
सुष्माले गरिन् शिलुलाई टिकटक लाईभमै अश्लिल गाली
प्रकाशित मिति । २७ मंसिर, २०७९ ।
काठमाडौ । हातमा फिल्म नभएपछि सुष्मा टिकटक लाइभमा बसेर राम्रै पैसा कमाइरहेकी छिन् । अझ, टिकटकमा गेम खेलेर पैसा कमाउन त नेपालका नाम चलेका सेलिब्रिटी पनि अगाडि छन् । नायिका सुष्मा कार्की र बिबाद पर्याबाची जस्तै हुन् ।
फिल्मी दुनियामा बिबादै विबादकाबिच सुष्मा अहिले हातमा काम विहिन बन्दा पनि विबादबाट टाढिन सकेकी छैनन् । टिकटकमा लाइभ नै आउँदा पनि उनले छाडा बोल्ने र अरुलाई गाली गर्ने बानी अझै छुटाउन सकेकी छैनन् । खासै काम नपाएपछि उनीहरु टिकटक लाइभमा बसेर राम्रै पैसा कमाइरहेका छन् ।
जसमध्येकी एक हुन् नायिका सुष्मा कार्की पनि । सुष्मा कार्की सामाजिक संजालमा लाइभ बसेर रमाइलो मात्र गर्दिनन्, मुखमा आएको अपशब्द पनि बोलिदिन्छिन् । उनी, हालै मात्र सिलु पोखरेलसँग टिकटक लाइभमा रहँदा गाली गरेर आलोचित बनेकी छिन् । खेल खेल्ने क्रममा सुष्माले हारिन् ।
सिलुले सुष्मालाई ३ लाख लिएर डान्स गर्ने तपाइको रेट अब त १ लाखमा झर्यो होला नी होइन भन्दै उक्साएकी छिन् । तर, यसो भन्दै गर्दा सुष्मा आक्रोशित बनिन् र व्यवसायिक कुरा नगर्न चेतावनी दिइन् । यसो भन्दै गर्दा सुष्माले सिलुमाथि अपशब्द प्रयोग गरिन् । जुन, हामी यहाँ उल्लेख गर्न असमर्थ छौं ।
तत्कालै प्रतिक्रिया दिँदै सुष्माले मुख छाडिहालिन् । सिसलले हेपेको भन्दै सुष्मा आक्रोशित बनिन् र व्यवसायिक कुरा नगर्न चेतावनी दिँदै सुष्माले सिलुमाथि अपशब्द प्रयोग गरिन् ।
जुन शब्दहरु यति तल्लो स्तरका थिएकी भन्नेलाई भन्दा सुन्नेलाई लाज भनेजस्तो भएन र सुष्मा जी ? नेपाली फिल्ममा क्रेक नभएर टिकटकमा अलीअली बाँकी रहेको बेला अझै पनि बौल्दा विचार पुर्याउने की ? सुष्माको क्रेज नेपाली फिल्ममा छैन ।
तर, उनलाई नेपाली दर्शकले भने राम्रैसँग चिन्छन् । तर, एउटा नाम चलेको कलाकारले सामाजिक संजालमा आएर मनलाग्दी शब्द बोल्नु शोभनीय कुरा होइन ।
बेहुलाले दाइजोमा मात्र १ रुपैयाँ मागे र बेहुलीलाई हेलिकप्टरमा उडाएर बि’दा भए
दिल्ली । हाम्रो समाज दाइजो प्रथाबाट पी’डित छ । दाइजोकै कारण हाम्री छोरीबहीनी हरुले प्रताडित हुनुपरेका घ,टना सुन्दा मन कुँडि’एर आउँछ ।
दाइजोकै कारण जि’उँदै जल्नुपरेका जस्ता नमिठा घ’टनाहरु समाजमा व्याप्त छन् । यसरी दाइजोको लागि ला’जमर्दो शर्त राख्नेहरुले यस खबरबाट केही सिकुन् ।
भारतको हरियाणा राज्यको सोनिपत जिल्लामा पर्ने हसनगढ गाउँमा केही पहिले रमाइलो वातावरणमा एक विवाह सम्पन्न भयो । बेहुलाले दाइजोको रुपमा कुनै कार अथवा पैसा मागेनन् मात्र एक रुपैयाँ मागे, त्यो पनि सगुनको रुपमा । त्यसपछि बेहुलीको बिदाइ डो’ली अथवा कारमा नभएर हेलिकप्टरमा भयो ।
बेहुलीको नाम सन्तोष हो र उनका बुवा सतबीर एक मजदुर हुन् । गएको फेब्रुअरी १० मा सन्तोषको बिहे हाँसीको रामपुर गाउँका सञ्जय
सँग भएको थियो । सञ्जयको परिवारले बिहेमा कुनै दाइजो नलिने भनेर पहिले नै शर्त राखेका थिए । विवाहपछि उनले आफ्नी दुलहीलाई हेलिकप्टरमा चढाएर बिदा भए ।
यस्तै अर्को विवा’ह पनि यसैगरी सम्प’न्न भयो, हरियाणको आहुलाना गाउँमा । यहाँ एउटै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करले बता’ए अनुसार पेसाले सुरक्षा गार्ड रहेका आहुलानाका पवन शर्माले आफ्नी दुई छोरी निशा र काजल’को बिहे गरिदिए ।
गएको २६ जनवरीमा केहरपुरा गाउँका दुई दाजुभाइ प्रवीण र राजकुमारसँग निशा र काजलको विवाह सम्पन्न भयो ।
उनीहरुले पनि सञ्जयले जस्तै दाइजोमा सगुनको रुपमा एक रुपैयाँ लगे र आ आफ्नी दुलही’लाई हेलि’कप्टरमा राखेर बि’दा भए । साभार– eapnepal
प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जिप दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ — प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२—००१च०४२९ नम्बरको बलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।
सभापति देउवाले मंगलबार शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
आयोगले निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गर्ने
काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को बुधबार अन्तिम नतिजा घोषणा गर्ने भएको छ । मंसिर ४ गते एकै चरणमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न भोलि मंसिर २८ गते बुधबार मध्याह्न १:३० बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगको प्रेस अफिसले जनाएको छ ।
मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रमा निर्वाचन भएको थियो ।
यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ ८४ र समानुपातिक तर्फमा ४९ दलले भाग लिएका थिए । प्रतिनिधिसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपालगायत १२ दलले प्रतिनिधित्व गर्न पाउनेछन् ।
आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपतिलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन् ।