मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


जीपिले दोस्रो विवाह गर्दै पहिली श्रीमती उषा भएकै घरमा श्रीमती भित्र्याए

प्रकाशित मिति । २६ मंसिर, २०७९ ।

काठमाडौं : पहिलो श्रीमती उषा खड्गीसँग डिभोर्स भएको ६ महिनामा सञ्चारकर्मी जीपी तिमिल्सिनाले दोस्रो विवाह गरेका छन्। जिपीले सविना अधिकारीसँग विवाह गरेका हुन्।

पारिवारिक कलहका कारण पूर्व मिस नेपाल खड्गी र जिपीविच जेठ २६ मा ‌औपचारिक रूपमा सम्बन्ध विच्छेद भएको थियो। सम्बन्ध विच्छेदसँगै अदालतले सम्पत्ति चार भाग र ऋण २ भाग लगाए पनि सम्पत्ति बाँडफाँड नटुङ्गिँदा उषा त्यही घरमा बस्छिन् जहाँ जिपीले दोस्रो श्रीमती भित्र्याएका छन्।

जिपीले मङ्सिर १९ गते विवाह गरेका थिए। तीन तले घरमा पहिलो तला भाडामा दिइएको छ। दोस्रो तलामा उषा २ सन्तानसहित बस्छन्। तेस्रो तलामा जिपी नयाँ श्रीमतीसहित बस्छन्।

पारिवारिक हिंसा भएको भन्दै उषाले सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाएकी थिइन्। मदिरा पिएर कुटपिट गर्ने गरेको भन्दै उनले श्रीमान् श्रीमतीको रूपमा सँगै बस्न नसक्ने भन्दै सम्बन्ध विच्छेदको मुद्दा प्रक्रिया अगाडि बढाए पनि जिपीले आरोप मिथ्या भएको दाबी गरेका थिए।

जिल्ला अदालत भक्तपुरले दुबैलाई मेलमिलापको अवसर दिए पनि सम्भव नभएपछि सम्बन्ध विच्छेदको निवेदन स्वीकार गर्दै सम्पत्ति र ऋण दुवै बाँडफाँडको फैसला गरेको थियो। उषाले जिपीले अदालतको फैसला अनुसार सम्पत्ति नदिएको भन्दै सोही घरमा बस्दै आएकी थिइन्।

घर चार भाग, ऋणको दायित्व २ भाग

भक्तपुर जिल्ला अदालतले फैसला गर्दा भक्तपुरमा रहेको घरको चार भाग लगाएको थियो। एक भाग उषाको हुने, २ भाग दुई सन्तान र एक भाग जिपीको हुने फैसलामा उल्लेख छ।

जिपीले अदालतमा घर बनाउँदा लिएको ऋणको विवरण पनि पेस गरेका थिए उनले पेस गरेको विवरणमा आवास कर्जा १५ लाख र व्यक्तिगत कर्जा २० लाख निकालेको उल्लेख थियो। अदालतले यसको सावा र ब्याज उषाको भागमा पनि पर्ने फैसला गरेको थियो।

उपत्यकामा मेलम्चीको पानी तेस्रोपटक पुनः वितरण सुरु

कहाँ कति लिटर पानी वितरण हुँदैछ ?

काठमाडौँ — काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरू भएको छ । शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाए । मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुनः वितरण सुरु भएको हो ।

आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ निर्माण गरेको भण्डारण पोखरी र पुरानो पानी भण्डारण पोखरीबाट पानी वितरण सुरु गरेको हो । जसअनुसार महाँकाल पानीपोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटारबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख,

टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानीपोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।

कार्यक्रममा बोल्दै खानेपानी लिमिटेडका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले हाल काठमाडौं उपत्यकामा खोनेपानीको माग दैनिक ४३ करोड लिटर भएपनि आपूर्ति करिब १२ करोड लिटर रहेको बताए । उनले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी थप हुँदा पनि दैनिक मागलाई भने सम्बोधन गर्न नसकिने बताए ।

मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने १७ करोड लिटर खानेपानी पानी भण्डारण पोखरीबाट काठमाडौं महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका,

तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घन्टा काठमाडौं उपत्यका लिमिटेडले बिस्तार गरेको पुरानो पाइपलाइनबाट आलोपालो पानी वितरण हुने बताए । उनले मेलम्ची खानेपानी वितरण व्यवस्थापन गर्ने कार्यमा नीतिगत, संरचनागत तथा व्यवस्थापकीय सुधारको आवश्यक रहेको बताए ।

महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसद्का महासचिव भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतले उक्त विवादको सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकेको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

सुरुमा अधिवक्ता टीकाराम भट्टराईले बहस सुरु गरेका छन् । त्यसपछि सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गर्नेछन् । त्यसपछि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गर्नेछन् । त्यस्तै यस सुनुवाइमा बद्रिबहादुर कार्की र शम्भु थापासहित ५ जनाले बहस गर्नेछन् ।

सर्वोच्च बारका अध्यक्ष शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की तथा सदस्यहरु विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले बुधबार उक्त माग राख्दै रिट दायर गरेका थिए ।

रिट निवेदनमा आर्थिक अनियमितता, कार्यक्षमताको अभाव, खराब आचरणलगायतका आरोप लगाई राणाविरुद्ध महाअभियोग प्रस्ताव पेस गरी निलम्बन गरिएको तर संसद्का महासचिवले पत्र लेख्दैमा महाअभियोग प्रस्ताव निष्क्रिय नहुने उल्लेख छ ।

गत असोज १ गते महाअभियोग सिफारिस समितिले छानबिन अनुसन्धान प्रतिवेदन सभामुखसमक्ष पेस गरेको र सभामुखले महासचिवलाई पत्र प्रेषित गरी प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने व्यवस्था मिलाउनु भनिएको तोक आदेश भएको अवस्थामा गैरकानुनीरूपमा पत्र पठाएको उल्लेख छ । रिट निवेदनमा उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

संसद्का महासचिव गौतमले यही मंसिर २१ गते प्रधानन्यायाधीश जबरा, सर्वोच्च अदालतलगायत निकायममा महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएका थिए ।


Last Updated on: December 13th, 2022 at 12:05 am


२७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया