
उषाको छोरी भन्छिन्, ‘बुवाको फ्ल्याटमा जान रोक लगाइयो’
प्रकाशित मिति । ५ पुस, २०७९ ।
काठमाडौ । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेश प्रसाद तिमलसेना(जीपी) को घर झ’गडा अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । सम्बन्ध बिच्छेद गरेर अदालतले अंश दिनु भने पनि जीपीले उषा र छोरा/छोरीलाई अंश नदिएपछि अहिले उनीहरूको परिवारमा लफडा चलिरहेको छ ।
विवाह गरेर जीपीले त्यहीँ घरमा कान्छी श्रीमती भित्र्याएपछि उनीहरूको झ’गडा बाहिरिएको थियो । केटिएम दैनिकले समाचार ब्रेक गरेपछि विभिन्न सञ्चार माध्यमहरूले पनि कभर गरेका थिए ।
समाचार बाहिरिएपछि दुई दिनसम्म जीपीले आफ्नो कान्छी श्रीमतीलाई घरमा ल्याएनन् । तेस्रो दिन अर्थात् बुधवार उनले कान्छी श्रीमती सबिनालाई लिएर घरमा आए । त्यस लगत्तै छोरी माथिल्लो फ्ल्याटमा गएर बुवासँग आफ्नो दुखेसो पोखेको थिइन् । बुधवार साँझ तिमलसेनाको घरमा ठुलै झग’डा भएको थियो ।
केटिएम दैनिकको सम्पर्कमा आएकी उगेषणा तिमलसेनाले भनिन्, ‘ड्याडीले गलत गर्नुभयो । उहाँले विवाह गर्न पाउनु उहाँको अधिकार होला, तर हामीलाई व्यवस्थापन नगरी विवाह गर्नु उहाँको कमजोरी हो । हामी उहाँकै सन्तान हौँ, उहाँकै छत्रछायामा हुर्कियौ । अहिले आएर हामीलाई बेवास्ता गर्दा, हाम्रै अगाडि अर्की श्रीमती भित्र्याउँदा हाम्रो पनि मन रुन्छ नि ।’
‘मलाई त बाहिर निस्कन पनि मन लाग्दैन, समाचार बाहिरिएपछि त झन् साथीहरूको प्रश्नले आजित भएको छु । के भनेर जवाफ दिने मैले ? हामी बेग्लै घरमा बस्ने भएको भए मलाई पनि उत्तर दिन सहज हुन्थ्यो तर ! के गर्ने के नगर्ने, म त ठुलो मानसिक तनावमा छु ।’ उनले भनिन् ।
शुक्रवार सदा झैँ म माथि गए, किचनमा पसेर ब्रेकफास्ट खान लागेको थिए, हजुरबुवाले मलाई गाली गर्नु भयो, के नाताले यहाँ आइस ? सम्बन्ध विच्छेद गरेपछि सबै नाता सकिन्छ भन्ने थाहा छैन भन्दै हातमा भएको खानेकुरा खोस्नु भयो । म त केही बोल्न नै सकिन ! एक छिन रोए, कराए र फर्किए । उनले भनिन् ।
हामीलाई एउटै घरमा बस्न असहज भइसक्यो, ड्याडीले हाम्रो केही व्यवस्था गरिदिए हामी अन्तै सर्ने थियौँ । अहिले त भाइ र मैले केही सोच्नै सकेको छैनौँ । एउटै घरमा बस्न हाम्रो मन नै मानिरहेको छैन । उनले भनिन् ।
तर उता जीपी भने जिल्ला अदालतको फैसलामा चित्त नबुझेर उच्च अदालत गएको हुनाले उच्च अदालतको आदेश नआउन्जेलसम्म अंश दिन इन्कार गरेको बुझिएको छ ।
पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ — नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारको आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले विकास ऋणपत्र २०८३ ‘ज’ बिक्री गर्न बोलकबोल आह्वान गरेको हो । परिपक्व अवधि चार वर्ष रहेको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।
आज (पुस ५ गते) बोलकबोल हुने उक्त ऋणपत्रको निष्कासन भोलि (पुस ६ गते) हुनेछ । ऋणपत्रको ब्याजदर भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ भने आर्जित ब्याजमा कर लाग्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ । ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनेपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
‘ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्,’ सूचनामा भनिएको छ, ‘राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीका रुपमा भाग लिन पाउने छैनन् ।’
यस्तै, प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ ।इच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् ।
अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिने सूचनामा उल्लेख छ ।
चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । सोही लक्ष्य अनुसार पहिलो चरणमा ३० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो ।
जसअनुसार राष्ट्र बैंकले मंसिर दोस्रो सातादेखि पुस दोस्रो सातासम्म ट्रेजरी विल्स र विकास ऋणपत्र मार्फत् ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तालिका यसअघि नै सार्वजनिक गरिरकेको छ । सोही क्रममा आज ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्नका लागि बोलकबोल आह्वान भएको हो ।