
दोहोरीबाट कमला घिमिरे बिबादमा आएपछि बोले बद्री पंगेनी, कमला र गाउन लगाउने अग्रजलाई यस्तो भने (भिडियो सहित)
प्रकाशित मिति । २ पुस, २०७९ ।
काठमाडौ । दोहोरी गीतबाट कमला घिमिरे बिबादमा आएपछि बद्री पंगेनी बोलेका छन् । कमलाको भन्द पनि गाउन लगाउने अग्रजको कमजोरि हो भन्दै उनले मुख खोलेका हुन् । तेही गीत गाउनु पर्छ र अरु गीत छैनन् भन्दै उनले अरुलाई चोट दिने गित गाउनु गलत हो भन्दै प्रष्ठ पारेका छन् ।
यता आज मात्रै बाल गायिका कमला घिमिरेले माफी पनि मागिसकेकी छिन् । लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि बालगायिका कमला घिमिरेले अन्तत माफी मागेकी हुन् । गायिका समिक्षा अधिकारीलाई लक्षित गर्दे गीत गाएर आलोचित बनेकी उनले सामाजिक संजालबाटै माफी मागेकी छन् ।
फेसबुकमार्फत गायिका घिमिरेले ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’ बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिनु भन्दै लेखेकी छन् । उनले गीत गाएपछि उनको चर्को आलोचना भएको थियो । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।
उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु ।
सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत-संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’ उनले उक्त गीत सुमन परियारसँग मिलेर गाएकी थिइन् । हेर्नुहोस यो भिडियो ।
‘खेल मिलोमतो’ को उपक्रम
फुटबलको नतिजा पहिल्यै तय गर्न सकिँदैन । तर, विश्व फुटबलमा ‘खेल मिलोमतो’ का अनेक पटकथा लेखिएका छन् । र, जब ‘मिलोमतो’ को कथा लेखिन्छ तब फुटबल मर्छ ।
सिएरा लियोन विश्व फुटबलमा खासै नाम चलेको देश होइन । तर, विश्वकप सुरु हुनु ठीकअघि संसारमै त्यहाँको फुटबलबारे समाचार बन्यो । भएको के थियो भने त्यहाँको माथिल्लो डिभिजनका दुई खेलमा १ सय ८७ गोल भए । त्यस्तो पनि हुन सक्छ र ? तर, भयो । त्यसैले समाचार बन्यो । सिएरा लियोनको फुटबलका लागि त्यो लज्जाको समाचार थियो । त्यहाँको पहिलो डिभिजनमा बढुवाको समीकरणबीच दुई खेल एकै समय भएका रहेछन् ।
एउटा खेलमा गल्फ एफसी र कोक्विमा लेबनन तथा अर्कोमा कहुनला रेन्जर्स र लुमबेबु युनाइटेड भिडिरहेका थिए । बढुवा हुने दाउमा थिए, गल्फ र कहुनला । दुवैको अंक बराबरी थियो । दुईमध्ये को अघि हुने भन्ने निर्णय गोलअन्तरले हुन लागेको थियो । पहिलो हाफमा गल्फ ७–१ ले अगाडि थियो भने कहुनला २–० ले । खेल समाप्त हुँदा गल्फ ९१–१ ले विजयी रह्यो । कहुनला पनि के कम र ? उसको जित अन्तर थियो, ९५–० ।
पछि समाचार आयो, यी चारै टिममाथि कारबाही सुरु भएको छ, ‘खेल मिलोमतो’ को आरोपमा । एउटा प्रश्न यहाँनिर स्वाभाविक छ, फुटबलमा अहिलेसम्म सबैभन्दा बढी गोल भएको खेल के कस्तो थियो ? गिनिस बुक अफ वर्ल्ड रेकर्डलाई नै आधार मान्ने हो भने सन् २००२ मा माडागास्करमा भएको एक खेलमा एस एडेमाले सोल’ इमयरनेलाई १४९–० ले हराएको थियो । कुरा त्यत्तिकैमा सकिन्न, यी सबै आत्मघाती गोल थिए, विश्वासै गर्न नसकिने तरिकाले भएका ।
रेफ्रीको निर्णयको विरोध गर्न सोल’ इमयरनेका खेलाडीले आफ्नै पोस्टमा एकपछि अर्को गोल गरे । नेपाली फुटबलको इतिहासमै एकै खेलमा सय गोल भएको पाइन्छ । केही होइन, ५० वर्षअघि सहिद स्मारक लिग ‘ए’ डिभिजनका लागि भएको एक खेलमा आरसीटीले अन्नपूर्णलाई १०१–१ ले हराएको थियो । अहिलेसम्म पनि यो खेलको चर्चा दोहोर्याएर नेपाली फुटबलका हुने गर्छ । अब त यो खेलको नतिजा पनि किंवदन्तीजस्तै भइसकेको छ ।
खोज्नु मात्रै पर्छ, विश्व फुटबलमा ‘खेल मिलोमतो’ का अनेक घटना पाइन्छन् । भनिन्छ, जबसम्म फुटबल खेलिन्छ, ‘खेल मिलोमतो’ कुनै न कुनै रूपमा भइरहनेछ । भलै यो रोक्न हजार उपाय र नियम बनाइएका हुन्छन् । तर, जतिबेला ‘खेल मिलोमतो’ हुन्छ, त्यतिबेला केही मर्छ भने त्यो फुटबलै हो । फुटबलको नतिजा पहिले नै तय गर्न सकिने पटकथा होइन, तर जब खेलअघि नै त्यसलाई लेख्ने प्रयास हुन्छ, त्यो सर्वथा अस्वीकार्य हुन्छ ।
फेरि जतिबेला विश्वकप फुटबल सुरु हुन्छ, ‘खेल मिलोमतो’ बारे कुरा उठ्छ नै । फिफा यसप्रकारका तय नतिजा रोक्न असाध्यै चनाखो हुन्छ । सम्भवतः अहिलेको समय विश्वकप जत्तिको खेलमा ‘खेल मिलोमतो’ गर्नु सम्भव छैन । तर, कतार विश्वकपकै ठीक अघि हल्ला चलेको थियो– कतार आफैंले ‘खेल मिलोमतो’ गर्दै छ । इक्वडेरविरुद्धको खेलको नतिजा कतारको पक्षमा सुम्पिन लाखौं डलर खर्च गर्न तयार छ भन्ने गाइँगुइँ चलेको थियो, तर मैदानी खेलमा त्यस्तो भएन नै ।
र, ती हल्लै मात्रै साबित भए । तर, विश्वकपमै ‘खेल मिलोमतो’ भएको ठ्याक्कै खास घटना नभएको पनि होइन । तर, यो ‘तैं चुप मै चुप’ जस्तो खेल नतिजा थियो । घटना सन् १९८२ मा स्पनेमा भएको विश्वकपको हो । त्यसमा जुन खेलको नतिजा तयजस्तै भएको थियो, त्यसलाई त्यस प्रतियोगिताकै कलंक मानिन्छ । यसलाई भन्ने गरिन्छ, ‘गिजोनको अपमान’ । यो खेल गिजोनमा भएको थियो । त्यसमा पश्चिम जर्मनीले अस्ट्रियालाई १–० ले हराएको थियो ।
त्यो गोल खेलको सुरुआती १० मिनेटमा भएको थियो । त्यो एक गोलपछि दुवै टिमले खेल यसरी खेले कि मानौं, खेलाडीमा ज्यानै थिएन । यो नतिजापछि पश्चिम जर्मनी र अस्ट्रिया दुवै नकआउट चरणमा पुगे, त्यतिबेला समीकरण यस्तै बनेको थियो । यो नतिजाका कारण अल्जेरिया भने प्रतियोतिगाबाट बाहिरियो । पश्चिम जर्मनी, अस्ट्रिया र अल्जेरिया सबै समान चार अंकमा रहे । शीर्ष दुई टिम गोलअन्तरले मात्रै अगाडि रहे । त्यस अगाडि अल्जेरियाले पश्चिम जर्मनीमाथि प्रख्यात जित निकालेको थियो ।
पछि यो खेललाई लिएर फिफाले अनुसन्धान पनि गरेको थियो, कारबाही कसैलाई गर्न सकेन । खेललगत्तै जर्मन खेलाडी आफ्नो होटल पुग्दा केही समर्थकले तिनीहरूमाथि अण्डा फ्यालेर विरोध गरेका थिए । जर्मनीमा खेलको प्रत्यक्ष प्रसारण भइरहँदा कमेन्टेटरले दर्शकलाई यो खेल छाडेर अन्य कुनै कार्यक्रम हेर्नुसम्म भनेका थिए । पछि यही पश्चिम जर्मनी फाइनल पनि पुग्यो, तर इटालीसँग पराजित भयो । त्यही बेलादेखि हो, लिग चरणका अन्तिम दुई खेल एकै समय गर्नुपर्ने नियम आएको ।
ठ्याक्कै ‘खेल मिलोमतो’ भएकै हो भनेर किटान गर्न सकिने केही उदाहरण पनि छन्, त्यो पनि माथिल्लो स्तरको फुटबलमा । त्यसमध्ये एक घटना इटालीको हो भने अर्को फ्रान्सको । सन् २००६ मा युभेन्ट्सलाई ‘खेल मिलोमतो’ कै आरोपमा सिरी ‘बी’ मा झारिएको थियो । यति मात्र होइन युभेन्ट्सले सन् २००५ र २००६ मा जितेको सिरी ‘ए’ को उपाधि पनि खोसिएको थियो । युभेन्ट्सका निर्देशक लुसियानो मोगीलाई पाँच वर्ष जेल नै पठाइएको थियो ।
पूरा घटनाक्रममा १६ जनालाई दोषी मानिएको थियो । सबैलाई थाहा छ, इटालीमा माफियागिरी चल्छ । मोगीले पनि तिनै माफियाको सहयोगमा केही खेलको नतिजा तय गरेका थिए । यस काण्डलाई अहिले पनि इटालीको फुटबलकै कलंक मानिन्छ । आखिरमा युभेन्ट्स इटालीको फुटबल इतिहासकै सबैभन्दा सफल क्लब हो, तर एकाध लिग उपाधि जित्न उसका पदाधिकारीले किन ‘खेल मिलोमतो’ गरे भन्ने प्रश्नको उत्तर अहिलेसम्म कसैले दिन सकेका छैनन् ।
जसरी इटालीमा युभेन्ट्स सफल टिम हो, त्यसरी नै फ्रान्सको सबैभन्दा सफल क्लबमध्ये एक हो– मार्से । तर, उसकै नाममा पनि ‘खेल मिलोमतो’ को कलंक छ । सन् ९० तिर मार्सेले शृंखलाबद्ध ‘खेल मिलोमतो’ गरेका थिए । सन् १९८९ देखि १९९२ बीच मार्सेले फ्रान्सको माथिल्लो डिभिजनको फुटबल लिग–वान लगातार चारपल्ट जितेको थियो, प्रशिक्षक बर्नार्ड टापेको नेतृत्वमा । यसबीच उसले युरोपेली च्याम्पियन्स लिग पनि जितेको थियो ।
सबैलाई थाहा छ, युरोपेली च्याम्पियन्स लिग विश्व फुटबलका लागि के हो । यत्तिको माथिल्लो स्तरको प्रतियोगिता विश्व फुटबलमा विरलै होला, तर यही प्रतियोगिताको नतिजामा पनि कुनै समय छेडछाड भएका थिए । त्यो मार्से टिम आफैंमा निकै बलियो थियो । तर, पछि मात्रै पुष्टि भयो, टापेले केही खेल मिलोमतो गरेर जितेका थिए । त्यसैले उसले त्यो समय जितेका सबै लिग उपाधि मात्र खोसिएन, मार्सेलाई युरोपेली क्लब फुटबलमा पनि लामै समय प्रतिबन्ध लाग्यो ।
‘खेल मिलोमतो’ कै कारण पछिल्लो समय दक्षिण कोरियाको के–लिग र जापानको जे–लिग पनि चर्चामा आइरहन्छ । भनिन्छ, यी दुवै देशमा संगठित रूपमा अपराध गर्नेले लिगका खेलको नतिजा पनि आफूखुसी तय गर्ने गर्छन् । निचोड के हो भने फुटबलबाट ‘खेल मिलोमतो’ शतप्रतिशत हटाउन सकिन्न । तर, हटाउने प्रयास भने भइरहनुपर्छ । ‘खेल मिलोमतो’ ले आखिरमा मर्ने भनेको फुटबल नै हो । फुटबल मर्दा खुसी हुनेचाहिँ को होला ?