सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


रिक्सा चलाएर अपांग श्रीमान र छोरी पाल्नी यी महान चेली “

प्रकाशित मिति । २४ मंसिर, २०७९ ।

अझै पनि हाम्रो समाजमा महिलाहरुलाई बाहिरको काम केही आउदैन उनीहरु मात्र केवल गुहनीमात्र हुन भनेर हेपिन्छ । हुन त नेपालकै कुरा गर्ने हो भने बिभिन्न ठुला ठुला पदहरुमा महिलाहरु पुगिसकेका छन । तर मानिसहरुको सोचाई पनि त्यती परिवर्तन हुन भने सकेको छैन । उस्तै सोच्ने मान्छेहरुको लागि एउटा गतिलो उदाहरण हो कबिता राईको । यो खबर धनकुटा जिल्लाको हो ।

आहा कस्तो राम्रो काम हाम्रै नेपाल अर्थात धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन । जो अपाङ्ग श्रीमानको पालन पोषणका लागि रिक्सा अर्थात् सिटी सफारी चालक छिन ।

श्रीमान को जन्म जात नै एउटा खुट्टा छैन मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन । धनकुटा रहँदा नै विवाह भएकी उनी आफ्नो परिवार धान्नका लागि सहर आईन । धरान आएपछि के गर्ने कसो गर्ने उनले केही सोच्नै सकिनन ।

उनले आफैले जसोतसो एउटा सिटी रिक्सा किनिन र आफैले चलाउन थालिन । बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना र समाजको सम्मान दुवै थपिएको छ ।

अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी आफुलार्ए खुसी लागेको कुरा सुनाउछीन । अहिले उनको घरमा उनी र श्रीमान सँगै एउटा छोरी पनि छन् उनको पढाइ खर्च र श्रीमान पाल्न रिक्सा चलाएकै भरमा पुगेकै छ उनले बनाउ छीन ।

अलि अलि बचत पनि गर्ने गरेको छु । उनले भनिन् । पुरूषले मात्र सवारी साधन चलाउन सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो उदाहरण उनले पनि ठानेकी छिन् पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो । उनले थपिन् र आँट कसेर निस्किएपछि सम्भव हुने रहेछ भन्ने थाहा पाइसकेको छु । उनी प्राय भानुचोकमा भेटिन्छिन् ।

भुजुङको छंगाछुर भीरमा महसिकार

लमजुङ — क्व्होलासोंथार गाउँपालिका ४, भुजुङका बासिन्दाले बिहीबारमात्रै कायु छहरामा भीरमह काढेका थिए । त्यसको भोलिपल्ट शुक्रबार घिम्चेको भीरमा भीरमह काढेका छन् । कायु छहरामा भीरमह काढ्दा केही विदेशीले हेरे । घिम्चेको भीरमा मह काढ्दा भने नेपाली ‘भीआइपी’ ले अवलोकन गरे । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भुजुङवासीले घिम्चेभीरमा मह काढेका हुन् ।

भुजुङबासीले भीरको टुप्पोमा रहेको रुखमा निगालोको चोयाबाट बाटेको २ वटा डोरीको बीचमा काठ राखेर बनाएर बनाइएको डोरीको भर्‍याङमा झुन्डिएर छंगाछुर भीरमा मह काढेका हुन् ।

यही डरलाग्दो दृश्य हेर्न भुजुङमा ख्यातिप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली आएका थिए । कलाकार वर्षा शिवाकोटीले आफ्नो फेसबुक पेजमार्फत भीरमह काढेको लाइभ गरेकी थिइन् ।

बिहीबार बिहान काठमाडौंबाट हिाडेको यो टोली साँझ क्व्होलासोंथार गाउँपालिका ४, भुजुङ आएका हुन् । कलाकार राजेश हमाल, विमानचालक क्याप्टेन विजय लामा, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल, कलाकार विपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा. लोचन कार्कीसहित ख्यातिप्राप्त व्यक्तिले भीरमह काढेको हेरे । ‘मैले भीरमह सिकारीबारे एरिक भ्यालीले लेखेको किताब पढेको हुँ । साँच्चिकै यस्तो डरलाग्दो तरिकाले भीर मह काढ्छ भन्ने सोंचेको थिएन,’ उनले भने, ‘जीवनमा नयाँ अनुभूति गरें ।’

भीरमह काढ्ने ठाउा पुग्न सहभागीले गाउँबाट १ घण्टा जंगलको बाटो पैदल हिँडेका थिए । विमानचालक क्याप्टेन विजय लामाले भीरमह काढ्नेजस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने बताए । ‘भीरमह काढ्नु साँच्चिकै साहसिक कार्य रहेछ । यहीँ आएर थाहा पाएँ,’ उनले भने, ‘यसलाई पर्यटन प्रवर्द्धनको माध्यम बनाइनु आवश्यक छ ।’

आयोजक स्पार्क गुप्र अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोशन घिमिरेले ग्रामीण पर्यटकीय क्षेत्रको नयाँ गन्तव्यमा नेपाली पर्यटकलाई पुर्‍याउन र पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडभेन्चर २०२२’ आयोजना गरिएको बताए । ‘हामीले हाम्रै ठाउँ चिनेका छैनौं । पहिले नेपाल चिनौं भन्ने सन्देश पनि दिन खोजेका हौं,’ उनले भने । नेपाली सेलिब्रेटीले नेपाली घरआँगन घुमेका ती क्षेत्रमा पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने उनको भनाइ छ ।

यात्राको पहिलो दिन मंसिर २२ गते काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको छ । भुजुङमा उनीहरुले स्थानीय संस्कृति अवलोकन गरे । ‘भुजुङको संस्कृति निकै राम्रो लाग्यो । नेपाली संस्कृति जोगाउन सबैजना लाग्न आवश्यक छ’ कलाकार विपिन कार्कीले भने । उनले भुजुङको होमस्टे र महसिकारको मज्जा लिएको बताए ।

भुजुङ घर भएका क्व्होलासोंथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङका अनुसार भुजुङको पर्यटन प्रवर्द्धन गर्न यहाँका बासिन्दाले भीरमौरी काढ्ने वार्षिक कार्यक्रम नै बनाएका छन् । कात्तिक मंसिर र चैत वैशाख भीरमह काढिन्छ । यही बेला भीरमह काढेको हेर्न पर्यटकको घुइँचो लाग्ने उनले बताए ।

पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले गाउँमा ३२ घरमा होमस्टे रहेको र गाउामा आउने पर्यटकलाई होमस्टेमा व्यवस्थापन गरिएको बताए । भीरमह काढ्ने कार्यक्रम रहँदा होमस्टेमा समेत नअट्ने गरी पर्यटक आउने उनले बताए ।

उनका अनुसार भुजुङमा करिब ४ सय घर एकैठाउँमा छन् । पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३२ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ ।


Last Updated on: December 10th, 2022 at 5:32 pm


५३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया