
प्रकाशित मिति । २ पुस, २०७९ ।
काठमाडौ । काठमाडौ महानगरले कार्तिक २३ गते गएको भुकम्पबाट प्रभावितलाई १० लाख सहयोग गरेको छ । महामगरका मेयर बालेन्द्र शाहले सामाजिक संजाल फेशबुक मार्फत १० लाख सहयोग गरेको जानकारी गराएका छन ।
उनले काठमाडौका अनाधिकृत संरक्षण हटाउँदा राष्ट्रिय समाचार बन्ने तर दुरदराजमा नागरिकले दुख पाइरहदा चासो नहुने भन्दै गुनासो पनि पोखेका छन । शाहले १० लाख भन्दा माथी सहयोग गर्ने इच्छा हुँदा पनि निश्चित सीमा हुने बताएका छन ।
उनले डोटीका भुकम्पपिडितहरुलाई सहयोगको अपिल पनि गरेका छन ।
पढ्नुस उनले लेखेको भावुक स्टाटस
नेपालका दुरदराजमा नागरिकहरुले दुख पाइरहदा काठमाण्डौमा चासो नै नहुने, समाचार नै नबन्ने अवस्था आज पनि छ । काठमाण्डौमा अनधिकृत टहरा भत्काउँदा राष्ट्रिय समाचार बन्छ तर डोटीमा भुकम्पबाट ३८ सय टहरा भत्काउँदा समाचार बन्ने बिषय पनि मानिदैन ।
डोटीमा कार्तिक २३ मा आएको ६.६ रेक्टर स्केलको भुकम्पले ३८ सय घरटहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ । परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको छ ।
चितुवाको डर छदैछ, त्यसमाथि पुष महिना सुरु भइसक्यो । जाडो बढेको छ । हिउँ पर्न सुरु हुन्छ । अब जाडो र हिउँको कारणले ज्यान गुमाउन सक्ने अवस्था बन्न लाग्दैन । ति पिडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिकरुपमा चासोसम्म देखिदैन । पिडितहरुको पिडामा अरुको चिन्ता छ भन्ने अनुभुतिले मात्रै पनि उनीहरुको मनोबल बढ्नेछ ।
डोटीका भुकम्प पिडितका लागि सहयोगको अनुरोध काठमाण्डौ महानगरमा पनि आएको थियो । महानगरबाट विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौँ ।
यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सिमाहरु छन् । यसैले राज्य संयन्त्र, संबंधित मन्त्रालय, सांसदज्यु हरु,सरकारी गैरसरकारी संघसंस्था तथा व्यक्तिपहलमा पनि पिडितहरुलाई सहयोग गर्न अनुरोध गर्दछौँ ।
कवितामा हाई भोल्टेज
यी कविता हाई भोल्टेजमा चम्किरहेका झिलिमिली सहरका रंगीन बल्बजस्ता छन् । तर, केही कविताको अन्त्य अनकन्टार जंगली गाउँको उदास साँझजस्तै छ– मलिन, अँध्यारो, निराश ।
यो देशमा कविको सङ्ख्या कति छ ? ठ्याक्कै भन्न नसकिएला, तर आजभोलि कवि नभेटिने कुनै सडक छैन, गल्ली छैन, सहर र चोक छैनन् । कविता लेख्नेको सङ्ख्या बढ्नु खुबसुरत कुरा हो ।
तर, कवितासँगै कविताको दलाली गर्नेहरू पनि उत्तिकै उर्लंदो वृद्धिदरमा छन्, यो खतरनाक र डरलाग्दो विषय हो । किनभने कवितामाथिको दलाली भनेको चेतनामाथिको दलाली हो । यसले समाजलाई भुत्ते बनाई छोड्छ, समाजलाई मारेरै छोड्छ ।
कविता के हो ? कसरी निर्माण हुन्छ ? र, आजको समयले मागेको कविता कस्तो हो ? यो आधारभूत चेतनाको जगभन्दा धेरै पर उभिएर फेरि उनीहरू नै जोडजोडले चिच्याइरहेका छन्– यस्तो (मैले भनेको जस्तै) हुनुपर्छ कविताको काया । अनेकन् घटनाका उग्रता बल्झिरहने हाम्रोजस्तो अल्पविकसित देशमा कविहरू झनै उग्र छन् ।
माथि उल्लेख गरिएका कविभन्दा नितान्त फरक भूमिकामा छन् कवि नवीन अभिलाषी । यस समयको सचेत र सक्षम कवि । उनको नयाँ कविता–किताब छापिएर आएको छ–‘मौलामा बाँधिएको राँगो’ । संग्रहको नाम शीर्षकको कवितासँग म पहिल्यैदेखि सहमत थिइनँ र छैन । अर्थात् मलाई मन नपर्ने कविता हो ‘मौलामा बाँधिएको राँगो’ । बाँकी कवितासँग असहमत छैन ।
सानो छँदा ट्याक्टर ड्राइभर बन्ने ठूलो रहर बोकेको केटो आज कवि भएको छ । ‘जनयुद्ध’ ले मलाई सहर छिर्न दिएन उबेला । तर, नवीनलाई त्यही युद्धले गाउँ बस्न दिएन । नेपाल प्रहरीका जागिरे बुवालाई माओवादीको गोली लागेपछि सानैमा सपरिवार प्यूठानबाट दाङ झर्यो । हो त्यसपछि उनी आजसम्मै सहरमा छन् । हुन सक्छ अब कहिल्यै त्यो विकट गाउँ फर्कनेछैनन् ।
नवीन कवितामा के लेखिरहेका छन् ? प्रेम, समाज, यौन, आँसु, जीवन, भूगोल, विद्रोह, राजनीति, देश, संसार सवै–सवै लेखेका छन् कविताहरूमा । ‘धूलोहरूको उडान’ च्याप्टरबाट सुरु भएर ‘आफ्नो टाउको खोज्दै’ सम्म पुग्दा कविताका ४८ पहाड ४८ पटकै चढ्नुपर्छ यस पुस्तकमा । ४८ कविताको ४८ पहाड ४८ पटकै चढ्नुपरे पनि त्यो केही घण्टामै चढेर सकिन्छ । तर, ती पहाडबाट देखिने र देखाउन खोजिएको परपरको संसार पूरै बुझ्न सायद एक युग लाग्न सक्छ । तर, त्यसपछि पनि कविताका रहस्य बाँकी रहलान् ।
पुँजीवादले निल्दै गइरहेको निम्नवर्गीय मानिसको संसार अँध्यारोतिर धकेलिँदै गइरहेको छ । त्यही अँध्यारो बाटोविरुद्ध छन् नवीनका कविता । पुँजीवादले दुनियाँका सबै चीजलाई वस्तुकरण गर्दै गइरहेको नमीठा सत्य छन् हाम्रा अघि । प्राकृतिक रूपमा हृदयबाट उत्पन्न हुने प्रेम पनि किनबेचको दुनियाँतिर पसिरहेका बेला यी कवितामा प्रेमिकाको पुँजीवादी अँगालोका विम्ब छन् ।
जुन संस्कृति र विचारविरुद्ध हजार पटक प्रशिक्षण भए, हजार मानिस मारिए, हजार मानिस हराए र घाइते भए, आज घुमीफिरी तिनै नेतृत्व त्यही संस्कृति र विचारको चरणमा आइपुग्नुलाई कसरी हेर्ने ? यत्ति लामो समय जनताको आँसु र पसिनाको दोहन गर्नेलाई कसले ठीक पार्ने ? ‘एउटा कम्युनिस्ट नेता’ लगायतका केही कविता यही सत्यवरिपरि घुम्छन् ।
नवीन अभिलाषीको पहिलो कवितासंग्रह ‘ईश्वरको अस्थिपञ्जर’ मा कस्ता कविता थिए ? ऊ र प्रकाशकबाहेक सायद अरूलाई थाहा छैन । किनभने प्रकाशन भएकै दिन छापिएका सबै प्रति कवि आफैंले गायब पारे । कारण अझैसम्म बताएका छैनन् उनले । यो उनको तेस्रो संग्रह हो । तमाम अकवि र अकविताले कविताको संसार धमिलो बनाएको यो बेला कवितालाई सङ्लो पार्न सक्ने क्षमता र अभिभारा दुवै छ उनीसँग ।
आजको विश्व मानव सभ्यता बहुल सांस्कृतिक अस्तित्व स्विकारेर बाँचिरहेको छ । तर, हाम्रो देशको कथा उही छ बदलिन बाँकी । खासमा हामीले भोगेको र देखेको भन्दा डरलाग्दो र विषम छ यो देशको ब्राह्मणवादी हिन्दु सत्ताले समाजमा रोपेको विभेदको दर्पण चेतना, जो अर्को फरक भाषा, फरक संस्कृति, फरक अनुहार र फरक सभ्यता भएको मानिसको कविता लेख्दैन र लेखे पनि त्यसलाई कविता मान्दैन ।
यी विभेदको चाङबाटै थिचिएर गुमनाम छन् इतिहासको चिहानमा कैयौ सीमान्तकृत मान्छेका सत्य । यिनै सत्यले इतिहासभरि नै सत्ताको साङ्लोमा बाँधिएर दासकालीन लामा शृङ्खला बिताए । यसको प्रतिरोधमा किताबका ‘शूद्रको प्रश्न’, ‘आदिवासी आइमाई’, ‘थारू’ लगायतका कविता शक्तिशाली लाग्छन् ।
कवि भन्छन्, ‘कविता लेखेर मात्रै पनि नपुग्ला । खासमा समाज नै विनिर्माण गर्नुपर्छ, यो व्यवस्थाको सम्पूर्ण व्याकरण नै बदल्नुपर्छ ।’ तर, कसरी ? मूल कुरा त इतिहास निर्माण गर्ने मालिक यी कविता बुझ्दैनन् । जसले यी कविता बुझ्छन्, तिनीहरू इतिहास बदल्ने ठाउँमा छैनन् । तर, खबरदारीहरू पनि हराए भने हामी स्वतः हराउनेछौं । र, हामीलाई हराउने छुट कदापि छैन ।
सदियौंदेखिको पितृसत्ताले बनाएको भाष्यविरुद्ध नारीसत्ता र मुक्तिको खतरनाक उद्घोष हुन सक्छ ‘स्कुल गइरहेकी हजुरआमा’ कविता । पितृसत्ताले नारीलाई घरको चुलोचौकोमै सीमित बनाएर व्यावहारिक बन्धनको अर्गेलाले थुनिराख्नु सायद उनीहरूलाई कारागारमा राख्नु बराबर हो ।
यहाँ दौरा–सुरुवालको संस्कृतिमा अल्झिएका अनेकौं सांस्कृतिक सौन्दर्य छन् । दौरा–सुरुवाल आउनुअघिका अनुपम आदिम सौन्दर्यका सरजामहरू कहाँ हराए ? ककसले मिचे दौरा–सुरुवालइतरका ती संस्कृति र सभ्यता ? किन पहिचान र अस्तित्वको सीमा सधैं अरूले नै तोकिदिन्छ यहाँ ? प्रश्नको सिलसिला चलिरहेकै छ । तर, अब नवीनहरू कमजोर छैनन् । उनीहरूसँग विचारको आगो छ, जसले विभेदका आलाप मेटाउन सक्नेछन् ।
चेतनाका नयाँ हतियार छन्, जसले चुँडाल्न सक्नेछन् खिया लागिसकेका इतिहासका तमाम विनियम । यही भन्छ नवीनको ‘रातो गंगा’ र ‘बक्यौता हिसाब’ कविताले । ‘मौलामा बाँधिएको राँगो’ भित्रका कवितामा छन्– सामाजिक पहिचान, अस्तित्व, समता र समानताको अपिल । अनि छन्– पुरातन सत्ताले निर्माण गरेको सांस्कृतिक गजवारमाथिको सशक्त प्रतिरोध । यो किताबका कविताले सचेततापूर्वक इतिहासले निर्माण गरेका सामाजिक, सांस्कृतिक र धार्मिक मान्यतामाथिको विश्वास छेदन गर्नेछन् ।
यी कविता हाई भोल्टेजमा चम्किरहेका झिलिमिली सहरका रंगीन बल्बजस्तै छन्– एकदम उज्याला, चम्किला र झल्लमल्ल । तर, केही कविताको अन्त्य जूनकिरी पनि हराएको अनकन्टार जंगली गाउँको उदास साँझजस्तै छ– मलिन, अँध्यारो र निराश । हुन सक्छ कविको जीवन उज्यालो र अँध्यारोका केही फ्युजनबाट गुज्रिरहेको छ । उनको जीवनको बाटो खोज्न अनेक पहिरोमा पुग्नुपर्छ । कुनै दिन आफैं लेख्लान् उनका आँखाभित्रका गहिरा गल्छीहरूको कथा ।