मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


लोकसेवा पास भई वैकल्पिक सूचीमा रहेका इन्जिनियरलाई काठमाडौं महानगरले जागिर दिने

प्रकाशित मिति । २४ मंसिर, २०७९ ।

थानकोट । काठमाडौं महनगरपालिकाले लोक सेवा आयोगको परीक्षा पास गरेर वैकल्पिक सूचीमा भएका इन्जिनियरलाई करारमा जागिर दिने भएको छ। महानगरका अनुसार पूर्वाधार कामका लागि इन्जिनियर राख्नुपर्ने हुँदा गत वर्ष लोकसेवाको परिक्षा दिएर वैकल्पिकमा परेकालाई प्राथमिकता दिएको हो।

मंगलबार एक विज्ञप्ति जारी गर्दै महानगरले गत वर्ष लोक सेवाले खुलाएको विज्ञापनमा पास भई वेटिङ लिस्टमा रहेका उम्मेदवारलाई जागिरका लागि निवेदन दिन भनेको हो।

महानगरले सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियरले सात दिनभित्र कागजातसहित निवेदन दिन भनेको छ।

हावामा तैरिरहेका खाली गिलास

नाटक कुभिन्डोको कथा र रियोका दृश्य

डोरीमा केही गिलास झुन्डिएका छन् । कसैले शून्य गुरुत्वाकर्षणमा उसै छाडिदिएजस्तो देखिने ती किन सोझिएका छन् सिलिङतर्फ ?

चुनाव र विश्वकपको रौनकबीच काठमाडौंमा सुरु भएको नाट्य महोत्सवले नाटकप्रेमीलाई अत्यन्त व्यस्त बनायो । महोत्सवको नारा थियो– ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ (मंसिर ९–१७) ।

१२ देशका १८ नाटक मञ्चन भएसँगै विभिन्न कार्यशाला, अन्तरक्रियाले मण्डला थिएटरमा दर्शक चहलपहल बढाइरह्यो । यसअघि रंगमञ्चमा नदेखिएका नयाँ अनुहार पनि नाट्य महोत्सवमा देखिए । भारतीय अभिनेत्री शबाना आजमीको मास्टरक्लासले अभिनयमा भविष्य देख्नेलाई ऊर्जा थपिदियो । मण्डलाका तीन मञ्च (प्रमुख हल, सानो हल र प्रांगण) मा प्रस्तुत फरक–फरक शैलीका नाटकले विविधताको नारा आत्मसात गरेको देखियो । काठमाडौंबाहिरका रंगमञ्चका विचार, रंगमञ्चमाथिको समीक्षा अनि रंगमञ्च शिक्षाका विषयमाथि नाट्य महोत्सवले छेडिदिएको बहसले परिवर्तनको बीजारोपण गराइदियो । तर, नेपाली रंगकर्मीबीचकै एकता नाट्य महोत्सवमा खट्कियो ।

अब नाट्य महोत्सवमा मञ्चन गरिएका दुई नाटकका दृश्य हेरौं :

दृश्य–१

डोरीमा केही कप (गिलास) झुन्ड्याइएका छन् । ती हावामा तैरिरहेझैं देखिन्छन् । शून्य गुरुत्वाकर्षणमा कसैले चिया पिएर उसै छाडिदिएको कपजस्तै । सबै सिलिङतर्फ सोझिएका छन् । कुनै लामो डोरीमा झुन्डिएका छन् त कुनै छोटोमा । यत्तिकैमा दुई पात्र देखा पर्छन् । खुसीसाथ अभिवादन गर्छन् ।

बेस्सरी अंकमाल गर्दा दुवैका शरीरबाट बुङ्ग धूलो उड्छ । ढाड थपथपाउँदा धूलो बेस्सरी उड्न थाल्छ । एकअर्काका गाला छुन्छन्, धूलै–धूलो । शरीर धूलाम्मे, यस्सो हल्लिँदा धूलो उडिरहने । पुरुष पात्र एउटा कप देखाउँदै भन्छ, ‘मासी !’ महिला पात्र दौडेर कप नजिक पुग्छिन् । बिस्तारै हत्केलाले कप समात्दै पानी पिउन खोज्छिन् । कप खाली छ । त्यसपछि पुरुष पात्रलाई भनिदिन्छिन्, ‘नकुउपेन्दा मासी ।’

पुरुष पात्र मञ्चको कुनातिरको कप देखाउँदै सोध्छ, ‘मासी ?’ आशावादी भावमा दौडेर उनी कप सुमसुम्याउँछिन् । खुसीले बुरुक्क उफ्रिन्छिन् । पानी पोखिएला कि भन्ने डर मानेझैं बिस्तारै कप मुखतिर ढल्काउँछिन् । फेरि कप खाली । ‘नकुउपेन्दा मासी,’ छैन भन्ने भावमा उनी रिसाउँछिन् । हावामा भएका कपहरूमा पानी खोज्ने क्रम चलिरहन्छ ।

दृश्य–२

गाउँमा पानीको खडेरी लागेको छ । खोला, मुहान सुकिसके । भोक–प्यासले मरिने डरले बालबालिका, वृद्धवृद्धा, युवा सबै गाउँ छाड्ने निर्णयमा पुग्छन् । सबैको हातमा देखिन्छ पोको पन्तुरा । गाउँ छाड्नुअघि छलफल गर्छन् । गाउँकी काकी बोल्छिन्, ‘जुन दिशा गए पनि हाम्रो दशा त्यही हो । भोक–प्यासले ठाउँमा नपुग्दै मरिन्छ । हामीसँग बचेको केही छैन ।’ सबै मुखामुख गर्छन् ।

खिमा भन्छिन्, ‘यो ठाउँबाट बिदा लिनुपर्ने बेला आएको रहेछ । हाम्रा पाइलाहरूले साथ नछाडुन्जेलसम्म हामी हिँड्नैपर्छ । मत्यु पर्खेर कोही बस्नु हुँदैन ।’ उनकी आमा थप्छिन्, ‘कता जाने भनेर तँलाई थाहा छ ?’ खिमा हिमालतिर देखाउँदै त्यता कदम बढाउन सल्लाह दिन्छिन् । गाउँले पानीको खोजीमा हिमालतिर लम्किन्छन् ।

मण्डला थिएटरको एउटै मञ्चमा देखिएका फरक दृश्य हुन् यी । महोत्सवमा मञ्चन गरिएका यी दुई नाटकले समातेको धरातल मिल्दोजुल्दो छ । पहिलो दृश्य उरुग्वेको नाटक ‘रियो’ को हो । एन्ड्रेस फागियोलिनो र बेटिना डोमिन्गोएज निर्देशित यो नाटकमा खडेरीले पिरलेको क्षेत्रको कथा छ । खडेरी क्षेत्र पत्ता लगाउन हिँडेका दुई पात्रको यात्रा यो थिएट्रिकल क्लाउन पर्फमेन्समा छ । सुक्खा मरुभूमिजस्तो क्षेत्रमा पानीका लागि काकाकुल दुई पात्र र बाँच्ने संघर्ष देखाइएको छ ।

विषम परिस्थितिमा मानिसले देखाउने व्यवहार, मानवीयताका पत्र नाटकले बिस्तारै केलाउँदै लैजान्छ । अभाव, घटीकमीको समयमा हराउँदै जाने मानवता, स्वार्थपन, मानवीय अवगुण नाटकमा देखिन्छ । नाटकमा धेरै संवाद र प्रप्सको प्रयोग छैन । दुई निर्देशक नै मञ्चमा देखिएका कलाकार हुन् । दुईको शारीरिक भावभंगी, अभिनयले दर्शकलाई ‘रियो’ सँग जोडिराख्छ । उनीहरूको जीवन कति सुक्खा छ ? खडेरीले पारेको प्रभाव देखाउन प्रयोग गरिएको धूलो–विम्बले बलियो अर्थ खोल्छ ।

दर्शकलाई नाटकसँग जोड्न प्रयोग गरिएको कडी ‘रियो’ मा बेजोड छ । प्रमुख पात्रहरू संवाद बोल्दै गर्दा बीचमा नेपाली भाषा घुसाइदिन्छन् । उफ्रिँदा पनि नभेटिने कपमा पानी खोज्न एक पात्रले अर्कोलाई काँधमा बोकेको एक दृश्य छ, जहाँ काँधबाट ओर्लंदै गर्दा पात्र भन्छ, ‘तल, तल’ । त्यसपछि दर्शक हौसिन्छन्, नाटकमा एकाग्र हुन्छन् । एकाध दृश्यमा अंग्रेजी भाषा पनि मिसाइदिन्छन् ।

एउटा दृश्यमा रियोलाई बुझाउन दर्शकदीर्घातर्फ हेर्दै एक पात्र सोध्छ, ‘रिभर इन नेपाली ?’ दर्शकदीर्घाबाट एकै आवाजमा जवाफ आउँछ, ‘खोला’ । प्रमुख पात्रहरू कहिले दर्शकदीर्घामा आएरै अभिनय गरिदिन्छन्, कहिले दर्शकलाई पात्रको रूपमा उभ्याइदिन्छन् । रंगमञ्चमा दर्शक–कलाकारको दूरी धेरै छैन । यी दुईले कलाकार र दर्शकबीचको चौथो पर्खाल (फोर्थ वाल) भत्काउँदै दर्शकको ध्यान जसरी सुरुदेखि अन्तिमसम्म बाँधिराख्छन्, त्यसले ‘रियो’ ले भन्न खोजेको कथालाई दर्शकमा सजिलै पुर्‍याइदिन्छ ।

तर, नाट्य महोत्सवको अन्तिम दिन मञ्चित ‘कुभिन्डोको कथा’ भने दर्शकलाई कथासँग बाँध्नमै चुकेको छ । अभिनेता दयाहाङ राई र विकास जोशी निर्देशित यो नाटकको कथा अन्य उपकथामा अलमलिँदा दर्शकको ध्यान तान्न असफल बनेको हो । प्रनिश मगरको कथामा तयार यस नाटकले भन्न खोजेको कथा खिमा हो । यस्ती पात्र, जो होचो कदकै कारण समाज, आफन्त, इस्टमित्रबाट हेपिएकी छन्, दयाकी पात्र बनेकी छन् । खडेरी र अनिकालको समयमा हेलामा पारिएकी खिमाले देखाउने साहस, त्याग र मानवताको बाटो नै ‘कुभिन्डोको कथा’ हो ।

लोककथामा आधारित नाटकको कथा रोचक छ, तर प्रनिशले लेखेको दृश्यलाई मञ्चमा राम्ररी स्थापित गराउन नसक्दा दर्शकको ध्यान नाटकमा तानिँदैन । बारीमा भेटिएकी एउटा कुभिन्डो कसरी मानव अवतारमा खिमा बनिन् ? त्यो बुझाउन संवादकै प्रयोग गरिएको छ । कथा पानीको खडेरीबाट गाउँलेलाई खिमाले कसरी बचाउलिन् भन्ने हो ।

तर, कथा अघि बढ्दै गर्दा खिमाकी आमा र सौतेनी आमाबीचको जग्गा बाँडफाँडतिर अलमलिन्छ । प्रमुख कथा अघि बढाउने उपकथा मिलेनन् भने दर्शक कथामा बाँधिन हम्मेहम्मे पर्छ । यी कमजोरीबीच नाटकको कथा वाचन, काव्यात्मक संवाद, पात्रको मनोभाव पस्किने संगीतमा गरिएको मिहिनेत सशक्त छ । स्क्रिप्ट तल–माथि नगरी ‘कुभिन्डोको कथालाई’ जस्ताको त्यस्तै मञ्चमा प्रस्तुत गर्नु दयाहाङको नयाँ प्रयोग हो ।

‘रियो’ र ‘कुभिन्डोको कथा’ ले देखाएको पानीको खडेरी विगतको कथा हो । तर, यी दुई कथाले देखाउने प्रकृति र मानवको सम्बन्ध, उक्त सम्बन्धमा आउने असन्तुलनको कथा वर्तमान समयसँग सान्दर्भिक छ । पानी–संकट विश्वव्यापी समस्या हो । पानीको महत्त्व बुझाउन, यसले मानव जीवनमा ल्याउन सक्ने संकटको भविष्य देखाउँदै खडेरीमा गुमाउन नहुने मानवीयताका पक्षमा नाटकले महत्त्वपूर्ण भूमिका खेलेको छ ।


Last Updated on: December 10th, 2022 at 7:04 pm


२९३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया