सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


रवि लामिछानेका समर्थकले ज्यान मार्ने धम्की दिएकाे भन्दै युवराजले दिए गृह मन्त्रालयमा निवेदन

प्रकाशित मिति । ३ पुस, २०७९ ।

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता छानविनको माग गर्दै उजुरी दिने समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले आफूमाथि सुरक्षा खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन्।

रवि लामिछानेको नागरिकताकाे विषयमा निवेदन दिएदेखि नै आफूमाथि उच्चस्तरकाे सुरक्षा खतरा उत्पन्न भएकाे भन्दै सफलले गृहमा निवेदन दिएका हुन्।

चितवन-२ बाट निर्वाचित सांसद लामिछानेका समर्थकहरुले आफूमाथि पटक पटक ज्यान मार्ने धम्की दिएको उल्लेख गर्दै उनले सुरक्षा माग गरेका छन्।

‘रवि लामिछानेका समर्थक, शुभचिन्तकबाट मेराे जिउ ज्यान, मान, सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ’, उनले दिएकाे निवेदनमा उल्लेख छ।

आवश्यकीय कामका लागि बाहिर निस्किनसमेत सुरक्षा चुनौतीका कारण समस्या भएकाले सो मुद्दाको किनारा नलाग्दासम्म आफूलाई सुरक्षा व्यवस्था गराइदिन गृह मन्त्रालयसमक्ष आग्रहसमेत गरेका छन्।

‘नेपाली नागरिककाे हैसियतमा कानुनसम्म कुरा उठाउँदा जिउ ज्यान नै जाेखिम पार्न पर्दा मैले निकै दुख महसुस गरेकाे छु’, उनले भनेका छन्।

उनले आफूलाई केही भएको खण्डमा त्यसको जिम्मा लामिछानेका समर्थक र शुभचिन्तकले लिनुपर्ने बताएका छन्।

निवेदनमा भनिएकाे छ, ‘सरकारी निकायले अनुसन्धान गरिरहेको विषयमा एउटा व्यक्तिलाई टार्गेट बनाएर कानुन हातमा लिन खोज्नु नेपालको संविधानविरोधी गतिविधि हो।’

लामिछानेसंग नेपाली नागरिकता नभएको र सरकारलाई भ्रममा पारेर पार्टी दर्ता गराएको भन्दै युवराजले गत मंसिर ६ गते गृहमा उजुरी दर्ता गराएका थिए।

ज्यान मार्ने धम्की दिने ३ जना पक्रा’उ

सुर्खेत – युवतीलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिन्धुपोल्चोकबाट ३ जनालाई पक्राउ गरेको छ । सुर्खेत क्याम्पस (शिक्षा) मा अध्ययनरत युवतीलाई २ महिनायता फोन गरेर अस्लील गाली गर्ने, ज्यान मार्ने धम्की दिने, परिवारलाई गाली गर्ने गरेको आरोपमा जाजरकोटका ३ जना युवालाई सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरिएको हो।

प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार युवतीको उजुरीका आधारमा भेरी नगरपालिका–७ का २२ वर्षीय चन्द्रबहादुर विक, हरिबहादुर बुढा र त्रिवेणी नलगाड नगरपालिका–१० का २६ वर्षीय रमेश रावतलाई पक्राउ गरिएको हो।

‘युवतीलाई धम्की दिने सिम कार्डहरुको अनुसन्धान गर्दै जाँदा तीनै जनालाई मेलम्ची नगरपालिका–४ सिन्धुपाल्चोकबाट पक्राउ गरेका हौं’ उनले भने, ‘अब उनिहरुलाई सार्वनजिक अपराध अन्र्तगत मुद्धा चलाउने तयारीमा छौं।’

फोनबाट निरन्तर धम्की आउन थालेपछि युवती क्याम्पस जान पनि छोडेकी थिइन् । ‘प्राय विहान कलेज जाने बेला र रातिको समयमा फोन आउँथ्यो’ ति युवतीले भनिन्, ‘निरन्तरको धम्कीका कारण एक महिनादेखि क्याम्पस जान छोडेकी थिएँ।’

लामिछानेविरुद्ध रिट : नागरिकता र राहदानीमा किर्ते गरेको दाबी

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेविरुद्ध युवराज पौडेलले एकल तथा अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले संयुक्त रिट दर्ता गराएका हुन् । उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी, लामिछाने, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृह मन्त्रालय र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका छन् ।

सर्वोच्चले बुधबार रिट दर्ता गर्दै पुस ६ मा सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकेको छ ।

रिटमा लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपालको नागरिकता प्रयोग गरी राजनीतिक दल गठन गरेको र नेपाली राहदानी लिएको दाबी गरिएको छ । निवेदक पौडेलले नेपाली नागरिकता नै नभएका लामिछानेलाई स्वतन्त्र पार्टीको सभापति र साधारण सदस्यतासमेत दिन नमिल्ने तर्क गरेका छन् ।

के हो रवि लामिछानेको नागरिकता विवाद ?

लामिछानेको नेपाली र अमेरिकी राहदानीका प्रतिलिपि दुवै पक्षले सर्वोच्च अदालतमा बुझाएका छन् । लामिछानेले सन् २०१४ मार्च ५ (२०७० फागुन २१) मा ५१२९६६९८१ नम्बरको अमेरिकी राहदानी लिएको देखिन्छ । त्यसैमा नेपालको भिसा लगाएर नेपाल आएका उनले पुरानो नागरिकता प्रयोग गरेर २०१५ मे २७ (२०७२ जेठ १३) मा नेपालको राहदानी लिएको रिट निवेदकहरूको भनाइ छ ।

‘सरकारी निकायलाई गुमराहमा राखेर राहदानी लिएका छन्,’ पौडेलले भने, ‘नेपालको राहदानी लिने बेला लामिछाने अमेरिकी नागरिकका हैसियतमा नेपालमा बसिरहेका थिए । उनले सन् २०१८ (२०७५ असार) मा मात्रै अमेरिकी राहदानी र नागरिकता परित्याग गरेका थिए ।’

अधिवक्ताद्वय बसौला र खत्रीले पनि लामिछानेको सांसद पद कायमै रहे संविधान, कानुन र नियमावलीविरुद्ध हुने जिकिर गरेका छन् । लामिछानेले संसद् सदस्यको हैसियतले शपथ लिने र आफू अनुकूल ऐन, नियम संशोधन गर्न पहलकदमीसमेत गर्न सक्ने भएकाले अन्तरिम आदेशमार्फत रोक लगाउन उनीहरूले माग गरेका छन् ।

‘लामिछानेले नागरिकता ऐन, २०६३ को दफा ११ बमोजिम पुनः नेपाली नागरिकता नलिएको हुँदा निज अमेरिकी नागरिक हुनुपूर्वको अर्थात् २०५० सालको नागरिकता नम्बर १८२२२ को नागरिकता प्रयोग गरी दल दर्ता गराउने कार्य आयोगको त्रुटिले भएको हो भने सो त्रुटि तत्कालै सच्याई लामिछानेको उक्त दलको सदस्यता तत्कालै खारेज गरियोस्,’ रिट निवेदकहरूको मागदाबी छ ।

आयोगबाट उनको सभापति पद र साधारण सदस्य खारेज गर्न रिटमा आदेश माग गरिएको छ । आयोगमा माग गर्दा सुनुवाइ नगरी कानुनी शासनको उल्लंघन गरिएको पौडेलको भनाइ छ । संविधान र ऐनले मतदान गर्ने, उम्मेदवार बन्ने र राजनीतिक दल खोल्ने अधिकार नेपाली नागरिकलाई मात्रै प्रदान गरेकामा आयोगले त्यसको उल्लंघन गरेको दाबी रिटमा छ ।

‘आयोगले लामिछानेलाई स्वतन्त्र राष्ट्रिय पार्टीको सभापति, सदस्य, मतदाता र निर्वाचनमा उम्मेदवार हुनसमेत दिएको छ,’ रिटमा भनिएको छ । नागरिकता नभएको व्यक्तिप्रति यसरी उदार हुनुपर्ने वा निजलाई कानुनविपरीत विशेष हैसियत प्रदान गरी दलको सदस्य र सभापति हुन छुट दिनुपर्ने कुनै कानुनी आधार आयोगसँग नभएको रिटमा उल्लेख छ ।

र यो पनि
प्रतिनिधि सभाको निर्वाचनको सम्पुर्ण मत परिणाम आइसकेको छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको अन्तिम मत गणना निर्वाचन आयोगले सकाएको छ । राजनितिक दलहरुले प्राप्त गर्ने सिट संख्याको फाइनल गरेर आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अब सबैको ध्यान सरकार गठन तर्फ मोडिएको छ ।अब राष्ट्रपति , उपराष्ट्रपति , प्रधानमन्त्री देखी सभामुख सम्म नयाँ निर्वाचित हुँदैछन् ।

अरु पदहरु भन्दा पनि कार्यकारी प्रमुख भएको हुनाले मुलुकको प्रधानमन्त्री को बन्ला भन्ने सबैको चासो देखिएको छ । प्रधानमन्त्रीमा पुरानै अनुहार दोहोरिने हो की नयाँले चान्स पाउने हो ?भन्ने चासो पनि देखिएको छ।घटनाक्रममा त्यस्तो कुनै उल्लेख्य परिवर्तन नभएका देउवा , प्रचण्ड या ओली मध्येनै कोही प्रधानमन्त्री हुने अनुमान धेरैको रहेको छ ।

एकातिर गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरु फेरी पनि गठबन्धन कायम गरेर जान्छनन् कि जाँदैनन् भनेर हेरिएको छ भने अर्को तिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब कस्तो रणनिति लिने हो रु भन्ने चासो र चर्चा पनि चलेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेर निर्वाचनमा गएको थियो ।

एकल बहुमतको लक्ष सहित निर्वाचनमा गएको एमाले समानुपातिक मतमा पहिलो पार्टी भए पनि बहुमत त के पहिलो दल पनि बन्न सकेन ।गठबन्धन भित्र बाट प्रधानमन्त्रीमा काग्रेस सभापती शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका विचमा हानाथाप भएको अवस्थामा गठबन्धन भत्कन सक्ने र राजनितिक कोर्षले नयाँ रुप लिन सक्ने पनि देखिएको छ ।

यस पटकको चुनावबाट राष्ट्रिय राजनितीमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले के गर्लानरु भन्ने बिषय अर्को रोचक पक्ष देखिएको छ ।वरिष्ठ अधिवक्ता एवं राजनितिक विश्लेष बिष्णु भट्टराइले राजनिति सम्भावनाको खेल भएको भन्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखाएका छन् ।

अहिले जनमतले कुनै पनि पार्टीलाई सरकारको नेतृत्व गर्ने म्याण्डेट नदिएको भन्दै उनले बरु एमाले अध्यक्ष ओलीले धेरथोर म्याण्डेट पाएको बताए ।निर्वाचनमा जाने बेलामानै ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेर एमाले चुनावमा गएकाले एमालेले प्राप्त गरेको मत ओलीलाई प्रधानमन्त्री बनाउनका लागी आएको भट्टराईले भनेका छन् । ओली प्रधानमन्त्री बन्नका लागी अन्तिममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड देखी रास्वपाका सभापती रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन सम्म एक हुने विश्लेषण गरेका छन् ।

एजेण्डाकै हिसाबले कुरा गर्ने हो भने पनि ओली , लिंदेन र रवि एक रहेको वरिष्ठ अधिवक्ता भट्टराईले भनेका छन् । राप्रपा पनि संघियता नमान्ने , रास्वपा पनि अहिलेको मोडेलको संघियता नमान्ने र एमाले अध्यक्ष ओली पनि भित्री रुपमा संघियताको विरोधीनै भएका कारण यो शक्ति एक ठाउँ हुने सम्भावना उनले औलाएका छन् ।

काग्रेसबाट धोका खाए पछि प्रचण्ड पनि अन्त जाने ठाउँ नभएर ओली तिरै आउन बाध्य हुने विश्लेषण भट्टराईको छ ।राजनितिलाई सम्भावनाको खेल भन्दै भट्टराईले सरकार गठनको बेला सम्म जे पनि हुन सक्ने बताए । संसदले सरकारनै बनाउन नसकेर फेरी चुनावमा जानु पर्ने अवस्था आउन सक्ने विश्लेषण पनी उनले गरेका छन् ।

नेपाली काग्रेसको संसदीय दलको नेतामा को चुनिन्छ भन्ने कुराले पनि राजनितिक सिनारियो कसरी अघि बढ्छ भन्ने सकिने तर्क भट्टराईले गरेका छन् ।वरिष्ठ अधिवक्ता भट्टराइले यस्तो तर्क गरिरहँदा शुक्रबार मात्रै बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

ओली र लामिछाने विच सत्ता समिकरण लगायतका विषयमा कुराकानी भएको बताइन्छ । राप्रपाले त एमालेसँग तालमेल गरेरै निर्वाचनमा प्रतिष्पर्धा गरेको थियो ।


Last Updated on: December 18th, 2022 at 10:52 am


१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया