
क्रोएसियाले उपाधि जित्यो भने म नग्न हुनेछु- मिस क्रोएसिया
प्रकाशित मिति । २७ मंसिर, २०७९ ।
काठमाडौ । विश्वकप फुटबल अन्तिम चरणमा पुगेको छ । सेमिफाइनल खेलको टुङ्गो लागेको छ । क्वार्टरफाइनलमा पाँच पटकको च्याम्पियन ब्राजिललाई ४–२ ले पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा पुगेको छ ।
जसका कारण उनका फ्यानहरुको उत्साह सातौं आकाशमा छ । यसै सन्दर्भमा पूर्व मिस क्रोएसिया र मोडल इभाना नोल फेरि चर्चामा आएकी छिन् । उनले आफ्नो टोली च्याम्पियन बनेमा फ्यानका लागि नग्न हुने वाचा गरेकी छिन् ।
इभाना नोलको यो भनाइले कतारमा त्रास फैलाएको छ । वास्तवमा कतारमा आपत्तिजनक पोशाक लगाउन निषेध गरिएको छ । तर म नियम मान्न तयार छैन । उनी खेलपछि उत्तेजक कपडा लगाएर स्टेडियम पुगेकी थिइन् ।
यससँगै उनी कतारको बिचमा धेरै पटक यस्तै कपडा लगाएर देखिएकी छिन् । एक जर्मन पत्रकारले नोललाई उनको टोलीले विश्वकप जितेको खण्डमा कसरी उत्सव मनाउने भनेर सोधेका थिए ।
यो प्रश्नको जवाफमा उनले भनिन्, ‘यदि यस्तो भयो भने म आफ्ना फ्यानका लागि नग्न हुनेछु ।’ तर, कतारमा सबैले उनको पहिरनलाई खासै मन पराएका छैनन् ।
हामी तपाईलाई भनौं कि कतार सांस्कृतिक रूपमा पुरुष र महिलाहरूलाई आफ्नो शरीर ढाक्न प्रेरित गर्ने देश हो । ब्राजिल माथि क्रोएसियाको जितका क्रममा एक सुरक्षा गार्डले उनको पोशाकमा पनि प्रश्न गरेका थिए ।
इभाना आफ्नो देशको प्रतिष्ठित रातो र सेतो ढाँचाको पोशाक लगाएर हरेक खेलमा जान्छिन् । तर कतारको कानुन अनुसार यो पहिरन ठीक होइन । फिफा विश्वकपको समयमा खुला लुगा लगाएकोमा उनलाई जेल पनि हुन सक्छ । सामाजिक सञ्जालमा धेरैले उनको आलोचना पनि गरेका छन् ।
मोरक्कोको प्रगतिको राज
दोहा — मोरक्कोका गोलरक्षक यासिन बोनोउ कुर्सीमै ढले । अविश्वास गर्दै आफ्नै टाउको छामे । अनि सोधे, ‘मलाई चिमोट त, म सपना देखिरहेको छु ।’ हो, साँच्चै मोरक्को विश्वकप २०२२ को सेमिफाइनल पुगेको छ । कतार जानु अगाडि यस उत्तरी अफ्रिकी देशले विश्वकपका पछिल्ला १६ खेलमध्ये जम्माजम्मी दुईवटा मात्र जितेको थियो ।
प्रशिक्षक पनि चार महिना पुराना मात्र थिए । खेलाडीको प्रतिभामा कुनै शंका थिएन । ती सबैले कमै सफलता मात्र चुमेका थिए ठुल्ठूला प्रतियोगितामा । तर, यही मोरक्कोले दोस्रो वरीयताको बेल्जियम र सन् २०१८ को उपविजेता क्रोएसियासम्मिलित समूहको विजेता बन्यो त ? समूह त जित्यो जित्यो, स्पेन र पोर्चुगलजस्ता युरोपेली क्लब फुटबलका दुई महारथीलाई हराएर कसरी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश बन्यो ? अनि कसरी अरब विश्वकपका लागि गर्व र उपलब्धिको प्रतीक बन्यो ?
यसका लागि केही श्रेय मोरक्को फुटबल संघको एक त्यस्तो बहादुरीपूर्ण निर्णयलाई पनि दिनुपर्छ, जसले नयाँ प्रशिक्षक वालिड रेग्रागुईलाई मात्र विश्वास गरेन, उसको रणनीतिको सम्मान गर्यो । सँगै मोरक्को टिममा त्यस्ता खेलाडी छँदै थिए, जो न त स्वार्थी थिए । ती थिए त गजबले प्रतिभाशाली । अहिलेसम्म मोरक्कोले तेर्स्याएको बलियो सुरक्षाचक्रलाई कसैले तोड्न सकेको छैन, अब के फ्रान्सले सक्छ त ? मोरक्कोको तरक्कीको राज यी हुन् ।
प्रशिक्षकमा परिवर्तन
अगस्टमा मोरक्कोको फुटबलमा एउटा ठूलै उथलपुथल भयो, जतिबेला अनुभवी बोस्नियाली प्रशिक्षक वाहिद हालिहोड्जिकलाई बर्खास्त गर्ने निर्णय गरियो । भलै उनले मोरक्कोलाई विश्वकपको अन्तिम चरणमा छनोट गराएका थिए, तर उनले मोरक्को फुटबलका सबैभन्दा ठूला नाम हकिम जिएचलाई टिममा बोलाउन भने अस्वीकार गरेका थिए । त्यसैले उनलाई बखासर््त गरियो । उनको स्थानमा मोरक्कोका पुराना खेलाडी रेग्रागुईलाई ल्याइयो । उनैले अब मोरक्को फुटबलको सबैभन्दा ठूलो इतिहास रचेका छन् ।
परिपक्व टिम
मोरक्को टिम खासैमा बलियो छ । किनभने अधिकांश खेलाडी युरोपका ठूला लिगमा खेल्छन् । टिमका दुई फुलब्याक्स अचरफ हकिमी र नउसैर माज्राउई क्रमशः पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिकका लागि नियमित खेल्ने खेलाडी हुन् । यस्तै विंगर जिएच चेल्सीका लागि र गोलरक्षक बोनोउ र स्ट्राइकर युसेफ इन–नेसरी स्पेनको सेभियाबाट खेल्छन् । सोफयान अम्राबात इटालीको फिओरेन्टिनाका डिफेन्सिभ मिडफिल्डर हुन् ।
सेन्टर ब्याक नएफ अगुर्ड इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामका लागि खेल्छन् । कप्तान रोमेन साइस भने उल्भसबाट खेलिरहेका छन् । यस्तोमा प्रशिक्षक रेग्रागुईको एउटै मात्र काम थियो, यिनै खेलाडीलाई एकजुट गरेर टिम बनाउने अनि यही टिमबाट नतिजा ल्याउने । सायद उनले सेमिफाइनलसम्म पुग्ने सपना देखेका थिएनन् कि ? तर, यस्तो भने पक्कै भन्थे, ‘कोही पनि विश्वकपमा तीन खेल खेल्ने आउँदैनन् ।’
रणनीति
रेग्रागुईले टिमलाई ४–१–४–१ को शैलीमा खेल्न माहिर बनाए । यस शैलीमा रक्षात्मक खेलाडी पछाडि रहेर खेल्छन् । विश्वकपका ठूला टिमविरुद्ध मध्यपंक्तिका चार खेलाडी पनि पछाडि रहेर नै खेल्छन् । यसले गर्दा मोरक्कोको रक्षापंक्ति निकै बलियो भएको छ । त्यस स्थितिमा एन–नेसरी एकमात्र स्ट्राइकर हुने गर्छन् । जतिबेला प्रतिद्वन्द्वी टिमले बलमाथि नियन्त्रण गुमाउने गर्छ, त्यतिबेला टिमले प्रत्याक्रमण बुन्ने गर्छ । अनि टिममा एकाएक ६ खेलाडी आक्रामणमा हुने गर्छन् ।
यसका लागि निकै अनुशासित र उत्तिकै बलियो मानसिकता आवश्यक पर्छ खेलाडीमा । रेग्रागुई भन्छन्, ‘हाम्रो खेल योजना प्रस्ट छ, सबै खेलाडीले मिहिनेत गर्नुपर्छ । हामीले पूरा विश्वसामु प्रमाणित गरिसकेका छौं, कोही कसैमा प्रतिभा र पैसाको कमी छ भने पनि त्यो टिमले राम्रो गर्न सक्छ ।’
यसै रणनीतिमा रहेर मोरक्कोले एक गोलमात्र खाएको छ र असाधारण यात्रा तय गरेको छ । त्यो पनि आत्मघाती गोल । त्यसको अर्थ हो, क्रोएसिया, बेल्जियम, स्पेन र पोर्चुगल कसैले पनि मोरक्कोको रक्षापंक्तिमा भेद गर्न सकेनन् ।
चिकित्सा आयोगले फर्कायो १० कर्मचारी
काठमाडौँ — चिकित्सा शिक्षा आयोगले कामकाजमा असहयोग गरेको आरोप लगाउँदै ५ उपसचिवसहित १० कर्मचारीलाई मन्त्रालय फिर्ता पठाएको छ । शिक्षा मन्त्रालयले खटाएका ७ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३ कर्मचारीको काज आयोगले फिर्ता गरेको हो ।
गत भदौ २० मा शिक्षा मन्त्रालयले सदस्यसचिवको सरुवा गरेपछि आयोग र मन्त्रालयबीच द्वन्द्व सुरु भएको थियो । त्यही द्वन्द्व जारी रहँदा आयोगले १० जना कर्मचारी फिर्ता पठाएको हो । फिर्ता पठाएका कर्मचारी मन्त्रालयमा हाजिर हुन थालेको शिक्षा मन्त्रालयले जनाएको छ । कर्मचारीका कारण आयोगको कामकाज प्रभावित हुन थालेपछि फिर्ता पठाइएको उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए ।
गत भदौ २० मा आयोगका सदस्यसचिव भोजराज काफ्लेलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको थियो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रका तत्कालीन सहसचिव शिवकुमार सापकोटालाई काफ्लेको कामको जिम्मेवारी दिइएको थियो । आयोगले उक्त सरुवामा असन्तुष्टि जनाउँदै काफ्लेलाई सरुवाको पत्र दिन र सापकोटालाई हाजिर हुनसमेत रोक लगाएको थियो ।
शिक्षा मन्त्रालयको निर्देशनमा आयोगमा हाजिर हुन पुगेका सापकोटालाई सहयोग गरेको आरोपमा १० जना कर्मचारीको काज फिर्ता गरेको हो । सदस्यसचिव सरुवामा मन्त्रालय र आयोगबीचको द्वन्द्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेर समस्या साम्य पारेको थियो ।
शिक्षामन्त्री देवेन्द्र पौडेल र मुख्यसचिव शंकर दास बैरागीको निर्देशनमा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले चुनावअघि सदस्यसचिवको सरुवा रद्द गर्ने निर्णय गरेका थिए । पुस मसान्तसम्म काफ्लेलाई नै कामकाजमा लगाउने र सापकोटाका लागि अर्को व्यवस्था गर्न निर्देशन दिएको थियो । प्राध्यापक डा. गोविन्द केसीले आयोगमाथिको हस्तक्षेप रोक्न आग्रह गरेका थिए ।
आयोगका पदाधिकारीले सदस्यसचिवलगायत कर्मचारीको सरुवा समन्वय र परामर्शबिनै हुने गरेकामा असन्तुष्टि जनाएका थिए । प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थी म्याचिङ गर्ने बेला कर्मचारी सरुवा गर्दा आयोगको काम प्रभावित हुने पदाधिकारीहरूको भनाइ छ । आयोगमा कर्मचारी खटनपटन गर्दा आपसी समन्वयमा मात्र गर्न पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । ‘वर्ष दिन नपुग्दै सदस्यसचिव सरुवा हुने र माग गरेका कर्मचारीभन्दा पनि काम नहुने पदका कर्मचारी आयोगमा पठाउने गरेपछि असन्तुष्टि जनाएका हौं,’ गिरीले भने । कर्मचारी सरुवा गर्दा सामान्य सोधपुछसमेत नगरिएकोमा आयोगका पदाधिकारी रुष्ट छन् ।
मन्त्रालय र आयोगबीच सदस्यसचिवको सरुवाका विषयमा विवाद चलिरहँदा केही कर्मचारीले असहयोग गरेको पदाधिकारीहरूको भनाइ छ । उक्त आरोपमा उपसचिव सीताराम कोइराला, रेवतीप्रसाद पराजुली, सेमन्तराज कोइराला, दुर्गा कँडेल, जमुना चुदाली, अधिकृतहरू हरिकला आचार्य, गोपालनारायण श्रेष्ठ, जानुका गुरागाईं, नायब सुब्बा लिलमान भण्डारी, खरिदार कृष्ण पौडेललाई मन्त्रालय फिर्ता पठाइएको हो ।
आयोगको आफ्नै कर्मचारी नहुँदा शिक्षा, स्वास्थ्य, सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी खटनपटन हुँदै आएको छ । आयोगले आफ्नै कर्मचारी राख्न सक्ने ऐनमा व्यवस्था भए पनि दरबन्दी प्रक्षेपणको कामसमेत हुन सकेको छैन । दरबन्दी स्वीकृतसम्बन्धी फाइल अर्थ मन्त्रालयमा विचाराधीन रहेको सदस्यसचिव काफ्लेले बताए । उनको ९ महिनामा सदस्यसचिवबाट सरुवा भए पनि विवाद पछि रोकिएको हो । २०७५ फागुनमा आयोग स्थापना भएयता ५ जना सदस्यसचिव फेरिइसकेका छन् ।