मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


अध्यारो कुनाबाट मुक्त गराईदिनु म निर्दोष छु भन्दै सन्दीप लामिछानेले आफ्ना वकिल सरोजकृष्ण घिमिरेलाई लेखे भावुक पत्र

प्रकाशित मिति । ६ पुस, २०७९ ।

काठमाडौ । ग्लोबल क्रिकेट स्टार सन्दीप लामिछानेको स्वास्थ्य अबस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । उनी डिप्रेसनको शिकार भएको उनलाई भेटेर आउँनेहरुले जानकारी दिएका छन् ।

सन्दीप लामिछाने आफुलाई बलियो राख्न प्रयास गरिरहे पनि उनमा डिप्रेसनका संकेतहरु देखिन थालेको सन्दीप लामिछानेको पक्षबाट वकालत गरिरहेका वकिल सरोजकृष्ण घिमिरेलाई अनलाईन संचार माध्यममार्फत जानकारी दिएका छन् ।

सन्दीप लामिछानेका परिवारले पनि सन्दीप लामिछाने डिप्रेसनमा गएको बताएको छ । सन्दीप लामिछानेमा आफुसँग केही नभएको खालीपनको समस्या देखा परेको पारिवारिक स्रोतको भनाई छ ।

यसका अतिरिक्त उनमा उदासी, शून्यता महशुस गर्ने वा आशाहीनताको भावना चिन्ता, आक्रोश वा बेचैनी चरम आलस्य, वा आफ्नै परिवारलाई पनि बेवास्ता जस्तो देखिने व्यवहार रिस उठ्ने, चिडचिडापन वा निराशा, सानो कुरामा पनि गलत बुझ्ने वा सबै सामान्य गतिविधिहरू बोलीरहने गरिरहेको परिवार स्रोतले बताएको छ ।

उनले आफ्नो स्वास्थ्यलाई समेत वेवास्ता गर्न थालेको सन्दीपको परिवारको भनाई छ । यसैक्रममा सन्दीप लामिछानेको चिठ्ी उनका वकिल सरोजकृष्ण घिमिरेसमक्ष पुगेको छ । उनले आफु निर्दोष भएको कुरालाई चिठ्ीमार्फत बलियो ढगंले लेखेको घिमिरे बताउँछन् । उनले चिठ्ठीमार्फत जतिसक्दो चाडौ यो केसलाई टुगोंमा पुर्याइदिन अनुरोध गरेको सरोजकृष्ण घिमिरेले बताए ।

यस्तै माइती नेपाल पनि शंकाको घेरामा मुछिएको छ । माइती नेपालले सन्दीप लामिछानेको विपक्षमा लागेको भन्दै आम जनताहरुले चर्को स्वरमा बिरोध जनाइरहेका छन् ।

सरोजकृष्ण घिमिरेले पनि माइती नेपालले एक पक्षलाई मात्र बलियो बनाउँन खोजेकाले सुन र थुनको पद्धती अङगीकार नगरेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । चाडै सन्दीप लामिछानेको न्यायको आवाज लिएर उच्च अदालत जाने तयारीमा आफु रहेको र सन्दीप लामिछानेले न्याय पाउनेमा आफ्नो टीम आशावादी रहेको उनले बताएका छन् ।

देउवालाई छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुला

काठमाडौँ — प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पुर्‍याएर प्रधानमन्त्री बन्ने दाउमा छन् । बुधबार भएको निर्वाचनमा देउवाले ६४ मत ल्याए भने अर्का उम्मेदवार महामन्त्री गगन थापाले २५ मत पाएका छन् ।

०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए ।

पार्टीभित्रको समीकरणमा तत्कालीन सभापति कोइराला र नेता कृष्णप्रसाद भट्टराईको द्वन्द्व र माओवादी द्वन्द्व व्यवस्थापनमा असफल भएको आरोपका कारण देउवाले दोस्रो र तेस्रो पटकसमेत प्रधानमन्त्री बन्ने मौका पाए ।

०६२/६३ को परिवर्तनयता पनि देउवा दुई पटक प्रधानमन्त्री भइसकेका छन् । ०६४ र ०७० का दुवै संविधानसभा निर्वाचनमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपनि पराजित भएका देउवा ०७२ मा पार्टीको सभापति निर्वाचित भएपछि भने निरन्तर सभापति र दलको नेता छन् । ०७४ मा देउवाले संस्थापनइतर समूहका प्रकाशमान सिंहलाई पराजित गरेका थिए ।

वैधानिक सभापतिय प्रणालीमा चलिरहेको कांग्रेसमा संगठन र शक्ति सभापतिसँग हुन्छ । पछिल्लो तीन दशक निरन्तर शक्तिमा रहेर पार्टीमा संगठन गरेका देउवाले यसपटक १४औँ महाधिवेशनपछिको केन्द्रीय समितिमा ८० प्रतिशत बहुमत हासिल गरेका छन् । उनले निर्वाचनमा टिकट वितरण पनि त्यहीअनुसार गरेका थिए ।

यसपटक संसदीय दलको निर्वाचनमा उनलाई ३० वर्ष कान्छा महामन्त्री थापाले चुनौती दिएका थिए भने उनीविरुद्ध नेता शेखर कोइराला, पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता प्रदीप पौडेललगायतको मोर्चाबन्दी थियो । सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि अब उनको नेतृत्वमा सत्ता गठबन्धनको सरकार गठनकालागि बाटो खुला भएको छ ।

देउवाले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दलहरुलाई संसदीय दलको नेता चयन भइसकेपछि शक्ति बाँडफाँट गर्ने आश्वासन दिदै आएका थिए । देउवा दलको नेता चुनिएपछि अब गठबन्धनमा शक्ति बाँडफाँट र नयाँ सरकार गठनको छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनकालागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएकी छिन् ।

प्रवक्ता प्रकाशशरण महतले अब दलहरुबीच सहकार्य र छलफल गरेर सरकार निर्माणको बाटो खुलेको बताए । ‘पार्टीको संसदीय दलको निर्वाचनको प्रक्रिया पूरा भएको छ । अब सभापतिजीको नेतृत्वमा गठबन्धनकै सरकार बन्छ, आजैदेखि त्यसबारे छलफल सुरु हुन्छ,’ उनले भने ।

देउवाको राजनीतिक यात्रा

छैटौँ पटक प्रधानमन्त्री बन्ने प्रयासमा रहेका देउवा संसद्को ठूलो दल नेपाली कांग्रेसको दोस्रो पटक सभापति छन् । संसदीय राजनीतिमा समकालीन नेतामध्ये सबैभन्दा वरिष्ठ उनी डडेलधुराका स्थायीवासी हुन् । वि.सं. २००३ सालमा असिग्राममा जन्मिएका उनी २०२० सालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

विद्यार्थी राजनीतिबाट २०२८ सालमा नेविसंघको निर्वाचित सभापति भएका देउवाले पटक–पटक गरी १० वर्ष १० महिना जेल जीवन बिताए । ०४८ देखि नै उनी डडेलधुराबाट सांसद निर्वाचित हुँदै आएका छन् ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने उनले दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । पहिलो संविधानसभामा डडेलधुरा र कञ्चनपुर ४ र दोस्रो संविधानसभामा डडेलधुरा र कैलाली ४ बाट निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत २०५९ जेठ ८ मा संकटकाल लम्बाउने निर्णय गरेको भन्दै साधारण सदस्यतासमेत नरहने गरी निष्कासनमा परेका देउवाले २०५९ असोज ४ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति बनेका थिए । ०६४ मा पार्टी एकीकरणपछि देउवा दोस्रो मर्यादाक्रममा रहँदै आएका थिए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउवा २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गरी संसदीय दलको नेता भएका थिए । ०७० माघमा भने देउवा कोइरालासँग संसदीय दलमा पराजित भएका थिए । त्यसअघि ०६६ असारमा भएको दलकै निर्वाचनमा नेता रामचन्द्र पौडेलसँग पनि पराजित भएका थिए ।

कांग्रेस राजनीतिमा देउवालाई ‘भाग्यमानी व्यक्ति’का रूपमा लिइन्छ । उनी ४९ वर्षमै प्रधानमन्त्री भएका नेता हुन् । ०५१ को मध्यावधि निर्वाचनमा विपक्षी दलको नेता चुनिएपछि प्रधानमन्त्रीका लागि बाटो खुलेको थियो ।

अल्पमतको एमाले सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि देउवाको प्रधानमन्त्री बन्ने भाग्य खुलेको हो । देउवा ०५२, ०५८ र ०६१ मा गरी तीन पटक प्रधानमन्त्री बने, ०६२/०६३ को परिवर्तनपछि पनि उनी दोहोरिएर प्रधानमन्त्री छन् ।

०५८ मा प्रधानमन्त्री बनेका देउवालाई ०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै हटाएका थिए । देउवालाई हटाएपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो ।

आन्दोलन चर्किएपछि राजा ज्ञानेन्द्रले देउवालाई ०६१ मा पुनः प्रधानमन्त्री बनाएका थिए । राजाले पुनर्बहाली गर्ने भनेपछि देउवा प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री बनेका थिए । तर २०६१ माघ १९ मा ज्ञानेन्द्रले देउवालाई पुनः हटाउँदै सक्रिय शासन सुरु गरेका थिए ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने उनले पटक–पटक हार बेहोरेका छन् । देउवा ०५६ चैतमा पहिलो पटक भएको संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धी थिए । त्यसबेला उनी पराजय भए ।

०५७ पोखरामा भएको दशौँ महाधिवेशनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग उनी सभापतिमा प्रतिस्पर्धा गरे । सन्त नेता कृष्णप्रसाद भट्टराईको तय भइसकेको फ्रान्स भ्रमण जानसमेत नदिई प्रधानमन्त्रीबाट हटाइएपछि देउवा त्यसैको असन्तुष्टिमा कोइरालाविरुद्ध पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

०५८ साउनमा देउवा संसदीय दलको नेता निर्वाचित भएका थिए । तत्कालीन नेता सुशील कोइरालालाई पराजित गरी देउवा पहिलो पटक संसदीय दलको नेता बनेका थिए । उनी १२ औँ महाधिवेशनमा फेरि पार्टी सभापतिमा पराजित भए । १३ औँ र १४ औँ महाधिवेशनमा उनी निरन्तर सभापति चुनिएका छन् ।


Last Updated on: December 21st, 2022 at 4:03 pm


१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया