सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


सन्दीप लामिछानेको बैंक खाता हेर्दा सरकारी वकिल जिल्ल !

प्रकाशित मिति । २१ मंसिर, २०७९ ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बालिका बला,त्कारको आरोप,मा पक्रा,उ परेपछि सामाजिक सञ्जालमा दुई खालका प्रतिक्रिया आईरहेका छन्। कसैले सन्दीपलाई गलत भनिरहेका छन् भने कतिपयले आरोप लगाउने किशोरीलाई नै गलत भएको ब्याख्या गरिरहेका छन्।

किशोरीलाई गलत देख्नेहरुले ति किशो,रीले सन्दीपको सम्पत्ति देखेर षडयन्,त्र गरेको वनाउने गरेका छन् । तर, सन्दीपको बैंक खातामा भने जम्मा ६५ हजार रुपैयाँ मात्र फेला परेको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले एनआईसी एसिया बैंकको खातामा रहेको उक्त रकम रोक्का गर्न माग गरेको छ।

आईतवार लामिछाने विरु,द्ध मुद्दा दर्ता गर्ने क्रममा उनको खा,तामा रहेको नगद तथा चितवन– ७ कल्याणपुरमा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको हो।जिल्ला सरकारी वकिल कार्याल,यका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ छ।

लामिछानेविरु,द्ध जिल्ला अदालतमा १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको चलअचल सम्पत्ति रोक्का गर्न माग गरिएको हो। सरकारी वकिलको कार्यालयले संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनीयता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि इजलाससमक्ष माग गरेको छ।

धेरैले सन्दीपको खातामा करोडौं होला भनेर सोचेका थिए तर उनको खातामा थोरै पैसा देखेर सबै अचम्मित भएका छन । कसैले त उनले लुकाएको आरो,प पनि लाउने गरेका छन ।

कारण खेर गइरहेको विद्युत्को पनि उपयोग हुन्छ ।

सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् ।

बस्ती-बस्ती डुल्दै चितुवा

नेपालमा मानव वन्यजन्तु द्वन्द्वको मानवीय घटना हात्तीपछि सबैभन्दा बढी चितुवासँग सम्बन्धित

काठमाडौँ — कात्तिक तेस्रो साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान सडकमा निशान्त चौधरी एक्कासी चितुवा देख्दा दुर्घटनामा परे । राति ९ बजे अचानक चितुवाले बाटो काट्दै गरेको देख्दा उनी सवार मोटरसाइकल अनियन्‍त्रित भएर पल्टिएको थियो ।

असारमा चितुवाको आक्रमणबाट नागार्जुनमा ५ जना मानिस घाइते भए । दुई वर्षअघि कपनको श्री आर्य असङ्ग बौद्ध विद्यालयमा रहेको गुम्बा परिसरभित्र दुई वटा बच्चासहित चितुवा पस्दा उद्धार गर्न हम्मेहम्मे भएको थियो । सोही वर्ष चन्द्रागिरिमा ९ जना मानिसलाई आक्रमण गरेपछि स्थानीयले लाठी हानेर चितुवालाई मारिदिए ।

काठमाडौं उपत्यकामा जबजब जाडो र वर्षायाम सुरु हुन्छ तब बस्तीमा चितुवा पसेका घट्ना आउने गर्छन् । सहरमा चितुवा पस्दा जोखिममात्रै होइन, चुनौतीसमेत बढेको गरेको छ । काठमाडौंका कीर्तिपुर, चन्द्रागिरि, कपन अनि भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रमा चितुवा बस्ती पसेको घटना आउँछन् । बस्तीमा चितुवा पस्दा स्वाभाविकले नै मानव–चितुवा द्वन्द्व बढ्छ ।

कहिले चितुवाले मानिसलाई आक्रमण गर्छ त कहिले मानिसको आक्रमणमा पर्छ । यो द्वन्द्व काठमाडौं उपत्यकामा मात्रै हैन, नेपालका धेरैजसो पहाडी र चुरे क्षेत्रका बस्तीहरुमा बढ्दो अवस्थामा छ । यस्‍ता घटना अन्य ठाउँमा पनि भएका होलान् तर अर्घखाँची र तनहुँबाट बारम्बार चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएका विषयहरू धेरै नै आउने गरेका छन् ।

भानु नगरपालिका-१ जामुनेगैह्रास्थित भीमसेनथुम्की सामुदायिक वन क्षेत्रमा बनाइएको परम्परागत काठको खोरमा परेको पोथी चितुवा । फाइल तस्बिर : कान्तिपुर

घाइतेको संख्या छाडौं, २०७४ सालयता तनहुँमा मात्रै चितुवाको आक्रमणमा परेर १४ जना बालबालिकाले ज्यान गुमाएका छन् । अर्घखाँचीमा यो अवस्था दर्दनाक छ । गत जेठमा सन्धीखर्क नगरपालिकामा विद्यालयबाट घर फर्कने क्रममा ८ वर्षीय बालकको चितुवाको आक्रमणमा परेर मृत्यु भयो ।२०७३ सालयता उक्त जिल्लामा चितुवाको आक्रमणमा परी मृत्यु हुने बालबालिकाको संख्या १० नाघेको छ ।

पहाडी क्षेत्रमा जोडो समयमा पानी नहुने र डमरूको सुरक्षाका लागि चितुवा सुरक्षित स्थान खोज्दै बस्ती नजिक आइपुग्‍ने विज्ञहरु बताउँछन् । चितुवामा विद्यावारिधी गरेका त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक एव‌ं प्रमुख डा. तेजबहादुर थापा भालेले बच्चालाई आक्रमण गर्न सक्ने भएकाले सुरक्षित स्थानको खोजीमा उपत्यकामा चितुवा बस्ती नजिकैको झाडी वा जंगल क्षेत्रमा जाडोयाममा आएको हुन सक्ने बताउँछन् । ‘माउसहित बच्चा लिएर सुरक्षित स्थलको खोजीमा सहरी क्षेत्रमा प्रवेश गरेको हुन सक्छ ’, उनले भने, ‘खानाको उपलब्धता र सुरक्षाका कारणले बस्ती नजिकै आइपुग्छन् । ’

उनका अनुसार जाडोयाममा उपत्यकाका डाँडामा पानीको अभाव हुने र पानी खोज्ने क्रममा चितुवा बस्ती पुग्‍नुको अर्को कारण हो । वर्षामा आहाराको अभाव हुने र, मानव बस्तीमा जाने क्रममा चितुवा–मानव द्वन्द्व बढेको उनले बताए । वर्षायाममा जंगलमा खानाको उपलब्धता पर्याप्त नहुने उनले बताए ।

तनहुँको बन्दिपुर गाउँपालिकास्थित सामुदायिक वन क्षेत्रमा चितुवाको खोजी गरिँदै । ज्यानै लिन थालेपछि गत कात्तिमा नरभक्षी चितुवालाई मार्न जिल्ला प्रशासन कार्यालय स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभक्षी मार्न निर्देशन दिइएको थियो । २०७४ फागुनयता चितुवाको आक्रमणबाट मात्रै तनहुँमा १४ जना बालबालिकाको ज्यान गएको छ । तस्बिरः कान्तिपुर ।

ठूला बिराला प्रजातिभित्र पर्ने चितुवालाई आईयूसीएनले लोपन्मुख प्रजातिभित्र रोखको छ । प्रकृति संरक्षण कोषका अनुसन्धानकर्ता एवं वन्यजन्तु विज्ञ डा. चिरञ्जिवी पोखरेल वनमा पर्याप्त आहारा नभेटिँदा बस्ती चितुवा पुगेको बताउँछन । ‘चितुवा घटनाहरु अहिले बढी आउनुमा सञ्चारमाध्यमको सहज पहुँचले पनि हो । पहाडी क्षेत्रमा खेतीपाती हुने जमिनमा बुट्यान बढी छ,’ उनी भन्छन्, ‘बुट्यानमा धेरै आहारा नपाइने हुँदा त्यसैको खोजी गर्ने क्रममा बस्ती छिर्ने गर्छन् । ’ चोरीसिकारी नियन्त्रण गरिरहँदा जंगलमा उत्पादकत्व त्यहीअनुसार नबढेको पनि हुन सक्ने विज्ञहरुको भनाइ छ ।

वन क्षेत्रमा वनस्पति र हरियाली बढेको देखिएपनि कतिपय अवस्थामा आहारा प्रजाति नबढेको विज्ञहरुको अनुमान छ । ‘बाँदरको संख्या जंगलमा बढेको देखिन्छ तर उसले खाने खाद्यान्न बढेको छैन,’ पोखरेलले कान्तिपुरसित भने,‘ चितुवाले बाँदरलाई भेटे त खान्छ तर ऊभन्दा बढी चलाख बाँदर छ । चितुवाले खाने मृगको संख्या पहाडी क्षेत्रमा एकदमै कम छ । ’

बाघ प्रजातिको तुलानामा चितुवा केही सानो हुन्छ । यस्तै, बाघको क्षेत्र(टेरिटोरी)भन्दा बाहिर चितुवा बस्ने गर्छ । आहराको खोजी गर्ने क्रममा बस्ती पुग्दा घरपालुवा जनावरलाई चितुवाले बढी नै आक्रमण गर्ने गरेको देखिन्छ । सजिलोसँग पाइने आहरा भएकाले उसले घरपालुवा जनावारलाई बढी आक्रमण गरेको देखिन्छ ।

सहरमा चितुवाको रोजाइ कुकुर, गाउँमा गाईबस्तु

सहरी क्षेत्रमा आउने चितुवाले बढी कुकुरलाई आक्रमण गर्ने गरेको छ । कीर्तिपुरमा पनि चितुवाले बढी कुकुरलाई नै आहरा बनाउने गरेको प्राध्यापक थापा बताउँछन् । यस्तै, कपन क्षेत्रमा पनि चितुवाले कुकुरलाई आहारा बनाएका घटनाहरु आइरहन्छन् । सहरी क्षेत्रमा कुकुरप्रति चितुवाको मोह किन भन्ने सवालमा विज्ञहरुको एउटै जवाफ छ, सहज उपलब्धता । कतिपयले नुनिलोपनलाई पनि भन्छन् तर त्यसको पुष्टि गर्ने आधार भने देखिदैन । अनुसन्धानकर्ता पोखरेल भन्छन्, ‘ चितुवालाई सामुदायिक कुकुर सहज पनि हुने भयो । बाटोमा सजिलै भेट्न सक्ने भएकाले आहारा बनाएको देखिन्छ । ’

सदर चिडियाखानामा राखिएको चितुवा ।

यस्तै,जनावारहरुलाई नुनिलोपन बढी मन पर्छ । मानव बस्तीमा बस्ने गाईवस्तु र कुकुरहरुमा नुनिलोपना बढी हुन्छ । यस्ता जीवको मासुमा नुनिलोपना बढी भएकोले आक्रमण बढेको हो भन्ने सवालमा भने विज्ञहरुका फरक धारणा छन् । पर्याप्त अनुसन्धान नभएकाले त्यसै भन्न नमिल्ने पोखरेलले बताएपनि जंगली जनावरहरुलाई नुनिलोपना मन पर्ने बताउँछन् ।

यस्तै, प्राध्यापक थापा पर्याप्त अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन् । उनका अनुसार सहज रुपमा पाइने आहारा प्रजातिमा कुकुर भएकाले मांसाहारी जीवको रुची बढेको हुन सक्ने उनले जिकिर गरे । लखेटिएका, घाइते भएका, बुढो भएका जीवले सहज आहाराको रुपमा कुकुर, गाईबस्तु र मानिसहरुलाई आक्रमण गर्ने विज्ञहरुले बताए ।

पहाडमा किन बढी द्वन्द्व ?

चितुवाको मुख्य आहारा मृग प्रजाति लगायत औसत अवस्था(एभ्रेज साइज)का वन्यजन्तु हुन् । पहाडमा संख्या कम हुँदा गाईबस्तुमा आक्रमण बढेको हुन सक्ने प्राध्यापक थापा बताउँछन् । साँझमा अभिभावकहरु गाईगोठमा स्याहार्ने र बालबच्चाहरु घरआँगनमा खेल्ने समय एउटै हुन्छ । त्यही बेला चितुवा आहाराको खोजीमा बस्ती नजिकै पुग्दा बालबालिकाहरु आक्रमणमा पर्ने गरेको विज्ञहरुको भनाइ छ ।

एनटीएनसीका चितवन प्रमुख एवं अनुसन्धानकर्ता डा. बाबुराम लामिछानेले गरेको एक अनुसन्धानले निकुञ्ज तथा आसपासमा जोडिएका जंगलमा बाघको उपस्थिती हुने हुँदा ती क्षेत्रमा चितुवाको कम छन् । त्यहाँबाट चितुवाहरु चुरे क्षेत्रका जंगल बढी रोजेको पाइन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्‍जमा देखिएको बाघ । निकुञ्ज क्षेत्र र आसपासका जंगलमा बाघको उपस्थिती बढ्दा चितुवा बस्ती नजिकैको जंगल र अन्य क्षेत्रमा जाने गरेको विज्ञहरुको भनाइ छ । फाइल तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

सन् २०१९मा प्रकासित उनको अनुसन्धानले घरपालुवा जनावारहरुको उपस्थिती बढी भएको चुरे क्षेत्रमा चितुवाको उपस्थिती बढी हुने गरेको देखाएको छ । चुरेको आधाभन्दा बढी क्षेत्रमा चितुवाको उपस्थिती छ । त्यसमा पनि पूर्वी क्षेत्रभन्दा पश्चिममा धेरै छ ।

अनुसन्धानकर्ता लामिछाने भन्छन्,‘ पश्चिम क्षेक्रमा धेरै निकुञ्ज तथा संरक्षण क्षेत्रहरु छन् । बाघ, हात्ती, गैंडालगायतका वन्यजन्तुको बासस्थान सुधार कार्यक्रमले अन्य प्रजातिको पनि बासस्थान विस्तार भएको छ । चितुवा पश्चिम नेपालमा धेरै पाइनुको कारण यही हो ।’

डब्लूडब्लूएफको तराई आर्क ल्यान्डस्क्याप कार्यक्रम(ताल) परियोजनाका कारण वन्यजन्तुको बासस्थान धेरै ठाउँमा विस्तार भएको छ । बासस्थान विस्तारसँगै तराई क्षेत्रमा आहारा प्रजातिको उपस्थिती बढी हुँदा चितुवासँग सम्बन्धित द्वन्द्व कम भएको देखिन्छ भने पहाडी क्षेत्रमा बढी छ ।

लामिछाने भन्छन्,‘तराईको चितवन र बर्दियामा चितुवासँग सम्बन्धित द्वन्द्वका घटना पहाडी क्षेत्रको तुलानामा धेरै नै कम छ । बासस्थान सुधार भएर आहारा प्रजाति बढेको छ । अर्को चाही यी क्षेत्रमा बाघको उपस्थिती धेरै हुँदा चितुवा अन्यत्र केही टाढा गएको हुन सक्छन् । ’

पहाडी क्षेत्रमा ठूला जंगल नहुने र भीर पाखा बढी हुन्छन् । मांसाहारी जनावारलाई चाहिने आहारा कम हुन्छ । ओहोरदोहर गर्ने क्रममा बस्ती पुग्दा गाईंबस्तुत,बाख्रा सजिलोसँग आक्रमण गर्न सक्ने भएकाले द्वन्द्व बढेको विज्ञहरुको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको घाँसे मैदानमा चरिचरण गरिरहेका गै‌डा । एउटा प्रजातिका लागि बासस्थान सुधार गर्दा अन्य प्रजातिहरुलाई पनि फाइदा हुने गर्छ । तस्बिर सौजन्यः बाबुराम लामिछाने ।

‘पहाडमा ठूला जंगल पनि छैन । चितुवाको लागि चाहिने सजिलो आहारा भनेको मृग हो । बंदेल त हुन्छ तर आक्रमण गर्न सजिलो हुँदैन,’ अनुसन्धानकर्ता पोखरेलले भने,‘ गाउघरमा जाँदा सजिलोसँग आहरा प्रजाति भेटिने भएकाले आक्रमण बढेको हुन सक्छ । ’ पहाडी क्षेत्रमा झाडी भएका ठाउँहरु धेरै हुँदा चितुवा ओहोदोहोर गर्ने क्रममा मानिस र बस्तीनजिकै पुग्ने गर्छ ।

चितुवाप्रति मानिसहरुको धारणा पनि फरक फरक रहेको छ । गत अगस्टमा राजेन्द्र ढुंगानाको जर्नल अफ नेचर कन्जर्भेसनमा प्रकासन भएको अनुसन्धानले बाघको तुलनामा चितुवा मन पराउने जनसंख्या कम छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बासबोस गर्ने ४ सय १४ जनामा बाघ र चितुवा संरक्षणसम्बन्धी सोधिएको प्रश्नमा बाघ मनपराउनेमा ५१ प्रतिशत थिए भने चितुवाको सवालमा ३१ प्रतिशत थियो । यस्तै, ५३ प्रतिशतले चितुवाको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए भने बाघ संरक्षणमा ६१ प्रतिशतले जोड दिएका थिए ।

बाघ र चितुवा मन नपराउनेहरुमा अधिकांश मानिसहरुमा आर्थिक रुपमा विपन्न भएको अनुसन्धानमा उल्लेख छ । यस्तै, शिक्षित तर घरमा धेरै नै पशुपालन गरेका मानिसहरु चितुवाप्रति पुरै नकरात्मक रहेको सो अनुसन्धानले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसहितका सरकारी तथ्यांकहरुलाई प्राध्यापक थापाले विश्लेषण गर्दा धेरै जसो चितुवा मानवीय कारणबाट मृत्यु भएका देखिन्छन् । सन् २००६ देखि २०१३ सम्म निकुञ्ज तथा संरक्षण क्षेत्र असापस मृत अवस्थाका ५१ वटा चितुवाको विश्लेषण गर्दाले उनले यस्तो निष्कर्ष निकालेका हुन् । जर्नलमा अफ साइन्स एन्ड टेक्नोलोजीमा सन् २०१४मा प्रकासित उनको आलेखमा मृत अवस्थामा भेटिएका चितुवाहरुमध्ये प्रकृतिक कारणले १८, विष हालेर १०, सिकारीले ४, द्वन्द्वबाट १६ र सडक दुर्घटनाबाट ३ वटा गरेर ५४ वटा चितुवा मरेको उल्लेख छ ।

दुई वर्षअघि पाल्पाको रम्भा–१ हुँगीमा घरपालुवा जनावर खान लाग्दा मान्छेको आक्रमणमा परी मरेको चितुवा । फाइल तस्बिरः कान्तिपुर

मानव वन्यजन्तु द्वन्द्वमा नेपालमा हात्तीपछि सबैभन्दा बढी घटना चितुवासँग सम्बन्धित भएको अनुसन्धानहरुमा उल्लेख छ । प्लस वान जर्नलमा कृष्णप्रसाद आचार्यको सन् २०१७मा प्रकाशित अनुसन्धानले पनि यही भन्छ । सन् २०१० देखि २०१४ सम्म भएका घट्नालाई आधार मानेर उक्त निष्कर्ष निकालिएको थियो ।

कानुनी व्यवस्था

सरकारले २०६९ सालमा वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका ल्याएको छ । जसले वन्यजन्तुबाट हुने जिउधन तथा बालीको क्षतिका लागि क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

सामान्य घाइते हुँदा २० हजार, सख्त घाइते हुदा २ लाख र मृत्युको हकमा १० लाख रुपैयाको व्यवस्था गरिएको छ । यस्तै, पशुधन, गाईगोठ र घरको क्षतिको सवालमा १० देखि ३० हजार रुपैयाँसम्मको व्यवस्था छ ।

अन्नबालीको क्षतिका लागि १० हजार रुपैयाँमात्रै व्यवस्था छ । प्रक्रिया पनि झन्झटिलो हुँदा द्वन्द्व न्यूनिकरणका चुनौती आएको छ । यस्तै, क्षतिपूर्ति रकम कम हुँदा पनि संरक्षणमा चुनौती देखिन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी एवं इकोलोजिस्ट डा. गणेश पन्तले क्षतिपूर्ति र राहत सम्बन्धमा प्रक्रिया ढिलो हुने गरेपनि अहिले त्यो समस्या कम हुदै गएको बताए । क्षतिको पुष्टि गर्नका लागि समय लाग्ने भएकाले ढिलाई भएको उनको भनाइ छ । ‘सकेसम्म छिटो छरितो रुपमा क्षतिपूर्ति र राहत वितरणका लागि विभाग प्रतिबद्ध छ,’ पन्तले भने,‘ पहिलाको भन्दा छिटो भएको देखिन्छ तर अझै राहत वितरणमा केही ढिलाइ हुने गरेको छ। यो समस्या समाधानका लागि विभागले योजना बनाएरै तयारी थालेको छ । ’

यो पनि पढ्नुहोस्ः

जब चितुवालाई दाम्लोमा बाँधेर हिँडाइयो…


Last Updated on: December 11th, 2022 at 5:41 pm


४५०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया