
के पाचौं विवाह गर्दैछन् छविराज ओझा, पूर्व पत्नी रेखालाई पठाए यस्तो सन्देश
प्रकाशित मिति । २५ मंसिर, २०७९ ।
काठमाडौ । निर्माताको रुपमा एउटा नयाँ उचाई चुम्न सफल छविराज ओझाको वैवाहिक जीवन भने आरोह अवरोहका विच वितेको छ ।
जेठी श्रीमती गिताञ्जली सुनुवारको मृ’त्युपछि छविले हेमा ओझासँग नयाँ अर्थात दोस्राे विवाह गरे। हेमाबाट एक सन्तान भएपछि उनीहरुको सम्बन्धमा दरार आयो । त्यसपछि ओझाले रेखा थापासँग तेस्रो विवाह गरे । रेखासँग पनि उनको सम्बन्ध टिकेन । त्यसपछि उनले शिल्पा पोखरेललाई घर भित्राए ।
विवाह बन्धनमा बाँधिएर एउटै घरको छतमुनि बस्न थालेको वर्षौं भइसके पनि छवि र शिल्पाले आफ्नो फिल्म रिलिजको बेला फन्डा गर्न बिहेको कुरा लुकाएर राखेका थिए ।
तर, जब शिल्पाले २०७६ सालमा प्रहरी कार्यालयमा छविविरुद्ध घरेलू हिंसाको आरोपमा उजुरी दिइन् तब मात्र उनीहरुको बिहे भइसकेको कुरा छताछुल्ल भयो । त्यसयता छवि र शिल्पा अलग(अलग बस्दै आएका छन् ।
एउटा घरजम टुट्नसाथ अर्को विवाह गरिहाल्ने छवि चौंथो घरबार पनि बिग्रिएपछि अब विवाह नगर्ने मनस्थितिमा छन् । बुधबार ५८ वर्षको जन्मदिन बनाउने क्रममा उनले अब विवाह नगर्ने घोषणा नै गरे ।
पत्रकार अनुप भट्टराईले ओझाको बर्थ(डे सेलिब्रेसन फेसबुकमा लाइभ गर्ने क्रममा एक व्यक्तिले विवाहको बारेमा सोधेको प्रश्नमा उनले हाँस्दै भने, अब विवाह कहिल्यै खाना पाइन्न ।’
अर्का एक व्यक्तिले प्रतिनिधिसभामा रेखा थापाको कमजोर मत परिणामबारे जिज्ञासा राख्दा ओझाले रेखालाई नआत्तिन आग्रह गरे । उनले भने, जित र हार भन्ने कुरा भइरहन्छ ।
त्यसबाट आत्तिनु हुन्न । फिल्मबाट उहाँ राजनीतिमा जानुभएको छ । राजनीतिमा ग्राउन्ड लेभलबाट अगाडि बढ्दै जानुपर्ने हुन्छ । वैवाहिक सम्बन्ध टुंगिए पनि फिल्म निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापाबीचको सम्बन्ध आत्मीय देखिन्छ ।
महत्वपूर्ण सन्दर्भ र अवसरमा यी दुईले एकअर्कालाई बधाई तथा शुभकामना दिइरहेका हुन्छन् । रेखाले पनि छविलाई उनको जन्मदिनसहितका अवसरमा शुभकामना दिइरहेकी हुन्छिन् ।
अबको पाँच वर्षपछिका लागि उहाँले ग्राउन्ड लेभलबाट आफूलाई तयार गर्नुपर्छ ।’ त्यस्तै, अर्का एक व्यक्तिले रा।स्व।पाका सभापति तथा पूर्व पत्रकार रवि लामिछानेको जीवनीमाथि फिल्म बनाउन आग्रह गर्दा उनले दर्शकबाट माग आए आफू तयार रहेको बताए ।
चाँडै ओझा निर्देशक ज्ञानेन्द्र देउजासँग मिलेर नयाँ फिल्म ‘जेल ब्रेकर’ बनाउँदैछन् । यो फिल्म एक किताबमाथि आधारित भएर निर्माण हुनेछ । जेलको भित्ता तोडेर भाग्ने कैदीको कथामाथि फिल्म बन्न लागेको हो । साभार-तुफान मिडिया
प्रत्यक्षमा ९४% पुरुष, समानुपातिकमा ७४% महिला
दलहरुले समानुपातिकतर्फ ११० सिटका लागि गरेको सिफारिसअनुसार प्रतिनिधिसभामा ८१ जना महिला निर्वाचित हुने छन् । यो करिब ७४ प्रतिशत हो । प्रत्यक्षका १६५ सिटमध्ये ९ सिटमा मात्रै महिला निर्वाचित भएका छन् । बाँकी १५६ जना पुरूष निर्वाचित भएका छन् । यसरी हेर्दा प्रत्यक्षमा निर्वाचित भएकामध्ये ९४ प्रतिशत पुरूष छन् ।
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छैन । निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटको निर्वाचन सम्पन्न गरेको छ । समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० सिटमा दलहरूले सूची बुझाइसकेका छन् भने आयोगले सोमबार निर्वाचित भएको घोषणा गर्दैछ ।
तर, दलहरूले अहिले समानुपातिकमा बुझाएको सूची हेर्दा प्रत्यक्षमा पुरुष र समानुपातिकबाट महिलामात्रै निर्वाचित हुने अवस्था बनेको छ ।
दलहरूले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएका र महिला निर्वाचित नभएका कारण समानुपातिकबाट प्रतिनिधित्व गराउनैपर्ने समावेशी समुहका पुरुषहरूको समेत प्रतिनिधित्व छुटेको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षका १६५ सिटमध्ये ९ सिटमा मात्रै महिला निर्वाचित भएका छन् । बाँकी १५६ जना पुरूष निर्वाचित भएका छन् । यसरी हेर्दा प्रत्यक्षमा निर्वाचित भएकामध्ये ९४ प्रतिशत पुरूष छन् ।
जसरी प्रत्यक्ष निर्वाचनमा पुरुषहरूको एकलौटी वर्चस्व बनेको छ, समानुपातिकमा महिला धेरै निर्वाचित हुँदैछन् । संविधानले दलहरूले आफ्ना सदस्य संख्याको ३३ प्रतिशत महिलालाई निर्वाचित गर्नैपर्ने कानुनी व्यवस्थाका कारण समानुपातिकमा महिला मात्रै निर्वाचित हुने स्थिति बनेको हो ।
प्रत्यक्षको परिणाम र दलहरूले बुझाएको सूचीका आधारमा प्रतिनिधिसभाका २७५ सिटमध्ये ९० जना महिला छन् । तीमध्ये ८१ जना समानुपातिकबाट निर्वाचित हुन लागेका हुन् । समानुपातिकमा पुरुष २९ जनामात्रै समेटिनेछन् । यसरी समानुपातिकबाट निर्वाचित हुने सदस्यमध्ये ७३ प्रतिशत महिला छन् ।
समानुपातिकमा महिला मात्रै निर्वाचित हुने अवस्था बन्दा दलहरूलाई समानुपातिकबाट सांसद छान्ने धौ–धौ परेको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ ३२ सिट पाउँदा तीन जनामात्रै पुरूष परेका छन् । एमालेले ३४ सिट पाउँदा १२ जना पुरूष छानिएका छन् । माओवादी केन्द्रले १४ सिट पाउँदा दुई जना मात्रै पुरुष छानिएका छन् ।
संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व ग्यारेण्टी गरेको छ । प्रतिनिधिसभामा भने समग्रमा महिलाको प्रतिनिधित्व ३२ प्रतिशत पुग्ने देखिएको छ ।
प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा पनि प्रत्यक्षमा पुरूषहरूले मात्रै टिकट पाउँदा समानुपातिकमा अधिकांश महिला मात्रै चुनिने अवस्था आएको हो ।
कांग्रेसले गण्डकी प्रदेशमा समानुपातिकतर्फ ९ सिट पाएकोमा सबै महिलामात्रै निर्वाचित भएका छन् । समानुपातिकमा पहिलो नम्बरमै नाम राखेर सुरक्षित बन्ने प्रयास गरेका प्रदेश सभापति शुक्रराज शर्मा समेत प्रदेशसभा सदस्य बन्न सकेनन् ।
‘प्रत्यक्षमा कांग्रेसले पाएकामध्ये धेरै सिट जित्यो, जित्ने सबै पुरूषमात्रै भए,’ प्रदेश सभापति शर्माले भने, ‘प्रत्यक्षमा पुरुषमात्रै निर्वाचित हुँदा समानुपातिकमा पुरुषलाई मौका भएन, ९ सिट पाएका थियौँ, सबै महिलालाई निर्वाचित गर्नुपर्यो ।’
उनले प्रदेशले प्रत्यक्षमा महिला नेताहरूको समेत नाम सिफारिस गरेर पठाएपनि केन्द्रले त्यसलाई सम्बोधन नगरेका कारण यो अवस्था आएको गुनासो गरे । कर्णाली र सुदुरपश्चिममा पनि कांग्रेसबाट महिलामात्रै निर्वाचित भएका छन् ।