मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


नरैनापुरमा अतिक्रमित घर टहरा भत्काउन सुरु

प्रकाशित मिति । ३ पुस, २०७९ ।

नरैनापुर। बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ। पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ।

गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नं. १ का अध्यक्ष इसाक जोहलले बताए। उनले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराए पनि घर नभत्काए पछि डोजर लगाएर भत्काउन बाध्य भएको बताए।

गाँउपालिका क्षेत्र भित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउने प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताए।

पालिकालाई व्यवस्थित बनाउने लक्ष्य अनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए। ‘सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन’ अध्यक्ष शाहले भन्नुभयो नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश गाँउपालिकाले भत्काउँदै जानेछ।’

गाँउपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्र समेत दिएको थियो। स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहले बताए।

गाँउको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थित रुपमा सडक विस्तार गर्ने उद्येश्यका साथ प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको अध्यक्ष शाहले जिकिर गरे।

अध्यक्ष शाहका अनुसार पहिलो चरणमा नरैनापुर १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको छ। उनले भने,बाँकी रहेका अनाधिकृत रुपमा बनाइएका घर टहरा समयसिमा भित्रै नहटाए डोजर लगाएर भत्काउन बाध्य हुने बताए।

वाग्मतीमा २० दिनभित्र नयाँ सरकार

गठबन्धनमा रहेका कांग्रेस‚ माओवादी र एकीकृत समाजवादी मिल्दा सरकार गठन गर्न सहज बहुमत

प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई निर्वाचन आयोगको प्रतिवेदन बुझाउँदै सचिव गोकर्णमणि दवाडी ।

मकवानपुर — वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि औपचारिकरुपमा बाटो खुलेको छ । निर्वाचन आयोगले शनिबार मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनबाट वाग्मती प्रदेशसभाका लागि निर्वाचित सदस्यको विवरण प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पेश गरेसँगै सरकार निर्माणको बाटो खुलेको हो ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेश प्रमुख कार्यालय हेटौंडा–१०मा पुगेर प्रदेश प्रमुख शर्मालाई प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरणसहितको प्रतिवेदन पेश गरेको हो । प्रदेशसभा सचिवालयले नयाँ अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखबाट पत्राचार भएसँगै सदन सञ्चालनको प्रक्रिया समेत अगाडि बढ्ने जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रतिवेदन बुझाएको मितिले २० दिनभित्रमा प्रदेशसभाको नयाँ अधिवेशन बोलाइसक्नुपर्ने व्यवस्था छ ।

‘हामीले प्रदेशसभाको वैठक बस्नका लागि सवै तयारी पूरा गरिसकेका छौं । केहीदिनभित्रमा सपथ ग्रहण गर्ने गरी हामी तयारी अवस्थामा छौं ।’, प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले प्रदेश प्रमुखको कार्यालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।निर्वाचित प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सदस्यको शपथ ग्रहण प्रदेश प्रमुखबाट हुने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ गराइने छ ।

‘ज्येष्ठ सदस्यको अध्यक्षतामै प्रदेशसभाको पहिलो बैठक बस्नेछ । त्यसपछि सभामुख चयन प्रक्रिया अगाडि बढ्नेछ । ‘सभामुख छनोटपश्चात् उपसभामुख छनोट प्रक्रिया भने सदनकै कार्यव्यवस्था परामर्श समितिले तय गर्नेछ,’ उनले प्रदेशसभाको पहिलो बैठकअघि सर्वदलीय बैठक राखेर आवश्यक परामर्श र छलफल गरिने बताए ।

प्रदेशसभा सचिवालयले नयाँ सरकार गठन अगाडि नै सपथ ग्रहणलगायत सम्पूर्ण विषय टुंग्याइसक्ने गरी तयारी गरेको छ । ‘नयाँ अधिवेशन आव्हान हुनु अगाडि नै सरकार गठन हुने देखिन्छ । त्यसकारण हामी केहीदिनभित्रै सपथ ग्रहणलगायत विषय टुंग्याउँछौं ।’,

प्रदेशसभा सचिवालयका एक कर्मचारीका अनुसार सपथ ग्रहण सकिएसँगै प्रदेशसभाको नयाँ अधिवेशन र सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गर्ने बताइएको छ ।निर्वाचन आयोगको प्रतिवेदन प्राप्त भएपश्चात् कानुनी व्यवस्था अनुसार छिट्टैअगाडि बढ्ने प्रतिबद्धता प्रदेश प्रमुख शर्माले व्यक्त गरेका थिए ।

हालकै अवस्थामा वाग्मती प्रदेशमा सत्तारुढ गठबन्धनको सरकार बन्ने निश्चित छ । हाल गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी मिल्दा सरकार गठन गर्न सहज बहुमत पुग्ने अवस्थामा प्रदेशमा रहेको छ । सरकारको नेतृत्व कुन पार्टीले गर्ने विषयमा अझै सहमति भएको छैन ।

जसका कारण दलहरु केन्द्रीय निर्देशन कुरेर बसिरहेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ठूला दल विशेष गरी कांग्रेस, एमाले र माओवादी केन्द्रभित्र हाल संसदीय दलको नेता बन्नका लागि आन्तरिक कसरत भइरहेको छ । संसदीय दलका नेता भएको खण्डमा मुख्यमन्त्री हुन सहज हुने भएका कारण आन्तरिक दौडमा नेताहरु होमिएका हुन् ।

३३ वटा राजनीतिक दलको धरौटी जफत

निर्वाचन आयोगका अनुसारप्रदेशमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । प्रदेशमा १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने पुरुष उम्मेदवार ४१७ र महिला उम्मेदवार ६७ जना गरी कुल ४८४ जनाको धरौटी जफत भएको छ ।

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० सदस्य निर्वाचित भएका छन् भने प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा ११० जना निर्वाचित सदस्य मध्ये पुरुष ७० जना (६३ दशमलव ६३ प्रतिशत) र महिला ४० जना (३६ दशमलव ३७ प्रतिशत) निर्वाचित भएका छन् ।

प्रतिवेदन अनुसार प्रदेशससभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ३५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकोमध्येप्रत्यक्षतर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । समानुपातिकतर्फ कुल ७५४ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

प्रदेशमा महिला १७ लाख ३३ हजार ३७८, पुरुष १७ लाख ३८ हजार ८७ र अन्य २७ गरी कुल ३४ लाख ७१ हजार ४९२ मतदाता कायम रहेका थिए । प्रत्यक्षतर्फ २१ लाख ४ हजार ५७८ (६० दशमलव ६२ प्रतिशत) मतदान भएकोमा ७६ हजार ९३८ (३ दशमलव ६६) प्रतिशत मत बदर भएको थियो ।समानुपातिकतर्फ २० लाख ९९ हजार १०७ (६० दशमलव ४७ प्रतिशत) मतदान भएकोमा १ लाख २५ हजार ६३३ (५ दशमलव ९९ प्रतिशत) मत बदर भएको थियो।


Last Updated on: December 18th, 2022 at 8:11 am


१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया