सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


समाचारराजु पाण्डेले पाए यति ठुलो सम्मान साथै नगद र स्वर्ण पदक

प्रकाशित मिति । १ पुस, २०७९ ।

काठमाडौँ । काठमाडौं महानगरपालिकाले २८ औं महानगर स्थापना दिवस मनाएकाे छ । दिवस मूल समारोह समितिले एक कार्यक्रम आयोजना गरी विभिन्न सांस्कृतिक प्रस्तुतिसहित दिवस मनाएकाे हाे ।

महानगर दिवसको अवसरमा महानगरपालिकाले वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गरेकाे थियो । समाराेहकाे उद्घाटन शहरी विकास मन्त्री मेटमणि चाैधरीले गर्नुभएकाे थियाे । यसैबीच काठमाडौं महानगर’पालिका नगर प्र’हरी बलको प्रमुखको जिम्मे’वारी पाएका राजु’नाथ पाण्डेलाई सम्मान मिलेको छ ।

उनले काठमाडौं महानगर’पालिका मेयर बालेन शाहको हात बाट “महानगर सेवा गौरव पुरस्कार” पाउनुभएको हो । एसपी राजु पाण्डेले काठमाडौं मेट्रोको सबैभन्दा प्रतिष्ठित “महानगर सेवा गौरव पुरस्कार” जितेका हुन् । उनले नगद १ लाख र स्वर्ण पदक पनि प्राप्त गरेका छन् ।

नगर कार्यपालिकाको कार्यालयले सूचना प्रकाशन गर्दै २८ औँ महानगर दिवसको अवसरमा कार्यालयको कामकाज भएको थियो । काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग, आयोजना, कार्यक्रम, वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने सूचनामा उल्लेख थियो ।

दक्षिण एसियामा वायु प्रदूषण भयावह

विश्व बैंकको प्रतिवेदन भन्छ- वायु प्रदूषणबाट हुने रोगबाट बर्सेनि २० लाखको मृत्यु

काठमाडौँ — दक्षिण एसियामा वायु प्रदूषणको अवस्था भयावह पाइएको छ । संसारका १० प्रदूषित सहरमध्ये ९ वटा दक्षिण एसिया क्षेत्रमा रहेको विश्व बैंकको अध्ययनमा पाइएको छ । बुधबार सार्वजनिक प्रतिवेदनअनुसार वायु प्रदूषणकै कारणबाट दक्षिण एसियामा हरेक वर्ष २० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डअनुसार हावामा औसत वार्षिक पीएम २.५ एक घनमिटरमा ५ माइक्रोग्राम हुनुपर्छ । २.५ माइक्रो मिटर वा सोभन्दा साना धूलोका कणलाई पीएम २.५ भन्ने गरिन्छ । धेरै साना हुने यस्ता कणले फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर रोग लगाउने गर्छन् । यस्ता कणका कारण मुटु, श्वासप्रश्वाससम्बन्धी रोगसँगै फोक्सोको क्यान्सर पनि हुने डब्लूएचओले जनाएको छ ।

विश्व बैंकको ‘स्ट्राइभिङ फर क्लिन एयर : एयर पोलुसन एन्ड पब्लिक हेल्थ इन साउथ एसिया’ प्रतिवेदनमा यस क्षेत्रमा हावामा वार्षिक औसत पीएम २.५ को मात्रा ३५ माइग्रोम प्रतिघनमिटरमा पाइएको उल्लेख छ । भारतका लखनउ, कोलकाता, बनारस, नयाँ दिल्ली र पटना, नेपालको काठमाडौं, बंगलादेशको ढाका, अफगानिस्तानको काबुल र पाकिस्तानको इस्लामाबादमा वार्षिक रूपमा हावामा धूलोका कणको मात्रामा औसतभन्दा धेरै छ । प्रतिवेदनअनुसार हावामा पीएम २.५ को मात्रा धेरै जनसंख्या भएको ठाउँमा २० गुणाभन्दा बढी पाइएको छ ।

प्रतिवेदनले वायु गुणस्तरका लागि दक्षिण एसियाली मुलुकहरूमा बनाइएको नियम पनि प्रभावकारी कार्यान्वयन नभएको औंल्याएको छ । ‘वायु गुणस्तरका लागि बनाइएको कानुन प्रभावकारी छैन । यसलाई पूर्ण रूपमा प्रभावकारी बनाउने हो भने वायु गुणस्तरमा सामान्य सुधार मात्रै ल्याउन सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो समस्या समाधानका लागि उत्सर्जनमा कटौतीसँगै क्षेत्रीय रूपमा पहल र समन्वयको खाँचो छ ।’

पूर्ण रूपमा नीतिगत व्यवस्था कार्यान्वयन गरिए हावामा धूलोका कणको मात्रा ४ प्रतिशतले मात्रै घट्ने प्रतिवेदनमा उल्लेख छ । २०१८ देखि २०३० मा यस क्षेत्रमा धूलोका कणको मात्रा १२ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

प्रतिवेदनले खाना पकाउन प्रयोग गरिने दाउरा, स–साना उद्योगबाट निस्कने उत्सर्जन, इँटा उद्योग, फोहोर व्यवस्थापनमा भएको व्यवस्थापकीय कमजोरी, प्लास्टिक जलाउने कार्यले वायु प्रदूषण बढेको उल्लेख गरेको छ । वायु प्रदूषण वृद्धिको अर्को कारकमा शवदाहलाई औंल्याइएको छ । दक्षिण एसियाका धेरैजसो मुलुकमा मृत्यु भएका मानिसको शव जलाउने गरिन्छ ।

असन्तुलित रूपमा वितरण र प्रयोग हुने रासायनिक मलले पनि वायु प्रदूषण बढाउन भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ । कृषि र सिँचाइ क्षेत्रमा असन्तुलित रूपमा मलको प्रयोग गर्दा एमोनियाको मात्रा बढेको जनाइएको छ । ‘पश्चिम दक्षिण एसियाली क्षेत्रहरूमा धूलो, जैविक कम्पाउन्ड, वनमा डढेलोले वायु प्रदूषण बढाएका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

नेपाल, बंगलादेश र श्रीलंकाका राजधानी सहरमा वायु प्रदूषणको एक तिहाइ हिस्सा मात्रै त्यहीं उत्सर्जन हुने र बाँकी अन्यत्रबाट आउने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले दक्षिण एसियामा रहेका ६ वटा वायु प्रणालीलाई पहिल्याएको छ । जसअनुसार भारत र पाकिस्तानको पन्जाब, भारतका हरियाणा, राजस्थान, चण्डीगढ, दिल्ली र उत्तरप्रदेशमा एउटा प्रणाली छ ।

बिहार, पश्चिम बंगाल, झारखण्ड, बंगलादेश क्षेत्रमा दोस्रो, ओडिसा/छत्तिसगढ क्षेत्र तेस्रो, मध्य भारत क्षेत्रमा पूर्वी गुजरात र पश्चिमी महाराष्ट्र चौथो, पाकिस्तान र अफगानिस्तानका केही भाग पाँचौं र दक्षिण पाकिस्तान, पश्चिम अफगानिस्तानदेखि पूर्वी इरानको भूभागमा अर्को वायु प्रणाली छ । यस्ता प्रणालीमा जम्मा हुने धूलो कण निरन्तर रूपमा त्यस क्षेत्रमा बहने हुनाले एउटा सहरको प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने औंल्याइएको छ ।

प्रतिवेदनले क्षेत्रीयस्तरको सहकार्य गर्नुपर्ने औंल्याउँदै इसिमोड, सार्कजस्ता संस्थासँग समन्वय गर्नुपर्नेमा जोड दिएको छ । वायु प्रदूषण नियन्त्रणका लागि अन्तरसरकारी विभागबीच क्षेत्रीयस्तरको पहल र समन्वय आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस क्षेत्रको वायु प्रदूषण सुधारका लागि नीतिगत र आर्थिक लगानीबीच समन्वय हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रमा हावाको पीएम २.५ को मात्रा घटाउन सक्दा पनि ७ लाख ६ सय ५० जनालाई बचाउन सकिने प्रतिवेदनले जनाएको छ । पीएम २.५ को मात्रा घटाउन २ सय ७८ मिलियन डलर खर्च हुने अनुमान छ ।

दक्षिण एसिया क्षेत्रको वायु प्र्रणालीको अवस्था अध्ययनका लागि एउटा छुट्टै वैज्ञानिक संस्थाको स्थापना वा भएका संस्थाहरूको क्षमता अभिवृद्धि गर्न सकिने भनिएको छ । कृषि, फोहोर व्यवस्थापन, भान्सा र इँटा उद्योगबाट हुने उत्सर्जन घटाउँदै वायु प्रणालीको गुणस्तर निर्धारण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै निजी क्षेत्रलाई आर्थिक प्रोत्साहन गर्न र उत्सर्जन गर्नेलाई जरिवाना तिराउन सकिने पनि औंल्याइएको छ । फोहोर विसर्जन गर्दा जलाउने परिपाटी अन्त्य गर्दै मलखाद उत्पादनमा जोड दिनुपर्ने, प्रदूषण गराउनेलाई करको दायरामा ल्याउनुपर्ने र अन्तरदेशीय सहकार्यमा जोड दिनुपर्ने पनि प्रतिवेदनको निष्कर्ष छ ।

मार्टिनेजको ‘माइन्ड गेम’

लन्डन — अर्जेन्टिना र फ्रान्सबीच आइतबारको विश्वकप फाइनलअगाडि सबैले लियोनल मेसी र केलियन एमबाप्पेबारे मात्र कुरा गरिरहेका थिए । तर खेलपछि एक अर्को नाम थपिएको छ । त्यो हो, इमिलियानो मार्टिनेज । रोमाञ्चक, उतारचढावपूर्ण र भावनात्मक १ सय २० मिनेटको खेलपछि पनि स्थिति ३–३ कै बराबरीमा थियो । यस्तोमा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको निर्णयका लागि आवश्यक थियो टाइब्रकेर ।

यसमा अर्जेन्टिनाका चारै खेलाडीले गोल गरेर आफ्नो काम गरे । मार्टिनेजले भने अर्को काम गरे फ्रान्सेली मुटुलाई छियाछिया पार्ने । निर्धारित र अतिरिक्त समयको खेलमै एमबाप्पेले पेनाल्टीबाट गोल गरिसकेका थिए । त्यसैले कसैलाई शंका थिएन, उनले फेरि पनि गोल गर्नेछन् भनेर । तर त्यसपछि भने पेनाल्टी सुटआउटको केन्द्रविन्दुमा रहे यिनै एस्टन भिल्लाका गोलरक्षक । सबैभन्दा पहिले उनले किंग्सले कोमनको प्रहार रोके ।

त्यसपछि उनले खेले, ‘माइन्ड गेम’ । यसको मदतमा उनले फ्रान्सेली खेलाडीलाई थप दबाबमा राखे । भएको के थियोभन्दा जति बेला अरू लियोन चोहमेनी पेनाल्टी प्रहारका लागि अगाडि बढेका थिए, त्यही बेला उनी ठूलै दबाबमा थियो । उनीमाथि फ्रान्सेली विश्वासको भार थियो । यही मौका छोपेर मार्टिनेजलले बल यसरी अगाडि बढाए कि ती रियल म्याड्रिड मिडफिल्डरलाई त्यही बल लिन केही पाइला चाल्नुपरेको थियो । जसले थप दबाब सिर्जना गरेको थियो ।

त्यसपछि मार्टिनेजले त्यस्तो केही शब्द बोले, जुन यहाँ उल्लेख गर्न मिल्दैन । तर, यसको प्रभाव भने लोहमेनीमा परिहाल्यो । यस्तोमा २२ वर्षीय युवा खेलाडीको प्रहार पोस्टको केही दुरीबाट बाहिरियो । यही प्रहारले अर्जेन्टिनालाई सन् १९८६ यता पहिलोपल्ट साँच्चै विश्वकप उपाधिको निकै नजिक पुर्‍याएको थियो । लगत्तै कोलो मुनीले गोल गरे, तर अर्जेन्टिनालाई खुसी मनाउनबाट रोक्ने केही सेकेन्डको चालमात्रै साबित भयो ।

अर्जेन्टिनाका लागि सब्स्टिच्युट खेलाडी गोन्जालो मोन्टियलले निर्णायक विजयी प्रहारलाई गोलमा परिणत गरिहाले । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भन्छन्, ‘मार्टिनेज निकै सकारात्मक पाराका खेलाडी हुन् । टाइब्रेकर अगाडि नै उनले आफ्ना साथीहरूलाई भनिसकेका थिए, आफूले केही प्रहार रोक्ने भनेर ।’ फाइनल हेरेका लगभग सबै फुटबल पण्डित यो तथ्यमा सहमत छन् कि टाइब्रेकरमा मार्टिनेजले साँच्चै निर्णायक ‘माइन्ड गेम’ खेले ।

अझ मुख्य कुरा त के भने मार्टिनेजले अतिरिक्त समयको अन्त्यतिर वास्तवमै उत्कृष्ट बचाउ नगरेको भए यो टाइब्रेकर पनि आवश्वयक पर्ने थिएन । लिभरपुल डिफेन्डर इब्राहिम मोनाटेले निकालेको बलमा मुनीले यसरी अगाडि बढाए कि मार्टिनेजले बहादुरीपूर्वक अगाडि बढेर साहसिक बचाउ गरे । कतारमा उनले गोलरक्षकका रूपमा गरेको यो उत्कृष्ट बचाउमध्ये एक रह्यो । त्यसैले त उनी विश्वकपकै ‘गोल्डेन ग्लोभ्स अवार्ड’ का विजेता पनि रहे ।

पूरा विश्वकपमा उनले तीन खेलमा ‘क्लिन सिट’ राखे । मार्टिनेजलले अर्जेन्टिनाका लागि खेलेको धेरै भएको छैन । जति खेलेका छन्, त्यसमा छाप छाडेका छन् । गत वर्ष अर्जेन्टिनाका लागि डेब्यु गरेयता उनले आफ्नो देशलाई कोपा अमेरिका जित्न मदत गरे । अहिले उनकै निर्णायक खेल मदतमा अर्जेन्टिनाले विश्वकप जितेको छ । आर्सनलमा आठ वर्ष बिताएका मार्टिनेजको त्यहाँको अनुभव खासै उल्लेखनीय रहेन । उनले त्यसक्रममा छपल्ट लोनबाट अर्को क्लबबाट खेले ।

यसबीचमा उनले आर्सनलका लागि जम्मा ११ पल्ट लिगमा खेले । दुई वर्षअगाडि उनले भिल्लासँग अनुबन्ध गरेका थिए । यिनै पछिल्ला दुई वर्षमा भने उनी एकाएक परिपक्व गोलरक्षक बनेका छन् । आफ्नो खेलजीवनमा उनी निकै संयमित रहेका छन् । पेनाल्टी सुटआउटबारे उनी भन्छन्, ‘त्यति बेला के भयो, म त्यो शब्दमा बयान गर्न सक्दिनँ । तर पूरा अवधिमा म तनावबाट भने मुक्त थिएँ । टाइब्रेकर पनि त्यसरी नै अगाडि बढ्यो, जसरी हामीले चाहेका थियौं ।’


Last Updated on: December 20th, 2022 at 10:59 am


१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया