सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


विश्व नम्बर एकलाई हराउँदै नेपालकी सिर्जनाले जितिन् ऐतिहासिक स्वर्ण पदक

प्रकाशित मिति । २५ मंसिर, २०७९ ।

काठमाण्डौं । नेपाल पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ्गले साउदी अरेबीयामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्राण्ड प्रिक्समा ऐतिहासिक स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

रियादमा सिर्जनाले ५२ केजीमुनि के ४४ क्याटेगोरीमा टर्कीकी खेलाडी मेर्येम बेटुल काभडारलाई १२–० अंकले हराएर स्वर्ण पदक जितेकी हुन् । मेर्यम पारा तेक्वान्दोमा विश्व नम्बर एक खेलाडी हुन् ।

नेपालले विश्व पारा तेक्वान्दो ग्राण्ड प्रिक्समा पहिलोपटक स्वर्ण पदक भित्र्याएको हो । सिर्जनाले सेमिफाइनलमा ब्राजिलकी क्रिष्टियन नासिमेन्तो र क्वार्टरफाइनलमा मेक्सिकोकी जेसिका क्वीजानोलाई हराएकी थिइन् ।

सिर्जनाले यसअघि एसियन पारा युथ गेम्स र डब्लूटी प्रेसिडेन्ट कपमा रजत पदक जितेकी थिइन् ।

प्रतियोगितामा नेपालका २ खेलाडीले सहभागिता जनाएका थिए । सिर्जनासँगै ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबर्द्धनले सहभागिता जनाएका थिए । पलेशा भने क्वार्टरफाइनलबाट बाहिरिएकी छिन् ।

नेपाली टोलिको प्रशिक्षकमा कविराज नेगी साउदी अरेबीयामा छन् । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् । विश्व वरीयतामा पलेशा १० औं र सिर्जना १४ औं स्थानमा छन् ।

यस स्वर्णसँगै अब सिर्जनाको वरीयतामा सुधार हुनेछ । विश्व वरीयताको शीर्ष ६ स्थान प्राप्त गर्ने खेलाडीले पेरिस पारा ओलम्पिकमा सहभागिताको मौका पाउनेछ ।

Shrijana ghising

आयोगले तोक्यो समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची सच्याउने समय

काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ । आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई सच्याएर पुनः विवरण पठाउन सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाअन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए । केही राजनीतिक दलहरुले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले बताए ।

उनले आयोगले दलहरुबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने उनले बताए ।

उनले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेस गरेका उल्लेख गरे ।

अधिकारकर्मी पहाडी पुरस्कृत

बुटवल — अधिकारकर्मी विनोद पहाडी पुरस्कृत भएका छन् । मानव अधिकारका लागि शान्ति समाजले रुपन्देही कर्मथलो बनाएर लामो समय पत्रकारिता तथा सामाजिक सेवामा योगदान दिएका पहाडीलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा’ पुरस्कारबाट सम्मान गरेको हो ।

बुटवलमा आइतबार एक समारोहबीच पहाडीलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले १ लाख १० हजार नगद राशिसहित सम्मानपत्र पत्र हस्तान्तरण गरे ।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा लागेका पहाडी पहिलो संविधानसभा सदस्य पनि हुन् । नेपाल राष्ट्रिय दलित पत्रकार संघका संस्थापक अध्यक्ष, सामाजिक न्यायको आन्दोलनका क्रममा विभिन्न अनुसन्धान/अध्ययन कार्यमा पहाडीले योगदान दिएका छन् । उनी लेखक, विश्लेषणका साथै विभिन्न अधिकारवाला संस्थामा आबद्ध छन् ।

पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार सिंगो दलित आन्दोलनप्रतिको सम्मान भएको बताए । उनले आफूले यो पुरस्कारको रकम निजी काममा खर्च नगर्ने भन्दै पुरस्कार अक्षय कोषको स्थापनामा प्रयोग गर्ने घोषणा गरे ।

बाराका उखु किसानको आन्दोलन स्थगित

बारा — बाराका उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योग प्रशासन र स्थानीय प्रशासनसँग सोमबार छलफल गर्ने सहमतिपछि आन्दोलन रोकिएको हो । किसानले आइतबार चिनी उद्योग अगाडि सुकेको उखु जलाउँदै केही घण्टा प्रदर्शन र चक्काजाम गरे ।

चिनी उद्योगले किसानलाई दिएको ऋण मिनाहा र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित किसान आन्दोलनमा छन् । शनिबार पनि उनीहरुले कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी उद्योग अगाडि प्रदर्शन गरेका थिए ।

प्रदर्शनको क्रममा किसानहरूले रोगले सुकेको उखु जलाउँदै दिउँसो २ घण्टा कलैया–पिलुवा सडक अवरुद्ध पारेका थिए । झन्डै ३ सय किसानले प्रदर्शन गर्दै करिब ३ क्विन्टल सुकेको उखु जलाएका थिए ।

कलैया-१६ विद्यानगरका उखु किसानका अगुवा इन्द्रदेव कुसवाहाले बारामा झन्डै पाँच सय किसानले करिब ८ सय बिघामा लगाएको उखु खेती रोगले सुक्दै गएकोले किसानलाई नोक्सानीबाट जोगाउन चिनी उद्योगले उखुको बिउ र औषधिका लागि दिएको ऋण मिनाहासँगै सरकारले किसानलाई क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरिएको बताए । ।

उखुको बिउ र रोगको प्रकोपबाट उखु जोगाउन किसानहरुले ‘ट्राइको डर्मा र फन्डिसाइड’ र कोराजिन नामको औषधिको लागि ऋण लिएको हो । उखुबाट बढीभन्दा बढी चिनी निकाल्न सकिने सीओ २३८ जातको उखु किसानहरुले लगाएका हुन् । मनहर्वा, श्रीपुर, विद्यानगर, कलैया, भोडाहा, उत्तरझिटकैया, इनर्वा, सिसवा, मदिल्वालगायत दर्जनौं गाउँ आसपासको खेतमा लगाइएको उखु सुक्ने रोगको प्रकोप छ ।

रोगको पहिचान भने भइसकेको छैन । रोग पहिचान गर्न र प्रकोपविरुद्ध औषधि छर्न हालसालै उद्योग वा सरकारको तर्फबाट कृषि प्राविधिक टोली खटेको छैन । तर उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुसवाहाले ५ महिना अघि उद्योगले प्राविधिक ‘हायर’ गरेर जाँच गराउँदा त्यो बेला प्राविधिकहरुले ‘रेडरट’ रोगले उखु सुकेको बताए । उनकाअनुसार बारा र पर्सामासमेत यो रोगको प्रकोप पाँच महिनादेखि फैलिँदै आएको छ ।

दुवै जिल्लामा ९ हजार बिघामा साढे ६ हजार किसानले उखु खेती गरेको उनको भनाइ छ । उद्योग स्रोतका अनुसार झन्डै ८ करोड रुपैयाँ उद्योगले बिउ र औषधिमा किसानको लागि ऋण लगानी गरेको छ । किसानले उखु काटेर बिक्री गर्ने समयमा यस्तो रोगको प्रकोप बढेकोले चिनी उद्योग पनि सञ्चालनमा आइसकेको छैन । यसभन्दा अघि ९६६९, दहीचिउरा, ९२२६८, ९२३८ जातको खेती गरिन्थ्यो । जसबाट प्रति क्विन्टल साढे ८ केजी चिनी निस्कने गरेको थियो ।

आयोगले तोक्यो समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची सच्याउने समय

काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ । आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई सच्याएर पुनः विवरण पठाउन सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधिसभाअन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए । केही राजनीतिक दलहरुले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले बताए ।

उनले आयोगले दलहरुबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने र प्रमाणपत्र वितरण हुने उनले बताए ।

उनले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेस गरेका उल्लेख गरे ।

हेर्नुस भिडियो


Last Updated on: December 12th, 2022 at 7:34 am


५८० पटक हेरिएको

तपाईको प्रतिक्रिया