शुक्रबार १० चैत्र २०७९


तिन वर्षअघि बोलेको य’स्तो भिडियो अहिले भाइरल भएपछि सोविता गौतमले दिईन प्रतिकृया !

प्रकाशित मिति । २ पुस, २०७९ ।

काठमाडौ । सोविता गौतमले बला”त्कारबारे ३ वर्षअघि बोलेको कुरा भाइरल भएपछि अहिले एक प्रतिकृया दिदै यस्तो लेखेकी छिन् उनले भनेकी छिन्– ‘अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ ।

यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो । यहाँहरुको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’

सो कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर सामाजिक सञ्जालमा जनाईको आपत्तिलाई आफूले मनन गरेको उल्लेख गरेकी छिन् । सो बेलाको दिएको उदाहरण आजको अवस्थामा प्रयोग नगर्ने बताउँदै उनले अहिले आफू परिष्कृत भइसकेको बताएकी हुन् ।

के भनेकी थिईन उक्त भिडियोमा सोविताले ?

भिडिओ क्लिप्समा उनले भनेकी छन्, ‘म आफ्नै उदाहरण दिन चाहन्छु। मलाई कसैले बलात्कार गर्‍यो। म पीडित महिला भएँ नि त, एउटा सिनारियो। अर्काे सिनारियो– कोही मान्छे आएर मेरो खुट्टा काटिदियो, दुईटै खुट्टा का’टिदियो। अब दुईवटा इन्सिडेन्ट (घटना) लाई कम्पियर (तुलना) गरेर हेर्नुस्।

म बला’त्कृत महिला धेरै विचरा भएँ या मेरो कसैले खुट्टा का’ट्यो त्यो सोबिता विचरा भई? यसरी हेर्दा त खुट्टा काटेको जघन्य अपराध हो नि त! जिन्दगीभरि खुट्टा काटिएपछि त अब के गर्ने? मेरो जिन्दगी सकियोे! तर बलात्कृृत हुँदैमा चाहिँ पुनःस्थापना हुनका लागि चाहिँ कुनै पनि गाह्रो छैन। अन्टिनेन अनलेस हाम्रो शरीरमा कुनै पनि हानि नोक्सानी हुँदैन।

त्यसले दीर्घकालीन असरहरू केही पार्दैन, खालि समाजले चाहिँ त्यो बलात्कार भन्ने विषयलाई यत्रो ठूलो बनाइदियो कि हामीले यस्तो ग्लोरीफाई गर्‍यौँ कि डलरहरू ल्याउने हैन, अनि समाजमा बलात्कार भन्नेबित्तिकै त्यल्लाई यस्तो ग्लोरिफाई गरेको कारण नै महिलाहरूचाहिँ बढी भावुक भाको जस्तो लाग्छ मलाई चैँ, यसलाई सामान्यीकरण गर्नुपर्छ।’

क्रोएसियालाई ‘नचाहेको’ तेस्रो स्थान

दोहा — मिस्लाभ ओर्सिचले कर्लिङ प्रहारमा विजयी गोल गरेपछि क्रोएसियाले शनिबार मोरक्कोलाई २–१ ले पराजित गर्दै विश्वकप फुटबलमा तेस्रो स्थान हात पारेको छ । कतारमा एक स्टारमध्ये जस्को गभार्डिओलले दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा क्रोएसियालाई सातौं मिनेटमै अग्रता दिलाए ।

लगत्तै अचरफ दारीले लगत्तै मोरक्कोलाई बराबरीमा ल्याए । पहिलो हाफको अन्त्यतिर ओर्सिचले सानदार गोल गर्दै क्रोएसियालाई तेस्रो स्थान दिलाए । युरोपियन टोलीले विश्वकपमा तेस्रो स्थानको खेलमा विजय हात पारेको यो लगातार ११ औं पटक हो ।

यो खेलमा केवल २० लाख डलरका लागि प्रतिस्पर्धा थियो । त्यसैले धेरैले तेस्रो स्थानको प्लेअफ खेललाई ‘नचाहेको खेल’ भनेर लिने गरेका छन् । क्रोएसियाले तेस्रो हुँदै २ करोड ७० लाख डलर र मोरक्कोले २ करोड ५० हजार डलर पाए ।

विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोलीको इतिहास बनाएको मोरक्कोले कतार आएपछिको पहिलो खेलमा निकै कसिलो र फुर्तिलो खेल खेल्दै क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको थियो । तर यसपालि मोरक्को टोली त्यस्तो देखिएन । मोरक्कोका गोलरक्षक यासिन कोनोउले खेलको सुरुआतमै झन्डै आफ्नो पोस्टमा गोल गर्न पुगेका थिए ।

सुरुदेखि नै खेलमा हाबी भएको क्रोएसियाले अग्रता लिन धेरै समय लगाएन । इभान पेरिसिचको सानदार फ्रिकिकमा लोभारो माजेरले गरेको हेडमा गभार्डिओलले हेडमै गोल गरेका थिए । त्यसको दुई मिनेट नबित्दै मोरक्कोका हकिम जिएचको फ्रिकिकमा माजेरको हेड हुँदै आएको बलमा दारीले क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचलाई कुनै अवसर दिएनन् ।

गत वर्ष फाइनल खेलेको क्रोएसियाले सन् १९९८ को विश्वकपमा पनि तेस्रो स्थान हात पारेको थियो । टोलीका कप्तान लुका मोड्रिचले विश्वकपमा आफ्नो अन्तिम खेल खेलेका थिए । ३७ वर्षे उनको यो १ सय ६२ औं क्याप थियो ।

मोरक्कोले सेमिफाइनलसम्मको यात्रामा सनसनी मच्चाएको थियो । क्रोएसियासँगको पहिलो खेलपछि टोलीले बेल्जियमलाई २–० ले, क्यानडालाई २–१ ले पराजित गर्दै समूह विजेता भएर नकआउट चरणमा स्थानमा बनाएको थियो । त्यसपछि अन्तिम १६ मा स्पेनसँग १ सय २० मिनेटको खेलमा गोलरहित बराबरीपछि पेनाल्टीमा ३–० को विजय नतिजा निकालेको थियो । पोर्चुगलविरुद्ध क्वाटरफाइनलमा १–० को जितपछि मोरक्कोले विश्वकपमा अफ्रिकी टोलीको इतिहास रचेको थियो ।


Last Updated on: December 18th, 2022 at 7:51 am


तपाईको प्रतिक्रिया