सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


रविको छड्के : समातियो लाखौको काठ, वनका उपाध्यक्ष र रबि बिच पर्यो भनाभन (हेर्नुस भिडियो)

प्रकाशित मिति । २४ मंसिर, २०७९ ।

चितवन,मंसिर २३ – भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारी स्थित जलदेवी सामुदायिक वनबाट सालको काठ बरामद भएको छ । डिभिजन वन कार्यालय चितवनले आज (शुक्रवार) सामुदायीक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो ।

जलदेवी सामुदायीक वनले पर्यापर्यटन कार्यक्रम अन्तरगत जिप लाइन सञ्चालन गरेको छ । त्यसको टिकट काउण्टरमा सालको काठ राखिएको सूचनाका आधारमा चेक गर्दा हामीले ४८ क्यूफिट चिरान काठ पायौँ, डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले भन्नुभयो, ‘अनुसन्धान गर्न काठ बरामद गरेर ल्याएका छौँ ।’ अनुसन्धनकै क्रममा रहेकाले अहिले नै काठ अवैध हो भन्न नसकिने उहाँले बताउनुभयो ।

जलदेवी सामुदायीक वनले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दावि गरेको छ । ‘पार्क भित्र ढलेको रुख थियो । त्यसलाई प्रयोग गरेर पुल र गेट बनाउने समितिले निर्णय गरेको थियो,’ जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले भन्नुभयो, ‘पार्क निर्माणकै लागि काठ चिराएर राखेका हौँ ।”

शुक्रवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछाने, डिभिजन वन कार्यालयका प्रमुख लोकराज नेपाल लगायतको टोली सूचनाको आधारमा त्यस स्थानमा पुगेको थियो । अनुसन्धानपछि दोषि पाइए उनीहरुलाई वन ऐन २०७६ अनुसार कारबाही गरिनेछ ।

हेर्नुस भिडियो

दिन ढल्यो अँधेरी रातमा…

इलाम — धेरै कलाकार जन्माएको इलामको सांगीतिक पर्याय मुलुकमै उँचो छ । कोभिडलगायतका कारणले इलाममा यस्तो जमघट कम भइरहेको थियो । तर, बिहीबार रमणीय करफोक नजिकैको झ्याम्टे डाँडामा सांगीतिक महफिल जम्यो । नेपाली सुरका दिग्गजहरू भेला भएको कार्यक्रमले दर्शकलाई खुबै रौस्याएको थियो ।

दीप श्रेष्ठ, दीपक लिम्बू, कोमल निरौला, भूपेन्द्र राईलगायत कलाकारसहितले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा इलामको सूर्योदयस्थित वरबोटेमा नै पुर्ख्यौली थलो भएर राजधानी हुँदै हङकङसम्म महफिल जमाएका गणेश र यशोदा पराजुलीको प्रस्तुतिले पनि दर्शकको मन छोयो ।

पराजुली दम्पत्ति लामो समयपछि गाउँठाउँमा नै प्रस्तुति दिन आएका थिए । द्वन्द्वकालदेखि रोकिएको झ्याम्टे मेला अघिल्लो वर्षदेखि लाग्न थालेसँगै आइतबारे युवा क्लबले यो पटक भव्य जमघटको आयोजना गरेको हो । कार्यक्रममा गायक दीपले ‘बितेका कुराले’ ‘साइलीवरि चियाबारीमा’ लगायत गीत सुनाए ।

नेपाली तारा दीपक लिम्बूले ‘मुटु माग्यौ तिमीले’ गाएर दर्शकको मन जिते । आफ्नै थातथलोमा रम्ने क्रममा पराजुली दम्पतीले ‘दिन ढल्यो अँधेरी रातमा’ सहित आफ्ना र नारायण गोपालका गीत सुनाए । पराजुली जोडिको पूर्वी दौडाहाकै क्रममा स्वर सम्राट् नारायण गोपालको ३२ औं स्मृति साँझले थप रोमाञ्चकता थप्यो । मोरङको विराटचोक हुँदै आफ्नै जन्मथलोमा संगीतका पारखीलाई मनोरन्जन दिनका लागि आएका उनीहरूले धीत खोलेर गाए, नाचे ।

पराजुली जोडीको सांगीतिक माहोलका लागि इलाममा चाँजोपाँजो मिलाएको थियो वडा ७ को कार्यालयले । गणेश पराजुलीको संगीत र ज्ञानेन्द्र गदालको शब्द रहेको ‘दिन ढल्यो अँधेरी रातमा’ गीत धेरै पारखीको मुखबाट गुन्जिने गरेको छ । यहि गीत यशोदाले इलामको सिटी हलमा गाउँदा दर्शकले भरपुर साथ दिए ।

पराजुली जोडीले यो कार्यक्रममा नारायण गोपालका थुप्रै कर्णप्रिय गीत सुनाए । सँगसँगै बीचबीचमा आफ्नै गीत पनि सुनाएर दर्शकलाई झुमाए । पराजुली जोडिको ‘गाउँको माया’, ‘सहयात्रा’, ‘फुर्सदमा’ र ‘सम्बन्धमा’ एल्बम छन् । उनीहरूका फुटकरसहित २ सय बढी गीत रेकर्ड भएका छन् । यो कार्यक्रममा प्राज्ञ कोमल निरौला, भूपेन्द्र राई, नन्दकुमार श्रेष्ठ, रमेश श्रेष्ठ, राजेश चाम्लिङ, देवी गौतम, रिना घिमिरे, तुलाराम पौडेललगायतले गीत गाएका थिए ।

रबीलाई राजनीतिमा प्रवेश गराउने यो भिडियो

पौडी टोली अस्ट्रेलिया जाने

काठमाडौँ — फिना विश्व पौडी च्याम्पियनसीपको १३ औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार अस्ट्रेलियाको मेलबर्न जाने भएको छ ।

डिसेम्बर १३ देखि १८ सम्म हुने प्रतियोगिताको पुरुष ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमाल तथा १०० र २०० मिटर फ्रिस्टायलमा एल्भिन श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन् ।

महिला ५० र १०० मिटर फ्रिस्टायलमा अनुसिया तण्डुकार तथा ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइमा रोशा न्यौपानेले भाग लिने छन् ।

प्रशिक्षकमा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की र व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठ छन् । प्रशिक्षक कार्कीले प्रतियोगिताले आगामी दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदको तयारीका लागि खेलाडीको मनोबल उच्च पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राजनीतिक दलहरूले निर्वाचनमा महिलामाथि व्यापक विभेद गरे : प्रमुख आयुक्त

‘कोटा पुर्‍याउन पनि छलकपट नै गरेर उम्मेदवारी दिइयो । प्रतिनिधिसभामा १० प्रतिशत पनि महिलालाई उम्मेदवार बनाइएन ।’

काठमाडौँ — राजनीतिक दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि व्यापक विभेद गरेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि ठूलो विभेद गरेको बताएका हुन् ।

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलहरुले महिलाहरुमाथि राजनीतिक हिंसा गरेको आरोपसमेत लगाए। प्रमुख निर्वाचन आयुक्त थपलियाले लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यबद्धता रहेको र त्यसको पालनाका लागि शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे ।

राजनीतिमा महिलाहरूमाथि हिंसा हुन नदिनका लागि सम्बन्धित सबै पक्षलाई सचेत रहन पनि थपलियाले आग्रह गरे । उनले भने, ‘लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यबद्धता छ । र, निर्वाचन व्यवस्थापनको कुनै पनि क्रियाकलापमा लैगिक हिंसामा आयोगको शून्य सहनशीलताको नीति छ ।

यसलाई प्रभावकारी बनाउनका निम्ति हाम्रो र हाम्रो सरोकारवालाहरु क–कसको भूमिका के हुनुपर्छ ? भन्ने कुरालाई स्थापित गर्नका निम्ति सहयोग गरिदिनुहोस् । उम्मेदवारीमा व्यापक रुपमा विभेद भयो भन्ने हामी देख्छौं राजनीतिक दलहरुबाट । स्थानीय तहमा साँच्चै भन्ने हो भने कोटा पुर्‍याउन मात्रै महिलाहरुलाई स्थानीय तहमा पनि उम्मेदवारी दिइयो । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा दुइटैमा उम्मेदवारी दिए एउटा अनिवार्य भनेर कानुनले भन्यो ।

तर हामीले के भन्यौँ भने यदि एउटा दिइन्छ भने त्यो महिला नै हुनुपर्दछ भन्ने कुरालाई पनि अवज्ञा गरियो । त्यसकारण कोटा पुर्‍याउन पनि छलकपट नै गरेर उम्मेदवारी दिइयो । यसरी महिला हिंसा सिर्जना गरिएको छ । प्रतिनिधिसभामा १० प्रतिशत पनि महिलालाई उम्मेदवार बनाइएन ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुन भने अन्य देशको तुलनामा लैंगिक तथा समावेशी रहेको स्मरण गराए । निर्वाचनमा महिला हिंसा भयो भनेर कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । कार्यक्रममा बोल्दै काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले महिलाहरुलाई नेतृत्वदायी भूमिकामा ल्याउन लागि पहल गर्नुपर्ने आवश्यक्ता रहेको बताइन् ।

उनले आफूले महिला उम्मेदवार भएको कारण कुनै पनि विभेद भोग्नु नपरेको अनुभव पनि सुनाइन् । गौतमले भनिन्, ‘निर्वाचनमा जाँदा आफूले असमानता र विभेदको कुरा भोग्न परेन । महिलाहरुलाई नेतृत्वदायी भूमिकामा पुर्‍याउन भने प्रयास गर्नुपर्ने देखिन्छ ।’


Last Updated on: December 10th, 2022 at 9:55 am


३९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया