बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


मध्यरातमा गायिका समिक्षा अधिकारी भन्छिन् “मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन”

प्रकाशित मिति । २७ मंसिर, २०७९ ।

काठमाडौ । सोमबार मध्यरातमा गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्टयाट्स लेखिन । रोमन अंग्रेजी भाषामा मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन भन्दै तीनवटा रोएको इमोजीसहितको स्टायाट्स समिक्षाकले लेखेकी थिइन् ।

मध्यरातमा उनले लेखेको उक्त स्टयाट्स भने धेरै फ्यानहरूले हेर्नै पाएनन् । राखेको केही समयमा नै उनले उक्त स्टयाट्स हटाइसकेकी थिइन् । केटिएम दैनिकले सो स्टयाट्सको स्किसट क्यापचर गर्दा उनलका एक लाख ११ हजार फ्लोअर्स मध्येमा १५ जनाले लाईक र एकजनाले कमेन्ट गर्न पाएका थिए ।

अब म बाँच्न सक्दिन भनेर स्टायाट्स लेखेर हटाएको केहीबेरमा उनले आफ्नो सेल्फि फोटोसहित नयाँ स्टयाट्स राखिन् । त्यसमा भने उनले “साइलेन्स र स्माइल निकै पावरफुल टुल” भन्दै क्याप्सन समेत लेख्न भ्याएकी छिन् ।

यसअगाडि पनि अदालतले दिने भने १० लाख रुपैयाँ लिने आफ्नो मनसाय नभएको स्टयाटस हटाएको गायिका अधिकारीले अहिले पनि सोही कुरा दोहोर्‍याएकी हुन् । सामान्यतया सामाजिक धेरै फ्यान फ्लोअर्स भएका सेलिब्रेटी मात्रै हैन आम मानिसहरूले स्टयाट्स लेख्दै मेट्नुलाई भने राम्रो मानिदैन । त्यसैले समिक्षा लगायतलाई हाम्रो सुझाव केही कुरा लेखेर केहीबेरमा हटाउनु र तनाव लिनुभनुदा नखेल्नु नै बेस होला ।”

नोट: यो समाचार आजको (केटिएम दैनिकबाट) साभार गरिएको हो!

उनले केहि समय पहिले पनि एक स्टायाट्स लेख्दै भनेकी थिईन- आफू मान्छे भएकाले आफ्नो सहन सक्ने क्षमताको सीमा हुने बताईन । फेसबुकको आफ्नो भेरिफाइड एकाउन्टमा आफ्नी साथीसंगको तस्बिरमा आएका आरोपहरुको खण्डन गर्दै गायिका अधिकारीले आफूले कसैको पनि पैसा नलिएको स्पष्ट पारेकी थिईन ।

यो भनाइमार्फत उनले आफूलाई १० लाख रुपैयाँ लिएको आरोपको खण्डन गरेकी हुन् । ‘मलाई १० लाख १० लाख भनेर कमेन्ट गर्नेहरुलाई म के भन्न चाहन्छु भने, गायिका अधिकारीले भनेकी छिन्– ‘अरुलाई भन्न सजिलो छ । तर तपाईँहरुको घरमा पनि दिदी, बहिनीहरु हुनुहुन्छ होला ।

पछि आफ्नो दिदी बहिनीलाई पर्दा थाहा हुन्छ, हजुरहरुलाई पनि कसैले नराम्रो भन्दा कति पीडा हुन्छ भन्ने कुरा ।’ ‘मैले कसैको १० लाख लिएको पनि छैन । अहिले मलाई जुन आरोप लगाएको हुनुहुन्छ १० लाख लियो भनेर, त्यो झूट हो, गायिका अधिकारीको भनाइ छ – ‘म पनि मान्छे हुँ, कति कुरा त सहन सकुँला, तर सधैँ सहन सक्छु भन्ने छैन नि ।’

बिहे भोजले बिरामी भएका माथि स्वास्थ्य संगठन र इपिडेमियोलोजीले थाल्यो अनुसन्धान

पाल्पा — बिहे भोज खाएपछि दुई सय बढी बिरामी परेको पाल्पाको चिर्तुङधारा घोरबन्दामा विश्व स्वास्थ्य संगठन र इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट अनुसन्धान सुरु गरेको छ ।

विश्व स्वास्थ्य संगठनबाट डा. मोना प्रधान, डा. प्रनित शर्मा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. शैलेश पन्थी, डा. रविन गौतम लगायतको टोलीले बिहे भोज खाएको घरको पानी, खाद्यान्न लगायत गाउँका बिरामीसFग सोधपुछ तथा अनुसन्धान गरिहेको हो । तीन दिनदेखि टोलीले गाउँका बिरामीसँग सोधपुछ गर्ने, ल्याब रिपोर्ट अध्ययन गर्ने, नमुना संकलन गर्ने कार्य गरेको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए ।

स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेय लगायतको टोलीसमेत झाडापखाला फैलिएको गाउँमा अध्ययनका लागि आएर फर्किएको छ । विश्व स्वास्थ्य संगठन र रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गाउँपालिकाका स्वास्थ्यकर्मीका साथै कर्मचारी, मिसन अस्पताल, स्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी लगायतसँग बिरामी हुनुको कारण खोजी गर्दै अन्तरक्रिया गरेको उनले बताए ।

मंसिर १७ गते बिहेभोज खाएपछि बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय बढी घरपरिवारका १ सय ५० बढी बिरामी परेका थिए । एक जनाको अझै पनि तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । अन्य केही बिरामी अझै पनि प्रभावित छन् । अधिकांश बिरामी सामान्य अवस्थामा फर्किएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए ।

बिहेमा भोज खाएपछि बिरामी परेकाहरुमा पखाला नरोकिने, सुख्खापन आउने, ज्वरो आउने समस्या देखिएको थियो । गाउँकै दानबहादुर गाहाको छोरीको बिहेभोज खाएकाहरु प्रायः सबैलाई समस्या देखिएको हो । निम्तो मान्न आएका छिमेकी गाउँ र प्यूठानबाट आएका ४५ जना जन्ती पनि बिरामी परेका थिए ।

चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल लगायत घोरबन्दा गाउँमा बढी समस्या देखिएको थियो । स्वास्थ्य कार्यालयले बिहे भोजमा प्रयोग भएका दुई वटा ड्रमको पानी जााच गर्दा कोलिफर्मका किटाणु भेटिएको थियो भने मिसन अस्पतालमा बिरामीको दिसा जाँच गर्दा आउँका किटाणु भेटिएको थियो ।

ठमेलमा चिनियाँ

काठमाडौँ — अढाई दशकअघि भारतीय कश्मीरीहरूले ओगटेको ठमेल बजारमा अहिले चिनियाँ देखिन्छन् । ठमेलका पुराना व्यापारीहरूका अनुसार २०/२२ वर्षअघि एकाध चिनियाँ लगानीकर्ता ठमेल छिरेका थिए । ती अहिले दर्जनौंको संख्यामा पुिगसके ।

दशकअघिसम्म ठमेलका होर्डिङ बोर्डमा नेपाली र अंग्रेजी अक्षर मात्रै देखिन्थे । एकाध चिनियाँ बोर्ड भए पनि भीडमा ती कतै हराएजस्तो लाग्थ्यो । तर अहिले दृश्य फेरिएको छ । केही वर्षअघिसम्म ज्याठा क्षेत्रमा केन्द्रित चिनियाँ लगानी अहिले सातघुम्ती र क्षेत्रपाटी, जेपी मार्ग, नरसिंह चोकसम्मै फैलिसकेको छ । जहाँ–जहाँ चिनियाँहरूको उपस्थिति छ, त्यहाँ त्यहाँका होर्डिङबोर्डमा चिनियाँ अक्षर थपिँदै गएको छ ।

साजसज्जामा चिनियाँहरूले अधिक प्रयोग गर्ने रातो रंगको मात्रा बढ्दै गएको छ । कतिसम्म भने चिनियाँहरूले ज्याठा क्षेत्रको प्रवेशद्वारमा गेट नै बनाई ‘चाइना टाउन’ नाम राख्ने प्रयाससमेत गरेका थिए । व्यवसायी सुदीप प्रधानले स्थानीयले विरोध गरेपछि उनीहरू पछि हटेको बताए ।

ठमेलका पुराना व्यवसायी राजुमान डंगोल पछिल्ला ६/७ वर्षयता चिनियाँहरू व्यापारीहरूले व्यवसाय बढाउँदै लगिरहेको अनुभव सुनाए । उनले चिनियाँहरूको लगानी मुख्य गरी होटल तथा रेस्टुरेन्टमै धेरै रहे पनि पछिल्ला वर्षहरूमा स–साना पसल, रेडिमेड गार्मेन्ट पसल, गरगहना, ग्रोसरी शप, मनी चेन्जरदेखि अक्युपन्चर पद्धतिबाट उपचार गरिने हेल्थ सेन्टरमा पनि देखिन्छन् ।

चिनियाँहरूले उद्योग विभागबाट होटल तथा रेस्टुरेन्टका लागि विदेशी लगानी स्वीकृति लिने गरे पनि ठमेल क्षेत्रमा कार्गोलगायत व्यवसाय सञ्चालन गरिरहेका छन् । ठमेलस्थित ज्याठा क्षेत्रमा चिनियाँ लगानीकर्ताहरू संगठित रूपमै अगाडि बढेको कार्गो व्यवसायी अर्जुन पाण्डे सुनाउँछन् । ‘ठमेलमा चिनियाँ व्यवसायीले गर्न बाँकी कुनै व्यवसाय छैन,’ उनले भने, ‘लोकल रक्सी उत्पादनदेखि अवैध कारोबारसम्म गर्छन् ।’

चिनियाँहरू अन्यको तुलनामा बढी भाडा तिर्ने भएपछि बिस्तारै स्वदेशी व्यवसायीसमेत विस्थापित हुनुपर्ने अवस्था सिर्जना हुन थालेको उनले सुनाए । ‘स्वदेशीले ५० हजार भाडा तिर्छन् भने उनीहरू डेढ लाखदेखि २ लाखसम्म भाडा तिरेर कब्जा गर्छन्,’ उनले भने, ‘बढी भाडा पाएपछि घरधनीहरू हामीलाई लक्षित गर्दै भाडा बढाउन थाल्छन् ।’

चिनियाँहरूको बढ्दो लगानीप्रति ठमेलका पुराना व्यवसायीहरू भने सन्तुष्ट छैनन् । ‘चिनियाँहरू नेपाल भित्रिँदा अध्यागमनमा पर्यटकको संख्या मात्रै थपिन्छ, उनीहरू आउँछन्, चिनियाँकै होटलमा बस्छन्, त्यहीं खान्छन्, उनीहरूलाई आवश्यक सबै त्यहींबाट हुन्छ,’ उनले भने, ‘केही नेपालीले रोजगारी पाएका छन्, घरधनीले भाडा पाएका छन्, अलिअलि कर तिरेका होलान् ।’

चिनियाँ लगानी भित्रिरहँदा नेपालीहरूसमेत त्यसमा फस्न थालेको उनले सुनाए । ‘केही नेपाली यस्ता छन् कि बसीबसी खान पाए नामसमेत बेच्छन्,’ उनले भने, ‘चिनियाँहरूलाई कानुनी काम गर्न गाह्रो भएपछि नेपाली खोज्छन्, उनीहरूको नाममा दर्ता गर्छन् । नेपालीलाई वार्षिक वा मासिक पैसा दिन्छन् । कर नतिरेको, यताउता भएपछि चिनियाँ फरार हुन्छन्, नेपाली जेल पुग्छन् ।’

सरकारी नीति खुकुलो हुँदा चिनियाँ व्यवसायहरू बढ्न थालेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए । ‘केही वर्षदेखि चिनियाँहरूको गतिविधि अस्वाभाविक रूपमा बढ्न थालेको छ,’ उनले भने, ‘सरकारले यसलाई नियन्त्रण गर्न ध्यान दिन जरुरी छ ।’ स्वदेशी व्यवसायीलाई कर तिर्न ताकेता गर्ने, व्यावसायिक कर लिने, घरबहाल कर उठाउने भए पनि अन्य मुलुकका व्यवसायीलाई भने छुट दिएको उनको भनाइ छ ।

चिनियाँले गर्ने कारोबार सबै ‘वी च्याट’ मोबाइल एप्समार्फत मात्रै गर्ने भएकाले त्यस्ता कारोबार कानुनी दायरामा समेत नआएको स्थानीय व्यापारीहरूको गुनासो छ ।

‘राज्यले त्यसतर्फ पनि ध्यान दिन जरुरी छ, वी च्याट एप्सलाई कानुनी दायरामा ल्याउनुपर्छ वा नेपालमा निषेध नै गर्नुपर्छ,’ शर्माले भने, ‘वी च्याट मोबाइल एप्समार्फत कारोबार गर्दा उनीहरूले न कर तिर्छ न भ्याट बिल काट्छ ।’

उद्योग विभागको तथ्यांकले आर्थिक वर्ष ०५२/५३ देखि मात्रै चिनियाँ लगानी भित्र्याएको देखिन्छ । त्यसपछि ०५८/५९ देखि क्रमशः बढ्दै गएको छ । हालसम्म सबैभन्दा बढी अघिल्लो वर्ष ७९ वटा परियोजनामा काठमाडौं जिल्लामा लगानी भित्र्याएका छन् । आर्थिक वर्ष ०५२/५३ देखि

०५८/५९ सम्म बर्सेनि एउटा मात्र परियोजनामा लगानी प्रतिबद्धता गरेको विभागको तथ्यांक छ । त्यसपछि लगानी स्वीकृति लिनेको संख्या बढ्दै आर्थिक वर्ष ०७७/७८ मा ७९ वटा परियोजनामा प्रतिबद्धता छ । गत आर्थिक वर्ष ७८ वटा परियोजनामा १३ अर्ब ८९ लाख रुपैयाँ प्रतिबद्धता गरेको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँको लगानी प्रतिबद्धता गरेको छ ।


Last Updated on: December 13th, 2022 at 12:16 pm


६३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया