सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


बालेन शाहको टोलीले ए’स्तो काम गरेपछि, काठमाडौ अनामनगर क्षेत्र तनावग्रस्त

प्रकाशित मिति । ३ पुस, २०७९ ।

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले निजी जग्गामा राखेका गाडी उठाएपछि अनानगर क्षेत्रमा तनाव सिर्जना भएको छ । आज आइतवार महानगरपालिकाले काठमाण्डौको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका गाडी उठाएको हो ।

निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे गाडी महानगर प्रहरीले उठाएपछि अहिले अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले ज्यादती गरेको भन्दै अहिले गाडी चालक विरोधमा उत्रिएका छन् ।

महानगरपालिकाले एक पटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आफूहरूमाथि ज्यादती गरेको उनीहरूको भनाइ छ । गाडी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन गाडी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले फेरि आएर गाडी उठाएको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले अनामनगर क्षेत्रमा निजी जग्गामा गाडी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो । सिंहदरबार पूर्वी गेटमा अहिले सर्वसाधारण, महानगर प्रहरी र ट्राफिक प्रहरीबीच भनभन भइरहेको छ । गाडी चालकले महानगरपालिकाले ज्यादती छोड्नपर्ने अडान लिएका छन् ।

यो पनि: चितवनको माडी नगरपालिकाले दियाे विद्यार्थीलाई निःशुल्क यातायात सेवा, चितवन । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ ।

कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्बजनिक यातायातमा निःशुल्क गरिएको हो ।

यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो । अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको उहाँले जानकारी दिनुभयो ।

माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र दश जोड दुई सञ्चालनमा आएका चार वटा माध्यमिक विद्यालयमा अध्ययनरत छ सय हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निःशुल्क यातायात सेवाका लागि वडा र पालिकाले रु १४ लाख बजेट विनियोजन गरेको छ ।”

पालिकामार्फत यातायात छुट कार्ड वितरण गरेर सुविधा प्रदान गरिएको हो । यही मङ्सिर १५ गतेबाट सेवा सञ्चालनमा आएको हो । यो निर्णयबाट वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिसमेत लाभान्वित बन्ने छन् । वृद्धवृद्धालाई यातायतामा ५० प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत छुट दिने निर्णय भएको छ ।

उहाँले भन्नुभयो, “कार्यपालिका बैठकले लक्षित वर्ग यातायात सहुलियतसम्बन्धी कार्यविधि, २०७९ पारित गरी कार्यक्रम लागू गरेको हो ।” सार्वजनिक यातायातको पहुँच नपुग्ने विद्यार्थीलाई साइकलको व्यवस्था गर्ने तयारी गरिएको पालिकाले जनाएको छ ।

ढकालका अनुसार हनुमानझुलाका विद्यार्थीले साइकल प्राप्त गर्ने छन् । माध्यमिक शिक्षा अध्ययनका लागि पालिकाले चारवटा विद्यालयलाई यसअघिनै स्कूल बस प्रदान गरेको थियो । माडी नगरपालिकाभित्र भएका शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीले सहुलियत पाउने छन् ।

घरबाट दश जोड दुई र क्याम्पसमा सार्वजनिक बसमा यात्रा गर्ने विद्यार्थीले यो सुविधा प्रयोग गर्न पाएका हुन् ।

आफ्नो नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने कांग्रेसको निर्णय

काठमाडौँ — नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अन्य दलहरुसँग संवाद थाल्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संविधानको व्यवस्थाबमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भएकाले गठबन्धन र अन्य दलहरुसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

‘संविधानको व्यवस्थाबमोजिम सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुन्छ । त्यस अर्थमा नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरु लगायत अन्य दलसँगसमेत संवाद, वार्ता छलफल प्रक्रिया प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ,’ प्रवक्ता महतले भने ।

बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली रहेका छन् ।

विदेशमा गएका नेपाली श्रमिकका समस्याबारे सरकार गम्भीर : श्रममन्त्री कुँवर

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीररुपमा लिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस-२०२२ को अवसरमा आइतबार आयोजित ‘नेपाल आप्रवासन प्रतिवेदन-२०२२’ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सरकारले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई समाधान र सहज बनाउने विषयमा गम्भीर भएर काम गरिरहेको बताए । सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याबारे पनि गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ ।

उनले सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पाएको दुःखलाई कम गर्न भए पनि सरकारले श्रमिकका हक र अधिकारलाई स्थापित गर्ने गरी नीतिहरु तय गर्न आवश्यक रहेकोले सरकारले काम गरिरहेको बताए । मन्त्री कुँवरले सरकारले वैदेशिक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेको बताए ।

उनले वैदेशीक रोजगारीमा गएकाहरुले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गर्ने काममात्रै भएको भन्दै श्रमिकले पठाएको रेमिट्यान्स मात्रै नभएर श्रमिकहरुले भोग्नुपरेका विषयमा सरकार गम्भीर हुन आवश्यक गरेको बताए । उनले नेपाली श्रमिकहरुलाई विदेशमा पठाउँदा श्रमिकको मर्यादा र व्यवस्थापनलाई विशेष ध्यान दिन जरुरी रहेको बताए ।

उनले सरकारले विदेशमा रोजगारीका लागि गई अलपत्र परेका नेपाली श्रमिकहरुलाई सहज बनाउने र श्रमिकको हक अधिकार प्राप्तिका लागि राज्यले अभिभावकीयरुपमा काम गरिरहेको बताए ।

‘नेपाली श्रम बजारलाई विदेशमा जसरी नेपालले सहज ढंगले पुर्‍याएका छौं तर त्यहाँ रहेका समस्यालाई मसिनो ढंगले केलाउन आवश्यक छ । सरकारले विदेशमा नेपाली श्रमिक पठाएका छौं । त्यहाँ श्रमिकहरुले दु:खहरु झेल्नुभएको छ ।

दुःखलाई मलम लगाउने गरी सरकारको तर्फबाट पर्छ । सरकारले वैदेशीक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिएको छ,’उनले भने ।

त्यस्तै श्रम सचिव एकनारायण अर्यालले २०६५ सालदेखि अहिलेसम्म १३ हजार आप्रवासी नेपाली श्रमिकहरुले काम गर्न जाने देशहरुमा ज्यान गुमाइरहेको बताए । उनले विदेशमा काम गर्ने क्रममा अंगभंग भएर करिब १३ हजारभन्दा बढी नेपाली श्रमिक फर्कनुपर्ने अवस्था रहेको बताए ।


Last Updated on: December 18th, 2022 at 5:18 pm


४५९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया