
होमपेज/समाचार/महाकाली घटनाबारे रवि लामिछाने भने, अति भयो दिल्लीमा वस्ने कि दर्चुलामा भारतसंग बसौं
प्रकाशित मिति । २४ मंसिर, २०७९ ।
काठमाडौ । चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछाने र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले दुई वक्तव्य जारी गर्दै दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले गरिरहेका क्रियाकलापबारे ध्यानाकर्षण गराएका छन्।
सभापति लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विभिन्न घटनामा सरकार निरिह देखिएको बताएका छन्। उनले नेपाली राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेकाले अब भारतसँग नयाँ सिराबाट सम्बन्ध अघि बढाउनु पर्ने बताएका छन्।
नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुररौं। दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन।
दार्चुलामा भेट्ने हो कि काठमाडौंमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौं तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन,’ लामिछानेले लेखेका छन्।
लामिछानेको स्टाटस आएको केही समयपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गरेका छन्।
उनको विज्ञप्तिमा महाकालीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत पक्की संरचना बनाउँदै गरेकोमा नेपाली नागरिकहरूले त्यसको प्रतिरोध गर्दा भारतीय पक्षबाट हानिएको ढुंगाले खेलिरहेका नेपाली बालबालिकासमेत घाइते भएको र एक वर्षभित्र ३ पटक ढुंगामुढा भइसकेको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ- भारतीय पक्षबाट महाकालीको बहाव परिवर्तन गर्ने, नदी तथा किनारमा अनधिकृत संरचना निर्माण गर्ने, ढुंगामुढा गर्ने जस्ता कार्यहरू आपसी सद्भाव बिगार्ने, दु:खद, अतिक्रमणकारी र भर्त्सनायोग्य छ। यस्ता कार्यहरू नगर्न, बनाउँदै गरिएका र बनिसकेका अनधिकृत संरचनाहरू भत्काउन भारत सरकारलाई ध्यानाकर्षण गराउँदै नेपाल सरकारले भारतसँगका हाम्रा र अन्तर्राष्ट्रिय सन्धी सम्झौताका आधारमा आफ्नो सीमा र नागरिकको रक्षा गर्न यथाशिघ्र कूटनीतिक पहल सुरू गरिहाल्न, घाइते तथा पीडितको औषधोपचार, सुरक्षाको बन्दोबस्त गर्दै सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ कार्य गर्न आग्रह गर्दछौं।
फैलिँदै पोखरा
गणेशटोल, भैरवटोल, रामकृष्ण टोलबाट सुरू भएको पोखरा न्युरोड र लेकसाइडबाट पनि फैलिएर काहुँदेखि सराङकोट र लेखनाथसम्म विस्तार
पोखरा — भीमसेन देवता (भीं देउ) को पूजा सकेर टीका लगाएपछि नर्तकीहरूको बोली बन्द हुने परम्परा छ । टीका लगाएर नाचस्थलमा पुगेपछि भैरव, गणेश, दागिनी, भुच्चा, कवाङको मुकुट लगाएका १२ जना नर्तकीले फरक–फरक चरणमा विभिन्न रागमा नाच देखाउँछन् । झन्डै चार घण्टा नाच देखाएपछि बल्ल उनीहरूले बोल्न पाउँछन् ।
पोखराको इतिहास सुरु गर्नुअघि दुई सय वर्ष पुरानो इतिहास भएको भैरवनाचको कथा भन्नु जरुरी हुन्छ । किनकि यो नाचको कथाले पोखरा कति पुरानो हो भन्ने बुझाउँछ ।
पोखरा विकासका अभियन्ता आनन्दराज मुल्मीका अनुसार कास्कीका अन्तिम शाह राजा सिद्धिनारायण शाहले विकासका काम गर्न भक्तपुरबाट सुरुमा १ सय ५० जनाको समूहमा शिल्पकार र व्यापारीहरूलाई ल्याएपछि उनीहरूले नै भैरव नाच सुरु गरेका हुन् । तत्कालीन समयमा भक्तपुरबाट आएका नेवार समुदायले आफ्नो व्यापार बढाउन भैरवनाच चलाइएको पोखराका अगुवाहरू अड्कल काट्छन् । भैरवनाच देखाइने यही ठाउँ नै पोखराको केन्द्र हो । समाज तथा मिडिया अध्येता शेखर पराजुली ३० को दशकको अन्त्यसम्म पनि अहिलेको महेन्द्रपुल, विरौटाका बासिन्दा ‘पोखरा’ भन्दै नालामुख, गणेशटोल आउने गरेको सम्झन्छन् ।
इतिहासमा पोखरा भनेकै अहिलेको गणेशटोल, भैरवटोल, रामकृष्ण टोल । लस्करै परेको दक्षिण मोहोडाका घरहरू । ढुंगामाटोको गारो । खरको छानो । माथि अन्नपूर्ण हिमाल । तल सेती नदी । नदीमाथि बाँसका भाटाहरू जोरजाम गरेर बनाइएको साघुरो काठेसाँघु थियो । त्यही साँघु कटेपछि बजार पुगिन्थ्यो । बजार भन्नु पनि उही खरकै छानाका घरको लस्कर थियो । स–साना झ्यालढोका भएका घर, होचा पालीसहितका पिँढीमा सरसामानहरूको बिस्कुन । सहरी विकासको कुनै योजना नै नहुँदा पोखराले सुरुआतबाटै विकासको मूर्त रूप लिन सकेन । न व्यवस्थित बस्ती बसालिएको थियो, न त कुनै योजना नै बनाइएको थियो ।
खानीको सम्भावनाबारे अध्ययन गर्न २००२ सालमा नेपाल आएका अमेरिकी नागरिक विट् अल्फ्रेड ब्राउनले आफ्नो पोखरा भ्रमणका बारेमा बताएका छन्, जहाँ उनले त्यस बेलाको पोखरालाई अंग्रेजी अक्षर ‘टी’ आकारको ठाउँमा माटाको घर भएको र शून्य बजार भएको सहर उल्लेख गरेका छन् । ड्यान इडवार्डस्द्वारा लिखित ‘अमेरिका मिट्स नेपाल’ पुस्तकमा ब्राउनको यात्रा वृत्तान्तमा छ । भनिएको छ– ‘बाटाहरू उबडखाबड ढुंगाले छाइएको छ, घरहरू माटाका छन्, केही ढुंगाले बनाइएका राम्रा घर पनि छन् । बजार लगभग खाली छन्, तर अरू ठाउँका बजारभन्दा बढी नै सामान पनि रहेछन् । चुरोट र चमकदार चुराहरू पाइने रहेछन् ।’
यही उबडखाबड बजारको सानो ठाउँबाटै पोखराको बस्ती विकास भएको इतिहासका अध्येता सुनील उलक बताउँछन् । उलकले पुरानो पोखराका तस्बिरहरू संग्रह गरेका छन् । पोखराको केन्द्र मानिएका गणेशटोल, भैरवटोल, मोहरियाटोल अहिले शान्त देखिन्छन् । न कुनै चहलपहल, न कुनै बजारका होहल्ला ।
पुराना घरहरू पनि समयसँगै मासिँदै गएका छन् । सेती तर्न बनाइएको कोठेसाँघु कालान्तरमा महेन्द्रपुलमा परिणत भइसकेको छ । कुनै बेला थाप्ले हुलाकीका खेत रहेका अहिलेका चाउथे, अमरसिंह, कुँडहरका फाँटमा घनाबस्ती र बजार छन् । संस्कृतिकर्मी तीर्थ श्रेष्ठका अनुसार २००८ सम्म पनि पोखराको सबै भेगमा मानिसको जीवन ग्रामीण शैलीकै थियो । तर पहिलो पटक विमान अवतरण गरेपछि भने जीवनस्तर उकासिन थाल्यो । श्रेष्ठकै भनाइमा विमान आउनु नै पोखरा विकासको पहिलो घुम्ती मान्न सकिन्छ ।
विमानबाट उडान भरेको विकास
पोखराको इतिहास खोज्दै जाँदा कास्कीकोटे राजाहरूको शासनमा भक्तपुर, गलकोट, नुवाकोटजस्ता भेगबाट मान्छे ल्याएर बस्ती बसालेको तथ्यसम्म पुगिन्छ । विसं १८२६ मा भक्तपुरबाट करिब ७ सयभन्दा बढी मानिस भागेर अधौपौवा हुँदै पोखराको अहिलेको बजार क्षेत्रमा बसे । सिद्धिनारायण शाहले २६ परिवारलाई भक्तपुरबाट पोखरा ल्याएर राखे । त्यो ठाउँको नाम पछि २६ कुरिया नाम थियो ।
इतिहास अध्येता उलक भीमसेनटोल, मोहरिया र गणेशटोलमा बनाइएका गणेशको मूर्तिबीचको ठाउँबाट नै बस्ती विकास सुरु भएको बताउँछन् । उनीहरूलाई खेती गरेर खान अहिलेको कुँडहर, चाउथे, औद्योगिक क्षेत्रका फाँट दिइएको थियो । पोखरेली अभियन्ता आनन्दराज मुल्मी गणेशटोल, भीमसेन टोलबाट नै पोखराको बस्ती विकास थालिएको बताउँछन् ।
पोखराको ड्यामसाइडबाट देखिएको हिमाल र त्यतिबेलाका घरहरू । यो फोटो २०२५ सालमा असोजमा एलन फेएरबेंक्सले खिचेका हुन् । संकलक : सुनील उलक
नेवारहरूले बस्ती बसाउँदा सुरुमा मन्दिर बनाउने गरेको बुझाउँदै उनले भने, ‘यी तीन टोलमै मूर्ति राखिएका छन् ।’ गणेशटोल, भीमसेनटोल, मोहरियाटोलमा बस्ती सुरु हुनुको कारण पानीको उपलब्धतासँग जोडिन्छ । मुल्मीका अनुसार पकौंदीस्थित पानीको मुलकै कारण यहाँ बस्ती बसेको हुनुपर्छ ।
हालको पोखरामा पहिलो ढुंगेधारा पनि नालामुखमै निर्माण गरिएको थियो । विसं १९५० मा नालामुखमा बनाइएको ढुंगेधारा नै पोखराको पहिलो खानेपानीको धारा मानिन्छ । खानेपानीका कारण नालामुख र तेर्सापट्टिमै आवादी बढेपछि २६ वर्षको अन्तरालमा यहाँ थप १४ धारा बनाइएका थिए । बबरशमशेरले आफ्ना छोरा बालशमशेरको सम्झनामा विसं १९७६ मा १४ वटा धारा बनाएको पोखराका बूढापाका बताउँछन् ।
आधुनिक पोखराको इतिहास भने धेरै पुरानो छैन । २००६ चैत २९ मा विन्ध्यवासिनी क्षेत्रबाट भएको आगलागीपछि खरका छाना भएका घर विस्थापित हुन थालेको पाइन्छ । तत्कालीन सरकारले कर्कटपाता किन्न अनुदान दिएपछि घरका छानाले नयाँ रूप पाएको उलक बताउँछन् ।
२००८ सालमा हवाई जहाज पोखरा अवतरण गरेपछि सहर आधुनिकतातिर लम्किएको बुझाइमा धेरैको सम्मति देखिन्छ । आनन्दराज मुल्मी पनि विमान आएपछि नै पोखरामा आधुनिक सहरी निर्माणको प्रक्रिया सुरु भएको मान्छन् । कांग्रेस नेता बीपी कोइराला गृहमन्त्री र गणेशमान सिंह यातायातमन्त्री हुँदा पोखरामा पहिलो पटक विमान अवतरण भएको थियो । उनीहरू पोखरा आउँदा २००८ सालको अन्त्यतिर घारीपाटनमा मैदान खनेर हिमालयन एभिएसनको जहाज अवतरण गराइएको थियो ।
आधुनिक पोखराको विस्तारमा दोस्रो विश्वयुद्ध पनि कारक देखिन्छ । गण्डकी प्रदेशबाट बेलायती र भारतीय सेनामा भर्ती भएका नेपालीहरूले आर्जेको रकमबाट पोखरामा विस्तारै आधुनिकताको रंग थपिन थालेको देखिन्छ । २०१३ सालमा रामघाटमा सोल्जर्स बोर्ड हस्पिटल र अमरसिंहमा सोल्जर्स बोर्ड भोकेसनल ट्रेनिङ सेन्टर खोलिएको इतिहासले पनि यो तर्कलाई पुष्टि गर्छ ।
पछि यी दुई संस्था गण्डकी अस्पताल र अमरसिंह विद्यालयका रूपमा नामकरण गरिए । २०१३ चैतमा निर्माण गरिएको विद्यालय २०२३ मा सरकारलाई हस्तान्तरण भएपछि अमरसिंह उच्च मावि बनाइएको थियो भने सोल्जर्स हस्पिटललाई २०३० सालपछि गण्डकी अञ्चल अस्पताल हुँदै अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको छ ।
२०१३ सालमै भारतीय पेन्सन क्याम्प पोखरामा खुल्यो । पेन्सन थाप्न आउने लाहुरे पोखरामै घडेरी किनेर बसाइँ आउन थाले । पेन्सन क्याम्प, अस्पताल र विद्यालय खुलेपछि पोखरामा मानिसहरूको आगमन बढ्न थालेको हो । २० को दशकमा सुनौली–पोखरा राजमार्ग (अहिलेको सिद्धार्थ राजमार्ग) बनेपछि भने पोखरा विकासमा गति थपियो । भारतको सहयोगमा निर्मित यो राजमार्गले पोखरामा मानिसहरूको आवातजावत मात्रै बढाएन, व्यापारको केन्द्र पनि बनायो । ७३ वर्षीय मुल्मीले भने ‘४० रुपैयाँ पाथी पर्ने नुन राजमार्ग बनेपछि नै ढुवानी सहज भएर १० रुपैयाँ पाथीमा झर्यो ।’
३० को दशकको सुरुआतमा पोखराको सहरी विकास योजना ल्याइयो । तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र इन्जिनियर पदमबहादुर क्षेत्रीले सहरी विकास योजनाअन्तर्गत न्युरोडमा बस्ती विकाससँगै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, बसपार्क निर्माणका योजना अघि बढाए ।
त्यही योजनाअन्तर्गत नेपालमै पहिलो पटक जग्गा अधिग्रहण गर्दै २०३४ सालमा न्युरोडमा बस्ती विकास सुरु भयो । त्यो सहरी विकास योजनामा पोखरामा एउटा न्युरोड बनाउने मात्रै योजना थिएन । तत्कालीन अञ्चलाधीश पाठक पोखरा विमानस्थलबाट पोखरा–१६ दीपसम्म सोझो बाटो लैजान चाहन्थे । तर बीचको दुई ठाउँमा विरोध भएपछि अहिलेको सभागृह चोकबाट चिप्लेढुंगासम्म न्युरोड सीमित भयो । सभागृह अगाडि रहेको चिनियाँ शरणार्थी शिविर हटाउन शरणार्थी असहमत भएको र चिप्लेढुंगामा स्थानीयले बाटोको बीचमै नागको मूर्ति रातारात बनाएर बाटो लैजान नदिएको इतिहास अध्येता उलक बताउँछन् ।
यही योजनापछि नै पोखराको चलहपहल हुने क्षेत्र महेन्द्रपुलबाट सरेर लेकसाइड र बेगनास तालसम्म पुग्यो । सहरी विकास योजना आएपछि पोखराको न्युरोडमा बसाइएको बस्ती र तालचोकबाट बेगनास पुग्ने सडक निर्माण भएपछि पोखरा विस्तार हुन थालेको मान्छन् उलक । त्यसपछि नै महेन्द्रपुलबाट बजार सर्न थालेको हो । स–साना टोलबाट पोखरा फैलिँदै न्युरोड र लेकसाइडसम्म आइपुगेपछि पनि सहरको विस्तार रोकिएन ।
सहरी विकास योजनाबाट सुरु भएको विकास क्रम अन्तर्राष्ट्रिय विमानस्थलसम्म निर्माण भने झन्डै पाँच दशकपछि अब अन्तिम चरणमा छ । आगामी पुस १७ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । पोखरालाई विश्वसँग जोड्ने सपना देखेर आफूले अन्तर्राष्ट्रिय विमानस्थलको कल्पना गरेको शंकरराज पाठक बताउँछन् । राजा वीरेन्द्रलाई विमानस्थलको योजना सुनाएको प्रसंग उनले स्मरण गरे । ‘सुरुमा हाँसेर उडाए पनि केही दिनपछि मलाई बोलाएर विमानस्थलबारे चासो राख्नुभयो । पछि उहाँ सहमत बन्नुभयो र म अधिग्रहणका लागि घरघर पुगे,’ उनले भने ।
खरबारीदेखि बजारसम्म
पोखरामा २०३० सम्म पनि प्रशस्त खरबारी र काँसघारी थिए । समाज अध्येता शेखर पराजुलीका अनुसार अहिलेको पृथ्वीनारायण क्याम्पस भएको ठाउँमा ठूलो खरबारी थियो । यसमा इतिहास अध्येता उलक पनि सहमत छन् । उनका अनुसार विन्ध्यवासिनी क्षेत्र, महेन्द्रपुल, चाउथे जस्ता ठाउँमा पछिसम्म पनि खरबारी थिए ।
पोखरामा खानेपानीको समेत समस्या थियो । पराजुली स्वयं नै नुहाउन र खानेपानी लिन कालीखोला जाने गरेको स्मरण गर्छन् । जसै पोखरामा सहरीकरण तीव्र बन्यो, केन्द्र गणेशटोल, भैरवटोल, तेर्सापट्टी, नालाकोमुखबाट महेन्द्रपुल, न्युरोड, पृथ्वीचोकसम्म बजार फैलियो । डेढ दशकयता पोखराको पूर्वी फाँट कुँडहरका खेतहरू मासिएर घडेरी बनिसके । बस्ती बाक्लो भइसक्यो । बस्ती अझै लम्किएर साविक लेखनाथ नगरका फाँटहरूमा फैलिरहेको मात्रै छैन यो फैलावट उपत्यकाका डाँडाकाँडा उक्लिएको छ ।
सराङकोट, काहुँ, पुम्दीकोट, रूपाकोट जस्ता डाँडामा करोडौं लगानीको होटल तथा रेस्टुरेन्टहरू सञ्चालनमा छन् । पर्यटकहरू पनि पोखरा भन्नेबित्तिकै लेकसाइड, डेभिज फल्स, महेन्द्र गुफा र वेगनासतालमा मात्रै अल्झिन छाडिसकेका छन् ।
पोखरामा राजा महेन्द्रले २०१४ साल रानीको नाममा बंगला बनाए– रत्न मन्दिर । उनका भाइ हिमालयले होटल फिस्टेल खोले । विस्तारै नागरिकस्तरबाट सन् १९७० को पूर्वाद्धमा पहिलो छिमलमा होटल लेकसाइड र होटल स्नोल्यान्ड खोलिएपछि सुरु भएको सेवामा आधारित व्यवसाय अहिले पोखराको मुख्य आर्थिक आधार भएको छ ।
अहिले त मुख्य बजारमा ७ सय २५ होटल खुलेका छन् । होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखरा आसपासका क्षेत्रमा गरेर १२ सयभन्दा बढी होटल खुलिसकेका छन् । अहिले नेपालमा आउने पर्यटकमध्ये ४५ प्रतिशत पर्यटक पोखरा आउने गरेको तथ्यांक छ । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाका अनुसार कोरोना महामारीपछि पोखरामा बर्सेनि आन्तरिक र बाह्य गरी ५ लाखभन्दा बढी पर्यटक आउने गरेका छन् ।
पोखरा बिस्तारै लेकसाइडबाट वरपरका डाँडाहरूतिर पनि विस्तार हुँदै छ । त्यसका निम्ति पूर्वाधार निर्माणको काम पनि बढिरहेको छ । जस्तो कि, पोखरा–२२ पुम्दीकोटमा ४० करोडको लगानीमा शिव मूर्ति बनाइँदै छ । निर्माणाधीन उक्त आयोजना क्षेत्रमा अहिले दिनहुँ हजार पर्यटक जाने गरेको शिव मूर्ति निर्माण आयोजनाका संयोजक चन्द्रकान्त बराल बताउँछन् । शिव मूर्ति निर्माणसँगै यो क्षेत्रमा नयाँ रेस्टुरेन्ट, होटल खुल्ने क्रम जारी छ । शिव मूर्ति निर्माण नहुँदा भ्यु प्वाइन्ट भए पनि ३ वर्षअघिसम्म सुनसानप्रायः यो डाँडामा अहिले ५० भन्दा बढी नयाँ व्यवसाय सञ्चालनमा छन् ।