शनिबार ११ चैत्र २०७९


अन्ततः नेपाली समर्थकलाई पनि दिए मेस्सीले धन्यवाद !

प्रकाशित मिति । ५ पुस, २०७९ ।

काठमाडौ । महान फुटबलर लियोनल मेस्सी नेपाल आउने भएका छन । करोडौं नेपाली फ्यानले मेस्सीलाई नेपाल ल्याउने तयारी गरेका छन ।

मेस्सीलाई नेपाल ल्याउने करोडौंको चाहना भएतापनी आउने वा न आउने उनको समयले निर्धारण गर्नेछ । उनी नेपाल आउने हल्ला चल्दा लनि उनका फ्यानहरु धेरै खुसी हुन्छन भने साँच्चै नेपाल प्रवेश गरे त खुसीको सीमा नै हुने थिएन ।

निर्विवाद सर्वकालीन महान् फुटबलर लियोनल मेस्सीले नेपाली समर्थकलाई हार्दिक बधाई दियको छन् | विश्वकप फुटबलको उपाधि जितेसँगै खुशियाली मनाउदै नेपाली समर्थकलाई लियोनल मेस्सीले बधाई सुनाइदिनु भनेको रंगशाला क्याप्टेरियामा काम गर्ने नेपाली कामदार दिपक भटराईले बताएका छन् |

सो अबसरमा नेपालमा अर्जेन्टिना र मेस्सिको धेरै नै समर्थक रहेको आफुले थाहा पाएको मेस्सीले उनलाई भनेको पनि जानकारी दिए | उनि बिगत पाच वर्ष देखि कतारमा कामदारको रुपमा कार्यरत छन |

लियोनल मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर बनेका छन्। विश्वकप फुटबलको उपाधि जितेसँगै उनी सर्वकालीन महान् फुटबलर हुन् की होइनन् भन्ने विवाद अन्त्य भएको हो।

मेस्सीले ७ पटक फिफा वर्ष खेलाडी अवार्ड जितेपनि विश्वकप उपाधि हात नपारेकाले पेले र म्याराडोनासँग तुलना गर्न नहुने तर्क रहँदै आएको थियो। फिफा विश्वकपको आधिकारिक फेसबुक पेजमा पनि सर्वकालीन महान् खेलाडी विवाद समाधान भएको उल्लेख गरेको छ।

मेस्सीले क्लब फुटबलका सबै उपाधि र व्यक्तिगत अवार्ड जितेपनि विश्व विजेता बन्न सकेका थिएनन्। मेस्सीले सन् २००५ मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन्।

सन् २००८ मा अर्जेन्टिनाले ओलम्पिक फुटबलमा स्वर्ण पदक जित्दा मेस्सी टोलीको प्रमुख सदस्य थिए। ओलम्पिक फुटबलमा यू-२३ राष्ट्रिय टोली सहभागी हुने भएकाले त्यसले मेस्सी महानताको बहसमा खासै अर्थ राखेको थिएन।

सन् २०१४ मा मेस्सीको कप्तानीमा अर्जेन्टिना विश्वकप फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमाजर्मनीसँग पराजित भएको थियो। लगातार दुई वर्ष तीन ठुला प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएपछि मेस्सीले सन् २०१६ मा सन्न्यासको घोषणा गरेका थिए।

आफ्नो भाग्यमा सिनियर अन्तर्राष्ट्रिय उपाधि लेखिएको रहेनछ भन्दै रुँदै सन्न्यास लिएका मेस्सीले चौतर्फी दबाबपछि सन् २०१७ मा फेरी अर्जेन्टिना टोलीका लागि उपलब्ध हुने निर्णय गरेका थिए।

गत वर्ष ब्राजिलमा आयोजित कोपा अमेरिका जितेर उनले अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय उपाधि जित्ने धोको पुरा गरेका थिए। अर्जेन्टिनाले त्यो २८ वर्षपछि जितेको पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि थियो। तर पनि विश्वकप जित्न नसकेको भनेर उनीमाथि लगातार प्रश्न उठिरहेको थियो।

यो विश्वकपमा अर्जेन्टिना पहिलो खेलमै साउदी अरबसँग पराजित भएपछि दबाबमा आएको थियो। तर दोस्रो खेलबाट अर्जेन्टिनाले पछाडि फर्केर हेर्नु परेन। नेदरल्यान्ड्सलाई क्वाटर फाइनलमा टाई ब्रेकरमा हराएको अर्जेन्टिनाले फाइनल जित्न पनि साबिक विजेता फ्रान्सविरुद्ध टाई ब्रेकरसम्मै पुग्नु पर्‍यो।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो। अन्तिम पटक अर्जेन्टिनालाई यस्तो सफलता डिएगो म्याराडोनाले दिलाएका थिए।

विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

काठमाडौँ — कतारमा सम्पन्न विश्वकप २०२२ जितेर घर फर्किएको अर्जेन्टिनी फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय टोलीलाई स्वागत गर्न अर्जेन्टिनामा हजारौं प्रशंसकहरू मध्यरातमा लाइनमै उभिएका छन्।

मंगलबार कप्तान लियोनल मेस्सीसहित विश्वकप विजेता टोली अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै प्रशंसकहरूलाई हात हल्लाउँदै अभिभावन गरे । आइतबारको रोमाञ्चक फाइनल खेलमा फ्रान्सलाई पेनाल्टीमा हराउँदै विश्वविजेता बनेको अर्जेन्टिनी टोली मंगलबार स्वदेश फर्किएको हो ।

खेलाडीहरू विमानस्थलमा स्वागत ग्रहण गर्दै विमानस्थल नजिकैको अर्जेन्टिनी फुटबल संघ (एएफए) प्रशिक्षण परिसरमा रात बिताउने छन् । त्यसपछि उनीहरूले ब्युनर्स आयर्स परिक्रमा गर्ने कार्यतालिका छ । सहरमा उनीहरूको स्वागतका लागि दशौं हजार अर्जेन्टिनी नागरिकहरू सडकमा उत्रिने अपेक्षा गरिएको छ ।

जसका लागि राष्ट्रपति अल्बेर्तो फर्नान्डेजले राष्ट्रिय विदासमेत घोषणा गरिसकेका छन् । फाइनलमा २ गोल गरेका कप्तान मेस्सी विमानस्थलबाट बाहिरिँदै गर्दा हातमा विश्वकप उचाल्दै सबैभन्दा अगाडि देखिएका थिए । उनकै साथमा कोच लियोनल स्कालोनी पनि थिए ।

यसैबीच निकोलन टाग्लिफिकोले विमानको एक यात्रु सिटमा विश्वकपलाई सिटबेल्टले बाँधिराखिएको एक तस्बिर सार्वजनिक गरेका थिए । साथै विमानको पुछारमा मेस्सीको अर्को तस्बिर समेत सार्वजनिक गर्दै उनले लेखेका थिए ‘एक टोली, एक देश, एक सपना’।

अर्जेन्टिनी प्रशंसकहरूले कतार विश्वकपमा अनौपचारिक रुपमा राष्ट्रगान जस्तै गरी गाउने गरेको एउटा लोकप्रिय गीत ‘मुचाचोस’ को धुन बजाउँदै टोलीको स्वागत गरिएको थियो । जुन गीत अर्जेन्टिनी एक खेल प्रशंसकले लेखेका थिए । हाल त्यहाँको रक ब्यान्ड ला मोस्काले राष्ट्रिय टोलीको स्वागतका लागि गाएको हो।

अर्जेनटिनाले यसअघि १९८६ मा विश्वकप जितेको थियो । महान फुटबलर डिएगो म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले त्यसबेला विश्वकप जित्दा हालका कप्तान मेस्सी भने जन्मिएका पनि थिएनन् ।

खेल करिअरको अन्त्यतिर आइपुग्दा ३६ वर्षीय मेस्सीका लागि यसपटकको विश्वकप जित्नैपर्ने दबाब उत्पन्न भएको थियो । कतार विश्वकपमा अर्जेन्टिनालाई जिताएसँगै मेस्सी सर्वाधिक दोस्रो गोलकर्ताको पनि रेकर्ड राखेका छन् ।

आउटरिचले ‘फ्लेम अवार्डस्’मा जित्यो ११ स्वर्ण

काठमाडौँ — आउटरिचले इमर्जिङ मार्केट समूह–दक्षिण एसिया अन्तर्गत ‘फ्लेम अवार्डस् एसिया २०२२’ मा ११ स्वर्ण र १ रजत अवार्ड हात पार्न सफल भएको छ । रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाको १२ औं संस्करण मुख्य कार्यक्रम ‘फ्लेम अवार्डस् एसिया’ नयाँ दिल्लीस्थित ताज भिभान्तमा गरिएको थियो ।

कार्यक्रममा लेमनले १ स्वर्ण, १ रजत र १ काँस्य जित्न सफल भएको छ भने डिजिटल इनले ३ रजत जितेको छ । त्यसैगरी अन्य भारतीय एजेन्सीहरुले पनि विभिन्न अवार्डहरु जित्न सफल भए । यस संस्करणको निर्णायक मण्डलको अध्यक्षता म्याडिसन वर्ल्डका संस्थापक अध्यक्ष साम बल्साराले गरेका थिए ।

निर्णायक मण्डलका अन्य सदस्यहरुमा व्यवसायिक घरानाका अग्रणीहरु, ब्राण्ड संरक्षकहरु, बजार प्रवर्द्धक, सञ्चार/विज्ञापन क्षेत्रका दक्ष विज्ञ र सम्बद्ध क्षेत्रका जानकार थिए । सन् २००६ मा स्थापना भएको फ्लेम अवार्डस्‌ले भारत र एसियामा अभ्यास गरिएका उत्कृष्ट बजारीकरण र सञ्चार क्षेत्रका परियोजनालाई सम्मान प्रदान गर्ने गरेको आउटरिचले जनाएको छ ।


Last Updated on: December 20th, 2022 at 11:47 pm


तपाईको प्रतिक्रिया