सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


विवादमा आएपछि बालगायिका कमला घिमिरेले मागिन माफी, दिदिको आत्म सम्मान मा पर्न गयको असर प्रती हृदयबाटै माफी माग्छु!

प्रकाशित मिति । १ पुस, २०७९ ।

काठमाडौ । बालगायिका कमला घिमिरेले माफी मागेकी छन् । आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी हुन् ।

प्रत्यक्ष लोकदोहोरी ‘छहारी बजारमा’ सुमन परियारसँग गाएको गीतका कारण कमला घिमिरे विवादमा परेकी थिईन । सुमन परियारसँग मिलेर गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा विवादले घेरिएको छ ।

हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप कतिपयको छ । कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन् भने धेरैले गीतमा

पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् । सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका छन् ।

फेसबुकमार्फत गायिका घिमिरेले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन् । उनी लेख्छिन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’ उक्त गीत आफ्नै रचनामा गाएको पनि उनले स्वीकारेकी छन् ।

कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए । बालगायिका कमला घिमिरेले लेखेको पुरा स्टाटस यस्तो छ पढ़ह्नुहोस- सबैलाइ नमस्ते म हजुरको छोरी/बहिनी कमला घिमिरे ।

सर्बप्रथम त सबैलाइ यो जानकारी गराउछु कि छहारी युट्युब च्यानलमा अपलोड भयको दोहोरी जस्लाइ अहिले विभिन्न टिकाटिप्प्ननी गरियको छ त्यो कुनै प्लान गरेर डलरकै लागि भनेर सोचेर, सम्झेर कुनै स्कृप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्नेगरी गाइयको गीत होइन तर पनि त्यो गीतलाई जसरी अहिले बुझियको छ र जुन तरिकाले हल्ला गरियको छ यो देख्दा चाहिँ म आफै पनि छक्क छु अझ बढि दुखी छु ।

राम्रै गरि हेरेरै हिडदा पनि त कहिले काहीँ ठेस लाग्ने गर्छ हो त्यस्तै भयो दाइ सुमन परियार सङ मैले गीत गाउदा गाउन बसियो गाउदै जादा माया पिरतिको कुरा आयो माया पिरतिको कुरा आउदा जान अन्जानमा केही त्यस्ता शब्द आय जुन कसैलाइ लक्षित गरेझै भयो, बुझाइ सकारात्मक भन्दा नकारात्मक भयो, जसरी अहिले दिदी समिक्षा अधिकारीलाइ लक्षित गरेर गीतलाइ सामाजिक सन्जालमा भाइरल गरियको छ ।

यो कुराले दिदिलाइ पर्न गयको असर, दिदिको आत्म सम्मान मा पर्न गयको असर प्रती हृदयबाटै माफी माग्छु आफ्नै सानी बहिनी सम्झियर माफ गरिदिनुहोला आइन्दा यस्तो गल्ती हुनेछैन र अर्को कुरा जसरी अग्रज कलाकारहरुले यो गीतलाइ लियर पक्ष विपक्ष गर्दै बोल्नुभयको छ ।

म बाट गल्ती हुदा मलाइ सम्झाएको भय म कति खुसी हुन्थेहोला हजुरको उपदेश शिरोभार गर्थेहोला तर मन क्षेत बिक्षेत हुनेगरी लेखियो बोलियो यस्ले एक्दम दुखी बनायो खैर केही छैन अब उपरान्त गीत गाउदा एकदम ख्याल राख्नेछु, हजुरहरुले माया गरेर मनमा राखेको कमला त्यो मनबाट हटन चाहान्न, सधै हजुरहरुकै प्रिय बन्न पाउ, गीत सङीतमै रम्न पाउ, कहिकतै बिरायछु भने सल्लाह सुझाब दिदै गर्नु है र अन्तयमा फेरि पनि माफी माग्दछु । हजुरकै कमला

दुर्घटना रोकथाम : प्रत्यक्ष जोडिने सबै निकाय उत्तिकै जिम्मेवार

काठमाडौँ — गत मंसिर २७ गते काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस सडकमै पल्टिएर दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए । दुर्घटनामा २२ जना घाइते भए । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि त्यहाँ पुगेर फर्किँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनाको कारण खोज्न सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको संयोजकत्वमा गठित छानविन समितिले काम गरिहेको छ । घटनास्थलमा शुक्रबार अवलोकन गर्न पुग्नुभएका सुनुवारले गाडी अनियन्त्रित भइ सडक छेउको पहरामा ठोक्किएर दुर्घटना भएको अनुमान गरिए पनि छानबिनपछि मात्रै यकिन कारण खुल्ने जानकारी दिए ।

यस्तै मंसिर २६ गते जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको जिप मध्यपहाडी सडकखण्डअन्तरगत भिरपाटीमा अनियन्त्रित दुर्घटना भयो । दुर्घटनामा १२ जनाले ज्यान गुमाए ।

दुर्घटनामा चालकसहित सबै यात्रुले ज्यान गुमाए । दुर्घटना कसरी भएको थियो भनेर जानकारी दिने कोही बाँकी रहेनन् ।

दुर्घटनापछि गृहमन्त्री बालकृष्ण खाणले पहाडी क्षेत्रमा पटकपटक हुने दुर्घटना रोक्नका लागि विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिए । यी दुई दुर्घटना मुलुकका प्रतिनिधि घटना हुन् ।

साँझ, बिहान तथा रातिका समयमा नियमित गुड्ने सवारी साधान नेपालका सडकमा दुर्घटनामा परेका छन् । चाडवाड, मेला, पर्व, भ्रमण र वनभोजका लागि प्रयोग गरिएका सवारीसाधन दुर्घटनामा बढी पर्ने गरेका पाइएका छन् ।

गृहसचिव विनोदप्रकाश सिंह सचेतना नपुगेर दुर्घटना भएको नभई लापरबाही तथा यान्त्रिक समस्याका कारण भएको बताउँछन् । ‘दुर्घटना न्युनिकरणका लागि गृहमन्त्रालयबाट आवश्यक पहल र जिल्लास्तरमा निर्देशन भएको छ, हाल प्राप्त श्रोतसाधनलाई परिचालन गर्ने हो, हामी त्यो गर्दैआएका छौं,’ उनले भने, ‘ट्राफिक, सडकको अवस्थालगायत बारेमा सबैले ध्यान दिनुपर्छ ।’

सडकको अवस्था धेरै ठाउँमा कमजोर पाइन्छ । कतिपय दुर्घटना यान्त्रिक समस्याले भएका छन् । गत असार २१ गते रामेछापको सुनापाती गाउँपालिका–५ लुभुघाटमा कच्ची सडकको ठूलो घुम्तीमा हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस भिरबाट खस्दा १३ जनाले ज्यान गुमाए ।

स्थानीयका अनुसार अघिल्लो दिनमात्रै सामान्य कसकास गरेर राखिएको बसको अवस्था राम्ररी जाँच नगराउँदा दुर्घटना भएको हो । ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीको निष्कर्ष छ ।

भौगोलिक अवस्था, चालकको लापरबाही र सवारीसाधनको अवस्था राम्रो नहुँदा दुर्घटना वर्षेनि बढ्दै छन् । गृहसचिव सिंह धेरै दुर्घटनामा चालकको कमजोरी देखिएको बताउनुहुन्छ । मदिरा सेवन गरेर तथा लागूऔषध प्रयोग गरी सवारीसाधन चलाउने गरिएको पाइएको छ । अनुगमन गर्ने निकायको कमजोरी छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले धेरैजसो दुर्घटनामा चालकको लापरबाही पाइएको बताए । ‘सडकको अवस्था र यान्त्रिक गडबढीले पनि दुर्घटना बढिरहेका छन्,’ उनले भने ।

प्रहरीको अभिलेखअनुसार गत साउनयता झण्डै १५ हजार सवारीसाधन दुर्घटनामा परेका छन् । सो अवधिमा दुर्घटनामा ९९२ जनाले ज्यान गुमाएका छन् । दुई हजार व्यक्ति भन्दा बढी घाइते भएका छन् ।


Last Updated on: December 16th, 2022 at 10:31 pm


९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया