
यिनै हुन् रबि नेपाली नागरिक हैनन् संसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्ने ब्यक्ति हेर्नुहोस।
प्रकाशित मिति । २९ मंसिर, २०७९ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको रिटमा रवि लामिछानेको सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरिएको छ ।
रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको,
उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै रिटमा निर्बाचन आयोगले संबिधान र ऐनको गम्भीर उल्लङ्घन गरेको दावी गरिएको छ ।‘नेपाली नागरिक नभएको व्यक्तिले राजनैतिक दलको सदस्य र पदाधिकारी हुन, निर्बाचनमा उम्मेदवार हुन, प्रतिनिधि सभा सदस्य हुन नपाउने कानूनी व्यवस्था बिपरीत काम कार्यबाही गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर सार्बजनिक सरोकारको सवाल उपस्थित भएको हुँदा सो बिषयको व्याख्या र निरुपणका लागि यो रिट निवेदन लिएर सम्मानित अदालत समक्ष प्रवेश गरेको छु’ रिटमा भनिएको छ ।
रिटमा लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहरगरी सांसद पदबाट मुक्त गर्न निर्वाचन आयोगको नाममा परमादेशको आदेश माग गरिएको छ ।
यो पनि – निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई पुष ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले उक्त जानकारी दिएका हुन्।
‘पुष ३ गते आइतबार १ बजे मुख्य निर्वाचन अधिकृतको आयोजनामा समानुपातिक निर्वाचन प्रणालीको तर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रम आयोगको केन्द्रीय कार्यलयको प्रङ्गणमा गरिने छ,’ थपलियाले भने। प्रतिनिध सभामा समानुपातिक प्रणालीबाट ११० र ७ वटै प्रदेश सभामा समानुपातिक तर्फबाट २२० सांसद निर्वाचित भएका छन्।
नागढुंगा-मुग्लिङ सडकको तीन खण्डमै ठेक्का लाग्यो
सडक बन्द नगरी काम गरिने
काठमाडौँ — नागढुंगा–मुग्लिङ सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । मुलुककै ‘लाइफलाइन’ सडकका रूपमा रहेको यो खण्डमा पर्ने बजार क्षेत्रमा चार र अन्य खण्डमा दुई लेन सडक बनाइने छ । विभागका प्रवक्ता एवम् उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार ठेक्का सम्झौता गरेर दुई खण्डको काम भइरहेको छ ।
एउटा खण्ड मलेखु–मुग्लिङको भने साताअघि मात्रै ठेक्का सम्झौता भएकाले काम सुरु हुन केही दिन लाग्ने छ । विश्व बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको सडक विभागले जनाएको छ । पहिलो प्याकेजका रुपमा नागढुंगा–नौबिसे खण्ड रहेको छ । जसको दूरी १२.२६ किलोमिटर छ । यो खण्डको ठेक्का रकम १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ हो ।
यसको ठेक्का सम्झौता २०७८ चैत २९ भएपनि काम २०७९ जेठ २६ गतेबाट सुरु भएको हो । निर्माणको काम २०८१ जेठ २७ भित्र सकिसक्नु पर्ने छ । ठेक्का जाङ्सू–सगुन जेभीले लिएका हुन् । जाङ्सू चिनियाँ कम्पनी हो । ‘सवारी आवागमन प्रभावित नहुनेगरी काम थालिएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले पर्खाल लगाउने काम भइरहेको छ ।’
दोस्रो प्याकेज नौबिसे–मलेखु खण्ड हो । जसको दूरी ४८.५ किलोमिटर छ । यो खण्डमा सर्भेको काम सकेर निर्माणको काम सुरु गर्न लागिएको छ । जुन खण्डको ठेक्का रकम ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ छ । ठेक्का जेटआईसीजी–शर्मा–लामा जेभीले लिएका हुन् । जेटआईसीजी चिनियाँ कम्पनी हो । ठेक्का सम्झौता २०७९ वैशाख १४ मा भएको र कार्यादेश जेठ २६ गते दिइएको विभागले जनाएको छ । काम २०८२ जेठ २७ भित्र सकिसक्नु पर्ने छ ।
तेस्रो प्याकेज हो, मलेखुदेखि मुग्लिङसम्म । जुन खण्डको ठेक्का शर्मा–जेटआईसीजीले लिएको हो । यो खण्डमा भने काम सुरु भएको छैन । यसको ठेक्का रकम ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ हो । जसको दुरी ३४.१४ किलोमिटर छ । निर्माण अवधि तीन वर्षको रहेको छ । विभागका अनुसार दुई लेनको सडक ४८ किलोमिटर, क्लाइम्बिङ लेन ३७.५ किलोमिटर र चार लेन सडक ९.४ किलोमिटर सहित मुग्लिनसम्म ९४.९ किलोमिटर सडक स्तरोन्नति हुने छ ।
यो खण्डमा २१ वटा नयाँ पुल निर्माण गरिने छ । अहिले चालु रहेका पुराना पुल दुई लेनका छन् । तिनै पुलका छेउमा थप दुई लेनकै नयाँ पुल निर्माण गरिने प्रवक्ता अधिकारीले बताए । यो सडकको ठेक्का गर्न दुई वर्ष अघिबाट तयारी थालिएको थियो । ‘सुरुमा सडक बन्द गरेर काम गर्ने र सवारी साधनका लागि वैकल्पिक मार्ग बनाई त्यतै डाइभर्ट गर्ने योजना थियो,’ उनले भने, ‘तर यो सम्भव भएन, नारायणगढ–मुग्लिन सडक बन्द गरेर काम गर्दा यात्रुले खेप्नु परेको सास्ती थाहा पाएरै अहिलेसम्म यो सडक बन्द गरेर काम गर्ने भन्ने सोचमा छैनौं ।’
उनका अनुसार सबै सडक एकैपटक भत्काइने छैन । तीन खण्डमा सवारी साधन अबरुद्ध नहुनेगरी काम गरिने छ । मुग्लिनबाट काठमाडौंतर्फ आउने मालबाहक सवारीका लागि छुट्टै क्लाइम्बिङ लेन बनाइने छ । विभागका महानिर्देशक अर्जुनजंग थापा ३० वर्षपछि यो सडकको स्तरोन्नति गर्न लागिएको बताउँछन् । ‘सन् १९७४ मा चीनले नागढुंगादेखि पोखरासम्म १८५ किलोमिटर सडक बनायो, त्यही अन्तर्गत यो सडक पनि पर्यो, पछि १९९३ मा सडक सुधारको काम भयो,’ महानिर्देशक थापाले भने, ‘त्यसपछि अहिले आएर स्तरोन्नतिको काम सुरु गरिएको हो ।’
सडक स्तरोन्नतिको काम सकिएपछि ५ वर्षसम्म जसले ठेक्का लिएको हो, उसैले मर्मत सम्भार गर्नुपर्ने छ । पहिरो जाने खतरा भएको ठाउँमा सडक चौडा गरिने छैन । यो सडक भएर दैनिक १० हजार बढी ठूला साना सवारी ओहोरदोहोर गर्छन् ।