मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


हिम्मत बटुलेर जिम जान थालिन् समिक्षा, ‘डे वान’ भन्दै सेयर गरिन यस्तो तस्विर

प्रकाशित मिति । २ पुस, २०७९ ।

काठमाडौँ । गायिका समिक्षा अधिकारी पछिल्लो समयक चर्चामा छिन् । बहुचर्चित गायिका समिक्षा अधिकारीले पछिल्लो समय आफ्नो जीवनमा ठूलो उतारचढाव भोगिन् । उतारचढावकाबिचमा पनि उनी बेला बेलामा सामाजिक संजालमा सक्रिय बनिन् त आँफैले पोस्ट गरेका स्टाटस र तस्विरहरु क्षणभरमा नै हटाइन् ।

अहिले समिक्षाले सामाजिक संजालमा सक्रियता देखाउन खोजेकी छिन् । सामाजिक संजालमा निकै सक्रिय यी गायिका पछिल्लो समय त्यति सक्रिय थिइनन् ।​समिक्षले पहिलाको उचाई भेट्न कति समय लाग्ला यो उनका फ्यानहरुको प्रश्न पनि थियो ।

अहिले फेरी केहि विवाद पनि आयो कुरा हो बाल गायिका कमला घिमिरेको, गायिका समिक्षा अधिकारी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् । र गीत संगीत पनि फाट्टे फुट्टे गरि रहेकि छन। तर लेख्दै मेटाउँदै गर्दै जाँदा उनी हिम्मत बटुलेर अघि बढ्न खोजीरहेका बेला कमला घिमिरेको गीतबाट पनि केही डिस्टर्ब बनिन् ।

कमलाले पनि आँफुले अन्जानमा गरेको गल्ती भन्दै माफी त मागिन् । समाजिक संजालमा कमलाको चर्को आलोचना भयो । यही बिचमा गायिका समिक्षा फेरी जिम जान थालेकी छिन् । उनले आफ्नो डे वान भन्दै लेटेस्ट तस्विर सेयर गरेकी ।

जिम घर भित्रको तस्विर सेयर गरेसँगै समिक्षाले फेरी दर्शक श्रोताको माया भने पाएकी छिन् । सार्वजनिक तस्विरमा केही नराम्रा कमेन्टहरु भए पनि राम्रा र उनको प्रगतीको कामना गरिएका कमेन्टहरु धेरै छन् । जसबाट समिक्षाले फेरी एक पटक हिम्मत बटुलेर अघि बढ्न आवश्यक रहेको धेरैले सुझाव दिएका छन् ।

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा एकछत्र जादु चलेका बेला उनको जीवनका परिस्थिति फेरिएपछि केहि समय हराएकी गायिका समिक्षा अधिकारी अहिले फेरी हिम्मत बटुलेर पुन पहिलेकै अवस्थामा फेर्किन कोसिस गरेको देख्न सकिन्छ ।

सडकले टार्‍यो दुर्गमको भोकमरी

६७ किलोमिटर मुगु–हुम्ला लिंक रोड बनेपछि खाद्यान्न सस्तियो, गाउँ–गाउँमा बजार विस्तार, रोजगारी वृद्धि

सडक पुग्नुअघि गमगढीबाट चामल ल्याउँदा प्रतिकिलो ढुवानी भाडा ३० रूपैयाँ पर्थ्यो, अहिले ट्याक्टर र जिपले १० रूपैयाँमै ल्याइदिन्छन्

मुगु — पाँच दिन हिँडेर चामल जोहो गरेपछि मात्रै हुम्लाको चंखेली रिमी गाउँकी मायादेवी शाहीको परिवारले पेटभरि खान पाउँथे । वर्षातको पहिरो, हिउँदको चिसो र हिउँ छिचोल्दै उनी भोक मेटाउन भोकभोकै चामलको भारी बोक्थिन् ।

दक्षिणी हुम्लाको चंखेलीबाट सदरमुकाम सिमकोट पुग्न पैदल तीन दिन र छिमेकी मुगु सदरमुकाम गमगढी पुग्न दुई दिन लाग्छ । भरियाले त तीन दिन नै खर्चिनुपर्छ । ‘पाँच जनाको परिवारलाई छाक जुटाउन कम्ता सास्ती भोग्नुपरेन,’ बुधबार हुम्ला र मुगुको सिमाना चंखेलीपासमा भेटिएकी ३५ वर्षीया शाहीले भनिन्, ‘अहिले त सडक आएपछि जिप गुड्न थालेका छन्, चामल पनि गाउँमै पाउँदा सुविस्ता भएको छ ।’

समुद्री सतहदेखि ३३ सय मिटर उचाइमा रहेको चंखेलीपास हुँदै बेलायती सरकारबाट १ अर्ब ६६ करोड ९३ लाख ५२ हजार लागत सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम (तेस्रो चरण–र्‍याप) अन्तर्गत ६७ किलोमिटर मुगु–हुम्ला लिंक रोड बनेपछि मायादेवीजस्ता गाउँलेको सास्ती हटेको छ ।

भोक मेटाउनकै लागि नुन, तेल र चामल बोक्नुपर्ने हुम्ली र मुगुवासीलाई सडकले राहत दिएको छ । मुगु हुँदै सुर्खेत, नेपालगन्ज, भारत तथा काठमाडौं पुग्न प्रयोग गर्ने पैदल मार्गलाई प्रतिस्थापन गर्दै सडक बनेको हो ।

स्वास्थ्य उपचार, दैनिक उपभोग्य खरिदका लागि गमगढी नजिक पर्ने भएकाले चंखेलीवासी नागरिकता बनाउन तथा प्रशासनिक काममा मात्रै सदरमुकाम जान्छन् । गमगढी हुँदै हुम्ला जोडिएको सडकले पैदल यात्राको सास्ती पनि घटाएको छ ।

हिमाली भेगमा पर्ने हुम्ला र मुगुमा खेती उब्जनी कम हुने भएकाले जहिल्यै खाद्यान्न अभाव बेहोर्नुपर्छ । गरिबीको लघु क्षेत्र अनुमान २०६८ अनुसार साविक ७५ जिल्लामध्ये हुम्ला ७२ औं गरिब जिल्ला हो । राष्ट्रिय योजना आयोगको गत वर्षको बहुआयामिक गरिबी सूचकांक प्रतिवेदनअनुसार सातै प्रदेशमध्ये कर्णालीमा सबैभन्दा बढी गरिबी (३९.५ प्रतिशत) छ ।

हुम्ला र मुगुका बासिन्दाको खेती उब्जनीले मुस्किलले तीनदेखि छ महिना मात्रै खान पुग्छ । बिहान–बेलुकी छाक टार्न अन्न किन्नैपर्छ । ‘बिहान खायो, बेलुका के खाऊँ थियो,’ मायादेवीकी छिमेकी धनपति बुढाले खुसी व्यक्त गरे, ‘अहिले सस्तोमै चामल पाउन थालेपछि पेटभर खान पाएका छौं ।’

बजारमा चामलको मूल्य बढ्दै गए पनि ढुवानी दर कम पर्न थालेपछि स्थानीयले सस्तो महसुस गरेका हुन् । सडक पुग्नुअघि गमगढीबाट खच्चडलाई बोकाएर घर पुर्‍याउन प्रतिकिलो चामलको ढुवानी भाडा ३० रुपैयाँ पर्थ्यो । अहिले ट्र्याक्टर, जिपले प्रतिकिलो १० रुपैयाँमै घरपायक ठाउँमा झारिदिन्छन् । कच्ची नै भए पनि ठूला भीरपहरा छिचोलेर गाउँमा सडक पुगेपछि खाद्यान्न आयात र यातायातमा सहज भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बामका ५० वर्षीय चन्द्रबहादुर बुढा सडक आएपछि रोजगारीको अवसर पनि खुलेको बताउँछन् । ‘हामी दुर्गमका मान्छे, यसरी रोड आउला, गाडी देखौंला भन्ने कहिल्यै सोचेका थिएनौं,’ उनले भने । कोरोना महामारीले गर्दा अन्य क्षेत्रका मानिसले रोजगारी गुमाइरहेका थिए, यहाँ भने सडक निर्माणमा स्थानीयले रोजगारी पाए । र्‍याप कार्यक्रमका अनुसार सडक पुगेपछि यहाँ खाद्यान्नको मूल्य ४३ प्रतिशतले घटेको छ । गाउँ–गाउँमा बजार विस्तार भएका छन् ।

कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका स्थानीय भोकमरीसँग जुध्न भारतको रोजगारीमा निर्भर छन् । ०७५ मंसिरदेखि ०७९ जेठसम्म मुगु–हुम्ला लिंक रोड बन्दै गर्दा यहाँका ४ हजार ४ सयभन्दा बढीले रोजगारी पाएका थिए ।

कुल श्रमिकमध्ये ३५ प्रतिशतभन्दा बढी महिला थिए । ‘यसको राम्रो पक्ष भनेको समान ज्याला पाए, पुरुष र महिलाबीच भेदभाव र हिंसा भत्काउने यो पो गज्जबको तरिका रहेछ,’ छायाँनाथ रारा–१३ का वडाध्यक्ष वीरबहादुर खड्काले भने, ‘आर्थिक अवस्था मजबुत भएपछि महिला आत्मविश्वासी बन्दारहेछन् ।’

र्‍यापको अभिलेखअनुसार एक घरबाट पाँच जनासम्मले रोजगारी पाए भने प्रत्येक श्रमिकले आठ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । चंखेली रिमीका धनपति बुढाका अनुसार सडक निर्माण अवधिभर भारत गएर मजदुरी, ज्यालादारी तथा चौकीदारी गर्नुपर्ने बाध्यता टरेको थियो । उनी आफैंले पनि १० जनाको परिवार पाल्न भारत जानुपरेन ।

सडक निर्माणको सामुदायिक समूहमा रहेर उनैले नेतृत्व गरे । सिजनमा आलु र स्याउ मनग्ये फल्ने आफ्नो गाउँमा सडक जोडिएपछि उनले स्याउ खेती विस्तार गरे । तर, जेठमा निर्माण सम्पन्न भएको सडक वर्षातले भत्किएपछि स्याउ बेच्न भने पाएनन् । ‘बल्ल बाटो आयो, हाम्रा उत्पादनले पनि बजार भाउ पाउँछन् कि भन्ने आस छ,’ उनले भने, ‘सडकको स्तरोन्नति गर्दै कालोपत्र गरिदिए धेरै राम्रो हुने थियो ।’

यो सडक बेलायतको सहयोगमा नेपालमा निर्माण भएका सडकमध्येकै लामो हो । ६७ किमि लामो सडकको चौडाइ साढे चार मिटर छ । गमगढीदेखि मुगु कर्णाली नदीसम्म ४ किमि सडक स्तरोन्नति गरिएको थियो । त्यहाँबाट रुगाँ, लुम, बाम, चंखेली हुँदै हुम्लाको देउलीसम्म ६३ किमि नयाँ सडक निर्माण भएको हो ।

सडकले ३७ किमि मुगु र ३० किमि हुम्लालाई समेटेको छ । सडकमा पर्ने चार वटा खोलामा मोटरेबल पुल बनाइएका छन् । सकेसम्म कम भौगोलिक क्षतिलाई ध्यान दिँदै ट्र्याक खन्न डोजर प्रयोग भएको थियो । कमजोर र भिरालो भूबनोट भएको यस भेगमा डिजाइन र निर्माण क्रममा जलवायु उत्थानशील नीति अपनाइएको थियो । काटिएका प्रत्येक रूखको क्षतिपूर्तिस्वरूप थप २५ बिरुवा रोपिएको थियो ।

गत जेठमै निर्माण सम्पन्न भए पनि बुधबार मुगुको बाममा औपचारिक उद्घाटन गरी बेलायती राजदूत निकोला पोलिटले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सडक हस्तान्तरण गरेकी छन् । स्थानीय बासिन्दा, सरकारका निकायका प्रतिनिधि, सरोकारवाला विज्ञहरू एकजुट भई सडक निर्माण गर्ने ठूलो लक्ष्य सफल भएको राजदूत पोलिटले बताइन् । ‘यो नेपालका लागि बेलायतको हरित, जलवायु उत्थानशील मोडेलको विकासको लक्ष्य पूरा गर्ने दीर्घकालीन रणनीतिक सहकार्यको ज्वलन्त उदाहरणसमेत हो,’ उनले भनिन् ।

हुम्ला र मुगुमा सडक सञ्जाल विस्तार भए पनि बाह्रैमास यातायात सुविधा छैन । मुगु–हुम्ला लिंक रोडमा वर्षातको बाढीपहिरोले ठाउँ–ठाउँमा क्षति पुर्‍याएको छ । सडक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री शाहीले विकासको पहिलो आधार नै सडक भएको बताउँदै चंखेली गाउँपालिका र छायाँनाथ रारा नगर प्रमुखलाई सडक मर्मतसम्भार गरी नियमित सञ्चालनका लागि आग्रह गरे ।

हुम्ला सदरमुकाम सिमकोट अझै पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । मुगुमा जिल्लाभर पक्की बाटो छैन । बर्खामास हिलाम्मे सडकमा गाडी भासिन्छ भने पहिरोले सडक सञ्जाल नै टुट्छ । हिउँदमा धूलोका कारण जोखिम मोलेर सवारी चलाउनुपर्छ ।

‘बर्खामास साह्रै दुःख छ, बिरामीलाई स्ट्रेचरमा बोकेर लैजानुपर्छ,’ चंखेलीको बोहोरावाडाका ५९ वर्षीय गोराबहादुर बोहराले भने, ‘हेलिकोप्टरमा ७ लाख लिन्छ, गरिबले कसरी सक्नु ?’ गम्भीर बिरामीले समयमै उपचार नपाउँदा घरमै र कतिपयको बाटैमा ज्यान जाने गरेको उनले सुनाए ।

गमगढीकी मायादेवी मल्लले सडक कालोपत्र नहुँदा गर्भवती, सुत्केरी र गम्भीर अवस्थाका बिरामीलाई समयमा अस्पताल पुर्‍याउन नसकिएको बताइन् । ‘अस्ति बर्खामा जिल्ला अस्पतालको हेलिप्याडमा हेलिकोप्टर बस्न नसकेर व्यक्तिको जग्गामा बसाएर सुत्केरीको उद्धार गर्नुपरेको थियो,’ उनले भनिन्, ‘गमगढीदेखि ताल्चा विमानस्थलसम्म मात्रै कालोपत्र भए पनि बिरामीलाई आपत् पर्दैनथ्यो ।’


Last Updated on: December 17th, 2022 at 4:35 pm


११० पटक हेरिएको

तपाईको प्रतिक्रिया