
२ वर्षका छोराको खुत्रुके फुटा’एर ५० रूपैयाँ निकाले, भोलि-पल्टै त्यो पैसा ४० करो’ड भयो…
प्रकाशित मिति । ५ पुस, २०७९ ।
एजेन्सी । अनुप बी ले दुई वर्षका छोराको खुत्रुके फुटा’एर पैसा निकाल्दै गर्दा उनकी श्रीमती उनी’सँग रिसा’उँदै चिच्याएकी थिइन् । तर श्रीमती’को रिसलाई बेवास्ता गर्दै अनूप बीले खुत्रुके’बाट ५० रुपैयाँ लिएर ओनम बम्पर लट’रीको टिक’ट किनेका थिए जसमा उनलाई २५ करोड (४० करोड नेपाली रूपैयाँ) को लटरी लाग्यो ।
“उनी रिसाएर भनि’रहेकी थिइन् कि चिठ्ठा’को टिक’टको लागि खुत्रुके तोड्नु ठीक होइन। तर जब मलाई चिठ्ठा परेको थाहा भयो, मैले पत्या’उनै सकिन। सुरुमा त मेरी श्रीम’तीले पनि पत्याइ’नन् । तर पछि उनी निकै खुसी भइन्।
अनूप’लाई यो लटरी टिकट पाउन ५०० रुपैयाँ चाहि’एको थियो तर ५० रुपैयाँ पुगेन । यो ५० रुपैयाँ उनले छोरा’को खुत्रुके तोडेर पूरा गरे । उनका अनुसार भोलि’पल्ट चिठ्ठाको ड्र निस्किने भएकोले उनीसँग अर्को विकल्प थिएन ।
तर, उनको यो प्रयास सम्पूर्ण परिवा’रका लागि भाग्यको बाकस खोले’जस्तै साबित भयो ।
यो पनि संयोग हो कि गत वर्ष ओनमको बम्पर लटरी टिकट अटो रिक्सा चालकको नाममा निस्कियो र अनूपले पनि अटो रिक्सा चलाउँछन् । केरलाको राजधानी तिरुवनन्तपुरमका अनूप बीको लाखौं रुपैयाँ ऋण पनि छ।
२९ वर्षीय अनुप भन्छन्, “म रेस्टुरेन्टमा काम गर्थें। केही समय दुबईमा पनि बसें। फर्किए’पछि यहाँ अटो रिक्सा चलाउ’न थालें। महिनामा २० देखि २५ हजार रुपैयाँ कमा’उने गर्थे। तर तीन महिना अघि काम छुट्यो।”
अटो रिक्सा चला’उने जागिर छुटे’पछि अनुपले शेफको जागि’र खोज्न थाले । उनले मले’सियामा मासिक ५० हजार रुपैयाँको रोज’गारी पनि पाएका छन् । त्यस’पछि उनले बैंकमा तीन लाख रुपैयाँ ऋणका लागि निवेदन दिए’का थिए ।
“लटरी निस्कनु एक दिन अघि बैंकको ऋण स्वीकृत भएको थियो। म अझै बैंक गएको छैन,” उनी भन्छन्।अनूप’लाई चिठ्ठा अचानक परेको होइन । उनले विगत सात वर्षदेखि लगातार चिठ्ठाको टि’कट किन्दै आएका छन् । यस’अघि उनले २ हजारभन्दा बढी जित्ने मौका पाएका थिएनन् ।
उनले भने, ‘पहिले बेला’बेलामा मात्र लटरीको टिकट किन्ने गर्थे तर पछिल्ला केही वर्ष’देखि नियमित टिकट किन्न थालेको छु ।’
लटरी जितेर के गर्ने भनेर सोध्दा अनूपले भने, ‘सबै’भन्दा पहिले ऋण तिर्छु, पाँच–छ लाख रुपैयाँ ऋण छ ।’ कर तिरेपछि र लटरी एजेन्टको कमिशन तिर्दा, अनूपले चिठ्ठा’बाट १५.७५ करोड रुपैयाँ पाउने’छन्। अनूपले बाँकी पैसाले के गर्ने – घर बनाउने, रेष्टुरेन्ट खोल्ने वा अरू केही गर्ने ?
अनुप बीले भने, “अहिले’सम्म केही सोचेको छैन। म अझै अचम्ममा छु। यद्यपि म पक्कै घर बनाउँछु, म खाँचोमा परेका’हरूलाई पनि मद्दत गर्नेछु। यस’बाहेक, म होटल पनि खोल्छु। तर यो सबै तब मात्र हुनेछ जब केरला सरकार’बाट लटरी पुरस्कार रकम प्राप्त हुनेछ।”
करोडौं जितिसके’पछि के अनूपले भविष्यमा पनि लटरीको टिकट किन्ने हो कि ? तुरुन्त जवाफ दिँदै अनुपले भने, “हो, म टिकट किनिरहन्छु।”केरला सर’कारले पनि लटरी टिकटको बिक्री’बाट ठूलो राजस्व पाउँछ। गत शनिबार’सम्म सरकारले ६६.५ लाख टिकट बिक्री गरेर करिब २७० करोड रुपैयाँ संकलन गरेको थियो । यो राजस्व पुर’स्कार पैसा र जीएसटी भुक्तानी कटाए’पछिको हो।
देउवा समूह छोडेर प्रदीप पौडेल बने गगनको समर्थक
काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित सांसद प्रदीप पौडेल महामन्त्री गगन थापाको पक्षमा खुलेका छन् ।
पौडेल यसअघि पार्टीको १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको टिमबाट महामन्त्रीको उम्मेदवार थिए । दलको नेताको निर्वाचनमा भने उनी महामन्त्री थापाको समर्थक बसेका छन् । १३ औँ महाधिवेशनमा भने पौडेल र थापा दुवै जना नेता कृष्णप्रसाद सिटौलासँग उभिएका थिए ।
कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । पाँचौ पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनाव लड्दैछन् । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दैछन् । ४६ वर्षे थापा देउवाभन्दा ३० वर्ष कान्छा छन् ।
महाधिवेशनमा पुस्तान्तरण र रुपान्तरणको पक्षमा जनमत लिएर लोकप्रिय मतसहित महामन्त्री बनेका थापाले ६ महिनाअघि देखि नै मुलुकको कार्यकारी प्रधानमन्त्री भएर गर्नुपर्ने कामबारे छलफल, परामर्श र पूर्वतयारी गरेका छन् । देउवा र थापाबीचको प्रतिस्पर्धाले पार्टी र राष्ट्रिय राजनीतिमा परिवर्तन चाहने र परिवर्तन नचाहनेहरूको ध्रुवीकरण हुने देखिएको छ ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।
कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।
देउवाको प्रस्तावक बसे रामचन्द्र पौडेल
काठमाडौँ — नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई सघाउने भएका छन् । पौडेल सभापति देउवाको प्रस्तावक बसेका हुन् ।
१३ औँ महाधिवेशनमा देउवासँगै पार्टीको सभापतिका प्रत्यासी रहेका पौडेल १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहको साझा उम्मेदवार बन्न नसकेपछि मतदान नै गरेनन् । उनी त्यहीबेला देखि देउवासँग नजिकिएका थिए ।
यसअघि आफैँ प्रधानमन्त्रीको दाबेदार रहेको भन्दै आएको पौडेलले संसदीय दलको नेताको निर्वाचनमा भने सभापति देउवाको प्रस्तावक बनेर आएका छन् । उपसभापति पूर्णबहादुर खड्का देउवाको समर्थक बसेका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका पौडेल भन्छन्, ‘अहिलेको असहज परिस्थितीमा नेपाली कााग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसहमत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’
नेता पौडेलले नवनिर्वाचित कांग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्न आग्रहसमेत गरे।