सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


अस्ट्रेलियामा पठाउन आफ्नै छोरासंग छोरीको बिहे

प्रकाशित मिति । १ पुस, २०७९ ।

काठमाडौँ– नेपालमा हा’डनाता सम्बन्धमा विवाह चल्दैन । का’नूनअनुसार यदी विवाह भयो भने पनि स्वतः ब’दर हुन्छ ।तर अवसर र फाइदाका लागि मानिसहरु कुन हदसम्म गि’र्छन् भन्ने हालै सार्वजनि एउटा समाचारले पुष्टि गरेको छ ।

हालै एक परिवारले छोरीलाई अष्ट्रेलिया पठाउन भाइसँगै विवाह गरिदिएका छन् ।विवाह लगत्तै बहिनीले न’क्कली पासपोर्ट बनाएर अष्ट्रेलिया गएको भा’रतीय सञ्चार माध्यमहरूले जनाएका छन । भाइ-बहिनीको विवाह गराउन उनीहरूका आफन्त पनि लागिपरेको जनाइएको छ ।

घटना भारतको हो । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका हुन्। भाइ अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सि’फ्ट हुनुपरेकोले उनले आफ्नै भाइसँग विवाह गरेकी हुन् ।पञ्जाबमा सम्बन्धको इज्जतलाई बे’वास्ता गर्दै नक्कली कागजपत्रको सहारामा दाजु-बहिनीले गरे विवाह, कारण थियो अस्ट्रेलियामा बस्ने ।

एउटी युवतीले अस्ट्रेलिया जाँदा आफ्नो अ’सली भाइसँग बिहे गरिन् भन्ने खबर सुनेर मानिसहरु छक्क परे ।यो पूरै घटनामा सबैभन्दा अचम्मको कुरा यो छ कि उनको परिवारका सदस्यहरुको पनि सं’लग्नता देखिन्छ । प्रहरीका अनुसार यो ठ’गीको गम्भीर घटना हो ।

नक्कली कागजात रिपोर्टका अनुसार यो उपलब्धिपछि युवती न’क्कली राहदानी बनाएर अष्ट्रेलिया गइन् । युवतीलाई चि’नेकी एक महिलाले यस कार्यको बारेमा प्रहरीमा उ’जुरी गरेपछि यो कुरा बाहिर आएको हो ।प्रारम्भिक अनुसन्धानमा यस ष’ड्यन्त्रमा दाजुभाइका परिवारका सदस्य पनि सं’लग्न रहेको खुलेको छ ।

प्रहरीका अनुसार यही गाउँकी यी युवतीलाई विदेशमा बस्ने रहर थियो तर भिसा नपाएपछि उनले परिवारका सदस्यसँग मिलेर यो ष’ड्य’न्त्र रचेकी हुन् ।स्थानीय प्रहरी चौकीमा तैनाथ इन्स्पेक्टर जय सिंहले भने, ‘अनुसन्धानका आधारमा अहिलेसम्म थाहा पाएका छौँ कि युवतीका भाइ अस्ट्रेलियाको स्थायी बा’सिन्दा हुन्।

र उनको बहिनीले पहिले त्यहाँ बस्नका लागि न’क्कली कागजात बनाएर आएका थिए । गु’रुद्वाराबाट बनेको विवाहको प्रमाणपत्र लिएको थियो, त्यसपछि रजिष्ट्रारको कार्यालयबाट विवाह दर्ता गरिएको थियो ।

कांग्रेसबाट समानुपातिकमा २३ नयाँ अनुहार, महत र राणा तेस्रोपटक

काठमाडौँ — भर्खरै सकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा संसद्को पहिलो दल बनेको नेपाली कांग्रेसबाट ८९ सांसद निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ जना सांसद निर्वाचित भएका हुन् । कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित हुनेमा १६ नयाँ अनुहार छन् ।

निरन्तर दोहोरिएर समानुपातिकतर्फ सांसद बन्न नपाउने निर्णय लिएको कांग्रेसबाट यसपटक समानुपातिकमा २३ जना नयाँ अनुहार अटाएका छन् भने बाँकी सिट पटक–पटक सांसद र मन्त्री भइसकेका प्रभावशाली नेताहरूले ओगटेका छन् ।

कांग्रेसबाट पूर्वउपसभापति एवम् गृहमन्त्री बिमलेन्द्र निधि, पूर्वमन्त्री एवम् पार्टी प्रवक्ता प्रकाशशरण महत र सहमहामन्त्री जीवन परियार समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका छन् । धनुषाबाट पटक–पटक चुनाव जितेर पार्टीमा पटक–पटक पदाधिकारी‍समेत भइसकेका निधि पूर्वगृहमन्त्रीसमेत हुन् । तर, चुनाव हार्ने डरले उनी यसपटक समानुपातिकमा बसे ।

सभापति शेरबहादुर देउवाकी पत्नी एवम् पार्टी केन्द्रीय सदस्य आरजु राणा र प्रवक्ता प्रकाशशरण महत यसपटक समेत गरी समानुपातिकबाट तेस्रोपटक सांसद बनेका छन् । दुवैले अहिलेसम्म प्रत्यक्ष चुनाव जितेर संसद् छिर्न सकेका छैनन् । ०६४ र ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका महत र राणा पार्टी सत्ताको दुरुपयोग गर्दै तेस्रोपटक समानुपातिकमा सांसद बनेका छन् । सभापति देउवाको विश्वासपात्र महत अहिले पार्टीका प्रवक्तासमेत हुन् । उनी पूर्वपरराष्ट्रमन्त्री‍समेत हुन् ।

हाल पार्टीको सहमहामन्त्री रहेका जीवन परियारलाई भने समानुपातिकमा निर्वाचित हुन हम्मे परेको थियो । दलित समुदायबाट पहिलो सहमहामन्त्री र हाल एकमात्रै पदाधिकारी रहेका परियारले प्रत्यक्षमा टिकट पाएनन् । समानुपातिकमा तीन जनामात्रै पुरुष निर्वाचित हुने अवस्था बन्दा नेता शेखर कोइराला समूहमा रहेका परियारलाई पार्टींबाट निर्वाचित हुन निकै कठिन पर्‍यो ।

कांग्रेसले प्रत्यक्षमा ९१ सिटमा उम्मेदवारी दिँदा दलित समुदायका कसैलाई पनि उम्मेदवार बनाएको थिएन । चौतर्फी दबाबपछि सभापति देउवाले परियारलाई समानुपातिकबाट निर्वाचित गराएका हुन् । परियार ०७० मा पनि समानुपातिकबाटै संविधानसभा सदस्य बनेका थिए । ०७४ मा भने उनी कास्कीबाट प्रदेशसभा सदस्यमा चुनाव लडेका थिए ।

यसबाहेक कांग्रेसले पटक–पटक अवसर पाइसकेका अम्बिका बस्नेत, सरिता प्रसाईं, ईश्वरी न्यौपाने, चन्दा चौधरी र मुक्ताकुमारी यादवलाई समानुपातिकबाट प्रतिनिधिसभामा पठाएको छ । समानुपातिकमा निर्वाचित भएकामध्ये सरस्वती बजिमय र अन्जनी श्रेष्ठ पनि पहिल्यै समानुपातिक सांसद भइसकेका नेता हुन् ।

त्यस्तै, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ, प्रतिमा गौतम, मञ्जु खााण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल कार्की, कल्पना चौधरी, बिनाकुमार थनेत, शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, नगिना यादव,संगीता मण्डल र जावेदा खातुन भने नयाँ अनुहार हुन् ।

यीमध्ये चन्दा चौधरी नवप्रवेशी हुन् भने लीलादेवी बोखिम, सपना राजभण्डारी, कुसुम थापा मगर, मैना रावल कार्की, बिनाकुमारी थनेत, संगीता मण्डल धानुक, मनोरमा शेरचन, आशा विक र सीता मिजार पार्टीको केन्द्रीय सदस्य नबन्दै प्रतिनिधिसभाको सदस्य बनेका छन् । बाँकी नेताहरू भने केन्द्रीय समितिमा पनि छन् ।

०७४ मा काठमाडौं–३ मा पराजित अम्बिका बस्नेत पनि तेस्रोपटक समानुपातिकबाट सांसद भएकी हुन् । उनी दुवै संविधानसभामा सदस्य थिइन् । महिला संघको अध्यक्षसमेत भइसकेकी उनी १२ औँ महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्य समेत छिन् । उनी गरिबी निवारण तथा सहकारीमन्त्री समेत भइन् ।

राष्ट्रिय सभाकी पूर्व सदस्य सरिता प्रसाईं त्यसबेला प्रमुख सचेतक थिइन् । उनी ०७० मा समानुपातिकबाटै संविधानसभा सदस्य बनेकी थिइन् । उनी कृषि राज्यमन्त्रीसमेत भइसकेकी नेता हुन् ।

०७४ मा कैलाली–१ मा चुनाव हारेकी ईश्वरी न्यौपाने यसपटक प्रतिनिधिसभा सदस्य बनेकी छिन् । पटक–पटक केन्द्रीय सदस्य भइसकेकी उनी पार्टीको महिला विभागको प्रमुख भएर समेत काम गरिसकेकी छिन् ।

चन्दा चौधरी भने चुनावको मुखमै लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर कांग्रेसमा आएकी हुन् । उनी ०७४ मा पनि समानुपातिकबाटै सांसद बनेकी थिइन् । ओली सरकारमा महिलामन्त्री समेत भइसकेकी उनले कांग्रेसमा आउने बित्तिकै सांसद पाएकी छिन् ।

राष्ट्रिय सभाकी पूर्वसदस्य मुक्ताकुमारी यादव पनि संविधानसभामा समानुपातिकबाटै अवसर लिइसकेकी नेता हुन् । शिक्षण छोडेर राजनीतिमा आएकी उनी पार्टीभित्र भने लोकप्रिय छिन् । उनले १४ औँ महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्य जितेकी थिइन् ।

पहिलो पटक संसद् छिर्नेहरूमध्ये अधिकांश पार्टीका केन्द्रीय सदस्यहरू नै छन् । मन्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, माया राई, अञ्जनी श्रेष्ठ, प्रतिमा गौतम, कल्पना चौधरी, बिनाकुमार थनेत, शान्ति विक, रूपा विक, नगिना यादव र जावेदा खातुन हाल पार्टीको केन्द्रीय सदस्य समेत छन् ।

खाँण गृहमन्त्री बालकृष्ण खाँण पत्नी हुन् भने राजभण्डारी पूर्वमन्त्री एवम् सांसद् स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी हुन् । ताप्लेजुङकी लीलादेवी बोखिम यसअघि प्रत्यक्षमा चुनाव लडेकी महिला हुन् । तर उनी पनि पहिलो पटक समानुपातिकबाट संसद् प्रवेश गर्दैछिन् ।

जुम्लाकी कान्तिका सेजुवाल यसअघि चन्दननाथ नगरपालिकाको मेयर थिइन् । शिक्षण छाडेर राजनीतिमा आएकी उनी पार्टीको केन्द्रीय सदस्य बनेपछि यसपछि प्रतिनिधिसभा सदस्य समेत बनेकी छिन् ।

अघिल्लो पटक आमन्त्रित केन्द्रीय सदस्य रहेकी रमा कोइराला पौड्यालले पनि यसपटक अवसर पाएकी छिन् । भोजपुरकी उनी १४ औँ महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

सीताकुमारी राना, सुशीला थिङ र माया राई १४ औँ महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । पार्टीमा महिला संघ र नेविसंघ पृष्ठभूमिका उनीहरू पनि पहिलो पटक संसद् छिर्दैछन् । कांग्रेस दलित समुदायका शान्ति विक, रुपा विक, सीता मिजार र आशा विकलाई सांसद बनाएको छ ।

शान्ति र रुपा पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् भने सीता केन्द्रीय सदस्यको उम्मेदवार थिइन् । आशाले भने प्रत्यक्षतर्फ बाँके–३ बाट चुनाव लड्ने चाहना देखाएकी थिइन् । त्यहाँ सहमहामन्त्री किशोरसिंह राठोरले चुनाव जित्दा आशाले समानुपातिकबाट मौका पाएकी छिन् ।

मुस्लिम समुदायबाट पहिलो पटक कांग्रेसको केन्द्रीय सदस्य बनेकी जावेदा खातुन पनि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी छिन् । थारू समुदायबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसद् बनेका छन् ।


Last Updated on: December 16th, 2022 at 11:57 pm


१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया