शनिबार ११ चैत्र २०७९


अस्ट्रेलियामा यी साहसी नेपाली चेलीले चोरलाई च’क्कु लिएर यसरी लखेटिन् लुटिनबाट जोगाइन (भिडियो सहित)

प्रकाशित मिति । २७ मंसिर, २०७९ ।

काठमाडौ । नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र सिड्नी’काे अर्वनमा सोमबार साँझ एक नेपाली युवतीले पसल लुट्न आएको लुटे’रालाई लखेटेको समा`चारले यतिखेर सिड्नीभर चर्चा पाएको छ।

रौटहट चन्द्रनिगा’हपुरकी स्थायी वासिन्दा पवित्रा का’र्की साँझ सात बजेतिर पसलमा बसि`रहँदा एक्कासी मुख छोपेर आएका एक लु`टेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्यो। एक’छिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लु`टेराले सिधै पवि’त्रा बसेको स्थानमा आएर पैसाको काउन्टर’मा हात हाल्न लाग्यो।

उनले लुटे`राको हात समातिन्, त्यत्तिकैमा हात हाला`हाल हुँदा पवित्राले आफू छेउमा रहेको सानो तरकारी का`ट्ने च क्कु देखिन्। सोही च क्कु समातेपछि लु’टेरा हच्कियो। उनले च क्कु लिएर लखे’ट्न थालिन्।

लु`टेरा कहाँ गयो, उनलाई पत्तो भएन। ‘अहिले सम्झँदा ड`र लागिरहेको छ, कसरी आँट आयो थाहै भएन,’ पवित्रा’ले भनिन्। पसल बन्द गर्ने बेलामा आ’फूले दिदीलाई कुरेर बसेका बेला घ’टना घ’टेको उनले बताइन्।

‘पसलमा तरकारीको ब’क्स का’ट्न प्रयोग हुने च’क्कु का’उन्टर छे’उमै रैछ,लुटे’राले पैसामा हात हाल्न लागेपछि मलाई कसरी आँ’ट आयो खोइ, च’क्कु लिएर जा’इलागेँ’ उनले भनिन्। सोमबारको यो घटनापछि स्थानीय प्रहरी आएर उनको व्यक्ति’गत रिपोर्ट तथा सिसि’टिभी फुटेज लगिसकेको छ।

स्थानीय अष्ट्रेलियन टिभी च्या’नलले समेत पवित्राको बहादुरीको गाथा प्रशारण गरिसकेका छन्। चाइल्ड केयर अध्ययन गरिरहेकी पवित्राको यो बहादुरी साँच्चिकै उदाहरणीय रहेको अर्वन नेपाली समा’जका राजु गिरीले बताए।‘एउटी केटी’ले लुटेरा’लाई सानो हति’यार देखाएर भगाउनु आफैमा हिम्मत र बहादुरी`पुर्ण कार्य हो’, गिरीले भने।

तीन वर्षअघि अष्ट्रेलि’यामा आइपुगेकी पवित्रा दिदीसँग अर्वनमा बसोबास गर्दै आएकी छिन्। अर्वनमा रहेको क्या’टमान्डु मिक्स बिजनेस नामक सो स्टोरमा सोमबार घट’ना घटेपछि पबित्रालाई अहिले सुरक्षा’को चिन्ता’ले भने सताएको छ।

‘अलि अलि ड`र भने लागिरहेछ, फेरि आउने हो कि भन्ने लाग्छ,’ पवि’त्राले भनिन्। प्रहरीले पनि केही दिन पसलमा एक्लै’ नबस्न सुझाब दिएको उनले बताइन्।

हेर्नुहोस उक्त भिडि’यो अन्तर्राष्ट्रिय मिडिया’मा भाइरल छ।

सुटुक्क फर्किए प्रशिक्षक प्रभाकर

केही प्रमुख खेलाडीसँगको वादविवाद र नामिबिया भ्रमणमा निराशाजनक प्रदर्शनपछि क्रिकेट प्रशिक्षक मनोज प्रभाकर राजीनामा गर्न बाध्य

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट भारतीय प्रशिक्षक मनोज प्रभाकर अलग भएका छन् । नेपाली क्रिकेटको निकै व्यस्त र चुनौतीपूर्ण समयको अवस्थामा प्रभाकर सोमबार बिहान दिल्ली फर्किएका हुन् । नेपालको प्रमुख प्रशिक्षकका रूपमा उनको कार्यकाल केवल चार महिनामात्र रह्यो ।

एकवर्षे सम्झौतासहित क्यानडाका पुबुदु दासानायकेको स्थान लिन उनी अगस्ट दोस्रो साता नेपाल आएका थिए । तर केही प्रमुख खेलाडीसँगको वादविवाद तथा अघिल्लो साता नामिबिया भ्रमणमा निराशाजनक प्रदर्शनपछि क्यानले राजीनामा गर्न बाध्य पारेपछि प्रभाकर नेपाल छाड्न राजी भएको स्रोतको दाबी छ । क्यानले प्रभाकरको बिदाइबारे केही आधिकारिक जानकारी दिएको छैन ।

नामिबिया भ्रमणमा नेपालको विश्वकप लिग २ का ४ खेलमा नेपालले एउटै खेल जित्न सकेन । नामिबिया भ्रमण नेपालको लिग २ को छैटौं शृंखला थियो । नेपालले लिग २ मा एउटै खेल जित्न नसकेको नामिबिया भ्रमण पहिलो शृंखला बन्यो । स्कटल्यान्डसँगको दुई हारमा नेपालले निकै फितलो प्रदर्शन गरेको हो ।

पहिलो खेलमा नेपालले १ सय ९७ रन बनाएपछि जवाफमा नामिबियाले पहिलो ओभरमा ४ रन बनाएको अवस्थामा खेल रद्द हुन पुगेको थियो । स्कटल्यान्डसँगको अर्को खेलमा १ सय ३७ रनमात्र बनाउन सकेको नेपालले ३ विकेटको हार बेहोर्‍यो । त्यसपछिका खेलमा नामिबियाले २ सय ७५ रन बनाउँदै नेपालसँग खेल ८६ रनले जितेको थियो । अन्तिम खेलमा स्कटल्यान्डसँग १ सय १९ रनमा अलआउट भई नेपालले ८ विकेटको हार भोगेको थियो ।

क्यानले आइतबार राति उनको बिदाइमा एउटा ‘प्राइभेट’ कार्यक्रम गरेको थियो । ‘यी खेलाडी भएसम्म जो प्रशिक्षक ल्याए पनि केही फरक पर्दैन, धेरै खेलाडी अनुशासन बाहिर छन्, मैले केहीलाई अनुशासनको दायराभित्र ल्याउन सकें, केहीलाई सकिनँ । प्रशिक्षकभन्दा पनि खेलाडी परिवर्तन हुन जरुरी छ,’ प्रभाकरले उक्त कार्यक्रममा क्यान पदाधिकारीसामु राखेको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

उनी आएको एक सातापछि नै नेपालले तीन एकदिवसीय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि केन्या भ्रमण गरेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले र एकदिवसीय शृंखला नेपालले ३–० ले ‘क्लिन स्विप’ गरे पनि केन्या भ्रमण प्रशिक्षक प्रभाकर र केही खेलाडीबीचको विवादले तनावग्रस्त बन्यो ।

अगस्ट–सेप्टेम्बरको केन्या भ्रमणमा शेख दाजुभाइ आरिफ र आसिफसहित केही अरू खेलाडीको प्रशिक्षक प्रभाकरसँग भनाभन भएपछि दुवै पक्ष एकअर्काको विपक्षमा जाइलागेका थिए । उनीहरूले प्रभाकर प्रशिक्षक भइरहेमा खेल्न कठिन हुने तथा प्रभाकरले शेख दाजुभाइ भएमा आफूलाई नेपाली टोली सम्हाल्न गाह्रो हुने जनाएपछि क्यानले नेपाल फर्केर यो विवाद सामसुम बनाउने प्रयास गरेको थियो ।

नेपाली क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकर । फाइल तस्बिर

प्रभाकरले आरिफलाई केन्यासँगको तीन एकदिवसीय खेलमै खेलाएनन् । अघिल्लो महिना यूएईविरुद्ध घरेलु मैदानमा भएको तीन एकदिवसीय शृंखलाको पहिलो खेलमा ओपनिङ ब्याटिङको भूमिकामा खेल्न सक्ने ५ खेलाडी उतारे पनि मध्यपंक्तिमा दरिलो प्रदर्शन गर्दै आएका आरिफलाई प्लेयिङमा राखिएको थिएन ।

यूएईसँगको दोस्रो खेलमा आरिफ प्लेयिङ ११ मा फर्किएका थिए । यूएईले छाडेको १ सय ९२ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले २५ ओभरमा ८९–५ को स्थितिमा पुगेको थियो । त्यहींबाट आरिफले गुलशन झासँग म्याच विजयी साझेदारी गरे । नेपालले विजयी रन बटुलेपछि ३३ रनको अविजित इनिङ्स खेलेका आरिफले पेभेलियनतर्फ हेर्दै एक हातको ग्लोभ्स फुकालेर ‘ब्याट बोलेको’ भाव देखाएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा ‘ब्याटले बोल्छ’ आरिफको सेलिब्रेसनबाट प्रभाकर झनै रुष्ट भएका थिए । उनलाई टोलीबाट निकाल्नुपर्ने निचोडमा पुगे पनि आरिफ नामिबिया जाने टोलीमा थिए । नामिबिया गएको टोलीमा अलराउन्डर करण केसी प्रशिक्षकको रोजाइमा थिएनन् । क्यानले त्यसमा हस्तक्षेपकारी भूमिका खेलेपछि करण टोलीमा परेका थिए तर नामिबियामा प्रभाकरले उनलाई एक खेलमात्र खेलाएका थिए ।

प्रभाकरको प्रशिक्षणमा नेपालको ब्याटिङक्रम कहिल्यै एक रूपको रहेन । दीपेन्द्रसिंह ऐरी सातौं नम्बरमा पुर्‍याइएका थिए । आरिफको ब्याटिङ स्थान पनि नियमित थिएन । त्यसमा आफ्नो भूमिकालाई लिएर आरिफले प्रभाकरसँग प्रश्न गरेका थिए । राम्रो अलराउन्डरको छाप बनाएका मोहम्मद आदिल आलमलाई प्रभाकरले यूएईसँगको शृंखलामा एक खेलमा पनि खेलाएका थिएनन् भने नामिबिया जाने सूचीमै राखेनन् ।

नामिबिया जानुअघि नै क्यानले ५९ वर्षे प्रभाकरलाई बिदाइ गर्ने तयारी गरिसकेको थियो । सन् १९८४ देखि १९९६ सम्म गरी भारतबाट ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रभाकरको ९० को दशकको प्रशिक्षण शैलीबाट क्यान र खेलाडी दुवै सन्तुष्ट हुन सकेका थिएनन् । नेपाल आएपछि प्रभाकरले आफूलाई स्थापित हुन केही समय लाग्ने र २–३ महिनामा नतिजा देखाइदिने बताएका थिए । यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपालले घरेलु मैदानमा जितेको पहिलो एकदिवसीय शृंखला हो ।

पछिल्लो १५ महिनामा नेपालबाट बाहिरिने उनी तेस्रो प्रशिक्षक हुन् । २०२१ को सेप्टेम्बरमा डेभ ह्वाटमोर नेपाल छाडेर गएका थिए । उनको स्थानमा डिसेम्बर अन्तम आएका दासानायके पनि नेपालको प्रशिक्षकमा ६ महिनामात्र टिक्न सकेपछि क्यानले भारतको पूर्वअलराउन्डर चेतन शर्माको सिफारिसमा प्रभाकरलाई ल्याएको थियो ।


Last Updated on: December 13th, 2022 at 9:51 am


तपाईको प्रतिक्रिया