सोमबार २२ जेठ २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


चर्चित ज्योतिषले हेरे रवि लामिछानेको जन्म कुण्डली, प्रधानमन्त्री हुने मितिनै तोकिदिए !

प्रकाशित मिति । २६ मंसिर, २०७९ ।

निर्वाचनको सम्पुर्ण परिणाम आए सँगै सरकार गठनको कसरत सुरु भएको छ । राष्ट्रपति , प्रधानमन्त्री , सभामुख जस्ता महत्चपुर्ण पदमा को आउला भन्ने चासो र चर्चा सबैतिर चलिरहेका छन् ।

विभिन्न पार्टीहरुले राजनितिक जोड घटाउ गर्र्दैै आ आफ्नै दाउ हेरिरहेका बेला ज्योतिषिय दृष्टिकोणले कस्तो हुन्छ त अबको राजनितीक दृश्य , देशको राजनिती कसरी अघि बढ्ला ? प्रधानमन्त्री को बन्ला ? गठबन्धन कायम रहला की नरहला भन्ने बिषयमा चर्चित ज्योतिष दिगम्बर तिमिल्सिनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

सबैलाई ज्योतिषीय लेखाजोखामा विश्वास नलाग्न सक्छ तर देशका चर्चित मध्येका एक ज्योतिष दिगम्बर तिमिल्सिनाले नेपालको आगामी राजनितिक कोर्ष पनि त्यत्ति सरल र सहज रुपमा अघि नबढ्ने भविश्यवणी गरेका छन् । उनले अहिले भएको सत्ता गठबन्धन टुट्ने ठोकुवानै गरेका छन् ।

काग्रेस, माओवादी केन्द्र , नेकपा एस ,जनमोर्चा ,लोसपा लागायतका दलहरु मिलेर बनेको गठबन्धनको खराब दिन अब सुरु भएको र आपसी असमझदरी बढ्ने योग रहेको उनले भनेका छन् । अहिलेनै टुट्न सक्ने देखिए पनि केहि गरी जोगिएछ भने छिट्टैनै टुट्ने र सरकार फेरबदल हुने दाबी उनले गरेका छन् ।

अहिले गठबन्धन कायम रहेमा नेपाली काग्रेसबाट प्रधानमन्त्री बन्ने र गठबन्धन भित्रै विभाजन आएर फेरी पनि एमाले अध्यक्ष केपी ओलीकै हातमा देशको नेतृत्व आइपुग्ने ठोकुवा ज्योतिष तिमिल्सिनाले गरेका छन् । केपी ओलीको जन्म कुण्डली आफुले हेरेको भन्दै उनले फेरी एक पटक प्रधानमन्त्री हुने योग ओलीको रहेको उनले बताए ।

शेरबहादुर देउवा ७ चोटि प्रधानमन्त्री हुने भनेर कुनै ज्योतिषले भविश्यवाणी गरको कुरा झुटो र भ्रमपुर्ण रहेको पनि तिमिल्सिनाले बताए । ७ चोटि प्रधानमन्त्री हुने योग देउवाको नरहेको दाबी उनले गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको भने अब ओरालो यात्रा मात्रै हुने भविश्यवाणी उनले गरे ।

ज्योतिष तिमिल्सिनाले आगामी दिनमा बरु राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको दिन बलियो रहेको बताए । आफुले ३ बर्ष अघिनै रवि लामिछानेको जन्म कुण्डली हेरको भन्दै उनले त्यहि बेला एक दिन रवि यो देशको प्रधानमन्त्री हुन्छन् भनेर बोलेको दाबी गरे ।

रवि लामिछाने प्रधानमन्त्री हुन्छन् भनेर भविश्यवाणी गर्ने आफु पहिलो ज्योतिष भएको भन्दै उनले ३ बर्ष अघिनै दिपक बोहोरालाई साथमै राखेर आफुले रविलाई यो कुरा भनेको दाबी उनले गरे । रविले जे काम गर्यो जस पाइहाल्ने योग रहेको उनले बताए ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका उम्मेदवार प्रकाशमान सिंह राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै विजयी भए पछि राजनिति तरंगित भएको छ ।

कुनै पनि हालतमा प्रकाशमान सिंहलाई हराउनै पर्छ भनेर लागेकाहरुनै एक जुट हुन नसक्दा प्रकाशमानले सहज जित निकाल्न सफल भएका छन् । समग्रमा मत प्रकाशमानको विपक्षमा रहे पनि प्रथम हुने निर्वाचित प्रणालीमा प्रतिष्पर्धीको भन्दा धेरै मत ल्याएर सिंहले जित निकालेका छन् ।

काठमाडौँको क्षेत्र नम्बर १ उम्मेदवारी दर्ताका दिन देखिनै चर्चामा रहेको थियो । अघिल्लो पटकको निर्वाचनमा सिंहसँग थोरै मतले पराजित भएका मिश्र यस पटक बदला लिने दाउमा थिए तर सिंह विरोधी मतहरुनै एक ठाउँमा रहन नसक्दा प्रकाशमानकै भाग्य चम्किएको छ ।

निर्वाचनमा पराजित भए पछि आमा चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गरेका रमेश खरेलले भने आफ्नो हारको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने भएको प्रतिक्रिया दिएका छन् । लामिछानेलाई आरोप लगाउँदै खरेलले आफ्नो हारको दोष थोपरेका छन् ।

खरेलले यसमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दोष देखाए । आफूले ३ महिना अगाडि नै सो पार्टीसँग सहकार्यका लागि प्रयास र समझदारी गरेको उनको भनाइ छ खरेलले भने, ‘मैले तीन महिना अगाडि एकै ठाउँमा उभिने भनेर प्रयास गरेको हुँ । उहाँहरूसँगको जेन्टलमेन्ट एग्रिमेन्ट ब्रेक भएको छ ।

केयूका १७ सय विद्यार्थी दीक्षित

काभ्रे — काठमाडौं विश्वविद्यालयका १ हजार ६ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित विद्यार्थीलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार प्रमाणपत्र हस्तान्तरण गरे ।

विश्वविद्यालयको २८ औं दीक्षान्त समारोहमा मानविकी, शिक्षा, इन्जिनियरिङ, कानुन, व्यवस्थापन, चिकित्सा र विज्ञान संकायका ८ जना विद्यावारिधि, ८५ जना एमफिल तथा स्नातक र स्नातकोत्तर उत्तीर्ण १ हजार ६ सय ६ जना विद्यार्थी दीक्षित भए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार दीक्षित हुनेमध्ये पुरुष ६ सय ३४ जना र महिला ९ सय ६५ जना छन् ।

यसमध्ये १०.९५ प्रतिशत विदेशी हुन् । जसमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली माल्दिभ्स, पोर्चुगल, रुस, सिंगापुर, स्पेन, श्रीलंका, ताइवान र अमेरिका गरी १४ देशका १८६ जना छन् ।

२०५१ सालदेखि हालसम्म विश्वविद्यालयबाट व्यवस्थापनमा ७ हजार २८८, विज्ञानमा ३ हजार ६४८, इन्जिनियरिङमा ४ हजार ३३२, मानविकीमा ३ हजार २८०, शिक्षमा १ हजार ९२९, कानुनमा १५६ र चिकित्सका शिक्षामा १९ हजार ४०२ जना गरी कुल ४० हजार ३५ जना विद्यार्थी दीक्षित भइसकेका छन् ।


Last Updated on: December 16th, 2022 at 7:52 pm


३४५० पटक हेरिएको

तपाईको प्रतिक्रिया