
प्रचण्ड छोरी रेणुले गरिन चमत्कार, अरुले कल्पना नगरेको काम गरेपछी बधाईको ओइरो
प्रकाशित मिति । २९ मंसिर, २०७९ ।
काठमाडौ । ०७४ को स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाले निकै चर्चा पाएको थियो । त्यतिबेला चर्चा पाउनुपको पछाडी गणतन्त्रका नायक प्रचण्डकि छोरी मेयरमा उठ्नु नै थियो ।
प्रचण्ड छोरी रेणु दाहाल मेयरमा हराउनको लागि ठुलो शक्ति लागेपनी राम्रो भिजन भएकोले उनी उनीले चुनाव चितिन । चुनाव जितेपछि उनको चर्चा देश बिदेशमा हुन थाल्यो ।
एकदमै पिछदिएको भरतपुर महानगरको बिकास गर्नु चुनौती त थियो नै तर पनि दाहालको अथक प्रयासले देशभरका सबै स्थानीय तह मध्य हरेक काममा उत्कृष्ट भयो । स्वास्थ्य, शिक्षा, रोज्गार, गास, बास, कपास साथै हरेक ठाउको बिकास देखि भुमीहिनलाई निशुल्क लालपुर्जा वितरण, राहत प्याकेज आदिले गर्दा अहिले उनी चौतर्फी प्रशंसाको पात्र बनेकी छिन ।
उनको चमत्कारिक कामले चितवनमा माओवादीको बलियो केन्द्र बनेको छ । दैनिक हजारौँको संख्यामा अन्य पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरिरहेका छन ।
रेणु दाहालको कामले गर्दा राम्रो भिजन भएको मानिसले जितेपछी देश बिकास हुने रहेछ भनेर भरतपुरले मात्र होइन सिंगो देशले बुझ्ने अवसर प्रदान गरेको छ ।
फेरि अर्को चुनाव नजिकै आउँदै छ, चुनाव आउनुपुर्व नै फेरि रेणु दाहाल नै मेयर हुनुपर्छ भन्दै भरतपुर बासी सडकमा उत्रीएका छन । ०७४ देखि ०७८ सम्म आइपुग्दा करिब ९०% भरतपुरबासी रेणुको पक्षमा भएका छन ।
मुस्किलले चुनाव जितेकी रेणुको पछाडी जनलहर लाग्नु कुनै जादु नभै उनले गरेका चमत्कारिक कामहरु नै हुन । सबै जनताले महसुस गर्नेगरी काम गरेकोले प्रतिपक्ष वा अन्य दल र स्वतन्त्र मानिस पनि रेणुको पक्षमा उभिएका छन ।
मुख्य समाचार
आजपनी भरतपुर महानगरले सामुदायिक विद्यालयमा पढ्ने विपन्न समुदायका छात्राहरुलाई निशुल्का साइकल बितरण गरेको छ ।
सामुदायिक विद्यालयमा पढ्ने विपन्न छात्राहरुलाई निशुल्क साइकल वितरण गरेको कुरा सामाजिक संजालमार्फत मेयर दाहालले जानकारी गराएकी हुन । उनले यो अभियान पढाइ लेखाइ संग मात्र सम्बन्धित नभै छात्राहरुको आत्माविश्वास बढाउने पनि बताएकी छिन ।
भुमिहिनलाई फ्रीमा लालपुर्जा वितरण, किसानलाई निशुल्क कृषि औजार वितरण, सरकारी स्कुलको प्रोत्साहनको लागि अनेक लोकप्रिय कार्यक्रम लागू भएपछी भरतपुरमा मात्र नभै रेणुको चर्चा विश्वमै भैरहेको छ ।
मेयर त रेणु जस्तो हुनुपर्छ भनेर देश नै उनको पक्षमा उर्लिएको छ ।
उनले फेशबुकमा यस्तो लेखेकी छिन,
“आज सामुदायीक बिघालयमा अध्यनरत बिपन्न समुदायका छात्राहरूलाई साईकल प्रदान कार्यक्रम👏”
एयरहोस्टेसलाई जागिरमा राख्ने सहमतिपछि ‘क्याबिन क्रु’ को आन्दोलन स्थगित
२ दिनमा दर्जन उडान प्रभावित हुँदा कम्तीमा ५० लाख रुपैयाँ गुमाउँदै निगम
काठमाडौँ — करारबाट निकालिएकी एयरहोस्टेस स्मिता गुवाजु र आरती महर्जनलगायत सबै ‘क्याबिन क्रु’ को जागिरको सुरक्षा गर्न नेपाल वायुसेवा निगमको व्यवस्थापनले सम्झौता गरेपछि दुई दिनदेखि जारी क्याबिन क्रुको हड्ताल स्थगित भएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल क्याबिन क्रु संघसँग आगामी दिनमा सबैको करार मिति एकै दिन (पुस १ गते) बाट सुरु हुने र सबैको करार अवधिमा एकरुपता (तीन वर्ष) रहने सम्झौतापछि आन्दोलन स्थगन भएको संघका सचिव पदम कार्कीले कान्तिपुरलाई बताए ।
उनका अनुसार कार्यकारी अध्यक्ष अधिकारीले सबै क्याबिन क्रु को करार समयमा एकरुपता कायम गर्ने तथा क्याबिन क्रुको सम्बन्धित समस्याबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन अमृत थापाको नेतृत्वमा अध्ययन उपसमिति बनाइदिएसँगै हड्ताल फिर्ता भएको हो ।
‘कार्यकारी अध्यक्ष अधिकारीसहित ४ सदस्यीय टोली शुक्रबारदेखि मलेसियामा हुने एक व्यापारिक मेलमा सहभागी हुने भएकाले आजै हतार हतार (बिहीबारै) क्याबिन क्रुसँग सम्झौता गर्यौँ,’ मानव संशाधन विभागका एक अधिकारीले भने, ‘त्यसमाथी महिला कर्मचारीलाई हातपात नै भएपछि स्थिति थप भयाभह नहोस् भनेर आजै सबैलाई कार्यविधिविपरीत एकैसाथ एकै समयावधिका लागि करारमा राख्ने निर्णय गर्नुपर्यो ।’
ती अधिकारीका अनुसार निगमको सञ्चालक समितिले पारित गरेको परिचारक र परिचारिकाको कार्यसम्पादन मूल्यांकन तथा नवीकरणसम्बन्धी कार्यविधि-२०७७ अनुसार बिहीबार गरिएको सम्झौतामा कानुनी अड्चन छन् । तर, निगम व्यवस्थापनले सञ्चालक समितिको कार्यविधिलाई नजरअन्दाज गर्दै आन्दोलन रोक्न सम्झौता गरेको छ । उक्त कार्यविधिले एकपटकमा १० जनालाई करारमा लिनुपर्ने, करार सेवा न्यूनतम १ देखि ३ वर्षको हुने, मेडिकल प्रतिवेदन हुनुपर्नेलगायत मापदण्ड बनाएको छ ।
वार्ता चलिरहेका बेला निगममा एयर होस्टेसमाथि हातपात
निगमको अपरेसन विभागले मंसिर मसान्तमा करार सेवा सकिन लागेका १२ जनाको मंसिर २० गते सेवा नवीकरणका लागि निगमको मानव संशाधन विभागमा सिफारिश गरेको थियो । तर, उक्त विभागले कार्यविधिमा टेक्दै १० जनाको मात्रै करार नवीकरण गरेर आरती महर्जन र पूजा साहानीको करार नवीकरण नगरी मंगलबार निष्काशनको पत्र दिएको थियो । उनीहरूलाई निष्काशन गरेपछि क्याबिन क्रुले अत्यावश्यक सेवा सञ्चालन ऐनविपरीत हड्ताल गरेका थिए ।
हड्तालको दोस्रो दिन क्याबिन क्रुको आन्दोलन स्थगन भएलगत्तै निगमले बिहान ९ बजेका लागि राखेको साउदी अरबको रियाद तथा ११:४५ का लागि तोकेको दिल्ली उडान ८ घण्टापछि बिहीबार बेलुकाका लागि तय भएको छ । ती दुई उडानबाट जाने ३ सय ५५ यात्रुहरूले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा दिनभर नाराबाजी गरेका थिए ।
विमानस्थलमा तोडफोडलगायत घटना हुन नदिन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले डीएसपीको कमान्डमा प्रहरी सुरक्षा राखेका थिए । ‘निगम व्यवस्थापनको लाचारीपनका कारण दिनभर सयौं यात्रुले दुःख पाए । उनीहरूलाई खाना र खाजाको प्रबन्ध मिलाइदियौं । तोडफोड हुन नदिन प्रहरीको टोली पनि राखेका थियौं,’ विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने ।
निगमका जहाज मलेसिया र दुबईमा रोकिए, सयौं यात्रु अलपत्र
हड्ताल गर्न नपाइने कानुनविपरीत क्याबिन क्रुले आन्दोलन गर्दा निगमका दुइटा विमान मलेसिया र दुबईमै रोकिएका छन् । दुबईबाट काठमाडौं फर्किनुपर्ने १ सय ४० र मलेसियाबाट फर्किनुपर्ने १ सय ७५ यात्रुलाई समयमै ल्याउन नसक्दा निगमको खर्चमा त्यहाँका होटलमा राखिएको प्रवक्ता अर्चना खड्काले बताइन् ।
दुई दिनको हड्तालका कारण निगमका जहाज उतै राख्दा लाग्ने विमानको पार्किङ शुल्क, चालकदलका सदस्य र यात्रुको होटल खर्च, काठमाडौंमा अलपत्र परेका यात्रुको खर्चसम्मेत जोड्दा निगमले कम्तीमा ५० लाख रुपैयाँ अतिरिक्त खर्च बेहार्नुपर्ने भएको छ ।
यसैबीच साहानीमाथि हातपात गर्ने निगमका ट्रेड युनियनका कर्मचारी राजु श्रेष्ठले कार्यकारी अध्यक्ष अधिकारीको कार्यकक्षमा सहनीसँग माफी मागेका छन् ।