
गायिका कल्पना दाहालको नामले चर्चित बने अमेरिकामा बस्ने यी व्यक्ति
प्रकाशित मिति । २४ मंसिर, २०७९ ।
काठमाडौं । लोक दोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छिन् । शुक्रबार ललितपुरमा गायिका दाहालले अमेरिकामा बस्दै आएका पूण्यप्रसाद आचार्यसँग विवाह गरेकी हुन् ।
गत जेठमा अदालती विवाह गरेकी कल्पनाले परम्परात रीतिअनुसार पुण्य आचार्यसँग विवाह गरेकी हुन् । पुण्य अमेरिकामा बस्दै आएका छन् । कल्पना र पुण्यले इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा बिवाह गरेका हुन् । कल्पना चर्चित दोहोरी टेलिभिजन कार्यक्रम इन्द्रेणीबाट चर्चामा आएकी थिइन् ।
जेठमा कल्पना र पूण्यबीच अदालतमा कानूनी विवाह भएको थियो । गायिका पत्नी दाहालको नामले गर्दा अमेरिकामा बस्दै आएका आचार्य सञ्चारमाध्यममा चर्चित बनेका छन् । पत्नीको नामलेपतिलाई फलिफाप भएको छ ।
गायिका दाहालको विवाहमा परिवारजन र कलाकारहरूको उपस्थिति थियो । गीत संगीतको क्षेत्रमा सक्रिय रहे पनि गायिका दाहाल चर्चामा आउन सकेकी थिइनन् । दाहाललाई ईन्द्रेणी नामक टेलिभिजन कार्यक्रमले एकाएक चर्चामा ल्याइदिएको थियो । रमेश प्रसाइँसँग गायिका दाहालले गाएपछि उनी सुपरहिट भएकी थिइन् ।
सीडीओदेखि राष्ट्रपतिसम्मले पाँच पटक गरे मेलम्चीको उद्घाटन
काठमाडौँ — अध्ययन भएको ३४ वर्ष र निर्माण सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी शुक्रबार काठमाडौंमा तेस्रोपटक वितरण गरिएको छ । २०४६ को परिवर्तनपछि हरेक राजनीतिक दलले मेलम्चीको पानी छिट्टै काठमाडौं ल्याउने घोषणा गरेको झन्डै तीन दशकको समय बित्यो ।
करिब ६५ अर्ब खर्चेर झन्डै तीन दशकपछि निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाबाट अस्थायी रुपमै भएपनि अझै बाह्रै महिना पानी वितरण हुने सम्भावना क्षिण छ । तर काठमाडौंबासीलाई पानी खुवाएको जस कसले लिने होडबाजी कायमै छ । त्यही होडबाजीका कारण सुरुङमा पानी पथान्तरण र काठमाडौंमा पानी वितरणको उद्घाटन र शुभारम्भ पाँच पटक भएको छ ।
यतिसम्म कि एकै साल एउटै विषयको ब्यानरमा एउटै मन्त्रीले पानी वितरणको दुई पटक औपचारिक कार्यक्रम गरेर पानी वितरणको शुभारम्भ गरेका छन् । विभागिय मन्त्री मात्र होइन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसमेतले उदघाटन र शुभारम्भ गरे ।
२०७८ साल असारको बाढीपहिराले हेडवर्क्स ध्वस्त भएपछि आयोजनाको भविष्य के हुने अझै एकिन गर्न सक्ने अवस्था बनेको छैन । तर विभिन्न बहानामा उद्घाटन र शुभारम्भ गर्न काम भने भएको भइ छ । २०७७ असार २१ गते सुरुङबाट पहिलो पटक पानी काठमाडौं पठाउने शुभारम्भ सिन्धुपाल्चोकको तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेश ढकालले गरेका थिए । त्यही महिनाको असार ३० गते सुरुङको ढोका भत्केपछि पानी पथान्तरण रोकियो ।
ढोका मर्मत गरेर पुनः पानी पथान्तरण गर्न २०७७ फागुन ११ गते तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र सांसद शेरबहादुर तामाङ मेलम्ची मुहान क्षेत्रमा पुगेर ठेलमठेल गर्दै पानी पथान्तरणको स्विच थिचे । अस्थायी डाइभर्सनबाट सुरुङ मुख्य गेटसम्म २ सय ७० मिटरमा पानी पठाउन तयार पारिएको स्विच थिच्न उनीहरु तँछाडमछाड गरेको देखिन्थ्यो ।
२०७७ चैत २० मा मेलम्ची पानी वितरणको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीभण्डपमा ढुंगेधाराको पानी खोलेर गरिन् । उद्घाटन अगावै चैत १५ देखि उपत्यकामा पानी वितरण गरिएको थियो । काठमाडौंसँग जोड्ने साढे २६ किमिको मुख्य सुरुङमार्गमा पानी हालेर पुनः परीक्षण सुरु गरिएको थियो । बाँध फुट्ने डरले थोरै दुरीमा मात्र पानी पठाइएको हो । त्यतिबेला सुरुङको प्राविधिक परीक्षण नगरी सरकारले आफ्नो पालमा भएको काम देखाउन हतार–हतार राष्ट्रपतिलाई उद्घाटन गर्न लगाएको आवाज उठेको थियो ।
२०७७ फागुन ११ मा खानेपानीमन्त्री मणिचन्द्र थापासहित तीन मन्त्रीले गरे पानी पथान्तरणको उद्घाटन
२०७७ साल चैत दोस्रो हप्तादेखि काठमाडौं उपत्यकामा वितरण सुरु भएपनि २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले खानेपानी खानेपानी वितरण बन्द गरियो । बाढीले क्षति गरेको संरचना मर्मत गरेर अस्थायी रुपमा बनाएको संरचनाको प्रयोग गरेर २०७९ वैशाख ११ मा पुन: पानी वितरण गरियो । उक्त वितरण कार्यक्रमको उद्घाटन खानेपानी मन्त्री उमाकान्त चौधरीले गरेका थिए ।
२०७७ चैत २० मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट काठमाडौंमा पानी वितरणको उद्घाटन
करिब सवा एक महिना पानी वितरण गरेपछि बाढीको त्रासले सुरुङ पुनः बन्द गरियो । वर्षात् बन्द भएपछि गत १२ गते मेलम्चीको पानी सुरुङमा प्रवेश गराइयो । काठमाडौंको महाँकालमा खानेपानी मन्त्री चौधरीले शुक्रबार फेरि पानी वितरणको शुभारम्भ गरे । मन्त्री चौधरीले एक वर्ष नबित्दै मेलम्ची पानी वितरणको दुई पटक शुभारम्भ गरेका हुन् ।
२०७९ वैशाखमा खानेपानीमन्त्री उमाकान्त चौधरीबाट काठमाडौंमा पानी वितरणको शुभारम्भ
पानी वितरणको शुभारम्भ गर्दै मन्त्री चौधरीले अस्थायी रुपमा भएपनि मेलम्चीको पानी बाह्रै महिना खुवाउने प्रतिबद्धता व्यक्त गरे । उनले उपत्यकाको पानी वितरणलाई नियमित गर्न विकल्पको मुहानको रुपमा याङ्ग्री, लार्के, महादे, सिस्नेरी, ठोसेलगायतका स्थानबाट पानी ल्याउने व्यवस्था मिलाउन लागेको बताए । खानेपानी सचिव मणिराम गेलालले वर्षा लागेपछि पानी बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयासमा रहेको बताए ।
शुक्रबार खानेपानीमन्त्री उमाकान्तबाट काठमाडौंमा पानी वितरणको शुभारम्भ
काठमाडौं उपत्यकाको पानी वितरणको जिम्मेवारी लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानीको पाइपहरुको संरचना मर्मत गर्दै छिटोमा छिटोमा सातामा उपत्यकामा पानी वितरण गरिसक्ने जनाएको छ । बाढीले क्षतिग्रस्त आयोजानको सिन्धुपाल्चोकस्थित मुहान क्षति भएपछि आयोजनालाई निरन्तरता कसरी दिने एकिन भएको छैन ।