मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रकाशित मिति । २ पुस, २०७९ ।

काठमाडौ । काठमाडौ महानगरले कार्तिक २३ गते गएको भुकम्पबाट प्रभावितलाई १० लाख सहयोग गरेको छ । महामगरका मेयर बालेन्द्र शाहले सामाजिक संजाल फेशबुक मार्फत १० लाख सहयोग गरेको जानकारी गराएका छन ।

उनले काठमाडौका अनाधिकृत संरक्षण हटाउँदा राष्ट्रिय समाचार बन्ने तर दुरदराजमा नागरिकले दुख पाइरहदा चासो नहुने भन्दै गुनासो पनि पोखेका छन । शाहले १० लाख भन्दा माथी सहयोग गर्ने इच्छा हुँदा पनि निश्चित सीमा हुने बताएका छन ।

उनले डोटीका भुकम्पपिडितहरुलाई सहयोगको अपिल पनि गरेका छन ।

पढ्नुस उनले लेखेको भावुक स्टाटस

नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहदा काठमाण्डौमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि छ । काठमाण्डौमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने बिषय पनि मानिदैन ।

डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भुकम्पले ३८ सय घरटहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ । परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ ।

चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो । जाडो बढेको छ । हिउँ पर्न सुरु हुन्छ । अब जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न लाग्दैन । ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिकरुपमा चासोसम्म देखिदैन । पिडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ ।

डोटीका भुकम्प पिडितका लागि सहयोगको अनुरोध काठमाण्डौ महानगरमा पनि आएको थियो । महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौँ ।

यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सिमाहरु छन् । यसैले राज्य संयन्त्र, संबंधित मन्त्रालय, सांसदज्यु हरु,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिपहलमा पनि पिडितहरुलाई सहयोग गर्न अनुरोध गर्दछौँ ।

होटलमा भव्य गोष्ठी, गाउँमा पतिबाटै विभत्स ह’त्या

सुर्खेत — वीरेन्द्रनगरको एक सुविधासम्पन्न होटलमा मंगलबार कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष भेला भएर लैंगि’क हिं’सा निवारणका विषयमा छलफल गर्दै थिए । त्यसैबेला सामाजिक सञ्जालमा एउटा विभत्स दृश्य भाइरल बन्यो ।

दृश्य थियो– पञ्चपुरी नगरपालिका– ३ तोक्माका अम्मरबहादुर आलेमगरले आफ्नी ३० वर्षीया श्रीमति मिना आलेको टाउको का’टी प्लास्टिकको झोलामा राखेर बाटोमा हिँडिरहेका बेला उनलाई प्रहरीले पक्रा’उ गरेको ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला कर्णालीमा यस्तै घटना धमाधम सार्वजनिक भइरहेका छन् । अभियान सुरु भएयता २८ वटा घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका डीएसपी सुरज कार्कीले पत्नीको टाउको काटेर बजारतर्फ जाँदै गरेका अम्मरलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको बताए ।

उनका अनुसार सात वर्ष मलेसियामा बसेर घर फर्केका अम्मरले पत्नीसँग सामान्य विवाद भएपछि हँसियाले टाउको का’टेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अम्मरले प्रहरीमा दिएको बयानमा आफूले ७ वर्षसम्म मलेसियामा कमाएको पैसा श्रीमतिले दुरुपयोग गरेकाले हत्या गरेको प्रहरी समक्ष बताएका छन् ।

घटना भाइरल भएपछि होटलहरुमा सीमित लैगिं’क हिंसा’विरु’द्धका गोष्ठीहरू गाउँ गाउँमा लैजानुपर्ने भन्दै सुर्खेतकै मैना थापाले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिएकी छन् । दैलेखकी हेमा खड्काले पनि जहिलेसम्म महिला पुरुषलाई समान व्यवहार गरिँदैन र समाजमा हेरिँदैन तबसम्म यस्ता घटना घटिरहने बताइन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा १० जिल्लामा १ हजार १ सय १३ वटा मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजी पोषराज पोखरेलले यस्ता घटना घट्न नदिन जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

गत वर्ष रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ कुरेलमा जेठाजुको छोराले आफ्नै काकी मनकला खत्रीलाई खुर्पा प्रहार गरी हत्या गरेका थिए । सामान्य विवादकै कारण उनले खुर्पा प्रहार गरेर हत्या गरेको प्रहरीको भनाइ छ ।

मिना र सुकीको घटना मिल्दोजुल्दो

गत फागुन २४ गते नारी दिवसका दिन सुकी बडुवाल श्रीमानको अत्याचार सहन नसकेर कर्णालीको भंगालोमा ५ सन्तानसहित हाम फालिन् । ३५ वर्षीया सुकी बडुवाल उनका छोरीहरू १४ वर्षीया कल्पना, १२ वर्षीया सरिता, ५ वर्षीया रजनी र छोरा १० वर्षीय ललितलाई साथमा लिएर उनी कर्णालीमा हाम फालिन् ।

पाँचै जना डोरीले बाँधेकै अवस्थामा माछा मार्ने जालमा भेटिएका थिए ।सुकीका भतिजा कमल थापाले श्रीमानले नै मर्न बाध्य गराएको बताए । माइतीहरुले नै पहिलाको जस्तै मिलेर बस्न भन्दै घर पठाउँदा उनको ज्यान गएको उनले बताए । उनका अनुसार श्रीमान् मानसिंह बडुवालले मदिराले मातिएर श्रीमति र छोराछोरीलाई दैनिक कुटपिट गरेको कारण ज्यान गएको गाउँलेहरू बताउँछन् ।

गत वर्ष नै दैलेखको भैरवी गाउँपालिका–५ गैरीसल्लकी २६ वर्षीया हस्तना नेपाली ४ महिनाको सुत्करी अवस्थामै श्रीमानले जलाइदिए । श्रीमानको निरन्तर कुटपिट र यातनाबाट उनको सुत्केरी अवस्थामै आधा शरिर पूरै जल्यो । अहिले उनी अपांग जीवन बिताइरहेकी छन् । उनका श्रीमानको अगुल्टो प्रहार गर्दा उनको ढाड र दाइने गाला पूरै जलेको छ ।

महिला हिंसाका कार्यक्रम दिवस र गोष्ठीमै सीमित

सरकारी स्तरबाट जति महिला हिंसाविरुद्धमा अभियान र दिवस चलाए पनि कर्णाली प्रदेशमा घरेलु हिंसाका घटनाले विकाराल रुप लिन थालेको छ । कर्णाली प्रदेश प्रहरीको दुई वर्षको तथ्यांक हेर्ने हो भने घरेलु हिंसाका कारण २ सय ३१ जनाको ज्यान गएको छ । एकातिर घरेलु हिंसाका कारण महिलाको ज्यान धमाधम गएको छ भने प्रदेश सरकारका कार्यक्रमहरुमा वर्षेनि ठूलो रकम खर्च भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयले लैंगिक हिंसासम्बन्धी १६ दिने अभियान सञ्चालन गर्ने भन्दै कर्णालीका सबै जिल्लामा १/१ लाख रुपैयाँका दरले रकम विनियोजन गरेको छ । प्रदेशस्तरीय कार्यक्रममा भने खर्चका आधारमा रकम छुट्याइने बताइएको छ । सरकारी कार्यक्रमहरू वर्षेनि सञ्चालन भइरहे पनि व्यवहारिक रुपमा यस्ता कार्यक्रम प्रभावहीन बन्दै गएको स्थानीय अगुवा सविता शर्माले बताइन् ।

‘गोष्ठी तथा सेमिनार सञ्चालन गरेर मात्रै महिला हिंसा अन्त्य हुँदैन,’ उनले भनिन्, ‘वर्षमा एक दिन हस्ताक्षर गरेर महिला हिंसा अन्त्य गर्छौं भन्दा समस्या झन् विकाराल बन्दै गयो ।’ कर्णालीमा बालविवाह, लिंग परीक्षण गरी भ्रुण हत्या, दाइजो प्रथा, बहुविवाह, बहुपति प्रथालगायतले पनि महिला हिंसा बढाइरहेको उनको भनाइ छ ।


Last Updated on: December 17th, 2022 at 9:49 pm


१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया