
उषाको छोरी भन्छिन्, ‘बुवाको फ्ल्याटमा जान रोक लगाइयो’
प्रकाशित मिति । ५ पुस, २०७९ ।
काठमाडौ । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेश प्रसाद तिमलसेना(जीपी) को घर झ’गडा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । सम्बन्ध बिच्छेद गरेर अदालतले अंश दिनु भने पनि जीपीले उषा र छोरा/छोरीलाई अंश नदिएपछि अहिले उनीहरूको परिवारमा लफडा चलिरहेको छ ।
विवाह गरेर जीपीले त्यहीँ घरमा कान्छी श्रीमती भित्र्याएपछि उनीहरूको झ’गडा बाहिरिएको थियो । केटिएम दैनिकले समाचार ब्रेक गरेपछि विभिन्न सञ्चार माध्यमहरूले पनि कभर गरेका थिए ।
समाचार बाहिरिएपछि दुई दिनसम्म जीपीले आफ्नो कान्छी श्रीमतीलाई घरमा ल्याएनन् । तेस्रो दिन अर्थात् बुधवार उनले कान्छी श्रीमती सबिनालाई लिएर घरमा आए । त्यस लगत्तै छोरी माथिल्लो फ्ल्याटमा गएर बुवासँग आफ्नो दुखेसो पोखेको थिइन् । बुधवार साँझ तिमलसेनाको घरमा ठुलै झग’डा भएको थियो ।
केटिएम दैनिकको सम्पर्कमा आएकी उगेषणा तिमलसेनाले भनिन्, ‘ड्याडीले गलत गर्नुभयो । उहाँले विवाह गर्न पाउनु उहाँको अधिकार होला, तर हामीलाई व्यवस्थापन नगरी विवाह गर्नु उहाँको कमजोरी हो । हामी उहाँकै सन्तान हौँ, उहाँकै छत्रछायामा हुर्कियौ । अहिले आएर हामीलाई बेवास्ता गर्दा, हाम्रै अगाडि अर्की श्रीमती भित्र्याउँदा हाम्रो पनि मन रुन्छ नि ।’
‘मलाई त बाहिर निस्कन पनि मन लाग्दैन, समाचार बाहिरिएपछि त झन् साथीहरूको प्रश्नले आजित भएको छु । के भनेर जवाफ दिने मैले ? हामी बेग्लै घरमा बस्ने भएको भए मलाई पनि उत्तर दिन सहज हुन्थ्यो तर ! के गर्ने के नगर्ने, म त ठुलो मानसिक तनावमा छु ।’ उनले भनिन् ।
शुक्रवार सदा झैँ म माथि गए, किचनमा पसेर ब्रेकफास्ट खान लागेको थिए, हजुरबुवाले मलाई गाली गर्नु भयो, के नाताले यहाँ आइस ? सम्बन्ध विच्छेद गरेपछि सबै नाता सकिन्छ भन्ने थाहा छैन भन्दै हातमा भएको खानेकुरा खोस्नु भयो । म त केही बोल्न नै सकिन ! एक छिन रोए, कराए र फर्किए । उनले भनिन् ।
हामीलाई एउटै घरमा बस्न असहज भइसक्यो, ड्याडीले हाम्रो केही व्यवस्था गरिदिए हामी अन्तै सर्ने थियौँ । अहिले त भाइ र मैले केही सोच्नै सकेको छैनौँ । एउटै घरमा बस्न हाम्रो मन नै मानिरहेको छैन । उनले भनिन् ।
तर उता जीपी भने जिल्ला अदालतको फैसलामा चित्त नबुझेर उच्च अदालत गएको हुनाले उच्च अदालतको आदेश नआउन्जेलसम्म अंश दिन इन्कार गरेको बुझिएको छ ।
अस्ट्रेलियाले पूर्वप्रधानमन्त्री रुडलाई किन बनायो अमेरिकाको राजदूत ?
चीनको बढ्दो प्रभाव र भूराजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै अस्ट्रेलियाले पूर्वप्रधानमन्त्री रुडलाई अमेरिकाको राजदूत नियुक्त गरेको देखिन्छ ।
काठमाडौँ — अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि राजदूत नियुक्त भएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजले अमेरिकासँगको सम्बन्धलाई अझ मजबुत गर्नका लागि पूर्वप्रधानमन्त्रीसमेत बनिसकेका रुडलाई राजदूत नियुक्त गरेका हुन् ।
चिनियाँ समकक्षीसँगको भेटवार्ताका लागि विदेशमन्त्री पेनी वोङ बेइजिङ जानुपूर्व प्रधानमन्त्री अल्बानिजले प्रभावशाली व्यक्ति रुडलाई अमेरिकाका लागि राजदूत नियुक्त गरिएको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री अल्बानिजले मंगलबार पत्रकार सम्मेलन गरेर रुडलाई राजदूत नियुक्त गरिएको जानकारी दिएका हुन् । ‘यस भूमिकाका लागि उहाँको अनुभव बेजोड छ । उहाँले प्रधानमन्त्री र विदेशमन्त्रीका रूपमा अमेरिकासँगको सम्बन्ध विस्तारका लागि उल्लेखनीय योगदान गर्नु भएको छ,’ प्रधानमन्त्री अल्बानिजले भने ।
पूर्वप्रधानमन्त्री रुडले भने आफूलाई अमेरिकाको राजदूत नियुक्त गर्दा ‘सम्मानित’ महसुस गरेको बताएका छन् । उनले वक्तव्य जारी गर्दै भनेका छन्, ‘केही दशकयता अस्ट्रेलियाले सुरक्षा र कूटनीतिक क्षेत्रमा विभिन्न चुनौतीको सामना गरिरहेको छ, हाम्रो राष्ट्रिय चासोलाई विगतमा झैं अगाडि बढाउनुपर्छ । गहन तथा प्रभावकारी ढंगले अमेरिकासँग रणनीतिक साझेदारीको आवश्यकता छ ।’
I am greatly honoured by the Australian Government’s decision to nominate me as our country’s next Ambassador to the United States of America commencing in March. pic.twitter.com/vIz1KckSv4— Kevin Rudd (@MrKRudd) December 19, 2022
लामो समय अमेरिका बसेकाले आफ्नो अमेरिकी व्यवसायी, नागरिक समाज र सञ्चारमाध्यमसँग राम्रो सम्बन्ध भएको पनि रुडले बताएका छन् । साथै डेमोक्रेटिक र रिपब्लिकन पार्टीका नेताहरूसँग पनि निकट सम्बन्ध भएको उनको भनाइ छ ।
थिंकट्यांक समूह ‘एसिया सोसाइटी’ का प्रमुख रहेका रुडले आर्थर सिनोडिनोसलाई प्रतिस्थापन गर्नेछन् । उनको कार्यकाल यही फेब्रुअरीमा सकिँदैछ । पूर्वअर्थमन्त्री जो हकी, पूर्वरक्षामन्त्री किम बिज्ले र पूर्वविदेशमन्त्री एन्ड्रयु पिककजस्ता प्रभावशाली व्यक्तिले राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।
तर पूर्वप्रधानमन्त्री राजदूत नियुक्त भएको भने यो पहिलो पटक हो । रुडलाई अमेरिकामा उच्च सम्मानका साथ हेरिने भएकाले पनि उनको कार्यकाल सफल हुने अपेक्षा गरिएको छ । साथै उनी एसिया प्रशान्त र चीन मामिलामा जानकार मानिन्छन् ।
वर्तमान प्रधानमन्त्री अल्बानिज केभिन रुड प्रधानमन्त्री हुँदा अस्ट्रेलियाका उपप्रधानमन्त्री रहेका थिए । ६५ वर्षीय रुड सन् २००७ देखि २०१० र २०१३ जुनदेखि २०१३ सेप्टेम्बरसम्म गरी दुई पटक अस्ट्रेलियाको प्रधानमन्त्री बनेका थिए ।
रुडको नियुक्ति किन अर्थपूर्ण ?
सन् २०२१ को सेप्टेम्बरमा हिन्द-प्रशान्त क्षेत्रमा चीनको प्रभाव ‘रोक्न’ भन्दै अमेरिका, बेलायत र अस्ट्रेलियाबीच विशेष सुरक्षा सम्झौता भएको थियो । चीनसँग प्रतिद्वन्द्विता बढिरहेका बेला अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग नयाँ गठबन्धन बनाएको हो ।
‘ओकस’ नाम दिइएको उक्त सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स्, क्वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयलाई समेट्ने बताइएको छ ।यही सम्झौतामा अस्ट्रेलियाले फ्रान्सेली डिजाइनमा पनडुब्बी खरिद गर्ने सम्झौता पनि रद्द गरेको थियो । अस्ट्रेलियाले जलसेनाका लागि सन् २०१६ मा १२ वटा पनडुब्बी निर्माणका लागि फ्रान्ससँग सम्झौता गरेको थियो ।
उक्त सम्झौता करिब ५० अर्ब अस्ट्रेलियन डलर बराबरको थियो । फ्रान्सको विदेश मन्त्रालयले भने सम्झौता खारेज गर्ने अस्ट्रेलियाको निर्णय ‘दूर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया दिएको थियो ।
बेलायतका लागि अस्ट्रेलियाका पूर्व उच्च आयुक्त रहेका जर्ज ब्रान्डिसले सिड्नी मोर्निङ हेराल्डमा एउटा लेख लेख्दै अमेरिकाका लागि रुड उपयुक्त पात्र भएको बताएका छन् ।
अमेरिकी विदेश नीति र अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने थिंक ट्यांक समूह काउन्सिल अन फरेन रिलेसन्स(सीएफआर) रुडलाई ‘फरेन अफेयर्स’ मा अग्रलेख लेखाउनु नै पनि उनी यस पदका लागि उपयुक्त हुनुको प्रमाण भएको ब्रान्डिस बताउँछन् । पूर्वप्रधानमन्त्री रुडले फरेन अफेयर्सको पछिल्लो अंकमा चीनबारे लेख लेखेका थिए । ‘द वर्ल्ड अकोर्डिङ टु सी चिनफिङ’ शीर्षकमा छापिएको उक्त लेखमा रुडले सीको उदय र यसले विश्वराजनीतिमा पारेको प्रभावबारे टिप्पणी गरेका छन् ।
चीनको बढ्दो प्रभाव र भूराजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै अस्ट्रेलियाले पूर्वप्रधानमन्त्री रुडलाई अमेरिकाको राजदूत नियुक्त गरेको देखिन्छ । ओकस सम्झौताले पनि पूर्णता नपाइसकेको अवस्थामा एक परिपक्व राजनीतिज्ञलाई वासिङ्टन पठाइएको छ ।
अस्ट्रेलियाले ओकस सम्झौतालाई ठूलो कूटनीतिक सफलताका रूपमा लिन्छ । त्यस्तै अस्ट्रेलियाका लागि यो सम्झौता ‘गेम चेन्जर’ रणनीतिका रूपमा पनि हेरिने गरेको छ ।