मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


उपमहानगर ले सुबिधा दिएको गाडी बेचेर सडकका खाल्टा टाल्ने रोलर किने धरानका मेयर हर्क साम्पाङले सम्मान स्वरूप सेयर गर्नुहोस्

प्रकाशित मिति । २३ मंसिर, २०७९ ।

काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारी सुविधामा पाएको गाडी नचढ्ने घोषणा गरेका छन्।यसअघि उपमहानगरपालिकाका मेयरले प्रयोग गर्दै आएको गाडी प्रयोग नगर्ने बरु त्यसलाई बेचेर रोलर किन्ने घोषणा गरेका हुन् ।

यस्तै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यका कारण धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आक्रोसित भएका छन् । एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले स्वतन्त्रबाट निर्वाचित भएको भन्दै हेपेर बैठकमा प्रस्तु भएपछि मेयर साम्पाङ आक्रोसित भएका हुन् ।

उनीहरुले विरोध मात्र गरेनन् आर्थिक बर्ष २०७९/८० को बजेट पास गर्न नदिने अडान समेत राखेका थिए । साथै, उपमेयर कोष खारेज गर्न माग गरेका थिए । मेयर र उपमेयरले त्यसको जवाफ दिएका थिए ।

तर, धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० बजेट सर्वसम्मत पारित भएको छ । बिहीबार भएको नगरनगर सभाबाट बजेट पारित भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले जानकारी दिए ।

धरानले असार १० गते एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । कूल बजेटमध्ये चालूतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ तीन करोड २५ लाखको बजेट विनियोजन भएको छ ।

बजेट पारित हुनअघिको कार्यपालिका बैठकमा भने विवाद भएको थियो । मेयर राई बजेट पारित गर्न नदिएको भन्दै कार्यपालिका सदस्यसित बैठकको सुरुमै आक्रोशित बनेका थिए ।

वातावरण विभागले धेरै धुवाँ फाल्ने गाडीलाई पुस १ गतेबाट एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ।

विभागले बिहीबार सूचना प्रकाशित गरी गाडीको धुवाँले काठमाडौंमा वायु प्रदूषण बढाएको जनाएको छ। यससँगै खुला रूपमा फोहोर जलाउँदा निस्केको धुवाँले पनि प्रदूषण बढाएको विभागको ठहर छ।

वायु प्रदूषण रोक्न धेरै धुवाँ फाल्ने सवारी साधनलाई कारबाही गर्न लागिएको हो। विभागले जारी गरेको सूचनामा पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ।

यससँगै विभागले छड्के जाँचका क्रममा कतिपय सवारी साधनले मापदण्ड पूरा नगरेको पाइएको जनाएको छ। कतिपय सवारी साधनबाट अत्यधिक धुवाँ निस्कने गरेको देखिएको छ।

त्यस्तै, विभागले खुला रूपमा फोहोर नजलाउन पनि आग्रह गरेको छ। कसैले फोहोर जलाएको देखेमा विभागलाई जानकारी दिन भनिएको छ। यसरी जानकारी दिनेको नाम गोप्य राखिने र फोहोर जलाउने व्यक्तिलाई कारबाही गरिने विभागको सूचनामा उल्लेख छ।

वासुदेव विद्यादेव गुठीसहित तीन जनालाई भैरव पुरस्कार

काठमाडौँ — प्रसिद्ध साहित्यकार एवं व्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको छ ।

भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार ग्रहणकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।

१ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ ।

यस्तै, ५१ हजार १ सय ११ रुपैयाँको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुइँटेल सदस्य रहेको समिति बनाएको थियो ।

आगामी पुस ९ गते शनिबार राजधानीको गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

विश्वकप २०२२ : अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सका आठ तथ्य

दोहा — सुपरस्टार लियोनल मेसीले क्लब फुटबलमा सबै प्रतियोगिताको उपाधि जितेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा ओलम्पिक स्वर्णदेखि कोपा अमेरिका (दक्षिण अमेरिकी च्याम्पियनसिप) सम्मको उपाधि अनुभव गरेका छन् । तर, सबभन्दा प्रतिष्ठित् प्रतियोगिता विश्वकप चारपल्ट खेलेर पनि जित्न सकेका छैनन् । त्यसैले कतारमा मेसी विश्वकप जित्ने अन्तिम प्रयास गरिरहेका छन् ।

मेसी अर्जेन्टिनी टिमका कप्तान हुन् । पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अप्रत्यासिपत हार बेहोरेपछि मेक्सिको, पोल्यान्ड र अस्ट्रेलियालाई हराएर अगाडि बढेको अर्जेन्टिनाले सेमिफाइनल प्रवेशको लागि शुक्रबार लुसेल रंगशालामा नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । डच टिम एसियन च्याम्पियन कतार, अफ्रिका कप अफ नेसन्सको विजेता सेनेगल, कन्काकाफ गोल्डकप विजेता अमेरिकालाई पराजित गर्दै अर्जेन्टिनाविरुद्ध भिड्न तयार भएको हो ।

विश्वकपमा पुराना प्रतिद्वन्द्वीको रुपमा रहेका अर्जेन्टिना र नेदरल्यान्ड्सबारे आठ तथ्य :

– नेदरल्यान्ड्स र अर्जेन्टिनावीच विश्वकपका पछिल्ला दुई खेल गोलरहित टुंगिएको थियो । सन् २००६ मा समूह चरण र २०१४ मा सेमिफाइनलमा खेलेका थिए ।

– नेदरल्यान्ड्स विश्वकपमा ११ खेलयता अपरािजत रहेको छ र यो प्रतियोगितामा उसको सबभन्दा लामो अपराजित यात्राको कीर्तिमान यही हो । उसले आठ जित र तीन बराबरी खेलेको छ । यी सबै खेल खेल प्रशिक्षक लुई भान गालको नेतृत्वमा खेलेको थियो ।

– नेदरल्यान्ड्सले अपराजित यात्रा गरेको १९ खेल पुगेको छ, जसमा १४ जित र ५ बराबरी खेलेको छ । यो उपलब्धि पनि अगस्ट २०२१ म लुईस भान गाल प्रशिक्षक नियुक्त भएपछि हात पारेको हो ।

– नेदरल्यान्ड्स विश्वकपमा युरोपबाहिरका टिमविरुद्ध पछिल्ला २० खेलमा अपराजित रहेको छ, जसमा उसले १४ जित र ६ बराबरी खेलेको छ । पछिल्लोपल्ट १९९४ को क्वाटरफाइनलमा ब्राजिलविरुद्ध हार बेहोरेको थियो ।

– अर्जेन्टिनाले पछिल्ला ४० खेलमा एक खेलमात्रै हारेको छ भने २८ जित निकाल्दै ११ खेल बराबरीमा टुंग्याएको छ ।

– लियोनल मेसीले विश्वकपमा नौ गोल गरेका छन् । उनी विश्वकपमा अर्जेन्टिनाको लागि सर्बाधिक १० गोल गरेका ग्याब्रियल बाटिस्टुटाको कीर्तिमान बराबरी गर्ने संघारमा छन् ।

– कतार संस्करणमा अर्जेन्टिनाले अघिल्ला चारै खेलमा पहिलो गोल गरेको थियो ।

– अर्जेन्टिनाले विश्वकपको नकआउट चरणमा युरोपका टिमविरुद्ध खेलेका पछिल्ला १३ खेलमध्ये सात खेल अतिरिक्त समयमा पुगेर टुंगिएको थियो ।


Last Updated on: December 10th, 2022 at 8:21 am


२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया