्तक लागू गराउन सफल भएको थियो ।

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विद्यालयको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार लागू गरिएको नयाँ विषय हो । कक्षा ११ र १२ मा यो वा गणित विषय छनोट गरेर अध्ययन गर्न पाइने व्यवस्था गरिएको छ । उक्त विषय नेपाली भाषामा नै पठनपाठन गराउनु पर्ने प्रावधान राखिएको छ ।

बौद्धमा हिमालयन म्युजियम

काठमाडौँ — बौद्ध धर्मसम्बन्धी प्राचीन महत्वका चित्रकला, थांका, भाँडावर्तन, पुरातात्विक महत्वका सामग्रीसहितको संग्रहालय हिमालयन म्युजिम संचालनमा आएको छ ।

बौद्धनाथ क्षेत्रभित्रको मण्डला होटल परिसरमा संचालनमा आएको म्युजियमको मंगलबार क्याव्जे चुब्साङ रिम्पोचेले उद्घाटन गरेका थिए । सर्वसाधारणका लागि नि:शुल्क प्रदर्शनीमा राखिएको म्युजियममा तिब्बती संस्कृतिका भाँडाकुँडा, दराज, इष्टर्न तिबेन गुम्बामा रहेका केही सामग्री, कार्पेट आदि राखिएका छन् । यी सामग्रीहरु हिमालयन म्युजियमका प्रबन्धक तेन्जिन सिमिजुले बितेको २० वर्षयता संकलन गर्दै आएका थिए ।

उक्त अवसरमा उपल्लो डोल्पोको बौद्ध सम्पदा र इतिहासका विज्ञ सेइ नाम्खाइ दोर्जी रिम्पोचेले बौद्धमा स्थापित हिमालयन म्युजियमले तिब्बती संस्कृतिको झलकका साथै हिमाली भेगमा बस्ने भोटे जातिको सभ्यता तथा पहिचानको झल्को दिने बताए ।

उक्त अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, वाग्मती प्रदेश सांसद छिरिङ दोर्जे लामा, म्युजियमका अध्यक्ष तेन्जिन सिमिजु, रिम्पोचे निमा लामा, रनक टुल्कु रिम्पोचे, सर्पा तेन्जिङ रिम्पोचे, गुम्बा फाउन्डेशनका सेनाम्खा दोर्जे रिम्पोचे, कलाकार पेमा ठिन्ले गुरुङ, अमेरिकी दूतावासका राजनीतिक सहचारी जेम्स ए. मुलिन्जलगायतको उपस्थिति थियो ।


Last Updated on: December 21st, 2022 at 11:51 pm


तपाईको प्रतिक्रिया