मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


आफुमाथि ढुगां प्रहार भएपछि यस्तो भनिन् समिक्षा अधिकारीले

प्रकाशित मिति । २० कार्तिक, २०७९ ।

काठमाडौं : चर्चित गायिका समीक्षा अधिकारीमाथि ढुङ्गा प्र’हार भएको हल्ला चलेको छ। समिक्षा एक साङ्गीतिक कार्यक्रममा गएको मौका छोपेर उनी माथि ढुङ्गा प्र,हार भएको खबर यतिबेला भाइरल भएको हो। समिक्षालाई संखुवासभा खाँदबारी पाङ्ठामा आयोजित साङ्गीतिक कार्यक्रममा ढुङ्गा प्रहार भएको भन्ने खबर छ ।

समिक्षाले गाइरहँदाँ उनीमाथि ढुङ्गा प्र’हार भए लगत्तै कार्यक्रमस्थलमा भागदौड मच्चिएको थियो । आँफुमाथि ढुंगा हानिएसँगै समिक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्रो, नराम्रो भन्ने त जसको पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी थिइन।

१४ वर्षको उमेरमा चलचित्र ‘नाई नभन्नू ल ५’मा समावेश ‘बालापनको उमेर’ बोलको गीतमा स्वर दिएर गायनमा पाइला राखेकी समीक्षा गतवर्षबाट एक नायकसँगको प्रकरणमा जोडिएसँगै उनी विबादमा तानिनुको साथै पीडित भएकी हुन् ।

समिक्षासँगको प्रकरणमा जोडिएका अभिनेतालाई जिल्ला अदालत नवलपुरले साडे २ वर्ष जेल र १० लाख जरिवाना तोकेको भएता पनि समिक्षाले अदालतले दिलाइदिने भनेको उक्त रकम अस्विकार गरेकी थिइन् । समीक्षाले सामाजिक संजालका मार्फत आँफुले उक्त रकम नलिने बतएकी थिइन् ।

पल निर्दोष भनेर पल समर्थकले नाराबाजी गरेपनी अन्ततः उनी दोषी ठहर भैइ जेल चलान भएका हुन । कानुनले समिक्षालाई निर्दोष र शाहलाइ दोषी घोषणा गरि सजाय दिएपनी अधिकारी माथी ढुङ्गा प्रहार गर्नु कानुनी तथा सामाजिक रुपमा गलत हो ।

एक पीडितले न्याय पाएकोमा खुसी हुनुपर्ने तर उल्टै उनीमाथि जाइलाग्नुल्व नेपालीको हैसियत कस्तो भनेर छर्लङ्ग पार्दछ । अलिकति नाम चल्यो र मीठो बोल्न सक्यो भन्दैमा त्यो मान्छेले गल्ती नै गर्दैन भन्ने जुन गलत सोच नेपाली समाजमा हावी भएको छ त्यसले एकदिन ठूलो रुप लिनेछ ।

पल शाह जस्तै अहिले सन्दीपको बचाउमा जोजो लागेका छन उनीहरु कानुन नबुझ्ने, ठुलाबडाले जे गर्दा नि कानुन लाग्नु हुँदैन भन्ने गलत सोचाइका मानिस हुन । जबसम्म जोसुकै भएपनी गल्ती भयो भने कार्वाही भोग्नुपर्छ भन्ने छाप बस्दैन तबसम्म समिक्षा जस्ता लाखौंले न्याय पाउने छैनन । न्याय पाएपनी समाजमा शान्त संग बस्न दिने छैनन् ।

कानुनी राज्यमा बसेर जानी नजानी जसले कानुन उल्लंघन गर्छ उसले सजाय पाउनु पर्छ । यी सामान्य कुराको चेतना समेत नेपाली जनतामा छैन भने थप ठुलो आसा गर्नु नै बेकार छ । जबसम्म आफ्नै घरका सदस्यलाई यस्त समस्या पर्दैनन् तबसम्म समाजको चेत खुलेको देखिएन ।

ब्याजदर वृद्धिविरुद्ध अर्थमन्त्रीलाई पाल्पा उद्योग वाणिज्य संघको ज्ञापन

पाल्पा — बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर वृद्धिप्रति आपत्ति जनाउँदै पाल्पा उद्योग वाणिज्य संघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

बैंक ब्याजदरविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत संघले अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाएको हो । कोभिड महामारीको कारणले व्यवसायमा देखिएको मन्दीले आर्थिक तरलताको समस्या झेलिरहेका उद्योगी तथा व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाले अधिक वृद्धि गरेको ब्याजदरले झनै आघात पुगेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष शैलेन्द्र भट्टराईले बैंक तथा वित्तीय संस्थाहरुबाट एकपक्षीय रुपमा गरिएको ब्याजदर वृद्धि तथा संशोधित कर्जा नीतिका कारण साना, मझौला तथा लघु उद्यम गर्ने उद्यमी व्यवसायी पीडित भएको बताए । व्यवसाय नै बन्द गरी पलायन हुनुपर्ने अवस्था आएको उनले बताए ।

अर्थमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा बैंकले लगानी तथा ब्याज उठाउन दिएका कारण कतिपय व्यवसायीहरुले आत्महत्यासम्म गर्ने अवस्था आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । उत्पादित सामग्रीको मूल्य अकासिएर उपभोक्ताहरुको जीविका कष्टकर बन्दै गएको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

मकवानपुरमा महिला हत्या आरोपी पक्राउ

मकवानपुर — मकवानपुर प्रहरीले महिला हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित ज्यामिरेमा महिलाको शव बरामद भएको घटनामा संलग्नलाई स्थानीय ३३ वर्षीय रोज वाइबालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

मंसिर १३ गतेदेखि बेपत्ता भएकी सोही स्थानकी ३५ वर्षीया सरस्वती वाइबाको शव शनिबार साँझ आधा शरीर गाडिएको अवस्थामा भेटिएको थियो ।

पत्नी बेपत्ता भएपछि पति वीरबहादुर वाइबाले मंसिर १७ गते खोजतलास गर्न प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए । २४ गते मृतकका पति र प्रहरी टोली समेतले खोजतलास गर्ने जाने क्रममा बेलुका ७:३० तिर सिस्नेरी ज्यामिरेस्थित रोज वाइबाको बारीमा खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको थियो । तत्काल इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।

आइतबार जिल्ला प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिएको थियो । रोजलाई शंका लागि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा आफैंले मारेर बारीमा खाल्डो खनी पुरेको उनी बयान दिएको प्रहरीले जनाएको छ ।’

सामान्य भनाभन हुँदा हत्यासम्म भएको देखिन्छ । बाटोमा दुवै जनाको अचानक भेट हुँदा हत्यामा संलग्न रोजले महिलालाई प्रश्न गरेको र सोझो उत्तर नआएपछि कुटपिट गरेको अनुसन्धानमा देखिन्छ । कुटपिटको क्रममा महिला ढुंगामा ठोक्किन पुगेको उनले बयान दिएका छन् ।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले भने, ‘हत्यामा संलग्न र मृतक महिला छिमेकी हुन् ।’ अभियोग लागेका वाइबालाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । घटनामा कानुनी प्रावधान मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यानसम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैदसम्मको सजाय हुने व्यवस्था रहेको कार्कीले बताए ।


Last Updated on: December 13th, 2022 at 6:05 pm


२७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया